लोकप्रिय पोस्ट

मंगलवार, 26 अप्रैल 2011

आफ्नो घर

सुन्दर जङ्गलमा चारवटा चरा-चुरुङ्गीहरू आफ्नो नयाँ बासस्थानको रूपमा प्रयोग गर्न आइपुगे । जसमध्ये एउटा थिई जुली (जुरेली) । आफ्नो समूहमा अति राम्री र मधुर स्वरकी धनी । उनी गाउने नाच्ने गर्दै दिनहरू बिताउन थालिन् । उनी सौखिन प्रवृत्तिकी थिइन् ।
एकदिन जुलीले आफ्ना साथीहरू आफ्नो गुँडमा कपडाका टुक्रा-टाक्री, डोरी, धागो, पराल र सुकेका झारपातहरू आफ्नो चुच्चोले च्यापेर ल्याइरहेका देखी । यसै क्रममा उसले सबभन्दा पहिला नजिकैको मिल्ने साथी छिमेकी सारौँसँग सोधी- "तिमीले के गरिरहेकी ? तब सारौँले भनी - आफ्नो घर बनाउँदैछु । जुली सारोँसँग अरू गफ गर्न थाली । "अहिले म अलि व्यस्त छु । पछि रमाइलो गफ गरौँला नि हैँ ।" सारौँले उत्तर दिई । जुली त्यहाँबाट गई र मनमनै भन्न थाली- "मूर्ख कहीँकी ! बडो आफैँ घर बनाउने रे ।
ऊ घुम्दै अर्को छिमेकी भँगेरीकहाँ पुगी । भँगेरी पनि उही काम गरिरेहेकी देखेर जुलीले भँगेरीसँग उही कुरा सोधिन् । भँगेरीले भनिन्- जाडो बढ्दैछ, त्यसैले आफ्नो घर बनाउँदैछु । के तिमीले आफ्नो घर बनाइसक्यौं र ? भँगेरीले सोधी ।
जुलीले हाँस्दै भनी- अहँ ! घर त मूर्खले मात्र बनाउने हो । भँगेरीले बीचमै कुरा काट्दै "मेरो त धेरै कार्य बाँकी छन् । पछि फुर्सदमा गफ गरौँला नि है !
जुली त्यहाँबाट परेवा कहाँ गई जुलीले परेवासँग सोधी- "के गर्दै छौ तिमी ? तब परेवाले भन्यो- म त आफ्नो घर बनाउँदैछु, किन र ? के तिमीले घर बनायौ ? जुलीले रिसाएर बनाएको छैन, बनाउँदिन भनिन् । "त्यसो भए तिमी कहाँ बस्छौ त ? परेवाले सोध्यो जहाँ पनि बस्न सक्छु, जसको गुँडमा गएर घुसेर पनि बस्न सक्छु ।
यति भनेर जुली त्यहाँबाट उडी । उसले बाटोभरि सोचिरही, "सबै कस्ता मूर्ख रहेछन् । आ-आफ्नो घर बनाउन लागेका छन् ल । "जाबो जाडो त के ठूलो कुरा हो र ! आज हुन्छ त भोलि खत्तम भइहाल्छ । त्यसैले यति ठूलो दुःख कष्ट र मिहिनेत मबाट त हुन सक्दैन । मैले एक-एक दिन सबैको साथमा बिताएँ भने पनि ठन्डी कटिहाल्छ नि ।
अचानक ठन्डी बढ्दै गयो र वषर्ा पनि हुनथाल्यो । अरू त आफ्नो गुँडमा सुरक्षित र न्यानोसँग बस्न थाले । जुलीले एकछिन घोरिएर सोची अनि ऊ सारौँको घर (गुँड)मा गई । उसले भनी- "के म तिम्रो घरमा एक रात बिताउन सक्छु ?"
तब सारौँले भनी- सरी जुली- मेरा घर (गुँड) त सबैभन्दा सानो छ । म आफैँलाई पनि बस्न मुश्किल छ । तिमीलाई म कसरी राख्न सक्छु र खै ।
ठिकै छ त, म कहिँ अन्तै बसौँला । यति भनेर ऊ भँगेरीकहाँ पुगी । अनि त्यसरी नै भँगेरासँग सोधी तर उसले पनि त्यही जवाफ दियो । ठिकै छ म अन्तै जान्छु भन्दै परेवाकहाँ गई । परेवाले पनि त्यही भनेर पठायो । ठिकै छ भन्दै जुली त्यहाँबाट हिँडी । उसलाई आफ्नो वचन खेर गएकोमा आफैँलाई लाज लाग्यो । त्यसै क्रममा उसले सोची, 'म कुनै सहरमा गएर कसैको घरमा बसेर रात बिताउँछु ।'
त्यसपछि ऊ सहरको भव्य घरमा गएर बसी । केही छिनपछि त्यहाँ घरमूली आयो । उसले आफ्नो घरमा एउटी चरी बसेको देखेर लौरोले हान्यो । जुली त्यहाँबाट पनि भागी । त्यस दिनदेखि उसले सबैभन्दा ठूलो "आफ्नो घर" हो भनेर थाहा पाई ।

उपकारी बाँदर

साँझको समय थियो । डुब्न लागेका सूर्यका किरण पहाडका टुप्पामा रातो भएर फैलिएका थिए । चिसो हावाको सिरसिरले जङ्गल नै आनन्दमय र रमाइलो बनेको थियो । यस्तो बेलामा जसलाई पनि खुला हावामा घुम्न मन लाग्नु स्वाभाविकै हो । आ-आफ्ना गुँडहरूमा र घरमा बसिरहेका पशुहरू र चराहरू पनि विस्तारै बाहिर निस्केर जङ्गलमा यताउता घुम्न थालेका थिए ।
सानो बचेरो परेवा पनि आफ्नो गुँडबाट बाहिर आउने कोसिस गर्दै थियो । उसको उड्ने पखेटामा भरखर भरखर प्वाँखहरू उम्रन थालेका थिए । बचेरो दिनभरि एक्लै गुँडमा बस्दा-बस्दा भोकाइसकेको थियो । उसले आफ्नो गुँडबाट बिस्तारै टाउको निकालेर तल जमिनतिर हेर्‍यो । तल केही दिन पहिले मात्र सिकारीहरूले सुगाहरूलाई समात्न जाल थापेका थिए अनि थुप्रै धान गहुँहरू छरेका थिए । बचेरोले निस्कने बेलामा उसकी आमाले भनेको कुरा सम्झियो- "बाबु ! तिमी अझै सानो छौ । तिम्रो उड्ने प्वाँखहरू पनि बल्ल उम्रन थालेका छन् । तिमी हामी नभएको बेला उड्ने कोसिस गरौला । तल तिमी सजिलैसँग झर्न सकौला तर फेरि फर्केर गुँडमा आउन गाह्रो होला । थुपुक्क ज्ञानी भएर आफ्नै गुँडमा बसिराख । हामी चाँडै तिम्रा लागि चारो लिएर आउनेछौँ ।" "त्यति भनेर तिनले आफ्नो चुच्चोले बचेरोको जीउ थुम्थुम्याई दिएकी थिइन् । बचेरोले पनि टाउको हल्लाएर हुन्छ भन्ने सङ्केत दिएको थियो ।
बचेरोले फेरि सोच्यो- "सबै बाहिर निस्केर घुमिरहे छन् । मलाई मात्र के होला र ? आमाबुबा आउनुभन्दा पहिले नै म आफ्नो गुँडमा फर्किहाल्नेछु ।" त्यसपछि बचेरो भुईँमा झर्‍यो र बिस्तारै बिस्तारै धान, गहुँ टिप्दै खान थाल्यो । चारो टिप्ने सुरमा बचेरोले गुँडमा र्फकनु पर्छ भन्ने कुरालाई पनि बिस्र्यो ।
एकै छिनमा अँध्यारो भयो । उसले भुईंमा देख्न सक्ने जति छरिएका चारोहरू टिप्दै गयो । उसलाई आफैँ चारो टिप्न सकेकोमा मनमनै खुसी पनि लागेको थियो । छेउकै एउटा रूखमा बसिरहेको चिन्टु बाँदरले अघिदेखि बचेरोको त्यो क्रियाकलाप हेर्दै थियो । अँध्यारो भइसकेर पनि बचेरो आफ्नो गुँडमा नगएको देखेर उसले सोच्यो- "कतै कुकुर बिरालाहरूले उसलाई आफ्नो गाँस बनाउने त होइनन् ?" ऊ मनमनै सिरिङ्ग भयो ।
उसले फेरि सोच्यो- "जमाना ठीक छैन । एक्लो बच्चाहरू पाउने बित्तिकै चोर्ने र खाने गर्नेहरू यस जङ्गलमा धेरै छन् । उनीहरूको फन्दामा पर्‍यो भने बिचरा बचेरोको ज्यान त जान्छ जान्छ उसका आमाबाबाको पनि बेहाल हुन्छ । यो बेला उसको रक्षा गर्नु मेरो कर्तव्य पनि हो ।"
चिन्टु बाँदर आफ्नै सोचमा मग्न थियो । उसले बचेरोतिर ध्यान पुर्‍याउन बिस्र्यो पछि झस्स सम्झेर तल हेर्‍यो तर त्यहाँ बचेरो थिएन । चिन्टुलाई झन् ठूलो पिर पर्‍यो । उसले सोच्यो- "लौ जा कहाँ गयो होला बचेरो ?" उसले आफूले आफैंलाई कोस्यो - "छिः म पनि कस्तो हुस्सु होला ।" ऊ झटपट रूखबाट तल झर्‍यो र यताउता हेर्‍यो । उसले सानो स्वरमा - "बचेरो ! तिमी कहाँ छौ ?" भनेर बोलायो । बचेरो विस्तारै झ्याङबाट बाहिर निस्क्यो र भन्यो- "म यहीँ झ्याङमा लुकेर बसेको थिएँ । बिरालोलाई देखेर म लुक्न गएको थिएँ ।"
चिन्टु बाँदरले भन्यो-"स्याबास ! लुक्न त जान्यौ नि तैपनि तिमी यहाँ तल बस्नु ठीक छैन ।" यति भनेर उसले बचेरोलाई बोक्यो र रूखमा चढ्यो । रूखमा चढिसकेपछि उसले बचेरोलाई माया गर्दै सुम्सुम्याइरहृयो । बचेरोले पनि आफू सुरक्षित भएको सम्झ्यो र उसैको काखमा भुसुक्क निदायो । चिन्टु बाँदरले पनि उसलाई न्यानो पारेर सुतायो ।
बिहान भयो । सूर्यले सधैँ जस्तै आफ्ना सुनौलो किरणलाई धरतीमा फैलाई दियो । हिजो साँझ फर्केका चराहरू फेरि आजको आहारको खोजीमा जाने तरखर गर्दै थिए । त्यहीबेला बचेराका आमाबुबा पनि हस्याङ फस्याङ गर्दै आइपुगे ।
उनीहरूलाई देखेर फिस्टे भङ्गेरोले सोध्यो -"दाइ र भाउजू एकाबिहानै हतारिँदै कताबाट ?"
भँगेरीले सोधिन् - "भाउजू ! निस्कने बेलामा र्फकँदै ? के भयो ?
भालेले जवाफ दियो - "के भनौँ खै ? धन्न ज्यान बचाएर आएँ ।
फिस्टे भँगेराले आत्तिएर सोध्यो - "दाइ ! के भयो ?" परेवाले जवाफ दियो- "आहार खोज्दा खोज्दै सिकारीको जालमा हामी दुवै फँस्न पुग्यौँ । अब हाम्रो जिन्दगी यत्तिकै हो भन्दै बचेरोलाई सम्झदै रूँदै बस्दै थियौँ नजिकै दुलामा बसिरहेको दयालु एउटा मुसा भाइ हाम्रो बिलौना सुनेर आयो र हाम्रो जाल काट्दै भन्यो- "दाइ ! बिहानै त्यो पापी सिकारी आइहाल्नेछ । तपाईंहरू दुवैजना अहिले नै एउटा सुरक्षित ठाउँमा बस्न जानुहोला । राति हिँड्न पनि खतरा छ फेरि अँध्यारोमा बाटो पनि देखिँदैन ।" उसैको सहयोगले हामी बाँच्न सफल भयौँ । बाँकी कुरा पछि गरौँला है । गुँडमा बचेरो एक्लो र भोकाएको होला ।" यति भनेर परेवाका जोडी आफ्नो गुँडतिर लागे । गुँडमा बचेरोलाई नपाएर छटपटिँदै बाहिर आए र कराउँदै चिच्याउँदै बचेरोलाई बोलाउन थाले । पोथीचाहिँ रुन नै थालेकी थिइन् । तिनले रुँदै भनिन्- "बचेरोको बाबा ! कहाँ गयो होला हाम्रो बचेरो ? लौन मेरो बच्चा । कतै.......यो आपत् हामी माथि नै किन आएको होला ?"
अर्को रूखमा बचेरोलाई अँगालेर बसिरहेको चिन्टु बाँदरले हल्लाखल्ला सुन्यो र उनीहरूका अगाडि आएर भन्यो- "बहिनी ! भाइ ! ल लिनुस् तपाईँहरूको बचेरो । यो बचेरो रातभरि मसँग नै थियो । अनि तपाईंहरू किन हिजो घर र्फकनु भएन ?
"पोथी परेवाले हत्तपत्त आफ्नो बचेरोलाई "मेरो बाबा !" भन्दै अँगालिन् भाले परेवाले आफूमाथि भएको सबै घटना सुनायो र भन्यो- "मुसा भाइ र तपाईँ जस्ता दयालु दाजुभाइको सहयोग र उपकार हुँदासम्म हामी जस्ता सानासाना पशुपक्षीहरूको रक्षा भइरहनेछ । तपाईंहरूलाई हामी धन्यवाद मात्रै दिँदैनौ सादर नमस्कार पनि गर्दछौँ ।" यति भनेर परेवाको जोडीले चिन्टु बाँदरलाई नमस्कार गरे अनि त्यहाँबाट आफ्नो गुँडतिर फर्के ।
<Photo 1>

सानी गीता र पानीको समस्या

"के गर्नु छोरी ! हाम्रो धारामा पानी नै आएन । अब भात पकाउन पनि पानी छैन । भाँडा माझ्न पनि पानी छैन ।" रित्तै गाग्रो बोकेर धाराबाट फत्फताउँदै गीताकी आमा फर्किन् ।
आमाको दुःख देख्न सक्दिनथी गीता । घरमा दिनहुँ जसो पानीको समस्या परिरहन्थ्यो । नेपाल पानीको दोस्रो धनी देश हो भनेर गीताले पढेकी पनि थिइन् तर उनलाई त्यो कुरामा कत्ति पनि विश्वास लाग्दैनथ्यो । गीताको टोलभरि पानीको दुःख थियो । धारामा पनि ठूलो लाइन लागेको हुन्थ्यो । पानीको समस्या टोलबाटै समाधान गर्न पाए गीता खुसी हुन्थी होला ।
एकदिन विद्यालयमा पानीको सम्बन्धमा छलफल भयो । त्यस छलफलमा विद्यालयका विज्ञान र वातावरण पढाउने शिक्षकहरू पनि थिए । कक्षा ७ मा पढ्ने गीता र उनका साथीहरूले त्यस छलफलमा भाग लिए । छलफलबाट खासै कुनै निचोड निस्किएन । विज्ञान पढाउने सरले अन्तिममा भन्नुभयो- "वास्तवमा हाम्रै सरकारको कमजोरी हो भनेको समयमा र खडेरी परेको बेलामा जनतालाई पानी प्रदान गर्न नसक्नु नै सरकारको कमजोरी हो ।"
वातावरण पढाउने सरले पनि सजिलै भनिदिए- "विज्ञान सरको कुरामा दुइमत छैन । यसरी हामीले छलफल आयोजना गरेर काम छैन । सरकारले नै त्यसको निम्ति केही विशेष पहल गर्नुपर्छ ।" यति भनेर वातावरण पढाउने सर छलफलबाट बाहिर जानुभयो ।
गीतालाई सबैको ताल देखेर बोल्न मन लागेको कुरा पनि बोल्न मन लागेन । उनलाई वातावरण सरको एउटा कुरा चाँहि अवश्य मनपर्‍यो- 'कुरा गरेर केही फाइदा छैन ।' त्यसैले गीताले काम गरेर देखाउने अठोट गरिन् ।
आमाले खाजा खान दिनुभएको पैसा सँगालेर राख्न सुरु गरिन्- गीताले । आमाले गीतालाई खाजा खान १० रुपियाँ दिनुहुन्थ्यो । गीताले सात दिनसम्म खाजा खाइनन् । उनीसँग ७० रुपियाँ जम्मा भयो । हरेक दिन विद्यालयको छुट्टी भएपछि गीता 'साइबर'मा कम्प्युटर चलाउन जान थालिन् । उनीजस्तै उमेरका साथीहरू कम्प्युटरमा डरलाग्दा हिंसात्मक गेम खेलिरहेका हुन्थे । उनले कसैको पनि ध्यान नदिई आफ्नो काम गर्न थालिन् । 'गुगल' भन्ने 'वेबसाइट' ठेगानामा गएर पानीको समस्या समाधान गर्ने तरिका खोज्न थालिन् । 'गुगल' भन्ने 'वेबसाइट' ठेगानामा जस्तोसुकै विषयका बारेमा पनि जानकारी दिइएको हुन्छ भन्ने कुरा उनलाई विद्यालयकै एकजना दाजुले भन्नुभएको थियो ।
पहिलो दिनको एक घण्टामा गीताले केही थाहा पाइनन् । दोस्रो दिन गीताले 'च्याट'मा अमेरिका बस्ने दाजुलाई फेला पारिन् । कम्प्युटरमा गरिने कुराकानीलाई 'च्याट' भनिन्छ । उनी पढ्ने विद्यालयबाट एस.एल.सी पास गरेका त्यस दाजुको नाम विपिन थियो । विपिनले अमेरिकामा हाइड्रोलोजीमा स्नाकोत्तर गर्दै रहेछन् । हाइड्रोलोजी भनेको पानीको अध्ययन हो । च्याटको कुराकानीबाट पनि गीताले विपिन दाजुसँग धेरै कुरा सिकिन् । गुगलबाट पनि गीताले धेरै जानकारी लिइन् । चार दिनपछि गीता अरु मानिसलाई आफ्नो ज्ञान बाँड्न सक्ने भएकी थिइन् । आफू सानो भएकोले आफ्नो कुरा कसैले नपत्याउने भएकोले गीताले काम नै गरेर देखाउने निधो गरिन् ।
असार महिनामा झमझम पानी पर्न लाग्यो । गीता बस्ने घरमाथिको कोठा जस्ता पाताले ढाकिएको थियो । जस्ताबाट पानी झरेर छतमा भुइँ अलि अलि गर्दै प्वाल पार्न थाल्दै थियो । 'यो पानीलाई जम्मा गर्न पाए त निकै हुन्थ्यो' गीताले सोची । त्यसपछि गीता हतार-हतार कुद्दै आई र स्टोर रुमतिर पसी । त्यहाँबाट सफा टिन ल्याएर टिनको छेउ-छेउमा प्वाल पारिन् । त्यसमा तार घुसाएर जस्तामा बाँधिन् । अब जस्ता पाताबाट झरेको पानी टिनमा जम्मा भएर बग्न लाग्यो । त्यो पानीलाई उनले एउटा ठूलो ड्रममा जम्मा पारिन् । यसो गर्दा आमा आउनुभयो । छोरीको काम देखेर आमा खुसी हुनुभयो । भोलिपल्ट सहर गएर ५-७ वटा ड्रम किनेर ल्याउनुभयो पानी सङ्कलन गर्न । त्यसरी सङ्कलन गरिएको पानी त एक महिना पुग्ने भयो । त्यतिका कुरा भइसकेपछि आमाले छोरीलाई सोध्नुभयो-
"छोरी भाँडा माझ्न त पुग्ने भयो अनि लुगा धुन पनि तर यो पानी पिउन हुन्छ त ?"
त्यसको उत्तर दिँदै गीताले भनिन्- "आकाशबाट सोझै खसेको पानी जीवाणुरहित हुन्छ । फेरि त्यस्तो शङ्का नै लाग्छ भने हामी यो पानीलाई फिल्टरबाट छानेर, उमालेर वा विभिन्न विधिबाट प्रशोधन गरेर पिउन सक्छौं नि !"
छोरीको कुरा सुनेर आमा निकै खुसी भइन् । आमालाई धेरै दिनसम्म धारामा पानी लिन जानै परेन । छिमेकीहरू पनि गीताको दिमाग देखेर छक्क परे । गीताले छिमेकीलाई एकदिन थप कुरा भनिन्- "हामी सबैले आ-आफ्नो घरमा पानी सङ्कलन गर्न सक्ने हो भने वर्षभरि पानीको अभाव हुँदैन र मेलम्ची पनि पर्खनुपर्दैन ।"
त्यसपछि त सबै छिमेकीहरूले छतको पानी जमिनमा ट्याङ्की बनाएर सङ्कलन गर्न थाले । केही वर्षपछि त त्यो टोलमा पानीको अभाव हुन छोड्यो । गीताको सानो सोचले समाजमा ठूलो परिवर्तन ल्यायो । त्यसबेला पानीको समस्यामा छलफल बहिष्कार गर्ने र सरकारलाई मात्र दोष दिने विज्ञान र वातावरणका सरसमेत चकित भए ।
जम्मा ७ कक्षा पढ्ने सानी गीताले गरेको त्यो सामाजिक योगदानबापत सरकारले 'वर्षको बालिका' घोषणा गरेर नगद दुई लाख रूपियाँ पुरस्कार दियो । गीताको आमाका हर्षको सीमा नै रहेन । इन्टरनेटबाट अहिले गीतालाई लाखौं बधाइ पनि आइरहेको छ । 'गुगल'मा पनि गीतालाई सानी वैज्ञानिक भनेर उपाधि दिइएको छ ।
<Photo 1>

tulsi ram pandey gulmi

जस्ले भुल्छ जीबनभर रुनु पर्छ भन्थ्यौ तिर्खाएको काकाकुल हुनु पर्छ भन्थ्यौ त्यहि मुखले मलाई बैरी भन्न पनि सक्यौ अर्कैसंग नङ मासु बन्न पनि सक्यौ मेरो भूल यौटा मात्र तिम्लाई माया गरे तिमी बाहेक केहि सोचीन तिम्रै भर परे मेरो राजा मेरो बाबा मेरो प्राण भन्थ्यौ एकै छिन नहुदाभेट न्याउली झै बन्थ्यौ त्यहि मुखले मलाई बैरी भन्न पनि सक्यौ अर्कैसंग नङ मासु बन्न पनि सक्यौ जस्ले भुल्छ जीबनभर रुनु पर्छ भन्थ्यौ तिर्खाएको काकाकुल हुनु पर्छ भन्थ्यौ मेरो रुन्चे रुनुहुन्न भन्थ्यौ आंशु झर्दा हुदैन कि मिलन हाम्रो भन्ने प्रश्न गर्दा छुटाएनी बिधाताले जबरजस्ती तन भन्थ्यौ कहिले छुटने छैन हामी दुईको मन त्यहि मुखले मलाई बैरी भन्न पनि सक्यौ अर्कैसंग नङ मासु बन्न पनि सक्यौ जस्ले भुल्छ जीबनभर रुनु पर्छ भन्थ्यौ तिर्खाएको काकाकुल हुनु पर्छ भन्थ्यौ त्यहि मुखले मलाई बैरी भन्न पनि सक्यौ अर्कैसंग नङ मासु बन्न पनि सक्यौ
tulsi ram pandey gulmi

gajal

By Pandey Tulsi Ram · Wednesday, March 16, 2011
तिमीसँग लाएको माया तोडूँ म कसरी

तिमीसँग पाएको साथ छोडूँ म कसरी ॥


तिमी रोएर भन्छ्यौ भूल भो छोड्नलाई यो साथ

भूलैमा हुन्छन् निर्णयहरु ति सत्य भन्ने जोडूँ म कसरी ॥


तिमीलाई पाइ हाँस्दैछु म यहाँ बाँच्नलाई रमाइ

यो मीठो प्रेम जोगाइ फुलाइ मोडूँ म कसरी ॥


कहाँबाट आयौ कहाँ छ जानु के थाहा कसलाई

तिमी नै गएँ एक्लो म भएँ यो माया गोडूँ म कसरी ॥

साथीहरुको सम्झना

नमस्कार मित्रहरु ; शुभप्रभात  बिहानको नमस्कार ; अनि तपाइहरुका दिनहरु राम्रो र कुशल संग बितोस भन्ने कामना गर्दछु  / तपाईहरु जहापनि हुनुहुन्छ आफ्नो दैनिक कार्य को प्रतिराम्रो ध्यानदिएर अगाडी बढी आफ्नो देश को लागि पनि केहि योगदान गर्नु हुनेछ भन्ने विश्वास को साथ्  तपाइहरुले चालेका हरेक पाइलाले सगरमाथा छुन पनि सफल हुनेछन भन्ने पूर्ण विस्वाश को साथमा  /

संविधानसभाका शत्रु

नेपालको एउटा वर्ग त्यति दंग इतिहासमै हुन पाएको थिएन जति अहिले समयसीमाभित्र संविधान जारी नहुने देखेर भएको छ। उसको ओठे राष्ट्रवादी मुद्रामा नयाँ संविधान बन्न नसकेको खुसी प्रस्टै देखिन्छ। लोकतन्त्रवादीको मखुण्डो लगाएका नवधनाढ्य, उत्पीडक, राजावादी, पेसेवर बुद्धिजीवी, चरम हिन्दूवादी संविधानसभालाई फाँसी चढाउन 'साइत' कुरिरहेका छन्।
यो आत्मबल तिनलाई त्यसै आएको होइन। नेपाली कांग्रेसका सभापति सुशील कोइराला हाकाहाकी संविधानसभाको अकाट्य मृत्यु घोषणा गरिरहेछन्। उसै पनि संविधानसभा एनेकपा (माओवादी)को एजेन्डा हो भन्ने कांग्रेस र नेकपा एमालेको मनमा छ। त्यसमाथि मधेसी जनअधिकार फोरमका लगभग गुमनाम सर्वदेव ओझाबाट संविधानसभा चुनावमा हार्नुपरेको पीडा सुशीललाई छ। सुशीलको भन्दा चर्को पीडा एमालेका केपी ओलीलाई छ। विश्वदीप लिङ्देन नामका कनिष्ट माओवादीबाट हार्नुपरेको तोड सायदै उनले भुल्न सक्लान्। चोरबाटोबाटै भए पनि सभासद् बनेर प्रधानमन्त्री बन्ने उनको सपना पूरा हुने छाँट छैन। संविधानसभाप्रति उनको वितृष्णा यही कुण्ठाको परिणाम हो। माओवादीकै जोडमा संविधानसभा आयो। त्यही पार्टीका नेता पनि बेलाबेला यसको म्याद नथप्ने उद्घोष गर्छन्। यस्तो स्थितिमा प्रतिगामी र पेसेवर बुद्धिजीवीले संविधानसभाको किलकिले थिच्ने दुस्साहस गर्नु अनौठो होइन।
समावेशी संरचनाका हिसाबले नेपालको ऐतिहासिक संविधानसभा विश्वमै उदाहरणीय छ। अनावश्यक संख्या बढाएर ६ सय १ जना पुर्‍याइएको भनी यसको व्यापक विरोध भएको थियो। त्यसले संविधानसभालाई खर्चिलो बनाएको अवश्य हो। तर, मनन गर्नुपर्ने के हो भने समतामूलक संविधान बनाउने ऐतिहासिक सभामा सबै जातजाति, भाषा, संस्कृति, क्षेत्र, वर्गबाट प्रतिनिधित्व भएको छ। त्यस हिसाबले यो विश्वकै सुन्दर संविधानसभा हो। यसमा महिला, दलित, मधेसी, पिछडिएको क्षेत्र, वर्ग सबैको प्रतिनिधित्व छ। मुसलमान चुरौटे, तेस्रो लिंगीदेखि मधेसी दलित र कमैयासम्म सभासद् छन् जो यसअघि त्यहाँ पुग्ने कल्पना सपनामा पनि गर्न सकिन्नथ्यो।
संविधानसभाको प्रत्यक्ष चुनावमै थिचिएका, मिचिएका, आफन्त गुमाएका, मान्छेको दर्जा नपाएका, दुखी, गरिब, दलित, उत्पीडित, महिला, आदिवासी, जनजाति, मुसलमान, मधेसीले जुन संख्यामा र जसरी चिरपरिचित पुराना नेतामाथि शानदार जित हाँसिल गरे, त्यो युगान्तकारी थियो। तीमध्ये ४० नकटेका युवाको संख्या बढी छ। पार्वती थापा श्रेष्ठले गोरखा-१ मा कांग्रेसका 'अपराजेय' चिरञ्जीवी वाग्लेलाई ९ हजार १ सय ४२ विरुद्ध ४० हजार ६ सय ६ मत ल्याएर जितेकी थिइन्। रेनु चन्दले बैतडी-२ मा कांग्रेसका विनयध्वज चन्दलाई ६ हजार ३ सय ६६ विरुद्ध २० हजार २१ मतले, इन्द्रजित थारुले दाङ-१ मा कांग्रेसका खुमबहादुर खड्कालाई झण्डै आठ हजार र सोलुखुम्बुमा गोपाल किरातीले कांग्रेसका बलबहादुर केसीलाई झण्डै दस हजार मतान्तरले हराएका थिए।

देवीलाल चौधरी, पुरन थारु, रुपा चौधरी, तिलक परियार, जयपुरी घर्ती, दुर्गा विक, चिनक कुर्मी, करिमा बेगम, पूर्णप्रसाद राजवंशी, कुमारी मोक्तान, दावा तामाङ, विश्वदीप लिङ्देन, खड्गबहादुर विश्वकर्मा, महेन्द्र पासवान, प्रेमबहादुर पुलामी, तेजबहादुर मिजार, गोपीबहादुर सार्की, नगेन्द्रबहादुर धिमाल, लालबहादुर सुस्लिङ मगर जस्ता दलित र पिछडिएका वर्गका उम्मेदवारले पनि शानदार जित हाँसिल गरेका थिए। त्यस विजयले हिजो कहिल्यै त्यहाँ पुग्ने नसोचिएका समुदायको आत्मविश्वासमात्र बढाएन, तिनलाई मूलधारमा ल्याउन पनि महत्वपूर्ण भूमिका खेल्यो। हाम्रो देशमा अहिलेसम्म पीडक वर्गले आफ्नै स्वार्थअनुरुप नीति निर्माण र शासन गरे। अब पीडित र सीमान्तकृतले देशको भाग्यरेखा कोर्नुपर्छ भन्ने त्यसका प्रस्ट जनादेश थियो। संविधानसभाविरोधीलाई यही विजय असह्य भएको हो।
संविधानसभाबाट अपेक्षित काम हुन नसकेको आरोप सत्य हो। कसैले सभासद् हुँ भनेर पसलेलाई थर्काए। कसैले सिडियो कुटे। कसैले एलडिओलाई शौचालयमा थुने। कोही सभा छाडेर भोजमा रमाए। कोही पासपोर्ट काण्डमा थुनिए। केही अपवाद भेटिँदैमा संविधानसभालाई बलि चढाउने माग गर्नु मूर्खताको हद हो। दोषी त सत्ता छिनाझपटीमा लागेका ठूला तीन दल हुन् जसले संविधान बनाउने अधिकांश समय नष्ट गरिदिए।
संविधानसभाको मृत्युको माग गर्नेसँग जेठ १४ पछिको खाका छैन। तिनीहरु देशलाई फेरि शून्यमा धकेलेर 'बैकुण्ठ लुट्न' चाहन्छन्। सायद तिनले चाहेको राष्ट्रपति शासन र अर्को संसदीय चुनावमात्र हो। अर्का थरिचाहिँ अर्को संविधानसभाको चुनाव हुनुपर्छ भन्छन्। संविधानसभा ल्याउन देशले ६० वर्ष कुर्नुपर्‍यो। हजारौँले बलिदान गर्नुपर्‍यो। यसको चुनावमा मात्र करोडौँ रुपियाँ लगानी भयो। अरु करोडौँ रुपियाँ खर्च भइरहेको छ।
संविधानसभाले विवादित थुप्रै मुद्दा समाधान गरेर ८० प्रतिशतभन्दा बढी काम सकिसक्यो। राज्य पुनर्संरचना र शासकीय स्वरूपलगायत केही मुद्दामात्र टुंगो लगाउन बाँकी छ। संसारमै यति छोटो अवधिमा संविधानसभाबाट संविधान बनेको इतिहास छैन। साँचिलो बन्नमात्र अत्यन्त थोरै अवधि तोकिएको थियो। त्यसमाथि संविधानसभाका रुपमा भन्दा बढी सरकार बनाउने व्यवस्थापिकाको भूमिकामा यसको प्रयोग बढी भयो। यस स्थितिमा जनअनुमोदित ऐतिहासिक सभा जोगाएर नयाँ संविधान लेख्न सिर्जनात्मक दबाब दिनु एकमात्र विकल्प छ। प्रधानमन्त्री झलनाथ खनालले आफ्नो बाध्यता र स्थितिबारे जनतालाई प्रस्ट पार्न राष्ट्रका नाममा सम्बोधन गर्नु हतार भइसक्यो। माओवादीभित्र पुष्पकमल दाहाल र बाबुराम भट्टराई शान्ति, संविधान र अन्य दलसँग समझदारीका लागि उदार छन्। यस स्थितिमा माओवादी र कांगे्रसलाई समेत विश्वासमा लिएर प्रधानमन्त्रीले नयाँ संविधान जारी गर्न संविधानसभाको म्याद कति थप्नुपर्छ भन्ने जनतालाई प्रस्ट बताउने र मागेको समयमा संविधान नबने राजीनामा गर्ने प्रण गर्नु राम्रो हुन्छ।
नयाँ संविधानसभाको चुनाव गराउनुपर्छ भन्नु नयाँ संविधान कहिल्यै नलेखियोस् भन्ने चाहनु हो। यस्तो माग गर्नेलाई थाहा छ, फेरि संविधानसभा चुनावै हुँदैन। 'यी मैला मधेसी, कामी, दमाई, सार्की, चुरौटे आइमाई हाम्रा नेता? यिनले हाम्रो संविधान लेख्ने? असम्भव!' पेटबोलीमा यिनीहरुले भनेको यही हो। तर, तिनले कानको बिर्को खोले हुन्छ, हेपिएको त्यो वर्ग विश्वनाथ उपाध्याय वा लक्ष्मणप्रसाद उपाध्यायले जस्तो देशी, विदेशी संविधानको पाना पल्टाउँदै बौद्धिक बहस गर्न होइन, आउँदो संविधानमा आफ्नो वर्गको दुःख सम्बोधन गर्न योगदान गरून् भनेर त्यहाँ पठाइएका हुन्। कमैया, दलित, मधेसी, कर्णालीको दुःख हरण राजधानीमा सोखसयल गर्ने अभिजात वर्गले लेखेको संविधानले हुने हो र? समावेशी लोकतन्त्रको यो मर्म नबुझी पीडित वर्गको खिसी गर्ने हास्य कलाकार र यी 'ननअर्ग्यानिक बुद्धिजीवी'को हालत उस्तै छ।