लोकप्रिय पोस्ट

बुधवार, 28 दिसंबर 2011

४ बजेदेखि बन्द फिर्ता - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

४ बजेदेखि बन्द फिर्ता - Resunga Darshan: Nepali Online News From Gulmi With Entertainment...

छ महिनामा संविधान नबने त्यस्तको जिम्मा सर्वोच्च अदालतले लिनुपर्छ: कानून मन्त्री | Butwal Online

छ महिनामा संविधान नबने त्यस्तको जिम्मा सर्वोच्च अदालतले लिनुपर्छ: कानून मन्त्री | Butwal Online

प्रचण्डको प्रस्ताव बहुमतले पारित हुन्छ: पौडेल | Butwal Online

प्रचण्डको प्रस्ताव बहुमतले पारित हुन्छ: पौडेल | Butwal Online

About Gulmi District | Butwal Online

About Gulmi District | Butwal Online

शुक्रवार, 16 दिसंबर 2011

नमस्ते गुल्मी: विश्वमा चिनाउ नेपाल

नमस्ते गुल्मी: विश्वमा चिनाउ नेपाल: हरियालीले भरिएको हाम्रो देश नेपाल सुन्दर संरक्षण गरेर राखनु पर्दछ गरौँ हामीले तर्खर डाँडा पाखा खोला नाला हाम्रै देशको ठुलो गौरब सबै ठाउला...

विश्वमा चिनाउ नेपाल

हरियालीले भरिएको हाम्रो देश नेपाल सुन्दर
संरक्षण गरेर राखनु पर्दछ गरौँ हामीले तर्खर
डाँडा पाखा खोला नाला हाम्रै देशको ठुलो गौरब
सबै ठाउलाई पार्थक्मिता दिए हुदै जान्छ पौरख


सगरमाथा माछा पुच्छ्रे रेसुंगा जस्तो ठाउलाई
अगाडी बढाउने कोशिस गरौ हामीले एस्ता नामलाइ
अरु पनि कति छन् एस्ता ठुला ठाउ हाम्रो देशमा
राम्रा राम्रा सुबिधा दिएर चिनाउ हामी नेपाली कै भेषमा


चिन्नु पर्दछ नेपालीले नेपाललाई हामीले पछाडी छाड्ने होइननि
नेपाली नै नेपाल मा लड्ने झगड़ने पनि हामी नेपाली होइन नि
नेपालमा बिकास का कुरा गरौ समय समय ब्यर्थ जान दिने होइन नि
हाम्रो नेपाल देश पछाडी पर्यों एस्मा कसैको पनि ध्यान छैन नि


कुर्ची माथि बस्नेहरु राजनीति मै छन् ब्यस्त
यिनिलाई थाहा छैन अजै नेपाल बनाउछन कि ध्वस्त
कुर्ची माथि बस्ने हरु तिमिहरुले ध्यान दिनु पर्यों
अरु देशले दबाउने भय नेपाललाई नेपालीलाई पिर पर्यों



गर्न सक्छौ देशको लागि गर नत्र कुर्ची छोदिदेउ
भस्टचार मा लिप्त नभई आफ्नो मनलाई मोडिदेउ
देशकै लागि गर्छौ भने हाम्रो नेपाल बन्न जान्छ राम्रो
सबै ठाउमा योजना हरु लैजाउ नया नेपाल बन्छ हाम्रो


कुर्ची मात्रै हेरेउ भने जनता ले भस्टचारी भन्लान
देशकै लागि गरेउ भने तिमीलाई इतिहास मा गन्लान
सरकारले ध्यान दिनु पर्यों सहकर्मी हरुले ध्यान मा राखी गर
सबै जना मिलि अब नेपाललाई विश्व मा चिनाउने काम गर


तुल्सीराम पाण्डे
रान्ग्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल
email ; tulsirampandey48@gmail.com

गुरुवार, 15 दिसंबर 2011

नमस्ते गुल्मी: रानी बनको सम्झना

नमस्ते गुल्मी: रानी बनको सम्झना

नमस्ते गुल्मी: युवाको यो चाहाना

नमस्ते गुल्मी: युवाको यो चाहाना: युवा हरुको इच्छा भयो वार्ता गर्ने सरकारमा जोस र जाँगर संग आयो युवा बिकास को तर्खरमा सरकारले दिनु पर्छ नेपालमा युवाहरुलाई मान्यता नेपाललाई...

रानी बनको सम्झना

तुल्सीराम पाण्डे -
रानी बन को जंगल मा पात र बजाई सिटि
माया संग बिछोड भाको धेरै भयो अजै आएन चिठी
बिहे मैले गर्छु भन्दा दिईन मलाइ एक सालको भाका
वारि पारी घर थियो हाम्रो थिएनौ हामी केहि टाढा


एक बर्ष को समय  पाई म  विदेश मा आए
एक बर्ष नै पुग्न नपाउदै म स्वदेश मा गए
घरमा गई खबर पाउदा उनको  मुर्छित नै भए 
यो माया को संसारमा म पागल सरि भए


भित्रि मन बाट चाहन्थे उनलाई त्यो सम्म नि भने
मायामा कति छल कपट गर्दो रहेछन त्यो अब मैले जाने
उनले लगाइन माया म संग अर्को संग गरिन बिहे
संसारिक शुख मिलोस उनलाई म त अब बिग्रे


माया मेरो चोखो थियो लगाइन उनको इज्जतमा दाग
उनले मलाइ छोडी गएपनि मलाइ पनि मिल्छन लाख
माया मेरो अजम्बरी तिमीलाई दुख्ख नपरोस कहिल्लै
दुख्ख सुख्ख मा साथ दिनेछु भन्छु मैले तिमीलाई अजै


मनको पिडा लुकाएर बाचिरहेको छु म आज
स्वाभिमानी भएर बस्नु नलागोस तिमीलाई लाज
माया प्रेम को कुराले नै हृदय मेरो जल्यो
रानी बनको सम्झना मेरो आज आफै उड्यो


तुल्सीराम पाण्डे
रान्ग्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल
Email:- tulsirampandey48@gmail.com

नेपालको भलो सोचौ है

तुल्सीराम पाण्डे-  
शहरमा महल चाहियो गाउ घरमा छन् झुपडी
एकै  रचना मा बनेको छ यो हामीहरुको खोपडी
एकै बिचार राखनु पर्छ नेपालमा हामी सबैले
नेपाल लाइ फलाउ फुलाउ मिलेर नै हामी सबैले


गाउमा पनि बजार बसाउ हामी गाउले मिलेर
गाउ लाइ पनि अगाडी बढाउँ सक्छौ हामी सबै मिलेर
शहरको सुबिधा लाइ गाउ गाउ सम्म हामीले पुराउन
प्रतेक चिजलाई पार्थक्मिता दिनु पर्छ गाउ लाइ अगाडी बढाउन


कृषि गरे फाइदा हुन्छ कृषि गर्ने हरुलाई
टेक्निकलमा देखाउने हो हाम्रो गाउ घर लाइ
शिक्षा विभागको कमजोरी देखिएको छ हाम्रो गाउ घरमा
बच्चाहरु स्कुल जाने पनि ठाउ छैन नेपाल को ठाउ ठाउमा


डाडा पाखा पखेराका मन्दिर हरुलाई चिनाउ होइ
खोला नाला झरना हरुलाई हामीहरु ले पनि गिनौ होइ
नेपाल का डाडा पाखाहरु हेर्ने मन लाग्नेछन
गाउमा भलो चाहने हरुका मन पनि जाग्नेछन


जनताले नै चुने पछी हामीलाई जनताको लागि नै गर्ने हो
नेपाल को भविस्य लाइ हामी नेपाली हरुले नै गर्ने हो
नाम चलोस् तिम्रो नेपाल मा देशका भक्त होउ भनेर
नेपालमा देश र गाउ को बिकास हुन्छ हामीले नै गरेर


शहर र गाउका मानिस सबै एकजुट हुनु पर्दछ
आत्मविश्वास लिएर नै सबै काम गर्नु पर्दछ
मिलिजुली गर्ने हो भनी यो असम्भव छैननी
नेपालमा जनताहरु अब नेताले मार्ने होइन नि


तुल्सीराम पाण्डे
रान्ग्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल
Email :- tulsirampandey48@gmail.com

आमा को माया

तुल्सीराम पाण्डे -
दसैँ मैना कोखमा राखी मलाइ ठुलो माया दिनु भयो
मलाइ सधै हास्न लगाएर आमा हजुरले आँशु पिनु भयो
कतै बाट म ढिला आउदा पिढीमा रुन बस्नु हुन्थ्यो
खाने कुरा मलाइ दिई भोको पेट आफु बस्नु हुन्थ्यो



आमा हजुरको दुधको भारा मैले तिरौ कसरि
हजुरलाई रात दिन रुवाएर म बाचौ कसरि
छोरा छोरी हास्दै खेल्दै हजुरको लाग्थे पछाडी
जति ठुलो म भएपनि आमा हजुर भन्दा छैन अगाडी



सानो हुन्जेल मलाइ आमा हजुरले बोकी हिड्नु भयो
आफ्नो दुख्ख बिर्सिएर हजुरले मलाइ सुख्ख दिनु भयो
साथि भाइ संग खेल्न जादा मैले रात पारि
मलाइ खोज्न हिड्नु भयो हजुरले चिन्ता गरि



मेला पात गर्दा खेरि हजुरले डोका माथि राखी
पाल पोसणमा पुरा ध्यान दिई राख्नु भएन बाकि
आमा हजुरले भोगेका पीडाको भारा तिरौ कसरि
परदेश को पिडा बोकी आमा रुन्छु म रुन्छु बेसरी



हजुर संग बिछोड भै परदेशमा बस्नु पर्यों मलाइ
अर्काको मुलुकमा बसी आमा पिडा भनौ कस्लाई
दुख्ख गर्छु मेरी आमा जस मिल्दैन कहिल्लै नि
हजुरको कोखको माया सम्झिएर रुनु पर्यों जहिले नि



काम गर्छु दिन रात मेरी आमा शाहुको गाली खादै
परदेशको पिडा बोक्न आमा कठिन हुदो रहेछ ज्यादै
आमा हजुरको दुधको भारा मैले तिरौ कसरि
हजुरलाई रात दिन रुवाएर म बाचौ कसरि


तुल्सीराम पाण्डे
रान्ग्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल
Email :- tulsirampandey48@gmail.com

रेसुंगा को सम्झना

तुल्सीराम पाण्डे -
रेसुंगा को बिकास लाइ ल्याउनु पर्छ बिकास को लहर
दिनु पर्छ जन चेतना डाँडा काँडा पनि बन्न लाग्छ बगर
बिकासको क्षेत्रमा रेसुंगा लाइ ध्यान दिनु पर्यों गुल्मी जिल्ला बासीले
अनेक चिज को आबस्यक छ बिकास लाइ ध्यान दिनु पर्यों हामीले


रेसुंगा को डाँडाभरि लाली गुँरास फुल्छन बरै बनभरि
पर्यटक लाइ आकर्षित गर्ने भनि रेसुंगा बस्छ मन भरि
गुल्मी जिल्ला रेसुंगा मा घुम्न जाने मन गरेको
रेसुंगा को बिकास नहुदा जनता सबै आक्रोशमा परेको


बिकास गर्नु पर्यों अब रेसुंगामा  गुल्मी जिल्ला बासी
चारै तिर जुटौं अब हामी रेसुंगा को बिकास लाइ दिन राति
बिकासको क्षेत्रमा गुल्मी जिल्ला रेसुंगा नि धेरै पछी परेको
मरौ मिटौ आफ्नै गाउ ठाउमा कहाँ जान्छ र हामीले गरेको


रिडी क्षेत्र र रेसुंगा लाइ गुल्मी जिल्लाले ध्यान दिनु पर्छ नि
संरक्षण गरेर चलाएमा यो ठाउले ठुलो कमाइ गर्छ नि
ध्यान दिनु पर्छ यहा गुल्मी जिल्ला का संघ संस्था ले
पार्थक्मिता दिएर अगाडी बढाउनु पर्यों हामी जस्ताले


राजनीति यहा देखाउनु भएन कुनै दलहरु वा नेताले
बिकास लाइ अगाडी बढाई नाम कमाउन सक्छौ तिमि नेताले
जुट्नु पर्यों राजनीति दलहरु अब सबै एकजुट भएर
गरौ बिकास हामीले अब सबै ठाउमा ध्यान दिएर


रेसुंगा को माया हामीलाई आफ्नो ज्यान भन्दा पनि प्यारो छ
राजनीति दलहरुको अबरोधमा यहा बिकास हुन् गारो छ
बिकास गर्ने लक्ष्य लिई आएनन नेता यहा कोहि पनि
रेसुंगा को माया राखी दुइ चार शब्द राखे म पनि



तुल्सीराम पाण्डे
रान्ग्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल
Email - tulsirampandey48@gmail.com

नमस्ते गुल्मी: युवाको यो चाहाना

नमस्ते गुल्मी: युवाको यो चाहाना: युवा हरुको इच्छा भयो वार्ता गर्ने सरकारमा जोस र जाँगर संग आयो युवा बिकास को तर्खरमा सरकारले दिनु पर्छ नेपालमा युवाहरुलाई मान्यता नेपाललाई...

युवाको यो चाहाना

युवा हरुको इच्छा भयो वार्ता गर्ने सरकारमा
जोस र जाँगर संग आयो युवा बिकास को तर्खरमा
सरकारले दिनु पर्छ नेपालमा युवाहरुलाई मान्यता
नेपाललाई नबिगारौ राजनिति दल हो युवा आउछ अन्यथा

गाउको बिकास गर्छु भन्दै जान्छन नेता शहरमा
भुल्नु भएन कुनै नेता पनि आफ्नो आफ्नो रहरमा
गाउका युवाहरु उठ्यो भने चर्को हुनेछ  अवाज
नियन्त्रण मा लिन नसकौला फेरी आफ्नो गाउ समाज

बस्ने होइन हामी नेपाली  हरु  मकैका दाना गनेर
नेपाली युवाहरु कहाँ कहाँ पुग्यो इन्जिनियर बैज्ञानिक बनेर
नेपाली इन्जिनियर बैज्ञानिक लाइ राख्नु पर्यों नेपालमा
तिनीहरुलाई नै पार्थमिकता दिए बिकास हुन्छ गाउ गाउमा


नेपालको इज्जत बचाउ भन्ने युवाहरुको यो चाहना
शिक्षित अशिक्षित सबै बर्गलाइ मान्यता दिउ नबनाउ बहाना
गाउ गाउमा घरेलु कारखाना दिए पाउथे होलानी जागिर
नेपालको इज्जत बच्ने थियो होला खानु पर्दैन  थियो मागेर


लेखक ;
तुल्सीराम पाण्डे
रान्ग्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल
email .; tulsirampandey48@gmail.com

मंगलवार, 13 सितंबर 2011

रेसुङ्गामा केवुलकार सञ्चालनको सम्भाव्यता अध्ययन


नारायण प्रभात मरासिनी

गुल्मी जेठ ८
जेठ पर्यटन मन्त्रालयवाट खटिएको एक टोलीले गुल्मीको प्रसिद्ध ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको लेकमा केवुलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरेको छ । डिजीकोन कन्सल्टेन्ट् कम्पनी काठमाण्डौवाट आएका इन्जिनियरहरु गणेश पाठक, जिवनवहादुर प्रधान र चञ्चलकुमार झा लगायतको टोलीले हिजो र आज रेसुङ्गामा यस्तो सम्भाव्यता अध्ययन गरेको हो ।
समुद्री सतहदेखि २ हजार २ सय ४९ मिटर उचाईमा रहेको रेसुङ्गाको अध्ययन गरी फर्किएको टोलीले सदरमुकाम तमघासवाट रेसुङ्गमा पुग्ने केवुलकारको प्रवेशद्धारका लागि चारवटा स्थानहरुको सम्भाव्यता रहेको वताएको छ । पहिलो दुई किलोमिटर दुरीको भगवती मन्दिर, दोस्रो देउराली, तेस्रो झण्डै तीन किलोमिटर दुरीमा पर्ने भुजेलखर्क र चौथो स्थलको रुपमा धागिथुम क्षेत्रमा पनि राख्न सकिने टोलीले जानकारी दिएको छ । टोलीले आज जिल्ला विकास समितिको सभाहलमा स्थानीय राजनीतिक दल, उद्योगी, व्यवसायी एवं पत्रकार तथा सरोकारवालाहरुसँग छलफलको आयोजना गरी जानकारी गराएको थियो । कार्यक्रममा टोलीले देश विदेशमा सञ्चालित विभिन्न प्रविधिका केवुलकारहरुका दृष्यहरु प्रस्तुत गर्दै कुन प्रविधिको राख्न सकिन्छ भन्ने वारे सरोकारवालाहरुसँग परामर्श गरेको थियो । कार्यक्रममा सहभागीहरुले मनकामना केवुलकारको प्रविधि निक्कै महङ्गो भएकोले युरोपमा सञ्चालित चियर लिफ्ट प्रविधिको केवुलकार सञ्चालन गर्न उपयुक्त हुने धारणा राखेका थिए । चियर लिफ्ट प्रविधिको केवुलकार राख्न मात्रै झण्डै ३५ करोड लागत लाग्ने अनुमान गरिएको छ । जवकि युरोपवाट उक्त प्रविधि २२ लाख ५० हजार युरो अर्थात झण्डै २५ करोड लाग्ने वताईएको छ । मनकामना केवुलकार प्रविधि सञ्चालन गर्न भने झण्डै १ अर्व लाग्ने अध्ययन टोलीले जानकारी दिएको छ । तर सुरक्षाको दृष्टिले भने मनकामना केवुलकार प्रविधि नै उचित हुने वताईएको छ । आफुहरुको अध्ययन प्रतिवेदन मन्त्रालयमा पेश गरिने टोलीका संयोजक इन्जिनियर गणेश पाठकले वताउनुभयो । यस अघि एकीकृत नेकपा माओवादीका नेता वामदेव क्षेत्रीले पनि एक प्राविधिज्ञहरुको टोली ल्याएर रेसुङ्गामा केवुलकार सञ्चालन सम्वन्धमा अध्ययन गराउनुभएको थियो । केवुलकार सञ्चालन गरिए पौराणिक कालमा महर्षि ऋषेश्रृङ्गाको तपोभुमि, सन्त शशिधर स्वामी महाप्रमुभु लक्ष्मी नारायण र यदुकानन्दको साधना भुमिका रुपमा प्रसिद्ध रेसुङ्गामा आन्तरिक एवं वाह्य पर्यटकको घुईँचो लाग्ने निश्चित भएकोले विगत केही वर्ष अघिदेखि नै विभिन्न राजनीतिक दलहरुले चुनावी मुद्धा समेत वनाएका थिए ।

गुरुवार, 25 अगस्त 2011

क्रान्तिकारी पत्रकारमा नयाँ नेतृत्व


क्रान्तिकारी पत्रकार संघ गुल्मीको दोस्रो जिल्ला अधिवेसनले प्रेम सुनारको अध्यक्षतमा २५ सदस्ययि नयाँ कार्यसमिती निर्वाचित गरेको छ । शुक्रबार र शनिबार तम्घासमा सम्पन्न सम्मेलनले सुनारको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिती निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा पदम पाण्डेय, गणेश सारु, मदन पौड्याल र नारायण ज्ञवाली निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा अभिमन्यु पोखरेल, सहसचिव घनश्याम खरेल र कोषाध्यक्षमा दधिराम खनाल लगायत निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा गंगा खड्का , कमल पन्थी, बिष्णु फुल्लेल, कुष्ण घिमिरे, राजन घिमिरे, राजेन्द« पाण्डे, आशा घर्ति मगर, चन्द्रमा लम्साल, शान्ता परियार, ओम पाण्डे, राजेन्द« रसाईली सुवास महत लगायत २५ जना रहनुभएको छ ।
सम्मेलनले पत्रकार महासंघ गुल्मीका सचिव भरत पाण्डेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत सम्मेलनले चयन गरेको छ । सदस्यहरुमा निवर्तमान अध्यक्ष शंकर कुँवर, सगरमाथा टेलिभिजनका गोकुल श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद तिलक महत, कृष्ण पाण्डे, हरिकृष्ण पन्थी लगायत रहेका छन् ।
शनिबार सदरमुकाम तम्घासमा घोषणा सभाको आयोजना गरी सम्मेलनवाट निर्वाचित कार्यसमितिको क्रान्तिकारी पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं सम्मेलनका प्रमुख अतिथि हिरामणि दुखीले पदाधिकारीको नामावली घोषणा गरेका थिए । पदाधिकारीहरुलाई सपथ ग्रहण गराउदै सचिवालय सदस्य दुखीले क्रान्तिकारी पत्रकारहरुले जनताको पक्षमा निरन्तर कलम चलाउनु पर्नेमा जोड दिए । उहाँले सदरमुकाममा वसेर कोठे पत्रकारीता गरी जनताको भावना र यथार्थ समेट्न नसकिने भएकोले क्रान्तिकारी पत्रकारहरु गाउँगाउ र जनताको घरघरमा पुगेर समाचार सङ्कलन गर्न आग्रह गरे । सोही कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रेम सुनारले राजनैतिक आस्थाका आधारमा समाचार लेख्ने प्रवृत्तिको अन्त्य गरीने र सवै दल विचारको सम्म्मान गर्दै राम्र-नराम्रा दुवै पक्ष उठान गर्न कुुनै कसुर बाँकी नराख्ने वताए ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई एकिकृत नेकपा माओवादीका जिल्ला सह–ईन्चार्ज निमवहादुर पाण्डे, जिल्ला सेक्रेटरी अरुण देवकोटा, राज्य समिति सदस्य अशोक थापा, वेगम वोहोरा, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरे, अनेरास्ववियु जिल्ला संगठन विभाग प्रमुख राजेन्द्रविक्रम कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैविच संघको तम्घासमा सम्पन्न प्रथम बैठकले कार्य विभाजनका साथै विभीन्न योजना निर्माण गरेको छ । बैठकले उपाध्यक्ष पाण्डेलाई क्षेत्र नं ३ को संयोजकका साथै एक गाउँ एक पत्रकार अभियानको प्रशिक्षण विभाग प्रमुख, अर्का उपाध्यक्ष सारुलाई क्षेत्र नं २ को संयोजकका साथै सदरमुकाम समन्वय प्रमुख एवं पत्रकार महासंघ संगको समन्वय विभाग, ज्ञवालीलाई प्रशासनिक विभाग प्रमुख र पौडेललाई क्षेत्र नं १ को संयोजक तोकेको छ । बैठकले एक गाउँ एक पत्रकार भन्ने नारालाई सार्थक बनाउने भन्दै रु १० अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।