लोकप्रिय पोस्ट
-
tulsi ram pandey
-
कार्यक्रम पार्टिले सार्वजनीक रुपमा फहराएको आफ्नो लक्ष्यहरुको झण्डा हो । त्यसैको आधारमा आम जनतालाई सचेत, संगठित र परिचालित गर्ने काम गर्न...
-
पृथ्बी मा तिन चीज हरु व्यर्थ छन / एक कंजूस संग भएको धन व्यर्थ हुन्छ किन की त्यों पैसालाई उसले प्रयोग गर्दैना / दुई मुर्ख मानिस संग भएको बिध्...
-
हरियालीले भरिएको हाम्रो देश नेपाल सुन्दर संरक्षण गरेर राखनु पर्दछ गरौँ हामीले तर्खर डाँडा पाखा खोला नाला हाम्रै देशको ठुलो गौरब सबै ठाउला...
-
परदेशमै भएपनि मैले आफनो गाउघर आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्...
-
तुल्सीराम पाण्डे - दसैँ मैना कोखमा राखी मलाइ ठुलो माया दिनु भयो मलाइ सधै हास्न लगाएर आमा हजुरले आँशु पिनु भयो कतै बाट म ढिला आउदा पिढीम...
-
तुल्सीराम पाण्डे - रानी बन को जंगल मा पात र बजाई सिटि माया संग बिछोड भाको धेरै भयो अजै आएन चिठी बिहे मैले गर्छु भन्दा दिईन मलाइ एक सालको ...
-
नमस्कार आज हाम्रो प्यारो नेपाल कुन इस्थिति मा पुगेको छ तपाई हरुलाई सम्पूर्ण जानकारी भएको कुरा नै हो / सबैले आफ्ना आफ्ना बिचार हरु सबैको अगाड...
-
आगो भित्र देश जलेको कथा कस्लाई भन्नु आफै भित्र भित्रै बलेको कथा कस्लाई भन्नु यसै गरि माटोलाई दलदल बनाउँदै जाँदा पैतला भासिदै ढलेको कथा कस्ल...
रविवार, 26 जून 2011
गुरुवार, 9 जून 2011
अर्घाखाँचीमा झाडापखालाबाट एकको मृत्यु
अर्घाखाँची २५ जेठ
अर्घाखाँचीको धात्तिबाँ गाविसमा झाडापखालाबाट एक जनाको ज्यान गएको छ । धात्तिबाँ गाविस वडा नं ७ निवासी लोकनाथ पौड्यालकी ७ वर्षीया छोरी हरिकला पौड्यालको २ दिनसम्म झाडापखाला लागेर उपचारको लागि उपस्वास्थ्य चैकीमा लैँजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
यसैगरी स्थानीय मन्दिरमा परम्परागतरुपमा हुँदै आएको पूजामा बली दिएको बाख्राको मासु खाँदा जिल्लाको केरुङ्गा वडा नं ८ भुवन डाँडामा आधा दर्जन गाउँले बिरामी परेका छन् । स्थानीय बासिन्दा रोमनाथ पोख्रेलका अनुसार उनीहरूको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेकोे छ ।

बिस्फोटक पदार्थ सम्बन्धी जन चेतना कक्षा सन्चालन
गुल्मी २५ जेठ
स्थानिय शान्ती समिती,गुल्मी र नेपाल रेडक्रस सोसाइटी गुल्मीको संयुक्त पहलमा आज बारुदे सुरुङ तथा बिस्फोटक पदार्थ सम्बन्धी जन चेतना कक्षा सन्चालन गरिएको छ्।
रिडी उच्च माबीको भवनमा आयोजित उक्त कक्षामा द्वन्दको समयमा सेना र बिद्रोही पक्षका हराएका तथा बेवारीसे अवस्थामा छाडिएको बिस्फोटक पदार्थ बाट बालबालिका तथा सर्बसाधारणहरु लाई शिकार हुनबाट कसरी बाँच्न र बचाउन सकिन्छ भन्ने सम्बन्धमा जानकारी दिइएको थियो।

गुल्मीका भण्डारी सगरमाथा टेक्ने लुम्बिनीकै पहिलो कर्मचारी
२५ जेठ गुल्मी
लुम्बिनी अञ्चलबाट निजामती कर्मचारीको समूहमा सहभागी भएर गुल्मीका तुल्सीराम भण्डारीले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका छन्। नायब सुब्बा भण्डारीसहितका ९ जना कर्मचारीको समूह भने गत जेठ ४ गते बिहान ५:४५ मा साधारण रुटको मोहडाबाट सगरमाथामा पाइला टेकेका हुन् ।
लुम्बिनीको गुल्मी अर्जै ४ गैराबारीमा २०३१ फागुन २ मा जन्मेर एमपीए शिक्षा पूरा गरी २०५९ असोजमा नायब सुब्बा तहमा प्रवेश गरेका भण्डारी पर्यटन मन्त्रालयमा रहँदा सर्म्पर्क अधिकृतका रूपमा आधार शिविरसम्म पुग्दा सगरमाथा चढ्ने मनसाय बोकेका थिए । गुल्मी निवासी भण्डारी गुल्मेलीबाट भने सगरमाथा चढ्ने दोस्रो व्यक्ति हुन्। यसअघि हँसरा ८ गुल्मीका तिलविक्रम बुढाथोकीले भारतीय गोर्खा सैनिकको तर्फबाट २०५८ जेठ १० मा बिहान ८:५० मा दक्षिणी पुर्वी मोहडाबाट सगरमाथा चढेका थिए। सगरमाथामा पुग्ने अन्य निजामती अधिकारीमा हरी प्रसाद गुरागाईं, सुरथ पोख्रेल, हरि ढकाल, ज्ञानेन्द्रकुमार श्रेष्ठ, पदमबहादुर भण्डारी, सुविर श्रेष्ठ, सन्तकुमार महर्जन र खिमलाल गौतम रहेका छन् । निजामती सगरमाथा आरोहण समूहलाई पर्यटन मन्त्रालयले गत वर्ष र्सार्वजनिक सूचना प्रकाशित गरेर उक्त अवसरमा शुल्कबापतको ७० हजार डलर तथा करिब ५० लाख रुपियाँ रोयल्टीबापतको शुल्क छुट दिएको थियो। स्वदेशी तथा विदेशी नागरिकलाई सगरमाथा आरोहणमा प्रतिव्यक्ति २५ हजार डलर, १५ जनासम्मको समूहलाई ७० हजार डलर र सो भन्दामाथि प्रतिव्यक्ति १० हजार डलरले थप रकम रोयल्टीबापत लाग्ने गर्छ। उक्त समूहले आरोहणका लागि छनोट भएपछि रसुवाको ५ हजार ५ सय फिट अग्लो यालाफिटमा तालिम गरेको थियो। राजधानीबाट चैत्र २४ मा सगरमाथा चढ्ने उद्देश्यले आधार शिविरतर्फलागेको सफलतासँगै ४९ दिनमा काठमाडौं र्फकेको हो। सगरमाथामा आरोहणका क्रममा सुविधा, भरियाको मनपरि र सरसफाइमा सरकार एवम् सरोकार निकायले ठोस ध्यान दिनु आवश्यक छ’ -नासु भण्डारीले भन्नुभयो। उनलाई लुम्बिनी अञ्चलका राजनैतिक तथा सामाजिक संस्थाहरूले निरन्तर सम्मान गर्ने क्रम चलेको छ।

उपचारका लागि सहयोग याचना
छ महिनादेखि ब्लड क्यान्सरबाट पिडित १२ वषिर्य बालक नितेश खरालले उपचारका लागि सहयोग याचना गरेका छन् ।
गुल्मी जिल्ला अर्लाङ्कोट गाविस वार्ड नं. ६ निवासी शेष कान्तको नाती, लालमणी खरालको छोरा नितेशले आफ्नो उपचारका लागी आफ्नो आफ्नो परिवारको आर्थिक अवस्थाले नभ्याउने भएपछि सहयोग याचना गरेका हुन् । ब्लड क्यान्सर भएपछि खरालको गत २०६७ साल पौष देखी कान्ती बाल अस्पताल, काठमाडौंमा उपचार भैरहेको छ । डाक्टरको अनुसार झन्डै १६५ हप्ता सम्म बिरामीलाई निरन्तर रुपमा अस्पतालमै राखी केमो थेरापी दिनु पर्ने र उक्त उपचार पद्दती निकै खर्चिलो भएकोले सहयोगको याचना गरिएको नितेशका बाबु लालमणिले जानकारी दिनुभयो । आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकोले छोराको ज्यान बचाईदिन आर्थिक सहयोगका लागी उहाँले सबैसमक्ष आग्रह गर्नुभयो ।
उनलाई सहयोग गर्न चाहाने ब्यक्ति वा संघ संस्थालाई हिमालयन बैंकको खाता नम्बर ००२०२९७६०४००१९ मा सहयोग उपलब्ध गराउनुहुन अनुरोध गरीएको छ । साथै यस सम्बन्धी थप सोधपुछ तथा जानकारीको लागि टेलिफोन नम्बर ०९९७९८४३०५४७१३ मा संपर्क गर्न सकिनेछ ।
सदस्यता लें
संदेश (Atom)