लोकप्रिय पोस्ट

गुरुवार, 9 जून 2011

अर्घाखाँचीमा झाडापखालाबाट एकको मृत्यु

 अर्घाखाँची २५ जेठ 
    अर्घाखाँचीको धात्तिबाँ गाविसमा झाडापखालाबाट एक जनाको ज्यान गएको छ । धात्तिबाँ गाविस वडा नं ७ निवासी लोकनाथ पौड्यालकी ७ वर्षीया छोरी हरिकला पौड्यालको २ दिनसम्म झाडापखाला लागेर उपचारको लागि उपस्वास्थ्य चैकीमा लैँजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
 यसैगरी स्थानीय मन्दिरमा परम्परागतरुपमा हुँदै आएको पूजामा बली दिएको बाख्राको मासु खाँदा जिल्लाको केरुङ्गा वडा नं ८ भुवन डाँडामा आधा दर्जन गाउँले बिरामी परेका छन् । स्थानीय बासिन्दा रोमनाथ पोख्रेलका अनुसार उनीहरूको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेकोे छ ।

बिस्फोटक पदार्थ सम्बन्धी जन चेतना कक्षा सन्चालन

 गुल्मी २५ जेठ
 स्थानिय शान्ती समिती,गुल्मी र नेपाल रेडक्रस सोसाइटी गुल्मीको संयुक्त पहलमा आज बारुदे सुरुङ तथा बिस्फोटक पदार्थ सम्बन्धी जन चेतना कक्षा सन्चालन गरिएको छ्। 
रिडी उच्च माबीको भवनमा आयोजित उक्त कक्षामा द्वन्दको समयमा सेना र बिद्रोही पक्षका हराएका तथा बेवारीसे अवस्थामा छाडिएको बिस्फोटक पदार्थ बाट बालबालिका तथा सर्बसाधारणहरु लाई शिकार हुनबाट कसरी बाँच्न र बचाउन सकिन्छ भन्ने सम्बन्धमा जानकारी दिइएको थियो।

गुल्मीका भण्डारी सगरमाथा टेक्ने लुम्बिनीकै पहिलो कर्मचारी

२५ जेठ गुल्मी
लुम्बिनी अञ्चलबाट निजामती कर्मचारीको समूहमा सहभागी भएर गुल्मीका तुल्सीराम भण्डारीले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका छन्। नायब सुब्बा भण्डारीसहितका ९ जना कर्मचारीको समूह भने गत जेठ ४ गते बिहान ५:४५ मा साधारण रुटको मोहडाबाट सगरमाथामा पाइला टेकेका हुन् ।
 लुम्बिनीको गुल्मी अर्जै ४ गैराबारीमा २०३१ फागुन २ मा जन्मेर एमपीए शिक्षा पूरा गरी २०५९ असोजमा नायब सुब्बा तहमा प्रवेश गरेका भण्डारी पर्यटन मन्त्रालयमा रहँदा सर्म्पर्क अधिकृतका रूपमा आधार शिविरसम्म पुग्दा सगरमाथा चढ्ने मनसाय बोकेका थिए । गुल्मी निवासी भण्डारी गुल्मेलीबाट भने सगरमाथा चढ्ने दोस्रो व्यक्ति हुन्। यसअघि हँसरा ८ गुल्मीका तिलविक्रम बुढाथोकीले भारतीय गोर्खा सैनिकको तर्फबाट २०५८ जेठ १० मा बिहान ८:५० मा दक्षिणी पुर्वी मोहडाबाट सगरमाथा चढेका थिए। सगरमाथामा पुग्ने अन्य निजामती अधिकारीमा हरी प्रसाद गुरागाईं, सुरथ पोख्रेल, हरि ढकाल, ज्ञानेन्द्रकुमार श्रेष्ठ, पदमबहादुर भण्डारी, सुविर श्रेष्ठ, सन्तकुमार महर्जन र खिमलाल गौतम रहेका छन् । निजामती सगरमाथा आरोहण समूहलाई पर्यटन मन्त्रालयले गत वर्ष र्सार्वजनिक सूचना प्रकाशित गरेर उक्त अवसरमा शुल्कबापतको ७० हजार डलर तथा करिब ५० लाख रुपियाँ रोयल्टीबापतको शुल्क छुट दिएको थियो। स्वदेशी तथा विदेशी नागरिकलाई सगरमाथा आरोहणमा प्रतिव्यक्ति २५ हजार डलर, १५ जनासम्मको समूहलाई ७० हजार डलर र सो भन्दामाथि प्रतिव्यक्ति १० हजार डलरले थप रकम रोयल्टीबापत लाग्ने गर्छ। उक्त समूहले आरोहणका लागि छनोट भएपछि रसुवाको ५ हजार ५ सय फिट अग्लो यालाफिटमा तालिम गरेको थियो। राजधानीबाट चैत्र २४ मा सगरमाथा चढ्ने उद्देश्यले आधार शिविरतर्फलागेको सफलतासँगै ४९ दिनमा काठमाडौं र्फकेको हो। सगरमाथामा आरोहणका क्रममा सुविधा, भरियाको मनपरि र सरसफाइमा सरकार एवम् सरोकार निकायले ठोस ध्यान दिनु आवश्यक छ’ -नासु भण्डारीले भन्नुभयो। उनलाई लुम्बिनी अञ्चलका राजनैतिक तथा सामाजिक संस्थाहरूले निरन्तर सम्मान गर्ने क्रम चलेको छ।

पुगेन सिमकार्ड

Posted: 08 Jun 2011 09:39 AM PDT
नेपाल टेलिकम, गुल्मीले बाँडेको नमस्ते प्रिपेडको सिमकार्ड लिन लागेको सर्वसाधारणको घुँईचो । जति पटक वाँडेपनि गुल्मीमा नमस्ते सिमकार्डको माग पुरा हुन सकेको छैन । 

तस्बिर: जनार्दन घिमिरे From gulminews

उपचारका लागि सहयोग याचना

  छ महिनादेखि ब्लड क्यान्सरबाट पिडित १२ वषिर्य बालक नितेश खरालले उपचारका लागि सहयोग याचना गरेका छन् ।
गुल्मी जिल्ला अर्लाङ्कोट गाविस वार्ड नं. ६ निवासी शेष कान्तको नाती, लालमणी खरालको छोरा नितेशले आफ्नो उपचारका लागी आफ्नो आफ्नो परिवारको आर्थिक अवस्थाले नभ्याउने भएपछि सहयोग याचना गरेका हुन् । ब्लड क्यान्सर भएपछि खरालको गत २०६७ साल पौष देखी कान्ती बाल अस्पताल, काठमाडौंमा उपचार भैरहेको छ । 

डाक्टरको अनुसार झन्डै १६५ हप्ता सम्म बिरामीलाई निरन्तर रुपमा अस्पतालमै राखी केमो थेरापी दिनु पर्ने र उक्त उपचार पद्दती निकै खर्चिलो भएकोले सहयोगको याचना गरिएको नितेशका बाबु लालमणिले जानकारी दिनुभयो । आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकोले छोराको ज्यान बचाईदिन आर्थिक सहयोगका लागी उहाँले सबैसमक्ष आग्रह गर्नुभयो । 
उनलाई सहयोग गर्न चाहाने ब्यक्ति वा संघ संस्थालाई हिमालयन बैंकको खाता नम्बर ००२०२९७६०४००१९ मा सहयोग उपलब्ध गराउनुहुन अनुरोध गरीएको छ । साथै यस सम्बन्धी थप सोधपुछ तथा जानकारीको लागि टेलिफोन नम्बर ०९९७९८४३०५४७१३ मा संपर्क गर्न सकिनेछ ।

हराएका भनिएका ब्याक्तिको वामिमा शव फेला

गुल्मी  जेठ २४
यही जेष्ठ १६ गतेखि हराईरहेका एक व्याक्तिको शव आज गुल्मीको वामी गाविसमा फेला परेको छ । कुर्घा गाविस वार्ड नं. ७ घर भई वामी गाविस वार्ड नं. ७ स्थित देववहादुर सिँह ठकुरीको घरमा वस्दै आएका ५१ वर्षे मङ्गले गन्धर्वको शव आज वामी गाविसको पुराना गाउँ सोलानाथ भन्ने खर्यानमा फेला परेको हो । 
हराउनु अघि घरायसी विषयमा उनीमाथि गम्भिर आरोप लगाईएको भए पनि उक्त आरोपको भने पुष्टि हुन सकेको छैन । आफु माथि लागेको आरोप अस्वीकार गर्दै उनी उक्त दिनदेखि फरार रहेको वताईएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा अनुसन्धानपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

मातृत्व सम्वन्धि जिल्ला स्तरीय समता र पहुँच तालीम

गुल्मी जेठ २३ 
प्रजनन् स्वास्थ्यमा चेतना वढाउने र प्रजनन् स्वास्थ्यमा समतामूलक ढंगवाट पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आजदेखि गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा प्रजनन् स्वास्थ्य सुदृढीकरणकालागि जिल्ला स्तरीय समता र पहुँच तालीम शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको सहयोगमा राष्ट्रिय ग्रामिण तथा सामुदायीक विकास....
 केन्द्र नार्डेक नेपाल,सामाजिक जागरण तथा विकास अभियान गुल्मी तथा एकिकृत ग्रामिण विकास समाज गुल्मीको आयोजनामा उक्त तालीम संचालन गरिएको हो । तालीममा सुरक्षित मातृत्व, नवशिशुको स्वास्थ्यमा ख्याल गर्नु पर्ने कुराहर,सेवाको उपभोगमा हुने ढीलाईका कारणहरु र समाधानका सम्भावित उपाय तथा शुरक्षीत मातृत्व संवन्धि अधिकारहरुको विषयमा सहभागीहरुलाई जानकारी गराईले,सामाजिक जागरण तथा विकास अभियान गुल्मीका संयोजक विष्णु प्रसाद भण्डारीले जानकारी दिएका छन् । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय तथा आयोजक संस्थाका कार्यक्रम संयोजक, फिल्ड संयोजक र सामाजिक परिचालकहरुको सहभागिता रहेको छ । तीनदिनसम्म संचालन हुने उक्त तालीमको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भेषराज पोख्रेल र प्रकाश कोईरालाले सहजिकरण गर्नु भएको छ ।