लोकप्रिय पोस्ट

गुरुवार, 2 जून 2011

लेकको तितो सिटामोल भन्दा छिटो”


अरवौको जडिबुटी संरक्षण भएन
गगनशिला खड्का
गुल्मी जेठ १२
     गुल्मीका थुप्रै लेक पहाडहरुमा अरवौँ मुल्य वरावरको औषधीजन्य जडिवुटी खेर गईरहेको र कतिपय जडिवुटी लोप हुँदै गईरहेको भन्दै अव त्यसको संरक्षण र सदुपयोगका लागि लेकको तितो, सिटामोल भन्दा छिटो भन्ने उक्तीलाई अनुशरण गर्दै अगाडी वढ्नुपर्नेमा विहिवार एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

सदरमुकाम तमघासमा विहिवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, उपल्लो तमघास, गुल्मीद्धारा आयोजित स्थानीय जडिवुटीको लगत संकलनका लागि सरोकारवालाहरुसँगको छलफल कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । सहभागीहरुले अव केही दिन भित्रमै गुल्मी क्षेत्र नं. १ को प्रसिद्ध धार्मिक स्थल एवं जडिवुटीको भण्डार मानिने शालिमे दह क्षेत्रमा स्थलगत अध्ययनमा जाने निर्णय गरेका छन् ।

जिल्ला वन कार्यालय, इलाका वन कार्यालय, संवन्धित रेञ्जपोष्टसंग समन्वय गरी जिल्ला जडिवुटी प्रशोधन केन्द्र गुल्मीका अध्यक्ष खड्ग केसीको नेतृत्वमा शालिमे दहको जडिवुटीको लगत उतार्ने आयोजक संस्थाले जनाएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. दिनेश ज्ञवालीले गुल्मीमा विभिन्न प्रजातिका अरवौँ मुल्यको औषधीजन्य जडिवुटी हुँदा हुँदै पनि मेडिकल औषधीको पछाडी लागेर आयुर्वेदिक औषधी भुलेकाले त्यस्तो जडिवुटी खेर गईरहेको वताउनुभयो । सदरमुकाम तमघासकै रेसुङ्गा वन र अर्जुन डाँडामा मात्रै पाखण्डीवेद, टिमुर, चिराईतो, सतुवा लगायतका विभिन्न प्रजातिका अरवौँ मुल्य वरावरको जडिवुटी खेर गएको भन्दै सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए ।
त्यस्तै लम्विनी अञ्चलकै सवैभन्दा अग्लो थाप्ले सत्यवती क्षेत्र, मदाने लेक लगायतका टापु लगायतका स्थानहरुमा रहेका जडिवुटीको सदुपयोग तथा आयुर्वेदिक औषधी उद्योगको विकास गर्न जिल्ला स्तरीय समिति समेत गठन गर्नुपर्ने आवश्यक रहेको छ । जडिवुटीको अर्को भण्डार मानिने
मदाने लेकमा वन मन्त्रालयवाट आएका सरोज कोईरालाको नेतृत्वमा स्थानीय सरोकारवालाहरुको एक टोली स्थलगत अध्ययनमा पुगेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कर्णवहादुर पाण्डेले जानकारी दिनुभयो ।
गुल्मी जिल्लालाई आयुर्वेदिक औषधी उद्योग क्षेत्रको रुपमा पहिचान गराउन जिल्ला विकास समितिले करिव डेढ लाख रुपैयाँ वरावरको जडिवुटी प्रशोधन गर्ने मशिन प्रदान गरेपनि भवनको अभावमा प्रयोगमा ल्याउन नसकिएको डा. ज्ञवालीले गुनासो गर्नुभयो । रकम अभावका कारण निर्माणाधिन भवन अलपत्र रहेकोले यसतर्फ जोड् दिन संवन्धित पक्षको ध्यानाकर्षण गराईएको छ । त्यस्तै गौमुत्र समेत भारतवाट ल्याउने परिपाटीको अन्त्य गरी रेसुङ्गाको वनमा छाडिएका गाईहरुको मुत्र प्रशोधन गरी प्रयोगमा ल्याउनुपर्नेमा समेत सहभागीहरुको जोड थियो ।
गुल्मीमा नुनढेकी, घोडाताप्के, तुलसी, सिउँडी, भिर सिउँडी, रुँदेलो, चिराईतो, कालाजिरो, सुनगाभा, वज्रदन्ती, पाती, असुरा, कालसिन्की, गानेगुज्रो, टिमुर, सुनकाउली, सतुवा, घिउकुमारी, वाँको, हर्रो, वर्रो, पाँच औँले लगायतका थुप्रै प्रजातिका औषधीजन्य जडिवुटीहरु त्यत्तिकै खेर गईरहेको छ । सामुदायिक वनले वर्षमा एकचोटी उपभोक्ताहरुलाई दाउराका लागि वन फडानी गराउँदा रुखको माया गरेर वन फडानीको मापदण्ड तोकेपनि जडिवुटी प्रति ख्याल नगर्दा वन फडानीका क्रममा ससाना जडिवुटीहरु फडानी हुने गरेका छन् ।
कार्यक्रममा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, सहायक जिल्ला वन अधिकृत कर्णवहादुर पाण्डे, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरे, जिल्ला जडिवुटी प्रशोधन केन्द्र गुल्मीका अध्यक्ष खड्ग केसी लगायत विभिन्न कार्यालय तथा संघसंस्था प्रतिनिधी एवं सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य केन्द्रका प्रमुख डा. दिनेश ज्ञवाली र कार्यक्रम संयोजक कमलप्रसाद आचार्यले सहजीकरण गरेका थिए ।

सार्वजनिक जग्गा विपन्नलाई


घनश्याम गौतम
गुल्मी जेठ १५
दुर्गम गाविस बाँझकटेरीका विपन्न समुदायको आय आर्जन र वातावरण संरक्षणको उद्देश्यले वन कार्यालयले मालिका जंगलको नांगो डाँडो उपलब्ध गराएको छ । खाली जग्गामा आयमूलक खेती गर्न सिकाएर विपन्नको आम्दानी बढाउन जग्गा उपलब्ध गराएको कार्यालयले जनाएको छ ।
 स्थानीयले लिएपछि दुर्गममा रहेको सरकारको वन कबुलियती वनमा परिणत भएको छ । कार्यालयले बाँझकटेरी १, होलबाङका विपन्न परिवारका ७१ घरपरिवारलाई प्रतिपरिवार १ हेक्टरका दरले ७१ हेक्टर जग्गा उपलब्ध गराएको हो । वन विभागअन्तर्गत खाद्य तथा कृषि संगठनका क्षेत्रीय संयोजक नारायण भट्टराईका अनुसार सरकारले हैसियत बिग्रेको -रूख बिरुवा नरहेको जंगल क्षेत्र) विपन्न समुदायका समूह बनाएर बढीमा ४० वर्षसम्मका लागि हस्तान्तरण गर्न सक्छ । सोही प्रावधानअनुसार झकटेरीको होलबाङ क्षेत्रमा खेर गइरहेको मालिका जंगल स्थानीयलाई हस्तान्तरण गरिएको उनले बताए । जिल्लामा घोषणा गरिएको यो कबुलियती वन पहिलो वन हो । सरकारको वन ४० वर्षका लागि आफूहरूले उपयोग गर्न पाएपछि सर्वसाधारण उत्साहित भएका छन् । आपनो नाममा मुस्किलले १ रोपनी जग्गा नभएका विपन्न परिवारका उनीहरूले १ हेक्टर जमिनसहितको पट्टा पाएका छन् । हिजोसम्म सरकारको जस्तो लागेको थियो,' बाँझकटेरी १ होलबाङका बृजबहादुर खत्रीले भने, 'अब कार्य योजनाअनुसार खाली डाँडोलाई हराभरा बनाउने छौं ।' वन आफूहरूले पाएदेखि नै दिनरात काम गरेर वन संरक्षणका लागि ७ किलोमिटर ढुंगाको पर्खाल निर्माण गरेको उनले बताए

गुल्मीमा पनि गणतन्त्र दिवस मनाईयो



सीता भण्डारी, 
गुल्मी जेठ १५ 
चौंथो गणतन्त्र दिवसको अवसरमा आज गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा विविध कार्यक्रमका साथमा गणतन्त्र दिवस मनाईएको छ । गतन्त्रदिवस जिल्ला मूल समारोह समितका अध्यक्ष भक्तिराम मरासिनीको अध्यतामा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले वर्तमान अवस्थामा गाणतन्त्रको संस्थागत विकास हुन नसकेको भन्दै.....
 यसको संस्थागत विकासका लागि चाँडो चन्दा चाँडो शान्ति र संविधान निर्माण गर्नु पर्ने वताएका छन् । कार्यक्रममा वाजागाजा सहित प्रभातफेरी गरि वजार परिक्रमा समेत गरिएको थियो । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, नेपाली काँग्रेसका निवर्तमान सभापति शुरेसचन्द्र भुसाल,राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कमल अर्याल, राप्रका टोप वहादुर वस्नेत, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष घनश्याम गौतम लगायतका व्यक्तिहरुले शुभकामना दिनु भएको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदि, कालीदत्त गुल्मका गुल्मपति सन्तोषकुमार थापा लगायत जिल्ला स्थित सम्पूर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दल, नागरिक समाज सिद्धवावा उच्च मावि, रिडर्स पव्लिक हाईस्कुलका शिक्षक तथा शिक्षिका, विधार्थी, उद्योगि तथा व्यापारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला विकास समिति गुल्मीका कार्यक्रम अधिकृत शंकर पसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।

जिप दुर्घटना हुदाँ २ जना गम्भिर घाईते


मनोज बस्नेत
 गुल्मी जेठ १५
 गुल्मीको गौडाकोट गाविसमा केहि समय अगाडि जिप दुर्घटना हुदाँ २ जना गम्भिर घाईते भएका छन् । बुटबल बाट गुल्मीको सदरमुकाम तम्घासकालागि छुटेको लु १ च ३९१४ नम्बरअको निजी जिप गौडाकोट गाविसको वार्ड नम्बर ७ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाईते हुनेहरुमा जिपका चालक नवलपरासि रामग्राम ११ का अन्दाजि २४ बर्षका लोक नारायण चौधरी र जिपमा सवार कपिल्वस्तु हथौसा ८ का अन्दाजि ३६ बर्षका प्रेम नारायण वस्ति रहेका छन् । गम्भिर घाईते दुवै जनालाई अहिले उपचारको लागि पाल्पा तर्फ लगिदैँ गरिएको जिल्ला ट्राफिक प्रहरि कार्यालय गुल्मीले जानकारी दिएको छ । जिप सड्कबाट अन्दाजि २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र जिप क्षत बिक्षत अबस्थामा रहेको ट्राफिक प्रहरिले जानकारी दिएको छ ।

नेता, कलम र जनता


Posted: 29 May 2011 12:23 PM PDT

   बिहान पख उठ्यो र हात मुख धोइवरी चिया नास्ता गरि कलम हातमा आउनसाथ एस्तो महसूस हुन्छ की दुनिया कलम मा बाँधीएको को छ / कलम नाम लिदा बित्तिकै मेरो हिर्दयमा अनूठा अनूठा रचना हरुको झलक उठ्छ / कसैलाई आजसम्म पनी यो कलम को बारेमा थाहा पनी नहोला कलम ले के के गर्न सक्छ कलम भन्ने के चीज हो कलम को जित कस्तो कस्तो ठाउमा हुन्छ भनेर / तर म कलम चलाउने ब्यक्ति हूम तै पनी म गाउको एकजना बारिस्ट नेता संग केहि यो कलम को चर्चा गर्न भनी हिडे....


म उहा को घर नीर पुगे घर वोरीपरि उहाको बगीचा थियो त्यों बगीचा म़ा नानाथरी का फल का रुख र फुलहरुका रुख हरु थिए घर पनी निकै ठुलो मलाई ता एस्तो लाग्यो की कही म गाऊ छोडेर काठमांडू तीर ता आइन / किन की त्यों घर हेर्दा खेरी कुनै काठमांडू का व्यापारी को जस्तो देखिन्थ्यो / म टोलाई रहेको थिए येतिकैमा एक जना त्यों घर का सदस्य बहिर निस्के र मलाई देखे पछि ती व्यक्ति ले मलाई सोधे की तपाई कहा देखि आउनु भएको र को संग मिल्न आउनु भएको नि भने पछि मैले भने की म नेताजी संग भेटना आएको भनेपछि ती व्यक्ति ले मलाई बाहिर को तेहि नै बगीचा मा बस्न लगाइदिये र भने की नेताजी ले अहिले पूजा पाठ गर्दै हुनु हुन्छ तपाई ले केहि बेर पर्खनुपर्यो / मैले ती मानिस लाइ सोधे की तपाई नेताजी को दाई भाई की को भन्दा उनको जवाफ थियो की म ता हजूर यो घरको कर्मचारी हूम भन्दै उनी घर भीत्र पसे / र मलाई यो देख्दा सारै अचम्म लाग्यो की सात आठ बर्ष पहिला यो मानिसको व्यबस्था केहि पनी थिएन र यो नेताजी बने पछि एस्तो अचम्म कती छिटो पैसा कमाउने रहेछन र कसरी कमाउने रहेछन भन्ने जान्न को लागी मेरो मन सारै उत्कुत्सा मा आयो र पहिलो प्रश्न नै मेरो नेताजी को कमाई नै बनाउने निर्णय गरे/ केहि छण पछि नेताजी आउनु भयो / र उहाले मलाई तपाई को हो र कहाँ देखि आउनु भएको के को लागी आउनु भएको भन्ने सोध्नु भयो र मैले आफ्नो परिचय कलम को रूप मा दिए / र तपाई संग मलाई केहि शोध पूछ गर्न थियो र आएको हूम हजूर ले मलाई केहि समय दिन सक्नु हुन्छ की भनेको नेताजी ले अवस्य भन्दा मलाई खुसी लाग्यो / हामी बगीचा मा दुई ओटा टूल्स लिएर आयौ / कलम र नेताजी को वार्ता सुरु हुन लाग्यो / कलम को प्रश्न ;-नेताजी हजुरले ग़ाऊ र देश को विकास म़ा आज सम्म कती योगदान गर्नु भयो त / नेताजी को उत्तर ;-ग़ाऊ र देश को लागी हमीहरूले योगदान दिनु पर्दैन जनता ले नै दिनुहुन्छ / कलमको प्रश्न ;- हजूर ले येती सानो समय म़ा येती धेरै प्रगति गर्नु भयो येती ठूला ठूला महलहरु बनाउनु भयो यो कसरी भयो /नेताजी को उत्तर ;- सरकार ले जून बजट छुट्टायेर जिल्ला जिल्ला म़ा पठाऊछ त्यों रकम म़ा हामीहरुले आधा रकम काम म़ा लगाउने गर्छौ अनि आधा रकम हामी हरुको हुन्छ र कसैको कुनै सरकारी काम आउदा हमिजस्तो नेता हरुलाई नै खोज्छ्न त्यों समय पनी हाम्रो कमाई को हो एस बाट पनी हामीहरु राम्रो कमाउछौ/ कलम को प्रश्न ;- नेताजी हजूर को बार्षिक आय कती सम्म हुन्छ होला / नेताजी को उत्तर ;- भन्नु पर्दा यस्तै सरकार ले हामी लाइ सालाना को सात आठ लाख दिन्छ भने हमीहरूले बाहिरी कमाई ले गर्दा बीस लाख सम्म ता पुग्छ / कलम को प्रश्न ;- नेताजी तपाईहरु संग सरकारले त्यों बजट को ब्यौरा माग्दैन त कहा कती खर्च भयो भन्ने / नेताजी को उत्तर ;- सरकार भनेका नै हामी हौ सरकार चलाउने पनी हामी हौ सरकार बनाउने पनी हामी हौ मंत्री हरु हमिहरुको हातमा हुन्छन् तेसो हुदा हामी हरुलाई डरलाग्दैन / कलम को प्रश्न ;- तपाई हरुको एस्तो कमाई प्रति संचार कर्मी र पत्रकार हरुले आवाज उठाऊदैनन / नेताजी को उत्तर ;- हेर्नुहोस आवाज ता कती पल्ट उठे त्र त्यों आवाज हरुलाई हमिजस्ता नेताहरूले कहा बुलंद हुन दिछौ र सम्झायेर सम्झे ठीकै भो नत्र हमीहरूले तिनिहरुलाई नै उल्टा आरोप लगाएर गिरप्तार गर्ने आदेश दिन्छौ तेसो हुदा आवाज पनी उठाऊन सक्दैनन /कलम को प्रश्न ;- नेताजी तपाई हरुको बिस्वास गरेर जनता हरुले तपाई हरुलाई चुनाब म़ा जिताएर नेता बनाए त्र गाउको विकास र देश को विकास नहुदा खेरी फेरी अर्को पल्ट जनता ले विस्वास कसरी गर्ने / नेताजी को उत्तर ;- चुनाव पाच बर्ष म़ा एक पल्ट हुन्छ चुनाव म़ा एक पल्ट जितनु भनेको हामी हरुको भविष्य बन्नू हो तेस कारण हमीहरूले सरकार बिरुध्द हुदा पनी कुनै डर लाग्दैन हामी जस्तो नेता हरुलाई / कलम को प्रश्न ;- तपाई ले आउने दिन हरुको लागी आफ्नो लागी के सोच्नु भएको छ / नेताजी को उत्तर ;- मैले राम्रो संग भन्नु पर्दा स्विजर्लेंड को बैंक म़ा पैसा राखने र बिदेश तीर को बसोबास गर्ने बिचार गरेको छू /कलम को अंतिम सवाल नेताजी संग ;- येदी तपाई को बिरुध्द कुनै कलम ले आवाज उठायो बने तपाई के गर्नु हुन्छ / नेताजी को उत्तर ;- सके सम्म मैले कलम को गति लाइ रोक्ने प्रयास गर्नेछु अन्येथा कलम को हाथ म़ा छ कलम ले जे चाहयो त्यों गर्न सक्ने उसैको हाथ छ / केहिबेर नेताजी संग को वार्ता पछि कलम गाउका सबै जनता हरु सम्म कलम को परिचय दिन पुग्छ / ग़ाऊ का सबै बच्चा देखि लिएर बृध अवस्था भएका बुवा आमा हरु संग केहि आफ्ना प्रस्तुती दिन्छ र सबै संग अनुरोध गर्छ की तपाई हरुले तपाई हरुको मनम़ा भएका कुरा राखन पाउनुहुनेछ / कलम को प्रश्न पहिलो बृध अवस्था भएका बुवा आमालाई ;- नमस्कार बुवा आमा तपाई हरुले येती लामो जीवन म़ा आफ्नो देश र गाउमा के परिवर्तन देख्नु भयो / गाउका बुवा आमा को उत्तर ;- हामी हरुले परिवर्तन को नाम म़ा केहि पनी देखेनौ अब ता नया नेपाल बन्छ भन्दा हामी हरुलाई कती खुसी लागेको थियो की हाम्रो नेपाल पनी मुलुकमा चिनिने भयो भन्ने त्र अहिले हेरतबाबु कस्तो असान्ति छ जाता पनी येही हो हाम्रो नया नेपाल मरने बेलामा हमिहरुलाई एस्तो असान्ति किन देख्नु परेको छ अब ता हाम्रो नेपाल का राजनीति दल बाट सबैको विस्वास उठीसक्यो / कलम को प्रश्न गाउका यूवा दीदी बैनी हरुलाई ;- दीदी बैनी हरु हो तपाई हरुले तपाई हरुको लागी नै हाम्रो देश नेपाल बाट के माग्न चाहनुहुन्छ र पाएमा देश को लागी के गर्ने बिचार गर्नु भएको छ /ग़ाऊका दीदी बैनी हरु को उत्तर ;- हामी गरीब को छोरा छोरी हाम्रो बुवा आमा ले स्कूल म़ा खर्च पनी पुराउन पनी सक्नु हुन्न अहिले हाम्रो नेपाल म़ा शिक्षा लाइ ब्यवसाय बनाइएको छ सरकार ले एसलाई गंभीरता पुर्बक लिनू पर्छ शिक्षा ब्यवसाय नबनोस र शिक्षा लाइ पार्थकमिता दिएर ग़ाऊ ग़ाऊ का गरीब जनता हरुले पनी शिक्षा हासिल गर्न सकौ हामी हरुले राम्रो शिक्षा पाउछौ भनी देशको लागी जे गर्न पनी सक्नेछौ / गाउका दीदी बैनी हरुको इच्छा जाने पछि कलम ले अब गाउका यूवा हरुको लागी प्रश्न राख्यो ;- मेरा प्यारा यूवा साथीहरु तपाई हरुले आफ्नो देश र गाउलाई कस्तो प्रकार ले हेर्नुभाएको छ र तपाई हरुको यो आफ्नो देश को लागी तपाई हरुले के गर्ने चाहना छ / गाउका यूवा हरु को उत्तर ;- हामी हरुले भन्नु पर्दा खेरी हाम्रो देश र गाउका राजनीति दल हरु कहिल्लई पनी बिकास म़ा अग्रसर भएको देखिएन र गाउका राजनीति दलहरुले गाउकै गरीब जनता हरुलाई दमन गरिरहेका छन यो छिट्टै बंद हुनु पर्यो र हाम्रो नेपाल म़ा सरकारी सस्थान या गैर सरकारी सस्थान म़ा प्राय भारतीय नागरिक हरु रहेको पाइन्छ एस्मा नेपाली नागरिक हरुलाई पार्थकमिता दिएर पद पूर्ति गर्ने गर्नु पर्यो र नेपाल सरकार ले ग़ाऊ ग़ाऊ म़ा कुनै न कुनै रुपमा उधोग धंदा दिनु पर्यो र बल्ल नेपाल को इस्थिति म़ा परिवर्तन आउने छ र यूवा हरु विदेश तीर जान बाध्य भाई रहेका छन त्यों पनी बंद हुनेछ र हामी यूवा हरुले आफ्नो देश को लागी आफ्नो ज्यान पनी दिनेछौ यही नै सन्देश दिन्छौ हमीहरूले यो कलम मार्फ़त / अब कलम को पालो थियो गाउका साना साना बच्चा हरु संग को प्रश्न राखने र कलमले ती बच्चा हरुलाई प्रश्न राख्यो ;- मेरा प्यारा साना साना बाबु हो तिमी हरु त सानै छौ त्र कलम को आवाज लाइ सुन्छौ भनी हाम्रो नेपाल का लागी केहि भनत तिमी हरुको आवाज कलम ले उठाउने छ/ बच्चाहरु को उत्तर ;- हामी बच्चा हरुले हमरा बुबा आमा हरुले जस्तो सिकायो तेस्तै सिक्ने हो हाम्रो देशम़ा असान्ति मात्रै भयो भनी हामी बच्चा हरु पनी असान्ति को मार्गम़ा नै हिडन बाध्य हुन्छौ / त्यसैगरि लड़ाई झगडा नगरी कन हाम्रो देश को इस्तिथि म़ा सुधार आओस कही हिंसा अत्यचार नहोस हामी बच्चा हरुलाई राम्रो शिक्षा दिने बानी बसालियोस हामी बच्चा हरुलाई पनी अगाड़ी बढ़ने आत्मबल मिलोस हामीलाई राम्रो बाटो म़ा हिड़ने शिक्षा होस / हामी बच्चा हरु को सन्देश लिन आउनु भएको कलम लाइ हामी हरुले यो हाम्रो आवाज लाइ उठाउनु हुनेछ भन्ने आशा गर्दछौ कलम ले आजको अन्तरवार्ता लाइ येही बिराम दिन्छ


        लेखक ;-
तुल्सी राम पाण्डेय
सिमिचौर ८ गुल्मी
नेपाल

पशुपछि तरकारी र फलफुलको पनि बिमा गर्दै किसानहरू


गुल्मी जेठ १६ 
     आफ्नो र जनावरको विमा गरेर जोखिम कम गर्दै आएका गुल्मीका किसानहरूले कृषि क्षेत्रमा पनि बाली बिमा अभियान शुरू गरेका छन् । किसानहरूले परीक्षणको रूपमा नेपालमै पहिलो पटक तरकारी, फुलफुल, मसलाजन्य उत्पादन र बिज उत्पादनमा बिमा शुरू गरेका छन् ।
व्यवसायिक रूपमा तरकारी र फलफुल उत्पादनमा लागेका अर्खले, जैसीथोक र सिमिचौरका किसानहरूले कृषि विकास बैंकको सहयोगमा बाली सुरक्षण (बिमा) अभियान शुरू गरेका हुन् । जिल्लामा यस वर्ष बैशाख महिना देखि परेको असिना र मुसलधारे पानीले १ करोड भन्दा बढीको बेमौसमी तरकारी खेती र फलफुल नष्ट गरेको छ । क्षतिबाट मर्कामा परेका किसानहरूले बिमाबाट राहत हुने आशामा अभियान शुरू गरेका हुन् । त्यसका लागि साना तथा लघु उद्यम विकास विभाग अर्न्तगतको कृषि विकास बैंकले किसानहरूलाई विधान तयार गर्न र आर्थिक सहयोग गरिरहेको छ । पहिलो चरणमा तिन गाविसका ९० जना व्यवसायिक किसानमा बाली सुरक्षण अभियान संचालन गरिएको कृषि विकास बैंक मुख्य कार्यालय काठमाण्डौका अधिकृत नन्दबहादुर बुढाले बताए । विदेशमा यस्तो व्यवस्था भएपनि नेपालको तरकारी खेतीमा यस्तो व्यवस्था पहिलो भएको उनको दावी छ । बाली सुरक्षण अभियान शुरू भएपछि व्यवसायीक किसानहरू पनि उत्साहित भएका छन् । ‘अघिल्लो महिना मात्र ६० हजार भन्दा बढीको तरकारी असिनाले नष्ट गर्‍यो’, सिमिचौरका कृषक गुणाखर कुँवरले भने, ‘फेरी पनि त्यस्तै बिपत्ती हुने हो कि भन्ने डरले बिमा अभियान शुरू गर्दै छौं ।’ तरकारीको बिमाले आफु जस्तै व्यवसायीक किसानलाई ठुलो राहत पुग्ने उनले बताए । उनी जिल्लाकै उत्कृष्ट तरकारी कृषक हुन् । जिल्ला कृषि विकास बैंकका प्रबन्धक गोपालप्रसाद गैरेका अनुसार तरकारी बिमा गर्नको लागि किसानहरू शुरूमा जिल्ला कृषि विकास कार्यालयमा समुह दर्ता गर्नुपर्ने हुन्छ । कृषि कार्यालयमा दर्ता भएका व्यवसायीक संस्थाहरूबाट एउटा बाली सुरक्षण उप समिति गठन गरिन्छ । त्यही समूहले विधान तयार गरेर व्यवसायिक कृषकहरूबाट लगानीको आधारमा प्रिमियम शुल्क उठाइन्छ । ‘बिमा गर्न चाहने हरेक कृषकले प्रति रोपनी १५ हजारको दरले १५ प्रतिशत प्रिमियम समुहमा बुझाउनु पर्ने हुन्छ’, गैरेले भने, ‘किसानले कोषमा जम्मा गरेको रकमबाटै क्षतिको मुल्याङ्कनका आधारमा क्षतिपूर्ति रकम भुक्तानी गरिन्छ ।’ काठमाण्डौका शाखा अधिकृत बुढाका अनुसार किसानले तिर्ने १५ प्रतिशत प्रिमियम मध्ये पनि कृषि विकास बैंकले ७५ प्रतिशत रकम अनुदान उपलब्ध गराउँछ । त्यसले गर्दा कृषकले १५ प्रतिशत प्रिमियमको २५ प्रतिशत मात्र भुक्तानी गरे पुग्छ । १ रोपनी जग्गामा खेती गर्ने कृषकले प्रति रोपनी १५ हजार लागतको प्रिमियम बापत एक सिजनको ५ सय ६३ रूपैंया मात्र तिरे पुग्ने अधिकृत बुढाले बताए । क्षतिपूर्ति मूल्याङ्कनका लागि बाली सुरक्षण मुल समिति, अगुवा कृषक, कृषि प्राविधिक र कृषि विकास बैंकका प्रतिनिधिहरूले अनुगमन गरेपछि मात्र भुक्तानीको सिफारिस गर्ने पनि बुढाले बताए । समितिले पहिलो पटकमा बढीमा दुर्इ लाखसम्म क्षतिपूर्ति दिन सक्नेछ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्ला ३ दर्जन बढी गाविसमा झण्डै ३ सय व्यवसायीक तरकारी कृषक छन् । बिमा अभियानले तिनीहरू सबैलाई बैमौषमी तरकारी, फलफुल लगायत उत्पादनमा सहयोग पुग्ने कार्यालयले जनाएको छ । बाली सरक्षण (बिमा) अभियान शुरूमा ९० किसान माझ मात्र गरिएको भएपनि यसको प्रगती हेरेर जिल्ला भरी नै बिस्तार गरिने कृषि विकास बैंकका प्रबन्धक गैरेले बताए ।

मोटरसाईकलको ठक्करवाट वालिका घाईते


सीता भण्डारी,
गुल्मी जेठ १६

    मोटरसाईकलले ठक्कर दिँदा गुल्मीको विरवासमा एक स्कुले वालिका गम्भिर घाईते भएकि छन् । वलेटक्सारवाट तम्घासतर्फ आउदै गरेको लु ८ प २५९६ नं. को मोटरसाईकलले विरवासमा ठक्कर दिँदा विरवास ८ ददल्वाङ्ग निवासी खिमवहादुर पल्लीकी चार वर्षीय छोरी अस्मीता पल्ली गम्भिर घाईते भएकि हुन् ।
 विधालयवाट घर फर्कदै गरेकि वालिकालाई मोटरसाईकलले ठक्कर दिएको थियो ।
घाईते वालिकाको टाउकोमा गम्भिर चोट लागेको र उपचारकालागि लुम्विनी मेडीकल कलेज प्रवास पाल्पामा लगिएको पारीवारीका श्रोतले जानकारी दिएको छ । गाडी र चालकलाई स्थानीयवासीले नियन्त्रणमा लिएको बताएका छन् ।