लोकप्रिय पोस्ट

मंगलवार, 26 अप्रैल 2011

आफ्नो घर

सुन्दर जङ्गलमा चारवटा चरा-चुरुङ्गीहरू आफ्नो नयाँ बासस्थानको रूपमा प्रयोग गर्न आइपुगे । जसमध्ये एउटा थिई जुली (जुरेली) । आफ्नो समूहमा अति राम्री र मधुर स्वरकी धनी । उनी गाउने नाच्ने गर्दै दिनहरू बिताउन थालिन् । उनी सौखिन प्रवृत्तिकी थिइन् ।
एकदिन जुलीले आफ्ना साथीहरू आफ्नो गुँडमा कपडाका टुक्रा-टाक्री, डोरी, धागो, पराल र सुकेका झारपातहरू आफ्नो चुच्चोले च्यापेर ल्याइरहेका देखी । यसै क्रममा उसले सबभन्दा पहिला नजिकैको मिल्ने साथी छिमेकी सारौँसँग सोधी- "तिमीले के गरिरहेकी ? तब सारौँले भनी - आफ्नो घर बनाउँदैछु । जुली सारोँसँग अरू गफ गर्न थाली । "अहिले म अलि व्यस्त छु । पछि रमाइलो गफ गरौँला नि हैँ ।" सारौँले उत्तर दिई । जुली त्यहाँबाट गई र मनमनै भन्न थाली- "मूर्ख कहीँकी ! बडो आफैँ घर बनाउने रे ।
ऊ घुम्दै अर्को छिमेकी भँगेरीकहाँ पुगी । भँगेरी पनि उही काम गरिरेहेकी देखेर जुलीले भँगेरीसँग उही कुरा सोधिन् । भँगेरीले भनिन्- जाडो बढ्दैछ, त्यसैले आफ्नो घर बनाउँदैछु । के तिमीले आफ्नो घर बनाइसक्यौं र ? भँगेरीले सोधी ।
जुलीले हाँस्दै भनी- अहँ ! घर त मूर्खले मात्र बनाउने हो । भँगेरीले बीचमै कुरा काट्दै "मेरो त धेरै कार्य बाँकी छन् । पछि फुर्सदमा गफ गरौँला नि है !
जुली त्यहाँबाट परेवा कहाँ गई जुलीले परेवासँग सोधी- "के गर्दै छौ तिमी ? तब परेवाले भन्यो- म त आफ्नो घर बनाउँदैछु, किन र ? के तिमीले घर बनायौ ? जुलीले रिसाएर बनाएको छैन, बनाउँदिन भनिन् । "त्यसो भए तिमी कहाँ बस्छौ त ? परेवाले सोध्यो जहाँ पनि बस्न सक्छु, जसको गुँडमा गएर घुसेर पनि बस्न सक्छु ।
यति भनेर जुली त्यहाँबाट उडी । उसले बाटोभरि सोचिरही, "सबै कस्ता मूर्ख रहेछन् । आ-आफ्नो घर बनाउन लागेका छन् ल । "जाबो जाडो त के ठूलो कुरा हो र ! आज हुन्छ त भोलि खत्तम भइहाल्छ । त्यसैले यति ठूलो दुःख कष्ट र मिहिनेत मबाट त हुन सक्दैन । मैले एक-एक दिन सबैको साथमा बिताएँ भने पनि ठन्डी कटिहाल्छ नि ।
अचानक ठन्डी बढ्दै गयो र वषर्ा पनि हुनथाल्यो । अरू त आफ्नो गुँडमा सुरक्षित र न्यानोसँग बस्न थाले । जुलीले एकछिन घोरिएर सोची अनि ऊ सारौँको घर (गुँड)मा गई । उसले भनी- "के म तिम्रो घरमा एक रात बिताउन सक्छु ?"
तब सारौँले भनी- सरी जुली- मेरा घर (गुँड) त सबैभन्दा सानो छ । म आफैँलाई पनि बस्न मुश्किल छ । तिमीलाई म कसरी राख्न सक्छु र खै ।
ठिकै छ त, म कहिँ अन्तै बसौँला । यति भनेर ऊ भँगेरीकहाँ पुगी । अनि त्यसरी नै भँगेरासँग सोधी तर उसले पनि त्यही जवाफ दियो । ठिकै छ म अन्तै जान्छु भन्दै परेवाकहाँ गई । परेवाले पनि त्यही भनेर पठायो । ठिकै छ भन्दै जुली त्यहाँबाट हिँडी । उसलाई आफ्नो वचन खेर गएकोमा आफैँलाई लाज लाग्यो । त्यसै क्रममा उसले सोची, 'म कुनै सहरमा गएर कसैको घरमा बसेर रात बिताउँछु ।'
त्यसपछि ऊ सहरको भव्य घरमा गएर बसी । केही छिनपछि त्यहाँ घरमूली आयो । उसले आफ्नो घरमा एउटी चरी बसेको देखेर लौरोले हान्यो । जुली त्यहाँबाट पनि भागी । त्यस दिनदेखि उसले सबैभन्दा ठूलो "आफ्नो घर" हो भनेर थाहा पाई ।

उपकारी बाँदर

साँझको समय थियो । डुब्न लागेका सूर्यका किरण पहाडका टुप्पामा रातो भएर फैलिएका थिए । चिसो हावाको सिरसिरले जङ्गल नै आनन्दमय र रमाइलो बनेको थियो । यस्तो बेलामा जसलाई पनि खुला हावामा घुम्न मन लाग्नु स्वाभाविकै हो । आ-आफ्ना गुँडहरूमा र घरमा बसिरहेका पशुहरू र चराहरू पनि विस्तारै बाहिर निस्केर जङ्गलमा यताउता घुम्न थालेका थिए ।
सानो बचेरो परेवा पनि आफ्नो गुँडबाट बाहिर आउने कोसिस गर्दै थियो । उसको उड्ने पखेटामा भरखर भरखर प्वाँखहरू उम्रन थालेका थिए । बचेरो दिनभरि एक्लै गुँडमा बस्दा-बस्दा भोकाइसकेको थियो । उसले आफ्नो गुँडबाट बिस्तारै टाउको निकालेर तल जमिनतिर हेर्‍यो । तल केही दिन पहिले मात्र सिकारीहरूले सुगाहरूलाई समात्न जाल थापेका थिए अनि थुप्रै धान गहुँहरू छरेका थिए । बचेरोले निस्कने बेलामा उसकी आमाले भनेको कुरा सम्झियो- "बाबु ! तिमी अझै सानो छौ । तिम्रो उड्ने प्वाँखहरू पनि बल्ल उम्रन थालेका छन् । तिमी हामी नभएको बेला उड्ने कोसिस गरौला । तल तिमी सजिलैसँग झर्न सकौला तर फेरि फर्केर गुँडमा आउन गाह्रो होला । थुपुक्क ज्ञानी भएर आफ्नै गुँडमा बसिराख । हामी चाँडै तिम्रा लागि चारो लिएर आउनेछौँ ।" "त्यति भनेर तिनले आफ्नो चुच्चोले बचेरोको जीउ थुम्थुम्याई दिएकी थिइन् । बचेरोले पनि टाउको हल्लाएर हुन्छ भन्ने सङ्केत दिएको थियो ।
बचेरोले फेरि सोच्यो- "सबै बाहिर निस्केर घुमिरहे छन् । मलाई मात्र के होला र ? आमाबुबा आउनुभन्दा पहिले नै म आफ्नो गुँडमा फर्किहाल्नेछु ।" त्यसपछि बचेरो भुईँमा झर्‍यो र बिस्तारै बिस्तारै धान, गहुँ टिप्दै खान थाल्यो । चारो टिप्ने सुरमा बचेरोले गुँडमा र्फकनु पर्छ भन्ने कुरालाई पनि बिस्र्यो ।
एकै छिनमा अँध्यारो भयो । उसले भुईंमा देख्न सक्ने जति छरिएका चारोहरू टिप्दै गयो । उसलाई आफैँ चारो टिप्न सकेकोमा मनमनै खुसी पनि लागेको थियो । छेउकै एउटा रूखमा बसिरहेको चिन्टु बाँदरले अघिदेखि बचेरोको त्यो क्रियाकलाप हेर्दै थियो । अँध्यारो भइसकेर पनि बचेरो आफ्नो गुँडमा नगएको देखेर उसले सोच्यो- "कतै कुकुर बिरालाहरूले उसलाई आफ्नो गाँस बनाउने त होइनन् ?" ऊ मनमनै सिरिङ्ग भयो ।
उसले फेरि सोच्यो- "जमाना ठीक छैन । एक्लो बच्चाहरू पाउने बित्तिकै चोर्ने र खाने गर्नेहरू यस जङ्गलमा धेरै छन् । उनीहरूको फन्दामा पर्‍यो भने बिचरा बचेरोको ज्यान त जान्छ जान्छ उसका आमाबाबाको पनि बेहाल हुन्छ । यो बेला उसको रक्षा गर्नु मेरो कर्तव्य पनि हो ।"
चिन्टु बाँदर आफ्नै सोचमा मग्न थियो । उसले बचेरोतिर ध्यान पुर्‍याउन बिस्र्यो पछि झस्स सम्झेर तल हेर्‍यो तर त्यहाँ बचेरो थिएन । चिन्टुलाई झन् ठूलो पिर पर्‍यो । उसले सोच्यो- "लौ जा कहाँ गयो होला बचेरो ?" उसले आफूले आफैंलाई कोस्यो - "छिः म पनि कस्तो हुस्सु होला ।" ऊ झटपट रूखबाट तल झर्‍यो र यताउता हेर्‍यो । उसले सानो स्वरमा - "बचेरो ! तिमी कहाँ छौ ?" भनेर बोलायो । बचेरो विस्तारै झ्याङबाट बाहिर निस्क्यो र भन्यो- "म यहीँ झ्याङमा लुकेर बसेको थिएँ । बिरालोलाई देखेर म लुक्न गएको थिएँ ।"
चिन्टु बाँदरले भन्यो-"स्याबास ! लुक्न त जान्यौ नि तैपनि तिमी यहाँ तल बस्नु ठीक छैन ।" यति भनेर उसले बचेरोलाई बोक्यो र रूखमा चढ्यो । रूखमा चढिसकेपछि उसले बचेरोलाई माया गर्दै सुम्सुम्याइरहृयो । बचेरोले पनि आफू सुरक्षित भएको सम्झ्यो र उसैको काखमा भुसुक्क निदायो । चिन्टु बाँदरले पनि उसलाई न्यानो पारेर सुतायो ।
बिहान भयो । सूर्यले सधैँ जस्तै आफ्ना सुनौलो किरणलाई धरतीमा फैलाई दियो । हिजो साँझ फर्केका चराहरू फेरि आजको आहारको खोजीमा जाने तरखर गर्दै थिए । त्यहीबेला बचेराका आमाबुबा पनि हस्याङ फस्याङ गर्दै आइपुगे ।
उनीहरूलाई देखेर फिस्टे भङ्गेरोले सोध्यो -"दाइ र भाउजू एकाबिहानै हतारिँदै कताबाट ?"
भँगेरीले सोधिन् - "भाउजू ! निस्कने बेलामा र्फकँदै ? के भयो ?
भालेले जवाफ दियो - "के भनौँ खै ? धन्न ज्यान बचाएर आएँ ।
फिस्टे भँगेराले आत्तिएर सोध्यो - "दाइ ! के भयो ?" परेवाले जवाफ दियो- "आहार खोज्दा खोज्दै सिकारीको जालमा हामी दुवै फँस्न पुग्यौँ । अब हाम्रो जिन्दगी यत्तिकै हो भन्दै बचेरोलाई सम्झदै रूँदै बस्दै थियौँ नजिकै दुलामा बसिरहेको दयालु एउटा मुसा भाइ हाम्रो बिलौना सुनेर आयो र हाम्रो जाल काट्दै भन्यो- "दाइ ! बिहानै त्यो पापी सिकारी आइहाल्नेछ । तपाईंहरू दुवैजना अहिले नै एउटा सुरक्षित ठाउँमा बस्न जानुहोला । राति हिँड्न पनि खतरा छ फेरि अँध्यारोमा बाटो पनि देखिँदैन ।" उसैको सहयोगले हामी बाँच्न सफल भयौँ । बाँकी कुरा पछि गरौँला है । गुँडमा बचेरो एक्लो र भोकाएको होला ।" यति भनेर परेवाका जोडी आफ्नो गुँडतिर लागे । गुँडमा बचेरोलाई नपाएर छटपटिँदै बाहिर आए र कराउँदै चिच्याउँदै बचेरोलाई बोलाउन थाले । पोथीचाहिँ रुन नै थालेकी थिइन् । तिनले रुँदै भनिन्- "बचेरोको बाबा ! कहाँ गयो होला हाम्रो बचेरो ? लौन मेरो बच्चा । कतै.......यो आपत् हामी माथि नै किन आएको होला ?"
अर्को रूखमा बचेरोलाई अँगालेर बसिरहेको चिन्टु बाँदरले हल्लाखल्ला सुन्यो र उनीहरूका अगाडि आएर भन्यो- "बहिनी ! भाइ ! ल लिनुस् तपाईँहरूको बचेरो । यो बचेरो रातभरि मसँग नै थियो । अनि तपाईंहरू किन हिजो घर र्फकनु भएन ?
"पोथी परेवाले हत्तपत्त आफ्नो बचेरोलाई "मेरो बाबा !" भन्दै अँगालिन् भाले परेवाले आफूमाथि भएको सबै घटना सुनायो र भन्यो- "मुसा भाइ र तपाईँ जस्ता दयालु दाजुभाइको सहयोग र उपकार हुँदासम्म हामी जस्ता सानासाना पशुपक्षीहरूको रक्षा भइरहनेछ । तपाईंहरूलाई हामी धन्यवाद मात्रै दिँदैनौ सादर नमस्कार पनि गर्दछौँ ।" यति भनेर परेवाको जोडीले चिन्टु बाँदरलाई नमस्कार गरे अनि त्यहाँबाट आफ्नो गुँडतिर फर्के ।
<Photo 1>

सानी गीता र पानीको समस्या

"के गर्नु छोरी ! हाम्रो धारामा पानी नै आएन । अब भात पकाउन पनि पानी छैन । भाँडा माझ्न पनि पानी छैन ।" रित्तै गाग्रो बोकेर धाराबाट फत्फताउँदै गीताकी आमा फर्किन् ।
आमाको दुःख देख्न सक्दिनथी गीता । घरमा दिनहुँ जसो पानीको समस्या परिरहन्थ्यो । नेपाल पानीको दोस्रो धनी देश हो भनेर गीताले पढेकी पनि थिइन् तर उनलाई त्यो कुरामा कत्ति पनि विश्वास लाग्दैनथ्यो । गीताको टोलभरि पानीको दुःख थियो । धारामा पनि ठूलो लाइन लागेको हुन्थ्यो । पानीको समस्या टोलबाटै समाधान गर्न पाए गीता खुसी हुन्थी होला ।
एकदिन विद्यालयमा पानीको सम्बन्धमा छलफल भयो । त्यस छलफलमा विद्यालयका विज्ञान र वातावरण पढाउने शिक्षकहरू पनि थिए । कक्षा ७ मा पढ्ने गीता र उनका साथीहरूले त्यस छलफलमा भाग लिए । छलफलबाट खासै कुनै निचोड निस्किएन । विज्ञान पढाउने सरले अन्तिममा भन्नुभयो- "वास्तवमा हाम्रै सरकारको कमजोरी हो भनेको समयमा र खडेरी परेको बेलामा जनतालाई पानी प्रदान गर्न नसक्नु नै सरकारको कमजोरी हो ।"
वातावरण पढाउने सरले पनि सजिलै भनिदिए- "विज्ञान सरको कुरामा दुइमत छैन । यसरी हामीले छलफल आयोजना गरेर काम छैन । सरकारले नै त्यसको निम्ति केही विशेष पहल गर्नुपर्छ ।" यति भनेर वातावरण पढाउने सर छलफलबाट बाहिर जानुभयो ।
गीतालाई सबैको ताल देखेर बोल्न मन लागेको कुरा पनि बोल्न मन लागेन । उनलाई वातावरण सरको एउटा कुरा चाँहि अवश्य मनपर्‍यो- 'कुरा गरेर केही फाइदा छैन ।' त्यसैले गीताले काम गरेर देखाउने अठोट गरिन् ।
आमाले खाजा खान दिनुभएको पैसा सँगालेर राख्न सुरु गरिन्- गीताले । आमाले गीतालाई खाजा खान १० रुपियाँ दिनुहुन्थ्यो । गीताले सात दिनसम्म खाजा खाइनन् । उनीसँग ७० रुपियाँ जम्मा भयो । हरेक दिन विद्यालयको छुट्टी भएपछि गीता 'साइबर'मा कम्प्युटर चलाउन जान थालिन् । उनीजस्तै उमेरका साथीहरू कम्प्युटरमा डरलाग्दा हिंसात्मक गेम खेलिरहेका हुन्थे । उनले कसैको पनि ध्यान नदिई आफ्नो काम गर्न थालिन् । 'गुगल' भन्ने 'वेबसाइट' ठेगानामा गएर पानीको समस्या समाधान गर्ने तरिका खोज्न थालिन् । 'गुगल' भन्ने 'वेबसाइट' ठेगानामा जस्तोसुकै विषयका बारेमा पनि जानकारी दिइएको हुन्छ भन्ने कुरा उनलाई विद्यालयकै एकजना दाजुले भन्नुभएको थियो ।
पहिलो दिनको एक घण्टामा गीताले केही थाहा पाइनन् । दोस्रो दिन गीताले 'च्याट'मा अमेरिका बस्ने दाजुलाई फेला पारिन् । कम्प्युटरमा गरिने कुराकानीलाई 'च्याट' भनिन्छ । उनी पढ्ने विद्यालयबाट एस.एल.सी पास गरेका त्यस दाजुको नाम विपिन थियो । विपिनले अमेरिकामा हाइड्रोलोजीमा स्नाकोत्तर गर्दै रहेछन् । हाइड्रोलोजी भनेको पानीको अध्ययन हो । च्याटको कुराकानीबाट पनि गीताले विपिन दाजुसँग धेरै कुरा सिकिन् । गुगलबाट पनि गीताले धेरै जानकारी लिइन् । चार दिनपछि गीता अरु मानिसलाई आफ्नो ज्ञान बाँड्न सक्ने भएकी थिइन् । आफू सानो भएकोले आफ्नो कुरा कसैले नपत्याउने भएकोले गीताले काम नै गरेर देखाउने निधो गरिन् ।
असार महिनामा झमझम पानी पर्न लाग्यो । गीता बस्ने घरमाथिको कोठा जस्ता पाताले ढाकिएको थियो । जस्ताबाट पानी झरेर छतमा भुइँ अलि अलि गर्दै प्वाल पार्न थाल्दै थियो । 'यो पानीलाई जम्मा गर्न पाए त निकै हुन्थ्यो' गीताले सोची । त्यसपछि गीता हतार-हतार कुद्दै आई र स्टोर रुमतिर पसी । त्यहाँबाट सफा टिन ल्याएर टिनको छेउ-छेउमा प्वाल पारिन् । त्यसमा तार घुसाएर जस्तामा बाँधिन् । अब जस्ता पाताबाट झरेको पानी टिनमा जम्मा भएर बग्न लाग्यो । त्यो पानीलाई उनले एउटा ठूलो ड्रममा जम्मा पारिन् । यसो गर्दा आमा आउनुभयो । छोरीको काम देखेर आमा खुसी हुनुभयो । भोलिपल्ट सहर गएर ५-७ वटा ड्रम किनेर ल्याउनुभयो पानी सङ्कलन गर्न । त्यसरी सङ्कलन गरिएको पानी त एक महिना पुग्ने भयो । त्यतिका कुरा भइसकेपछि आमाले छोरीलाई सोध्नुभयो-
"छोरी भाँडा माझ्न त पुग्ने भयो अनि लुगा धुन पनि तर यो पानी पिउन हुन्छ त ?"
त्यसको उत्तर दिँदै गीताले भनिन्- "आकाशबाट सोझै खसेको पानी जीवाणुरहित हुन्छ । फेरि त्यस्तो शङ्का नै लाग्छ भने हामी यो पानीलाई फिल्टरबाट छानेर, उमालेर वा विभिन्न विधिबाट प्रशोधन गरेर पिउन सक्छौं नि !"
छोरीको कुरा सुनेर आमा निकै खुसी भइन् । आमालाई धेरै दिनसम्म धारामा पानी लिन जानै परेन । छिमेकीहरू पनि गीताको दिमाग देखेर छक्क परे । गीताले छिमेकीलाई एकदिन थप कुरा भनिन्- "हामी सबैले आ-आफ्नो घरमा पानी सङ्कलन गर्न सक्ने हो भने वर्षभरि पानीको अभाव हुँदैन र मेलम्ची पनि पर्खनुपर्दैन ।"
त्यसपछि त सबै छिमेकीहरूले छतको पानी जमिनमा ट्याङ्की बनाएर सङ्कलन गर्न थाले । केही वर्षपछि त त्यो टोलमा पानीको अभाव हुन छोड्यो । गीताको सानो सोचले समाजमा ठूलो परिवर्तन ल्यायो । त्यसबेला पानीको समस्यामा छलफल बहिष्कार गर्ने र सरकारलाई मात्र दोष दिने विज्ञान र वातावरणका सरसमेत चकित भए ।
जम्मा ७ कक्षा पढ्ने सानी गीताले गरेको त्यो सामाजिक योगदानबापत सरकारले 'वर्षको बालिका' घोषणा गरेर नगद दुई लाख रूपियाँ पुरस्कार दियो । गीताको आमाका हर्षको सीमा नै रहेन । इन्टरनेटबाट अहिले गीतालाई लाखौं बधाइ पनि आइरहेको छ । 'गुगल'मा पनि गीतालाई सानी वैज्ञानिक भनेर उपाधि दिइएको छ ।
<Photo 1>

tulsi ram pandey gulmi

जस्ले भुल्छ जीबनभर रुनु पर्छ भन्थ्यौ तिर्खाएको काकाकुल हुनु पर्छ भन्थ्यौ त्यहि मुखले मलाई बैरी भन्न पनि सक्यौ अर्कैसंग नङ मासु बन्न पनि सक्यौ मेरो भूल यौटा मात्र तिम्लाई माया गरे तिमी बाहेक केहि सोचीन तिम्रै भर परे मेरो राजा मेरो बाबा मेरो प्राण भन्थ्यौ एकै छिन नहुदाभेट न्याउली झै बन्थ्यौ त्यहि मुखले मलाई बैरी भन्न पनि सक्यौ अर्कैसंग नङ मासु बन्न पनि सक्यौ जस्ले भुल्छ जीबनभर रुनु पर्छ भन्थ्यौ तिर्खाएको काकाकुल हुनु पर्छ भन्थ्यौ मेरो रुन्चे रुनुहुन्न भन्थ्यौ आंशु झर्दा हुदैन कि मिलन हाम्रो भन्ने प्रश्न गर्दा छुटाएनी बिधाताले जबरजस्ती तन भन्थ्यौ कहिले छुटने छैन हामी दुईको मन त्यहि मुखले मलाई बैरी भन्न पनि सक्यौ अर्कैसंग नङ मासु बन्न पनि सक्यौ जस्ले भुल्छ जीबनभर रुनु पर्छ भन्थ्यौ तिर्खाएको काकाकुल हुनु पर्छ भन्थ्यौ त्यहि मुखले मलाई बैरी भन्न पनि सक्यौ अर्कैसंग नङ मासु बन्न पनि सक्यौ
tulsi ram pandey gulmi

gajal

By Pandey Tulsi Ram · Wednesday, March 16, 2011
तिमीसँग लाएको माया तोडूँ म कसरी

तिमीसँग पाएको साथ छोडूँ म कसरी ॥


तिमी रोएर भन्छ्यौ भूल भो छोड्नलाई यो साथ

भूलैमा हुन्छन् निर्णयहरु ति सत्य भन्ने जोडूँ म कसरी ॥


तिमीलाई पाइ हाँस्दैछु म यहाँ बाँच्नलाई रमाइ

यो मीठो प्रेम जोगाइ फुलाइ मोडूँ म कसरी ॥


कहाँबाट आयौ कहाँ छ जानु के थाहा कसलाई

तिमी नै गएँ एक्लो म भएँ यो माया गोडूँ म कसरी ॥

साथीहरुको सम्झना

नमस्कार मित्रहरु ; शुभप्रभात  बिहानको नमस्कार ; अनि तपाइहरुका दिनहरु राम्रो र कुशल संग बितोस भन्ने कामना गर्दछु  / तपाईहरु जहापनि हुनुहुन्छ आफ्नो दैनिक कार्य को प्रतिराम्रो ध्यानदिएर अगाडी बढी आफ्नो देश को लागि पनि केहि योगदान गर्नु हुनेछ भन्ने विश्वास को साथ्  तपाइहरुले चालेका हरेक पाइलाले सगरमाथा छुन पनि सफल हुनेछन भन्ने पूर्ण विस्वाश को साथमा  /

संविधानसभाका शत्रु

नेपालको एउटा वर्ग त्यति दंग इतिहासमै हुन पाएको थिएन जति अहिले समयसीमाभित्र संविधान जारी नहुने देखेर भएको छ। उसको ओठे राष्ट्रवादी मुद्रामा नयाँ संविधान बन्न नसकेको खुसी प्रस्टै देखिन्छ। लोकतन्त्रवादीको मखुण्डो लगाएका नवधनाढ्य, उत्पीडक, राजावादी, पेसेवर बुद्धिजीवी, चरम हिन्दूवादी संविधानसभालाई फाँसी चढाउन 'साइत' कुरिरहेका छन्।
यो आत्मबल तिनलाई त्यसै आएको होइन। नेपाली कांग्रेसका सभापति सुशील कोइराला हाकाहाकी संविधानसभाको अकाट्य मृत्यु घोषणा गरिरहेछन्। उसै पनि संविधानसभा एनेकपा (माओवादी)को एजेन्डा हो भन्ने कांग्रेस र नेकपा एमालेको मनमा छ। त्यसमाथि मधेसी जनअधिकार फोरमका लगभग गुमनाम सर्वदेव ओझाबाट संविधानसभा चुनावमा हार्नुपरेको पीडा सुशीललाई छ। सुशीलको भन्दा चर्को पीडा एमालेका केपी ओलीलाई छ। विश्वदीप लिङ्देन नामका कनिष्ट माओवादीबाट हार्नुपरेको तोड सायदै उनले भुल्न सक्लान्। चोरबाटोबाटै भए पनि सभासद् बनेर प्रधानमन्त्री बन्ने उनको सपना पूरा हुने छाँट छैन। संविधानसभाप्रति उनको वितृष्णा यही कुण्ठाको परिणाम हो। माओवादीकै जोडमा संविधानसभा आयो। त्यही पार्टीका नेता पनि बेलाबेला यसको म्याद नथप्ने उद्घोष गर्छन्। यस्तो स्थितिमा प्रतिगामी र पेसेवर बुद्धिजीवीले संविधानसभाको किलकिले थिच्ने दुस्साहस गर्नु अनौठो होइन।
समावेशी संरचनाका हिसाबले नेपालको ऐतिहासिक संविधानसभा विश्वमै उदाहरणीय छ। अनावश्यक संख्या बढाएर ६ सय १ जना पुर्‍याइएको भनी यसको व्यापक विरोध भएको थियो। त्यसले संविधानसभालाई खर्चिलो बनाएको अवश्य हो। तर, मनन गर्नुपर्ने के हो भने समतामूलक संविधान बनाउने ऐतिहासिक सभामा सबै जातजाति, भाषा, संस्कृति, क्षेत्र, वर्गबाट प्रतिनिधित्व भएको छ। त्यस हिसाबले यो विश्वकै सुन्दर संविधानसभा हो। यसमा महिला, दलित, मधेसी, पिछडिएको क्षेत्र, वर्ग सबैको प्रतिनिधित्व छ। मुसलमान चुरौटे, तेस्रो लिंगीदेखि मधेसी दलित र कमैयासम्म सभासद् छन् जो यसअघि त्यहाँ पुग्ने कल्पना सपनामा पनि गर्न सकिन्नथ्यो।
संविधानसभाको प्रत्यक्ष चुनावमै थिचिएका, मिचिएका, आफन्त गुमाएका, मान्छेको दर्जा नपाएका, दुखी, गरिब, दलित, उत्पीडित, महिला, आदिवासी, जनजाति, मुसलमान, मधेसीले जुन संख्यामा र जसरी चिरपरिचित पुराना नेतामाथि शानदार जित हाँसिल गरे, त्यो युगान्तकारी थियो। तीमध्ये ४० नकटेका युवाको संख्या बढी छ। पार्वती थापा श्रेष्ठले गोरखा-१ मा कांग्रेसका 'अपराजेय' चिरञ्जीवी वाग्लेलाई ९ हजार १ सय ४२ विरुद्ध ४० हजार ६ सय ६ मत ल्याएर जितेकी थिइन्। रेनु चन्दले बैतडी-२ मा कांग्रेसका विनयध्वज चन्दलाई ६ हजार ३ सय ६६ विरुद्ध २० हजार २१ मतले, इन्द्रजित थारुले दाङ-१ मा कांग्रेसका खुमबहादुर खड्कालाई झण्डै आठ हजार र सोलुखुम्बुमा गोपाल किरातीले कांग्रेसका बलबहादुर केसीलाई झण्डै दस हजार मतान्तरले हराएका थिए।

देवीलाल चौधरी, पुरन थारु, रुपा चौधरी, तिलक परियार, जयपुरी घर्ती, दुर्गा विक, चिनक कुर्मी, करिमा बेगम, पूर्णप्रसाद राजवंशी, कुमारी मोक्तान, दावा तामाङ, विश्वदीप लिङ्देन, खड्गबहादुर विश्वकर्मा, महेन्द्र पासवान, प्रेमबहादुर पुलामी, तेजबहादुर मिजार, गोपीबहादुर सार्की, नगेन्द्रबहादुर धिमाल, लालबहादुर सुस्लिङ मगर जस्ता दलित र पिछडिएका वर्गका उम्मेदवारले पनि शानदार जित हाँसिल गरेका थिए। त्यस विजयले हिजो कहिल्यै त्यहाँ पुग्ने नसोचिएका समुदायको आत्मविश्वासमात्र बढाएन, तिनलाई मूलधारमा ल्याउन पनि महत्वपूर्ण भूमिका खेल्यो। हाम्रो देशमा अहिलेसम्म पीडक वर्गले आफ्नै स्वार्थअनुरुप नीति निर्माण र शासन गरे। अब पीडित र सीमान्तकृतले देशको भाग्यरेखा कोर्नुपर्छ भन्ने त्यसका प्रस्ट जनादेश थियो। संविधानसभाविरोधीलाई यही विजय असह्य भएको हो।
संविधानसभाबाट अपेक्षित काम हुन नसकेको आरोप सत्य हो। कसैले सभासद् हुँ भनेर पसलेलाई थर्काए। कसैले सिडियो कुटे। कसैले एलडिओलाई शौचालयमा थुने। कोही सभा छाडेर भोजमा रमाए। कोही पासपोर्ट काण्डमा थुनिए। केही अपवाद भेटिँदैमा संविधानसभालाई बलि चढाउने माग गर्नु मूर्खताको हद हो। दोषी त सत्ता छिनाझपटीमा लागेका ठूला तीन दल हुन् जसले संविधान बनाउने अधिकांश समय नष्ट गरिदिए।
संविधानसभाको मृत्युको माग गर्नेसँग जेठ १४ पछिको खाका छैन। तिनीहरु देशलाई फेरि शून्यमा धकेलेर 'बैकुण्ठ लुट्न' चाहन्छन्। सायद तिनले चाहेको राष्ट्रपति शासन र अर्को संसदीय चुनावमात्र हो। अर्का थरिचाहिँ अर्को संविधानसभाको चुनाव हुनुपर्छ भन्छन्। संविधानसभा ल्याउन देशले ६० वर्ष कुर्नुपर्‍यो। हजारौँले बलिदान गर्नुपर्‍यो। यसको चुनावमा मात्र करोडौँ रुपियाँ लगानी भयो। अरु करोडौँ रुपियाँ खर्च भइरहेको छ।
संविधानसभाले विवादित थुप्रै मुद्दा समाधान गरेर ८० प्रतिशतभन्दा बढी काम सकिसक्यो। राज्य पुनर्संरचना र शासकीय स्वरूपलगायत केही मुद्दामात्र टुंगो लगाउन बाँकी छ। संसारमै यति छोटो अवधिमा संविधानसभाबाट संविधान बनेको इतिहास छैन। साँचिलो बन्नमात्र अत्यन्त थोरै अवधि तोकिएको थियो। त्यसमाथि संविधानसभाका रुपमा भन्दा बढी सरकार बनाउने व्यवस्थापिकाको भूमिकामा यसको प्रयोग बढी भयो। यस स्थितिमा जनअनुमोदित ऐतिहासिक सभा जोगाएर नयाँ संविधान लेख्न सिर्जनात्मक दबाब दिनु एकमात्र विकल्प छ। प्रधानमन्त्री झलनाथ खनालले आफ्नो बाध्यता र स्थितिबारे जनतालाई प्रस्ट पार्न राष्ट्रका नाममा सम्बोधन गर्नु हतार भइसक्यो। माओवादीभित्र पुष्पकमल दाहाल र बाबुराम भट्टराई शान्ति, संविधान र अन्य दलसँग समझदारीका लागि उदार छन्। यस स्थितिमा माओवादी र कांगे्रसलाई समेत विश्वासमा लिएर प्रधानमन्त्रीले नयाँ संविधान जारी गर्न संविधानसभाको म्याद कति थप्नुपर्छ भन्ने जनतालाई प्रस्ट बताउने र मागेको समयमा संविधान नबने राजीनामा गर्ने प्रण गर्नु राम्रो हुन्छ।
नयाँ संविधानसभाको चुनाव गराउनुपर्छ भन्नु नयाँ संविधान कहिल्यै नलेखियोस् भन्ने चाहनु हो। यस्तो माग गर्नेलाई थाहा छ, फेरि संविधानसभा चुनावै हुँदैन। 'यी मैला मधेसी, कामी, दमाई, सार्की, चुरौटे आइमाई हाम्रा नेता? यिनले हाम्रो संविधान लेख्ने? असम्भव!' पेटबोलीमा यिनीहरुले भनेको यही हो। तर, तिनले कानको बिर्को खोले हुन्छ, हेपिएको त्यो वर्ग विश्वनाथ उपाध्याय वा लक्ष्मणप्रसाद उपाध्यायले जस्तो देशी, विदेशी संविधानको पाना पल्टाउँदै बौद्धिक बहस गर्न होइन, आउँदो संविधानमा आफ्नो वर्गको दुःख सम्बोधन गर्न योगदान गरून् भनेर त्यहाँ पठाइएका हुन्। कमैया, दलित, मधेसी, कर्णालीको दुःख हरण राजधानीमा सोखसयल गर्ने अभिजात वर्गले लेखेको संविधानले हुने हो र? समावेशी लोकतन्त्रको यो मर्म नबुझी पीडित वर्गको खिसी गर्ने हास्य कलाकार र यी 'ननअर्ग्यानिक बुद्धिजीवी'को हालत उस्तै छ।

"तिरष्कार" (समसामयिक कविता)

ए देशभक्त नागरिकआँखा खोलेर बस्नु ।"अन्तरिम संबिधान",अन्तरिम सरकारलेअनेकौ पटक संबिधान संशोधन गर्दै,हामी जनतालाई झुक्याई रहेको छ ।
ए राष्ट्रप्रेमी नागरिकसचेत भएर बस्नु ।तीन चार जना नेताको निर्णयले,राष्ट्र असफल हुदै गएको छ ।के ? यो नै जनताको आकांक्षा हो ?जनताको नाममा कलंक,के ? यहि कलंक पाउनलाईहामीले चुनेर पठाएका हौ ?

देउता–भूत

सबैजनाले उसलाई देउता मान्दथे । उसलाई हेर्दा साथीभाइहरूको मनमा आदर उत्पन्न हुन्थ्यो । दाहिने खुट्टाचाहिँ अलि खन्च्याङ् खन्च्याङ् गर्दै हिड्थ्यो ऊ, तर पनि साथीहरूको आँखा उसको खुट्टामा भन्दा पनि उसको सम्पूर्ण ब्यक्तित्त्वमाथि पर्दथ्यो । उसको मिलनसारपनाले आँखाहरूलाई खुट्टामा होइन तर हृदयको स्वच्छतामा डोर्याउथ्यो। आँखाहरू त मनलाई डोर्याउने वाहकमात्र हुन्थे ।
राज, आज मल्ल सरले पढाउनु भएको पाठ अलिकति बुझाइदेऊ न हौ !
विषय आद्यात्म हो ।
राजले आफ्नो दाहिने खुट्टा दुई हातले हल्का सहारा दिँदै आफ्नो ओछ्यानमा तेर्साउँदै भन्यो –ऐतिहासिक घटनाक्रमका आधारमा यसलाई हेर्दा नयाँ दृष्टिकोण उत्पन्न हुन्छ ।
वसन्त अझै गहिरिदै गयो–हैन, दृष्टिकोण उत्पन्न हुन्छ कि निर्माण गरिन्छ ?
जे भन, देखिने वस्तुमा दृष्टि पुर्याएर आफैलाई फर्किहेर्दा जीवन अर्कै देखिन्छ ।
ऐनाको कुरा गरेको कि ?
हैन, ऐनाले देखाउँछ तर बोल्दैन .....।
लु...., यस्तो कुरा सुन्दा त म आफूलाई एलियन भएको जस्तो लाग्छ ।
वसन्तले आफ्नो सिरानी मिलायो । सिरक तानेर शरीलाई न्यानो बनाएर बिस्तारै निदायो । ऊ एकैछिनमा घ्वार्घ्वार् गर्न थाल्यो । राज निकैबेरसम्म अध्ययन गरेर ऊ पनि सुत्यो ।
रात निकै छिप्पिसकेको थियो । दुबैजना आ–आफ्ना ओछ्यानमा मस्त निद्रामा थिए । राजको पलङ् झ्यालपट्टि थियो र वसन्तको यता ढोकापट्टि । झ्यालबाट हल्का प्रकाश छिरेको हुनाले राजको ओछ्यान अलिअलि देखिँदै थियो ।
विषय जतिसुकै गहिरो भएपनि, तर्क जतिसुकै तिक्खर भएपनि मस्त निद्रामा परेपछि राज र वसन्तको कुनै प्रश्न उत्तर छैन । ऐनाको दोष पनि छैन । एलियनको नौलो अनुभव पनि छैन । दुबैजना मस्त निद्रामा छन् । दार्शनिक पनि छैन तार्किक जिद्धी पनि छैन । निद्रामा सबै नै बेहोस हुँदारहेछन् ।मध्यरातमा वसन्तलाई सपनामा अप्ठयारो महशुस भयो– पिसाबले रहेछ । उसले निद्रामै आँखा मिच्दै उठ्यो र ढोका खोल्यो । ढोकाबाट अलिअलि प्रकाश गएर सिधै झ्यालको मद्दिम प्रकाशसंग मिल्यो । उसको आँखा राजको पलङछेउको झ्यालमा पर्यो । पिसाब गर्नजान ढोका खोलेको वसन्तको आँखा राजको पलङतर्फ पुगेर आतङ्कको सूचना प्रवाह गर्यो । अचानक ऊ जोडले चिच्याउँदै बाहिर कुद्यो ।
भूत .....! भूत....! !
होस्टेलका सबै विद्यार्थीहरू सपनामा ऐठनको अनुभव गरिरहेका थिए । निद्राको वशमा परेका कुनै कानले त चोर ! चोर...! ! भन्ने पो ठानेछ ।
भूत.....! भूत.....! !
अन्धाधुन्ध कराउँदै दौडेको वसन्त मुख्य कक्षाको ठूलो हलमा पुगिसकेको थियो । कसैले फलामको रड् कसैले ढोकाको आल्गो र कसैले त के के न हो भनेर चोरलाई बेस्सरी हिर्काउनको लागि पोलिथिनको बाल्टिन पो हातमा लिएर जम्मा भए । आतङ्कको आगोले सबैलाई भ्याइसकेको थियो ।
खोइ... कहाँ छ, चोर ?
ए ! बत्ती बाल् बाल् ......!.
कसैले कोशिस गरिहेरे तर लोडशेडिङ्ले सम्पूर्ण शहर झ्याप्पै छोपेको बेला त्यस्तो कोशिसको कुनै प्रतिफल थिएन ।
ए विन्दे ! तेरो टँस् लेरआ त .....!
एउटा मोटोघाटो तर निक्कै फुर्ति देखाएर आफ्नो कोठातिर तोडले कुद्यो, लिडलाइट ल्याउन । अचानक बाल्टिन बोक्ने विद्यार्थीसँग जोडले ठोकिनपुग्दा अँध्यारोमा रेश्लीङ खेल भयो । बाल्टिन हातबाट उछिट्टिएर वसन्तको छेउमा खस्यो । त्यसैत आत्तिएको वसन्त बाल्टिन खसेको आवाजले उसको भूतलाई अझै उग्र बनाइदियो ।
भूत ! भूत..... गुहार !
वसन्तको आवाज पनि दबिसकेको थियो । सबैजनाले रेश्लीङमा लडेको विन्देलाई बिर्सेर वसन्ततर्फ ओइरिए ।
ए वसन्ते ! के भो हँ, के भो ?
भ...भूत !
रुन पनि नसकी नसकी वसन्त बोल्यो ।
विन्देले उसको लिडलाइट लिएर आइसकेको थियो । सबैले हेरे – वसन्तको अनुहार भयाक्रान्त थियो । स्वर सुकिसकेको थियो । उसको ट्राउजर पनि पिसाबले भिजिसकेको थियो ।
सबैजना भेला भैसकेका थिए । सबैको ध्यान वसन्तमा थियो । राज निकैबेर पछि खच्याङ खच्याङ गर्दै अँध्यारोमा छाम्‌छाम्‌ छुम्‌छुम्‌ गर्दै त्यहाँ आइपुग्यो । उसलाई त सबैले बिर्सेका रहेछन् ।
उसले आफ्नो आँखा मिच्दै भन्यो –
हैन, कस्लाई के भो रे ?
मानौं आतङ्कतबाट कयौंपल्ट गुज्रिसकेर आतङ्कबाट बेखबर छ ऊ । धन्न यत्रो भाग दौडमा उसलाई केही भएनछ ।
हैन तिमीले क्यै देखेनौ ?
एकैसासमा वसन्त एक्लैले सबैको प्रश्नको भार बिसायो । एकैछिनको लागि सबैको मनलाई राहत मिले झैं भयो । तरपनि सबैको मनमा उत्सुकता भने कम थिएन– राजले के जवाफ देला भनेर ।
हैन, के देख्नु र ? अघिपछि सबैतिर अँध्यारै अँध्यारो छ । खोइ कहाँ के छ र ? यो वसन्तले बेकारमा मेरो निद्रामात्रै बिगार्यो ।
सबैले वसन्तलाई गाली गर्नलागे – बडा देख्ने भा’को चोर !
सबैजना खात्राक् खुत्रुक् भए । फलामको रड्, आल्गो, डोरी, बाल्टिन र वसन्तको भिजेको ट्राउजरलाई हेर्दै गन्गन् गर्नलागे । वसन्तलाई आफू सद्दे भएको देखाउन निकै हम्मे परिरहेको थियो ।
हैन, किन नपत्याएको ?
उसले आफ्नो दावी जारी राख्दै भन्यो –मैले राजको पलङ छेउको झ्यालमा भूत उभेको देखेकै हूँ । मेरो खिल्ली नउडाओ तिमीहरू ..... !
सबैले राजलाई हेरे, ऊ चुपचाप छ शान्त छ मानौं अझै गोलमाल अवस्था देखि बेखबर ।
खोइ त, मैले त केही पनि देखिन त अनि !
वसन्तको भयाकुल स्थितिबाट ज्यादै टाढा छ राज ।
लु त जाऔं सबैजना कहाँ रहेछ यसको भूत ।
सबैजना अघि बढिहाल्न अलि हच्किए तर विन्दे अलि मोटो र बलियो भएको हुनाले उसको नेतृत्त्वको पछि लाग्न राजिभए ।
बिन्दे बिस्तारै अघि बड्दै गयो अरुहरू उसको पछिपछि सास थामेर घरिघरि आफू पछाडि पनि हेर्दै अघि बड्दै थिए । अचानक एउटा परेवा जस्तो सेतो सेतो पंक्षी फटटट.... गर्दै उड्दै जाँदा सबैजना तर्सेर एकछिन भागाभाग भए । यसपल्ट पनि राजलाई सबैजले बिर्से । ऊ त भयग्रस्त भीडमा कुद्दा कुद्दै खुट्टाले सहारा दिनसकेन अनि भुइमा लड्यो । पछि साथीहरूले फेरी उठाए ।
एउटा मामुली पंक्षी उडेको रहेछ भन्ने भएपछि फेरी सबैजना आए । विन्देले टर्च चारैतिर तर त्यहाँ केही पनि थिएन । वसन्त झ्यालको छेउमा गएर भूतको कहानी शुरु गर्यो –
हो..... यही नै त्यसको खुट्टा देखेको थिएँ । हातले चाहिँ झ्यालको डन्डा तान्दै थियो ।
सबैलाई वसन्तको कथालाई पत्यार गर्न गाह्रो भइरहेको थियो, तर सत्य पो भइहाल्ला कि भन्ने पनि डर कता कता थियो ।
धेरै बेरसम्म कोठाको चारैतिर खोजतलासी पछि पनि भूतको ठेगान नलागे पछि सबैले वसन्तलाई सम्झाए, ढाढस दिए अनि सबैजना त्यो रातभरी जागा बसेर भयमुक्त वातावरण बनाए ।
भोलिपल्टदेखि भूतको खूबै चर्चा हुनथाल्यो । होस्टेलका केटाविद्यार्थीहरू सबैजना भूत भगाउने अभियानमा जुटे । राती राज र वसन्तको कोठामा भेला भएर पालैपालो कथा भन्दै डर भगाउदै गर्नथाले । विन्देले कथा शुरु गर्यो –
धेरै वर्ष पहिले त्यस देशमा हवाइजहाज वा हेलिकोप्टरहरू केही पनि थिएन । स–साना मोटरहरू थिए । राजा महाराजा र हुनेखानेहरूमात्र मोटर जढ्न पाउँथे । त्यसो भएता पनि त्यस देशका जनताहरूचाहिँ निकै बाठा थिए । वर्षमा धेरैपल्ट आम हडताल बन्द आदि हुने गरेकाले मोटरमा सवार गर्ने राजा महाराजा र धनी मानिसहरू दिक्क हुने गर्थे ।
त्यस देशमा एउटा गरीब रिक्सावाल थियो । उसको पेटपाला त्यसै रिक्साबाट हुने गर्थ्यो । तरपनि उसले धेरैजना गरीबहरूलाई सित्थैंमा रिक्सा चढाएर टाढा टाढासम्म पुर्याइदिएर धेरैपल्ट सहायता पुर्याएको थियो ।
एक समय यस्तो भयो कि राजा सरुम्बाहाङ् आफ्ना कारमा सवार भएर सयल गर्न जाँदैगर्दा हडतालमा फसे । टाठाबाठा जनताहरू राजासँग के झुक्थे र ! चर्को चर्को नाराबाजी लगाउँदै राजा सरुम्बाहाङ्को कारको टायरको हावा खोलिदिए । धन्न कारचाहिँ जलाएनछन् । तर हावा खुस्केको कारमा किन पो सवार गर्थे र उनी । हडताल खुलेपछि सहिसलामत आफ्नो कार लैजान पाउने शर्तमा बाठा जनताले राजा सरुम्बाहाङ्लाई विदा गरे । निरास भएर राजा सरुम्बाहाङ् पैदल यात्रा गर्नथाले । भाग्यले त्यो गरीब रिक्सावाल त्यतैतिर आउँदैथियो । हडतालमा रिक्साचाहिँ चल्नपाउने छुट थियो । रिक्सावालले राजालाई चिनिहाल्यो ।
सरकारको जयहोस् !
रिक्सावाल राजा अघि झुक्यो । उसलाई हडतालको कुरा थाहा थियो र राजाको पैदल यात्रा पनि बुझिहाल्यो । उसले आफ्नो रिक्सामा राजालाई सवार गर्न खूबै विन्ती गर्यो । राजा सरुम्बाहाङ् प्रजाप्रेमी थिए । गरीब रिक्सावालको इच्छा पूरा गर्नपाए लोक कीर्ति रहने कुरा उनले झट्टै सम्झे । त्यसपछि उनी रिक्सामा सवार हुन तयार भए । रिक्वावालको हर्षको सीमा रहेन । राजा सरुम्बाहाङ् जस्ता ब्यक्तित्त्वलाई आफ्नो रिक्सामा सवार गराउन पाउँदा गरीबको पनि दिन फर्किआउँदो रहेछ भन्ने भान्‌ भैरहेको थियो । खुशीको जोसमा उसले कत्ती दूरी पार गरिसकेको थियो भन्ने हेक्का नै रहेन ।
छुट्ने बेला राजाले रिक्सावाललाई बकस दिने इच्छा गरे तर उसले लिन मानेन । राजाको सेवा गर्नपाउँदा र राजालाई आफ्नो रिक्सामा सवार गराउन पाउँदाको दोब्बर आनन्दको अघि कुनै पनि मूल्य बराबर थिएन ।
जीवनमा कहिल्यै नपाउने कुरा पाएपछि ऊ घर फर्कियो । ऊ ज्यादै थाकेको थियो । मज्जाले निदायो । भोलिपल्ट उठ्न पनि सकेन । ऊ कहिल्यै पनि नउठ्नेगरी हँसिलो मुहारमा निदाइरहेको थियो । शायद उसले खुशी पक्रिराखेको थियो । उसलाई हेर्नआउने छिमेकीहरू सुँक्सुकाउँदै रुन थाले ।
विन्देको कथा सुनेर सबैजना भावविह्वल भए । भूतको प्रभाव उनीहरूमा कम हुँदै गैरहेको थियो ।
अब म भन्छु कथा ....! , अर्को एकजना तम्सियो ।
लौ सुन..... उहिले उहिले ईश्वरले मानिसहरूलाई भनेछन् – म तिमीहरूलाई दूध र मह बग्ने देशमा लैजानेछु ।
यस्तो कुरा सुन्नासाथ मानिसहरूको मनमा दूध र मह बेचेर थुप्रै पैसा कमाउने र के के गर्ने स्वार्थी सपना देख्न थालेछन् । ईश्वरलाई दिने नित्य सेवा, सद्गुण, प्रेम आदि सबै बिर्सेर अवसरबादी बन्न थालेछन् । यो कुरा देखेर ईश्वरले उनीहरूलाई घुमाइफिराइ बारुद र बन्दूकको देशमा पो पुर्याइदिएछन् ।
धेरैले कथा भने, तर कसैले पनि भूतप्रेतको कथाचाहिँ भनेनन् । शायद कथाकारलाई आफ्नो परिस्थिति थाहा छ ।
अबको कथा भन्ने पालो राजको थियो । उसमा कुनै काल्पनिकता थिएन । जे थियो ऊ आफै थियो ।
मेरो कथा, मेरो खुट्टाको कथा हो ।
लामो सास लिँदै राज गम्भिर भयो । उसले आफ्नो दाहिनेपट्टिको ट्राउजर माथि घुँडासम्म सुर्कायो । घुँडानेर एउटा बटम जस्तो केही थिच्यो । उसको दाहिने खुट्टा सर्लक्क निकालेर झ्यालको छेउमा राख्यो । सबैजना छक्क पर्दै हेरे – राजको खुट्टा नक्कली रहेछ ! घुँडामुनिको भाग डुँडो रहेछ । सबैजना सहानुभूतिले भरिए तर भाषामा ब्यक्तगर्न भने कसैले पनि सकेनन् ।
जनयुद्धको बेलामा ईलाममा राती ८ बजेदेखि बिहानसम्म गोली चलिरह्यो । मृत्युलाई नजिकैबाट नियालेर बाँचिरहन कति भयानक हुँदोरहेछ । मेरो अनुहार नजिकैबाट कयौं गोलीहरू बत्तासिएर गए । अँध्यारोमा गोली त रातो फिलुङ्‌गो झैं देखिँदो रहेछ । गुहारका लागि आउनेवाला कोही थिएन । सबै बजार बन्द । सबै ढोका ठप्प । बत्तीहरू सबै छ्‌याप्छुप् निभेका ।
मेरो छेउमा हर्के कुन्नि के भन्दै थियो । एकछिनमा बाख्राको पाठा कराए जस्तै ‘म्याँ ! ’ गर्यो । बोल्दाबोल्दै मान्छेलाई गोली लाग्दा त्यस्तो आवाज पो निक्लँदो रहेछ ।
राजको वर्णनमा विभत्स रस मिसिँदै गयो । साथीहरूले खुट्टाको कहानी बुझिहाले । युद्धको इतिहास शब्दहरूमा वर्णन गर्न राज डुँडो खुट्टालिएर बाँचेको रहेछ । सबैजनाले मलिन मुद्रामा राजलाई हेरे । दाहिनेपट्टिको ट्राउजर हावामा अलिअलि झुलिरहेको थियो । झ्यालमा उसको कृत्रिम खुट्टा ठिङ्ग उभिएको थियो । मनभित्र विद्रोहको धारा प्रवाह भाषण थियो तर ओँठहरू बन्द थिए । दिलभित्र बिलौनाको महाकाव्य थियो तर केवल आँखाहरूमात्र बोल्न बोल्न खोज्थे ।त्यो कृत्रिम खुट्टो त्यहीँ थियो, त्यस्तै थियो – झ्यालको छेउमा । विन्देले त्यसलाई राम्ररी नियालिरहयो । घरिघरि वसन्तलाई पनि हेर्दैथियो । एक्कासि ऊ जोडले हाँस्यो । सबैजना अचम्मित भए । ऊ हाँस्दै थियो । एकछिनमा कुनै साथीहरूलाई त साह्रै रीस उठ्न थाल्यो – त्यस्तो गम्भिर युद्धको कथामाझ पागल अट्टहास कहाँबाट आयो ? सबै छक्क पर्दै रीस–रीस पनि गर्दै थिए ।
व....वसन्तेको भूत ....! हा...हा...हा... वसन्तेको भूत !
विन्देले राजको कृत्रिम खुट्टालाई देखाउँदै मुख थुनेर हाँस्दै हाँस्दै बाहिर निस्कियो । एकछिन पछि मात्र अरुहरूले कुरा बुझेर वसन्तलाई देखाउँदै हाँस्नलागे । वसन्तको रातीको भूत त राजको प्लास्टिकको कृत्रिम खुट्टा पो रहेछ । वसन्त झुक्किएको रहेछ, त्यसैले सबैजनाले गएरात दुःख पाएका रहेछन् ।
त्यस रात सबैजना अबेरसम्म कथा भन्दै हाँस्दै आनन्दले निदाए । भोलिपल्ट बिहान होस्टलका विद्यार्थीहरू खेल खेल्न जम्मा भए । वसन्त, विन्दे र अरु साथीहरू अघि नै आइसकेका थिए । प....र बाट राज खच्याङ् खच्याङ् गर्दै उनीहरूतर्फ आउँदै थियो । विन्दे फेरि हाँस्न थाल्यो –
उ....! भूत आयो है, भूत आयो ......!!
विन्देको कुरा सुनेर सबैले हाँसो थाम्न खोजे तर सकेनन् ।

अघोषित सम्बन्ध

सरी है," हतारमा एक युवतीसँग ठक्कर खाएपछि झसंग हुँदै मैले भनें।
उसले आँखाको कालो ठूलो गगल्स निकाल्दै मलाई हेरी।
कता-कता चिनेको अनुहारझैँ लाग्यो।
"तिमी कहिले आयौ लन्डनबाट?" उसको प्रश्नले बल्ल उसलाई ठम्याएँ।
ऊ पाँच वर्षअघिको क्याम्पसे जीवनकी मेरी सहयात्री सरिना थिई।
चार वर्षअघि हामी छुट्टिएका थियौँ।
त्रिभुवन विश्वविद्यालयमा एउटै कक्षामा पढ्थ्यौँ। पढाइ सकेर म पैसाको लोभमा विदेशिएँ तर ऊ आफ्नै देशमा केही गर्छु भन्ने ढिपी कसेर बसेकी थिई। त्यतिबेला ऊ चुलबुले थिई।
कति दिन त हामीले एउटै थालमा भात खाएका थियौँ। कति दिन सँगै भोकै पनि बस्यौँ।
विश्वविद्यालयको खाली चौरमा रूखको फेदमुनि बसेर कोर्सभित्र र बाहिरका ठूल्ठूला पुस्तक पढ्थ्यौँ। घर, परविार, आफन्त र विद्यार्थी जीवनको काठमाडौँ बसाइका बारेमा कुरा गर्थ्यौं। क्याम्पसे जीवनमा केटाहरूले हातले कोरेर दिएका प्रेमपत्र एकअर्कालाई सुनाएर ठट्टामा उडाइदिन्थ्यौँ।
तर, आज ऊ ठट्टा गर्ने मुडमा थिइनँ। गम्भीर देखिन्थी। हरियोमा सेतो मिसिएको कुर्ता-सुरुवाल लगाएकी सामान्य देखिन्थी ऊ। चर्को घामबाट आँखालाई जोगाउन गगल्स लगाएकी थिई।
पाँच वर्षपछि उसलाई भेटेपछि आफ्नो हतारो बिर्सिएँ मैले। क्याम्पसे जीवनकी मेरी एक मात्र मिल्ने साथी थिई ऊ। भेट्दा झ्वाम्म अँगालो हाल्ने उसको स्वभाव थिएन। हामी उसैले प्रस्ताव गरेको दरबारमार्गको त्यही क्याफेमा पुग्यौँ। अस्ताउँदो सूर्यले विश्राम लिन हतार गररिहेको थियो। हामी रूखको छायाँ परेको फलामे कुर्सीमा बस्यौँ। दुवैबीच निकैबेर एक किसिमको मौनता छायो।
"के गर्दै छेस्, कहाँ छेस्?" मौनता चिर्दै मैले सोधेँ।
लामो सास फेर्दै ऊ बोली, "बाँचेकी छु, पुराना याद ताजा गराउन साँझपख यहाँ आएकी।" वेटर आयो मैले कफी अर्डर गरेँ। त्यसमा उसले चुरोट र वाइन थपी।
"तँ वाइन र सिग्रेट पनि पिउन थालिस्?" मैले सोधेँ। अस्ति जस्तो लाग्छ क्याम्पसको क्यान्टिनमा कोही बसेर चुरोट खायो भने हातले धूवाँ हम्किँदै ऊ गाली गरेर खेदाउँथी।
एक दिन मेजर इङ्लिस पढाउने प्राध्यापकले मादक पदार्थ सेवन गरेर कक्षामा आएछन्।
अगाडिको सिटमा बसेकी उसले प्राध्यापकको यस्तो करामत थाहा पाएर झगडा गरेकी थिई। प्राध्यापकसँग झगडा गरेको आरोपमा क्याम्पस प्रमुखको कार्यकक्षमा हामी दुई स्पष्टीकरण दिन पुगेका थियौँ।
तर, आज ऊ आफैँ त्यसको अर्डर गररिहेकी छ।
उसका आँखा नदेखे पनि उसले लगाएको कालो गगल्सभित्र म आफ्नो सानो अनुहार देखिरहेकी छु। अनि, आफैँलाई सोधिरहेकी छु, "यसलाई के भयो?"
एकैछिनमा उसले मोबाइलको एउटा तस्बिर देखाई। मोबाइल हातमा लिएर हेरेँ। रातो वर्णको, उमेरले पाको र अग्लो कदको मान्छे छ त्यहाँ।
"को हो यो?" मैले सोधेँ। चुरोटको धूवाँ आकाशतिर उडाउँदै उसले भनी, "त्यही हो, जसले मलाई जिन्दगी चिनायो, जिउन सिकायो। नदी तर्न किनारमा भौतारँिदै थिएँ,नदी तर्न साथ दिन्छु भन्दै हात समातेर बीचधारमा लगेर छाड्यो।"
ऊ सम्बोधनमा तिमीबाट 'तँ'मा झरसिकेकी थिई।
"तँ विदेश जानुअघिदेखि नै यो मान्छेलाई म सामान्य चिन्थेँ। एक दिन हिँडिरहेका बेला उसको र मेरो यही ठाउँमा जम्काभेट भयो। हामीले यही कुर्सीमा बसेर कफी खाएका थियौँ। मेराबारेमा सोध्यो, बताइदिएँ। सबै बेलीविस्तार लगाएँ। त्यो दिन उसले मसँग यति नजिक भएर कुरा गर्यो कि मैले आफूले आफैँलाई उसको नजिक ठेलेर पुर्याएँ," ऊ भन्दै थिई।
"यत्रो सहरमा आफूले आफैँलाई एक्लो नठान्नू, तिम्रो आफ्नो मान्छे पनि कोही छ, केही समस्या परे, एक्लो महसुस गरे मलाई सम्झनू, एउटा असल साथीको भूमिकामा म सधैँ रहिरहन्छु। तिमी ठूलो मान्छे बनेको हेर्न चाहन्छु," यस्तै यस्तै लामो कुरा गर्यो।
चुरोटको अर्को लामो सर्को तानेर धूवाँ अस्ताउन लागेको सूर्यतिर फाल्दै संकेत गरेर बोली, "सानैदेखि हेलाँको जिन्दगी बाँच्दै आएकी मेरो जीवन सधैँ यस्तै छ।"
म उसका कुरामा चाख दिन थालेँ। त्यो मान्छेसँगको उसको सम्बन्ध के हो? किन ऊ यसरी टुटी? के यो अब यस्तै रहिरहन्छे? मेरा लागि चाखलाग्दा विषय बने।
"अनि?" मैले एउटा प्रश्न तेस्र्याएँ।
"तँलाई त थाहा छ म टुहुरी केटी। आमा सानैमा बितेपछि बाबुले अर्की आमा ल्याए। सानीआमाको रातदिनको टोकसो सहँदै एसएलसी सकेर म सहर आएकी हुँ। यहाँ पनि अर्काको घरमा बसेर उनीहरूकोे जुठो खाएर जुठा भाँडा माझेर पढाइ गरेँ।"
"बच्चैमा आमा गुमाएकी मलाई केही थाहा थिएन। माया के हो? कस्तो हुन्छ? तर, उसँगको सामीप्यले मलाई यी सबै कुरा सिकायो। मेराबारेमा धेरै नै चिन्ता लिन्थ्यो उसले। मेरो मनमा यति गहिरो गरी स्थान दिएको उसलाई अहिले चाहेर पनि निकाल्न सकेकी छैन।"
यति भन्दा उसले दुईवटा चुरोट फुकिसकेकी थिई भने वाइन नि दुई ग्लास। फेरि अर्को सल्काई। उसका कुरा सुन्दा मलाई लागिरहेको थियो, म कुनै कथा सुनिरहेकी छु। जुन मलाई नौलो लागिरहेको छ।
उसले कुरा अघि बढाई, "त्यहीबीचमा म उसको सरकारी कार्यालयनजिकको एक कम्पनीमा काम गर्न थालेँ, ३ हजार ५ सय रुपियाँ तलबमा। उसले फुर्सद पाउनेबित्तिकै फोन गथ्र्यो, "तिमी कता? मेरो काम सकियो।" मलाई लिन आउँथ्यो। हामी टाढाटाढा गएर निकै लामो समय बिताउँथ्यौँ। उसको छातीमा टाउको अडेस लगाएर म स्वर्गीय आनन्दमा डुब्थेँ। उसले मेरो कपाल मुसार्दै पीर नगरी काम गर्ने हौसला दिन्थ्यो। म पनि अफिसको काम छिटोछिटो सकेर उसलाई भेट्न हतारिन्थेँ।
ऊसँगका दुई वर्ष यति छिटो बिते कि मैले पत्तै पाइनँ। मैले मेरा समस्या भनिनँ भनेर ऊ रिसाउँथ्यो पनि। म टुहुरीले यति धेरै माया पाएकी, जो सम्हाल्न कठिन भयो।
तर, पछिल्लो समयमा उसको व्यवहारमा निकै परविर्तन आयो। भेटघाट त परै जाओस्, फोन आउने क्रमसमेत घट्यो। मैले गर्दा नि झर्किन थाल्यो। चोर-पुलिसको झैं कथा चलिरह्यो। साँच्चै ऊ निकै बदलियो। म उसलाई जति माया गर्थें, त्यसभन्दा बढी सम्मान पनि।
"म उसँग डराउँथे नि ! मलाई थाहा थियो। ऊ स्वास्नी, छोरा-छोरी भएको झन्डै मेरो बाबुसँग उमेर मिल्ने मान्छे हो। तैपनि, म उसको व्यवहारबाट आकर्षित थिएँ।"
"बिहान ओछ्यान नछाड्दै फोन आउँथ्यो, "उठ्यौ? उठ उठ, धेरैबेर सुत्न हुन्न। अर्काको घर जाने छोरीले छिटो उठ्ने बानी गर्नुपर्छ।" अनि, म प्याउली भएर भन्थेँ, "टाढा भएर उठाउँदा त हजुर यसो भन्नुहुन्छ, नजिक भए त कान तान्नुहुन्थ्यो होला?" "मसँग नजिस्क बाबा, छिटो उठ !" ऊ फोन राख्थ्यो।
"ऊ मेरो साथी मात्र होइन, एउटा असल अभिभावक पनि थियो। अफिसको काममा केही अप्ठ्यारो परे उसैलाई सोध्थेँ। मैले ऊसँगको सम्बन्धको गलत फाइदा कहिल्यै उठाइनँ, न त उसले नै उठायो। विश्वास गर्थ्यौं हामी एकअर्काप्रति। तर, जब उसको फोन आउन छाड्यो। भेट्न आएन। मलाई एक्लै छाड्यो। म सहरमा नितान्त एक्ली भएँ। मन बहलाउने कोसिस नि नगरेकी होइन, काम छाडेर दुई चार दिन बरालिएँ। अँह ! तर, सकिनँ। जागिर पनि छाडिदिएँ।" ऊ भनिरहेकी थिई। म मूर्तिवत् सुनिरहेकी थिएँ।
मैले मलाई देखाई दे म कुरा गर्छु पनि भनेँ, अहँ तर सरिनाले मानिन। भन्थी, "मेरो कारणले उसको जिन्दगी बिगार्नु हुँदैन। म ऊ खुसी भएको हेर्न चाहन्छु।"
चुरोटको ठुटो टे्रमा राख्दै भनी, "सबै थोक गुमाएँ केही छैन अब मसँग।" अनि, लामो सास तानी।
रातको ८ बज्न लागेको छ। वेटरले बिल ल्यायो।
फोन नम्बर मागेँ। मोबाइल बोक्दिन भनेर उसले ढाँटी मलाई। तर, त्यो फोटो उसले एकछिन अघि मात्र मोबाइलमै देखाएकी थिई। ऊ दिन चाहन्न भनेँ मैले नि जबरजस्ती गरिनँ।
"धेरै बाँच्नु छ, जिन्दगी सुधार," भनेँ। "कसका लागि सुधारौँ? किन सुधारौँ?" ऊ बोली, "बच्चैदेखि हेलाँ, तिरस्कृत र घृणापूर्ण जिन्दगीको भारी बोकेर बाँच्दै आएकी हुँ, मलाई अब सुध्रिनु छैन।"
म निरुत्तर भएँ।
तीन घन्टा उसँग यसरी बिताउँदा मैले केही ठम्याउन सकिनँ। के भयो यसलाई? के यो अब यसरी नै बाँच्छे त? किन त्यसले उसलाई यो हालतमा छाड्यो? के सरिनाको गल्ती नै थियो त? प्रश्नैप्रश्नले मेरो मस्तिष्क भरियो।
उत्तर खोजिरहेँ तर पाइनँ। म रातभरि उसैका बारेमा सोच्दै निदाएँछु। सपनामा पनि उसैलाई देखेँ। ऊ उसैको प्रेमीसँग विवाह गाँठोमा बाँधिएर लजाउँदै विवाह मण्डपमा विस्तारै घुमिरहेकी थिई। सपनामै भए पनि म रमाएँछु र उसलाई अँगालो हाल्न पुगेँछु। अँगालो हाल्दा सिरकलाई मेरा पाखुराहरूले स्पर्श गरेछन्। यसले म अचानक ब्युझिंएँ। बिहान भइसकेको रहेछ। कतिबेलादेखि मेरो फोनको घन्टी बजिरहेको थियो। मैले फोन उठाएर हेलो भनेँ। उताबाट कुनै पुरुषले मेरो नाम सोध्यो, मैले उसले सोधेको नामको महिला म नै हुँ भनेँ। फोनमै त्यो पुरुष स्वरले भन्यो, "म टिचिङ् हस्पिटल, महाराजगन्जबाट बोल्दैछु, तपाईं सरिना भन्ने महिलालाई चिन्नुहुन्छ?" मैले आश्चर्य मान्दै स्वीकारोक्तिमा जवाफ दिएँ।
त्यो पुरुषले भन्यो, "हामीले सरिनाको ब्यागमा तपाईंको भिजिटिङ् कार्ड पायौँ र फोन गरेको। तपाईं कृपया उहाँको लास बुझ्न तुरुन्तै आउनू होला।" अनि, म छाँगोबाट खसेजस्तो भएँ। के, किन, कसरी? भन्ने अनेकौँ प्रश्नहरूको घेराबन्दीमा म बाहिर निस्केँ र एउटा ट्याक्सीमा बसेर अस्पतालतिर लागेँ। मलाई यसबेला दुईवटा प्रश्नले बारम्बार घोचिरहेको छ? रातारात यो के गरी सरिनाले? त्यो पनि मलाई भेटेपछि । र, अबको उसको लास म एक्लैले कहाँ लगेर दाहसंस्कार गर्नू? म यतिबेला साँच्चै संवेदनाहीन भइरहेकी छु। साथी गुमाउनुभन्दा उसको दाहसंस्कारको पीरले मलाई पिरोलिरहेको छ। म रुन चाहेर पनि रुन सकिरहेकी छैन। सायद मेरो जीवनको अग्निपरीक्षा पनि यही हो । समस्यामा सायद मानिसको संवेदना पनि हराउँदो रहेछ ।

पराई आमा

बिहान चारै बजेदेखि यहाँ फूल बेच्नेको लाम भइसक्छ । जतिसुकै जाडो या गर्मी होस्, दर्शनार्थी बिहानै धेरै हुने हुँदा यो समय फूल-व्यवसायीको महत्त्वपूर्ण समय हो । दिउँसो नभ्याउनेहरू पनि बिहान यहाँ फूल फिँजाएर बसेका हुन्छन् ।
''बहिनी, फूल दिनोस् न ! धूपबत्ती र प्रसाद पनि राखिदिनोस् है !''
मैले प्लास्टिकको ढकीमा सबै सामग्री राखिदिई बोतलको पानी ती युवतीलाई हात धुन दिएँ । युवतीको साथमा सानो बालक पनि थियो । उनी हात धुँदै थिइन्, ढकीबाट सेता मिठाइको प्याकेट त्यो सानो बालकले टप्प टिपेर मुखले खोल्न थाल्यो ।
''छ्या, किन जुठो हालेको ? भगवान्लाई चढाउन पो किनेको त ! यो चकचके बच्चालाई त लिएर हिँड्नै मन लाग्दैन, हैरान पार्छ । आज यसैका लागि आएकी हुँदा ल्याउँनैपर्‍यो र मात्र !'' उनी निधार खुम्च्याउँदै त्यो बच्चालाई हातले धकेल्दै थिइन् । उनले प्रसादका लागि अर्को चोखो मिठाइ फेरि मसँग मागिन् ।
''छोरो हो ?'' मैले मिठाइको पोको दिँदै सोधेँ ।
''हो । आज यसको जन्मदिन, यसकै नाममा पूजा गरिदिऊँ कि भनेर मन्दिर ल्याएकी, दिक्क बनाइसक्यो ।''
''कति वर्षको भयो ?''
''२०६० सालको हो, आजैदेखि सात वर्ष लाग्यो नि !'' उनी पूजा सामग्रीको पैसा तिरेर हातमा ढकी लिई मन्दिरतर्फ लागिन् ।
पशुपतिको प्राङ्गण बाहिर मैले यसरी फूल-व्यापार गर्न थालेको पाँच वर्ष भइसकेको छ । यो अन्तरालमा हजारौँ मान्छेलाई मैले फूल-प्रसाद बेचिसकेकी छु । आफ्नो यौवन र बाँच्नुपर्ने बाध्यता दुवैलाई मध्यनजर गरी मैले रोजेको यो व्यवसायमा एकातिर म सुरक्षित छु भने अर्कातिर यी मान्छेको हूलमा आफ्ना पीडा-व्यथाहरू भुलाउने प्रयत्न गर्दागर्दै सहजरूपमा बाँच्न सिक्दै गएकी पनि छु । म चोखी हुँ-होइन, म खुट्याउन सक्दिनँ तर मैले बेचेका फूल-प्रसाद पशुपतिनाथमा चढिरहेका छन् ।
आज २०६० माघ ९ अर्थात् आजभन्दा ठीक छ वर्ष अगाडिको त्यो दिन, मेरो जीवनको सबैभन्दा पीडादायी दिन थियो । छातीको घाउमा खाटा त्यति सजिलै कहाँ बस्दोरहेछ र ! म तीतो विगततर्फ धकेलिएँ ।
वि.सं. २०६० साल वैशाख सङ्क्रान्तिको दिन थियो । बा-आमा सङ्क्रान्ति नुहाउन बिहान सबेरै गङ्गाजी जानुभएको थियो । घरमा म एक्ली थिए । गोठमा एउटा माली गाई अनि दुईवटा बाख्रा थिए । म कक्षा १० मा पढ्थेँ तर त्यो दिन विद्यालय बिदा भएको हुँदा बिहानैदेखि गोठ र घरको धन्दा सिध्याएर दिउँसो गाईबाख्राका लागि सेउला-घाँस खोज्न म जङ्गल पसेँ ।
जङ्गलमा त्यस दिन कोही मान्छे भेटिएनन् । बाघ-भालुजस्ता जङ्गली जनावरसँग सामना हुन्छ कि भनेर मन तर्सिरहेको थियो । आफ्नै खुट्टाले खिसि्रक्क ढुङ्गो खसाल्दा पनि झसङ्ग हुन्थेँ । जङ्गलको धेरै भित्र नगई घाँस र सेउलाका भारी पुर्‍याएर र्फकनेक्रममा थिएँ । अचानक जङ्गलमा दुई जना फौजी पोसाकधारी अपरिचित मान्छे भेटिए । सायद तिनीहरू विद्रोही थिए अथवा विद्रोहीको खोजीमा हिँडेका सुरक्षाकर्मी । जङ्गलको बीचमा कुइनेटोजस्तो त्यस ठाउँमा सानो खोल्सो थियो । उक्त खोल्सामा तिनीहरू के गर्दै थिए, त्यो मैले अनुमान नलगाउँदै मेरो घाँसको भारी पछाडिबाट कसैले खोस्यो । म थरथर काँप्दै पछाडि फर्के । उस्तै पोसाकको अर्को व्यक्ति ममाथि गिद्धे आँखा गाढेर उभिएको थियो । मेरो मुटु तेज गतिमा धड्किन थाल्यो । केही बोल्नु त परै जाओस्, ओठ-मुख सुकेर सासै रोकिएला जस्तो भयो । म भाग्ने प्रयत्न गर्न थालेँ तर अगाडिका दुई जना पनि मलाई घेर्न आइसकेका थिए । एउटाले मेरो हात समातेको थियो, अर्कोले खुट्टा र तेस्रोचाहिँ मेरो कपडा च्यात्दै थियो । मैले हात जोडेर बिन्ती गरेँ, छोडिदेऊ भनेँ, रोएँ तर ती मान्छेरूपी दानवभित्र कुनै दया पलाउन सकेन । मैले जोडले चिच्याउने प्रयत्न गरेँ तर मेरो आवाज त्यहीँ घना जङ्गलको बीचबाट पहरामा ठोकिएर मैतर्फ फर्कियो । त्यसबखत मेरो अस्मिता बचाइदिने कोही भएन । आफ्नै गाउँको, आफ्नै पाखाको, आफू हुर्केको-खेलेको जङ्गलभित्रै म त्यस दिन लुटिएँ ।
मैले बेहोसीबाट आँखा खोल्दा घाम डुब्न आँटिसकेको थियो । जङ्गलका रूखपात उस्तै थिए । नजिकै खोल्सामा पानी कुलुलु बगिरहेको थियो । सबै चीज यथावत् रहे पनि म क्षत्विक्षत् थिएँ । एउटा भयानक सपनाजस्तो त्यो बीभत्स घटना यथार्थमा भइसकेको थियो । ती पापीहरू त्यहाँबाट गइसकेका थिए । मलाई उठ्न निकै गाह्रो भयो । भनभनी रिङ्गटा पनि लागेको थियो । लुगाभरि रगतका टाटैटाटा थिए । मैले बा-आमा र घरलाई सम्झेँ । छरछिमेकलाई सम्झेँ । भित्रैबाट भक्कानिएर रून मन लाग्यो । एकछिन त्यहीँ बसेर डाँको छोडेर रोएँ । आधा घाँससहितको डोको पर घोप्टिएको थियो । यही जङ्गलकै रूखमा झुण्डिएर मरुँ कि जस्तो भयो तर आफूलाई सम्हालेर कपडाको रगत सफा गरेँ । छरिएको घाँस र सेउला समेटेर डोकामा राखी सकी नसकी घरतर्फ लागेँ । बाटामा कोही नभेटिऊन् भन्ने लागेको थियो र त्यस्तै भयो । घर आइपुगेँ । बा-आमा अझै फर्किनु भएको थिएन । घरभित्र पसेपछि पुनः खप्न सकिनँ र हिक्का छुट्न थाल्यो । खाटमा घोप्टिएर रोइरहेँ । बाहिर अँध्यारो बढिसकेको थियो, बत्ती बाल्न पनि मन लागेन । बाहिरको अँध्यारोभन्दा पनि आफ्नो जीवनमा भित्रिएको अन्धकारले कहाली लागेको थियो । बाहिर मान्छे हिँडेको र बोलेको आवाज सुनियो । बा-आमा आउनुभएको थियो ।
''निर्जला, किन बत्ती पनि नबालेकी ?'' आमाले ढोकाभित्र पस्दै सोध्नुभयो ।
म विस्तारै उठेँ । आमाले टुकी बालिसक्नुभएको थियो ।
''के भयो तँलाई ? सञ्चो भएन कि क्या हो ? अनुहार पनि फुलेको छ, आँखा पनि सुन्निएका छन् !'' आमाले मलाई हेर्दै सोध्नुभयो ।
''अँ, टाउको दुखेर खप्नै सकिनँ, त्यसैले ओछ्यानमा पल्टिरहेकी !''
''सञ्चो भएन रे ? ज्वरो पनि छ ?'' बा अत्तालिँदै मेरो टाउको छाम्न आइपुग्नुभयो ।
ममाथिका दाजु र दिदी दुवै खसेर म एक्ली बाँचेकी थिएँ । त्यसैले बा-आमाकी म ज्यादै प्यारी थिएँ । बत्तीको छेलमा मेरा आँखाबाट आँसु खसिरहेका थिए । यति धेरै माया गर्ने मेरा बा-आमाले ममाथि आइपरेको त्यो भयङ्कर घटनाको पत्ता पाउनुभयो भने कसरी सहनुहोला ?
आमाले भात पकाएर खान बोलाउनुभयो । म आमाको मन राख्न भाग मात्र बसेँ । एकातिर शरीरको पीडा र अर्कातिर हृदयको पीडाले रातभर छट्पटिइरहेँ । बा-आमा घरिघरि कस्तो भयो भनेर सोध्नुहुन्थ्यो । मैले सिरकभित्र मुख लुकाएर 'अलि ठीक भएको छ' भनी ढाटेँ ।
भोलिपल्ट बिहान बिरामीको बहानामा म विद्यालय गइनँ । दिनहरू बित्दै गए । पढाइमा ध्यान दिन पनि सकिनँ । कहीँ कतै आफन्त र साथीभाइलाई भेट्न पनि मन लाग्न छोड्यो तर आफ्नो बदलिएको व्यवहारले कसैमा शङ्का उत्पन्न गराउँछ कि भनेर सकेसम्म आफूलाई सम्हाल्ने प्रयत्न भने गरिरहेँ । मेरो महिनावारी नभएको दुई महिना नाघिसकेको थियो तर यस्तो तलमाथि प्रायः भइरहने हुँदा आमा सायद निश्चिन्त नै हुनुहुन्थ्यो । मलाई खानाप्रति अरूचि बढेको र वाक्वाकी पनि लाग्न थालेको थियो जसले गर्दा मभित्र एक किसिमको डर पैदा भएको थियो तर मैले यी सबै कुरा सकेसम्म अरूबाट लुकाउने प्रयत्न भने गरेकी थिएँ । मैले आफ्नो मन मिल्ने साथीसँग पनि यो कुरा खोल्न सकेकी थिइनँ । एक त आफ्नो ब्राहृमण परिवार, त्यसमाथि पनि पुरेत्याइँ गरेर बाँच्नुपर्ने बाको पेसा! मेरो आङ जिरिङ्ग हुन्थ्यो । जतिजति दिनहरू बित्दै जान्थे, त्यतित्यति नै मभित्र डर, त्रास र पीडा हुर्कंदै गएको थियो ।
एक दिन बा घरमा हुनुहुन्नथ्यो । आमाछोरी भान्छामा खाना खाँदै थियौँ ।
''निर्जला, तँ आजकाल खाना ज्यादै कम खान्छेस्, किन ?'' आमाले एक्कासि सोध्नुभयो । मलाई सर्को पर्छ कि जस्तो भयो ।
''साँच्चै, तेरो नछुने नभएको पनि तीन महिना भइसक्यो । के भएको ? बैद्यकहाँ जानुपर्छ कि, क्या हो ?'' आमाले फेरि ममाथि झटारो हान्नुभयो ।
मैले जानी-नजानी अनेक बहाना बुनेर आमालाई अलमल्याउन खोजेँ तर आमाले विश्वास गर्नुभयो कि भएन त्यो भने बुझ्न सकिनँ । त्यो रात कटाउन पनि मलाई साह्रै गाह्रो भयो । घरि पासो लागेर मरुँ जस्तो हुन्थ्यो, घरि ठूलो भीरबाट खसूँ जस्तो हुन्थ्यो ।
एक हप्ता जतिपछि आमालाई शङ्का नहोस् भनी मैले पर सरेको बहाना गरेँ । आमाको चिन्ता त हट्यो होला तर मेरो व्यथा झन्झन् बढ्दै गयो । न यो व्यथा म बाँड्न सक्थेँ, न आफैँ कुनै उपाय खोज्न सक्थेँ । कहिलेकाहीँ त बा-आमालाई भनिदिऊँ कि जस्तो लाग्थ्यो तर ६० नाघेका बा अनि दमकी रोगी आमालाई सम्झेर आँट गर्न सक्दिनथेँ ।
मैले जति प्रयास गरे पनि नलुक्ने भइसकेको थियो त्यो कटु यथार्थ, किनकि चार महिनाको गर्भ मेरो पेटमा हुर्किरहेको थियो । मलाई कुनै पनि मान्छेका आँखाको सामना गर्न गाह्रो हुन थालेको थियो । एक दिन आमाकै अगाडि मैले बान्ता गरेँ । आमाले अँध्यारो मुख लाएर मेरो हात चाप्प समाती भित्र लगी सोध्नुभयो- ''निर्जला, मलाई नढाँटी भन्, तँलाई के भएको छ ?''
यसपालि मैले बहाना बनाउन सकिनँ । आमाको काखमा घोप्टिएर हिक्का छोड्न थालेँ । आमा मेरो टाउको उठाएर स्वर कपाउँदै बोल्नुभयो- ''कसको पाप हो कुलाङ्गार्नी ? हामीलाई पहिले मारेकी भए हुन्थ्यो कि अघिल्ला सन्तानजस्तै तँ पनि मरेकी भए यो दिन त देख्नुपर्ने थिएन !''
आमाका शब्दले मेरो मुटुमा कीला ठोकेजस्तै भयो । आफ्नो जीवन बर्बाद पार्नमा मेरो के हात थियो र ? यदि गलत थिएँ भने म मात्र नारी शरीर हुनुमा गलत थिएँ । म केही बोल्न सकेकी थिइनँ । आमा मलाई छोडेर अर्को कुनापट्ट िसुँक्कसुँक्क गर्दै बरबराउँदै हुनुहुन्थ्यो- ''जोरीपारी, छरछिमेकका अगाडि कुन मुख लिएर हिँड्नु ? विष दिएर मार् पापिनी अब हामीलाई !''
मैले खप्न सकिनँ । आमालाई समातेर आफूमाथि भएको सम्पूर्ण घटनाको विवरण बताएँ । त्यसपछि मलाई भने आमाले केही भन्नुभएन तर त्यस रात मेरै अगाडि बालाई रुँदै त्यो कुरा सुनाउनुभयो । जीवनभर इज्जतमा कुनै दाग लाग्न नदिई बूढ्यौलीमा प्रवेश गरेका मेरा बाका त्यतिखेर हातखुट्टा थरथराएका मात्र थिएनन्, मुजैमुजा परेको अनुहारभरि पसिना उमि्रएको थियो ।
बा-आमाले रातभरि के सल्लाह गर्नुभयो कुन्नि, भोलिपल्ट बिहानै आमा मलाई मामाघरतर्फ लिएर हिँड्नुभयो । मामाकी छोरी काठमाडौँको कुनै हस्पिटलमा नर्स हुनुहुन्थ्यो । संयोगवश घर आएको मौका परेछ । आमा र माइजूले दिदीलाई सबै कुरा बताएपछि उहाँले मलाई बोलाएर बेलिविस्तार सोध्नुभयो ।
''खोइ, अब त धेरै ढिलो भएछ, गाह्रो हुन्छ होला, तैपनि नआत्तिनोस् फुपू ! म यिनलाई आफूसँगै काठमाडौँ लग्छु र हुनेसम्म कोसिस गर्छु ।'' दिदीले आमालाई सान्त्वना दिने कोसिस गर्नुभयो ।
एक रात त्यहीँ बसी भोलिपल्ट बिहानै दिदीले मलाई काठमाडौँ लिएर आउनुभयो । दिदी त्यस्ता ठाउँहरू, हस्पिटलहरू सबैतिर बुझ्दै हिँड्नुभएछ तर कसैले पनि साढे चार महिना भइसकेको गर्भ फाल्ने खतरा उठाउन नसक्ने बताएछन् । दिदी पनि निराश हुनुहुन्थ्यो, म झन् पीरैपीरले सुकेकी थिएँ । बा-आमाको ज्यादै माया लाग्थ्यो । कुनै उपाय नभएपछि दिदीसँग एक दिन 'विषालु कुनै औषधि ल्याइदिनोस्, म मर्छु' भनेर रोएँ ।
म चिन्ताले छट्पटाइरहेकी थिएँ । दिदी ड्युटीबाट फर्किनुभयो । दिदीको अनुहार केही उज्यालो थियो त्यो दिन ।
''नानी, तिमी नआत्तिऊ । पाँच महिना पुग्न आँटिहाल्यो, अब पाँच महिना सहेर यही कोठामा यसरी नै बिताऊ । हस्पिटलमा बच्चा जन्मिनेबित्तिकै त्यसलाई हामी एक निःसन्तान दम्पतीलाई सुम्पिदिउँला । त्यसका लागि मैले सबै बन्दोबस्त मिलाइसकेकी छु ।'' दिदी उत्साहित हुँदै बोल्नुभयो । मसँग अर्को कुनै उपाय थिएन ।
दस महिना पूरा भयो, एउटा प्राइभेट हस्पिटलमा मैले बच्चा जन्माएँ । मेरो छातीमा बच्चा राखियो । मेरो जीउ हलुङ्गो भए पनि मन गह्रौं भयो । म पलभरकी आमा थिएँ । केही क्षणमा नै ऊ अर्काको हुँदै थियो । उसलाई लिन बाहिर उसका भावी बाबुआमा उपस्थित भइसकेका थिए । बच्चालाई कपडामा बेरेर मेरो आडमा सुताइएको थियो । ऊ चिहाँचिहाँ गरेर आमा खोजिरहेको थियो । मैले उसको अनुहार हेर्न सकेकी थिइनँ । केही क्षणमा अर्काको हुने सहमति भइसकेको यो बच्चालाई एक झलकका लागि हेरेर म जिन्दगीभरि दुःखी कसरी बनूँ ।
''दिदी, बच्चालाई दूध खुवाउनुहोस् न ! रोइरहेको छ ।'' एउटी नर्सले मलाई हेर्दै भनेकी थिई । मेरो दुई घुट्को दूधले एकछिनलाई उसको घाँटी भिजाएर के गर्नु, उसले फेरि कहिल्यै त्यो पाउँदैन, यसले बट्टाकै दूधमा हुर्किनुपर्छ । एकातर्फ बच्चा रोइरहेको थियो, उसको विपरीत दिशातर्फ फर्केर म अभागी आमा रोइरहेकी थिएँ । उसको र मेरो एकक्षणका लागि गाँसिएको नाता, यसपछि हामी आजीवन पराई बन्नेछौँ ।
केही क्षणमा मेरी दिदी आउनुभयो । ''निर्जला, छोरो त कस्तो राम्रो रहेछ ।'' उहाँले अञ्जानवश मेरो चोटमा प्रहार गर्नुभयो तर तत्कालै बुझेर सान्त्वना पनि दिनुभयो- ''तिमीले यसलाई जन्माइदियौँ । हुर्काउने बाबुआमा पनि भाग्यवश यसले गतिलो पाएको छ । तिमी आफूलाई सम्हाल । तिम्रो जीवनको बोझ अब उत्रन सक्यो, यही ठूलो कुरा हो । उनीहरूले आमासँग चिनजान गर्दैनाँै भनेका छन् र तिमीले पनि उनीहरूलाई नचिनेकै राम्रो हुन्छ । एक पटक हेर्न मन छ भने यसलाई हेर, नत्र म पुर्‍याइदिन्छु'' दिदी भन्दै हुनुहुन्थ्यो ।
आफ्नो मुटुको टुक्रो आफैँबाट छुट्याइने क्षण म कसरी खप्न सक्थेँ ? मैले उसको अनुहार नहेरी स्पर्श गरेँ । छातीमा टाँसे र गाला र निधारमा चुम्बनको वर्षा गरेँ । उसका कलिला हात मुसारेँ । एक मन यो बच्चा लिएर भागौँजस्तो लाग्यो तर उसको भविष्यका लागि उसलाई मैले आफूबाट छुटाउनैपथ्र्यो । हृदयमा छुरी रोपेर आफूलाई सम्हालेँ । केही क्षणमै मेरो आडको ओछ्यान चिसो भइसकेको थियो । छाती आँसुले भिजेको थियो । अघिसम्मको मेरो आफ्नो छोरो अब पराई बनिसकेको थियो । जीवनको अर्को ठूलो पीडा बोकेर हस्पिटलबाट रित्तै फर्केकी थिएँ म । त्यसपछि गाउँ नफर्की आफूलाई भुलाउन यहीँ पशुपतिनाथको मन्दिरबाहिर फूल बेचेर बाँचेकी छु ।
''बहिनी, लिनुहोस् ढकी !'' ती फूल लग्ने युवती दर्शन गरेर फर्किसकेकी थिइन् । एक हातले रित्तो ढकी मतर्फ बढाउँदै थिइन्, अर्को हात उनको छोरोले च्याप्प समातेको थियो ।
''ममी, अघिको जस्तै सेतो मिठाइ, म फेरि खाने, किनिदिनोस् न !'' उसले आफ्नी आमालाई अनुरोध गर्‍यो । मैले सबैभन्दा ठूलो प्याकेट झिकेर उसको हातमा थमाइदिएँ ।
''सानो दिनुहोस् न, त्यत्रो होइन !'' उसकी आमाले पैसा झिक्न खोज्दै भनिन् ।
''यो बाबुको आज जन्मदिन रहेछ । मेरोतर्फबाट यही उपहार भयो, यसको पैसा चाहिँदैन ।'' मेरो कुराले उनलाई अचम्मित तुल्याएछ । उनी मलाई पैसा लिन कर गर्दै थिइन् तर मैले इन्कार गरेँ । उनी धन्यवाद भनेर अगाडि बढिन् । बालक मतर्फ हेर्दै मुसुक्क हाँसेर हात हल्लाउँदै आमाको पछि लाग्यो । तिनीहरू भीडमा नहराउञ्जेल मैले हेरिरहेँ

निमित्त

अँध्यारो सडकमा एउटा मानिस हिँडिरहेको थियो । एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी जुरुक्क उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट क्यामेरा झिक्यो र सटासट १०/१२ सट फोटो खिच्यो, कागजमा केही टिप्यो र हिँड्यो ।
महानुभावहरू, म थिएँ एक लोपोन्मुख जङ्गली जनावरको श्रेणीमा पर्ने अनौठो पत्रकार जसलाई समयले सके दुनियाँकै विरक्त पात्र सावित गरिदिएको थियो । खगेन्द्र थापा मगरको नाम संसारकै होचो मान्छेका रूपमा गिनिज बुकमा लेखाउने प्रयास हुँदैछ । संसारकै सबैभन्दा विरक्त मान्छेका रूपमा मेरो नाम लेखिन सक्छ कि
सक्दैन ? प्रश्नको सिरूपाते खुकुरी बारम्बार मनको अचानोमा बजि्ररहन्थ्यो ।
समाचारको खडेरी लागेको कति दिन भइसकेको थियो । सम्पादक बारम्बार चेतावनी दिइरहेको हुन्थ्यो, एट लिस्ट डेली एउटा न्युज, विक्ली स्कुप न्युज ।
खासमा मलाई बिट नै यस्तो दिइएको थियो जसबाट नियमित समाचार आउन सम्भव थिएन । अलि दुःखी मनको दोधारकै पनि खेल होला, कैयन् हप्तादेखि म समाचार भन्नलायक समाचार दिन असफल भइरहेको थिएँ ।
'किरण कपाली, के छ आज तिम्रो न्युज ?' सम्पादकले सोध्यो ।
'सर आज एउटा साहित्यिक कार्यक्रमको न्युज मात्र छ । त्यसैलाई इलाबोरेट गरेर लेखूँ कि ?' भित्रभित्रै काम्दै, बाहिर अलि नरम भएको देखाउँदै मैले भने ।
'ड्याम द साहित्यिक कार्यक्रम ! त्यस्तो न्युजले के हुन्छ ? कसले पढ्छ ?'
'सर........' 'मिस्टर, डोन्ट यु वान्ट टु डु जर्नालिज्म ?'
'सर....'
'लिभ, लिभ राइट नाउ । अ स्कुप न्युज मस्ट बी सबमिटेड बाई टुमारो इफ यु वान्ट टु कन्टिन्यु द जब, ओके ?'
'ओके सर ।'
ओके त भनिदिएँ । यस्तो प्रश्नको निर्विकल्प जवाफ सायद त्यही हुन्थ्यो तर त्यस्तो कुनै समाचार दिमागमा आइरहेको थिएन । म उठेँ, उठ्नैपर्‍यो, युद्धमा उत्रनु छ भने । लगत्तै इन्टरटेनमेन्ट रिपोर्टर कुमारी उपाध्याय भित्र पसिन् । सम्पादक मुसुक्क हाँस्यो । कुमारी 'द भर्जिन' मुसुक्क हाँसी । देख्छु, सम्पादक निकै उत्साहित छ 'भर्जिन'प्रति ।
-ह्वाट डु यु हृयाभ टुडे ?
-सर, झरना थापाको हट इन्टरभ्यु ।
कुमारीले प्रिन्टकपी सम्पादकको अगाडि राखिदिई । सम्पादक मुसुमुसु हाँस्दै पढ्न थाल्यो । अन्तर्वार्तामा एउटा प्रश्न पहिलो सेक्स अनुभवबारे थियो । झरनाले निकै उत्तेजक जवाफ दिएकी थिइन् । सम्पादकले कुमारीप्रति मोहित मुस्कान फ्याँक्यो । कुमारी स्मित मुस्कानसहित अगाडि उभिएकी थिई । सम्पादकले 'एक्सिलेन्ट' भन्दै कुमारीसित हात मिलायो । सम्पादक र कुमारी दुवै खित्खिताएर हाँस्न थाले, जुन सुनेर दुवैको एकैपल्ट हत्यै गरेर हिँडिदिऊँजस्तो घृणाको गोली मनको बन्दुकमा भरिएर आयो ।
म त्यहाँबाट निस्किएँ । हराएको सामान खोज्न निस्केको मान्छेजस्तै समाचार खोज्न निस्किएँ भन्नुपर्ला । भोलिसम्म सम्पादकलाई कुनै एउटा स्कुप न्युज बुझाउनु छ । त्यसो त पहिलापहिला मैले ब्रेकिङ न्युज प्रशस्त गरेकै हुँ, जसको राम्रै चर्चा पनि भएको थियो, मैले भन्नुपर्दा । अरूले नभन्नुमा मेरो दोष छैन । तर सम्पादकले कहिल्यै मलाई प्रोत्साहन दिएन । उसको ध्यान सदैव पेज थ्रीका रिपोर्टरहरूले ल्याएको इन्टरटेनमेन्ट न्युज र ग्लेमरस तस्बिरमा मात्र आकषिर्त हुन्थ्यो ।
म हातमा क्यामरा झुण्ड्याएर हिँडेँ । समाचारसँगै अब तस्बिर पनि खिच्नु अनिवार्य थियो । तस्बिरबाहेक समाचार मात्र बुझाउँदा बारम्बार मैले हप्की खानुपरेको थियो ।
एक मन त लाग्यो- सम्पादक, समाचार संयोजक र चिफ रिपोर्टरलगायत सबैलाई जनही १५/१५ लात्ती हानेर हिँडूँ र नफर्कूं । त्यसो गर्दा भोलिदेखि बेरोजगार बन्न तयार हुनुपथ्र्यो जसको कल्पनाले मात्र पनि मलाई कहाली लागेर आउँथ्यो । परिवारमा मुटुरोगी आमा र किशोरी बहिनीबाहेक कोही थिएनन् । २० वर्षअघि एउटा दुर्घटनामा बाको निधन भएको थियो, जतिखेर म नाबालक थिएँ । एक दिन मर्नु त छँदै थियो, बाँचेको भए यतिञ्जेल उहाँ सामाजिक यातनाले बारम्बार मर्न बाध्य हुनुहुन्थ्यो । दुःखको कुरो, उहाँसँगै एउटा विद्रोहको पनि मृत्यु भएको थियो । मर्दापर्दा लगाइने सबैखाले जातीय परम्परागत काम विद्रोहस्वरूप बाले त्यागि दिनुभयो, जसका कारण हाम्रै समुदायमा उहाँ ध्रुवताराजस्तै एक्लो हुनुपरेको थियो । उहाँ सिकर्मी काम गर्नुहुन्थ्यो -होइन, जान्नुमात्र हुन्थ्यो किनभने घरभित्र छिरेर गर्नुपर्ने भएकाले एउटा दलितलाई काम दिन कोही तयार हुन्नथ्यो ) । थोरै जमिन पनि तल्सिङ र दलाल मिलेर हामीलाई मोहियानी भागसमेत नदिई बेचिदिएका थिए । बालाई यदाकदा पाखामा ठूल्ठूला रूख चिरानी गर्ने काम दिइन्थ्यो । उहाँ भयङ्कर फाली भएको जङ्गी आरो तान्नुहुन्थ्यो । यसै क्रममा एक दिन मचान भत्कियो र काठले थिचिएर उहाँको मृत्यु भयो ।
बाको कुरा अब एकादेशको कथा भइसक्यो । हामी गाउँ छाडेर सहर आयौँ । आमाले जसोतसो हामीलाई पढाउनुभयो । अखबारमा म बारम्बार कविता र पाठकपत्र पठाउँथँे । एक पल्ट सम्पादकले सोध्यो, पत्रकार बन्छौ ? त्यसबेला खुसीका कति उडे, बयान शब्दमा कसरी गरूँ ? अर्को आकाश नै चाहिएला जस्तो भएको थियो ।
मेरो लेखनबाट सम्पादक प्रभावित थियो । दुर्भाग्य ! चाँडै नै सम्पादकमाथि 'कु' भयो । उसलाई कर्पोरेट सम्पादक बनाइयो र अर्को युवा सम्पादक नियुक्त भयो । यस प्रक्रियामा सम्पादक पूरै अनभिज्ञ थियो । नयाँ सम्पादकले पदभार ग्रहण गर्ने कार्यक्रममै पुरानो सम्पादकले राजिनामा गर्‍यो ।
नयाँ सम्पादक 'पक्का व्यापारिक' थियो । व्यापारिक भएपछि समाचार र विचारको ठाउँमा एडभर्टोरियल छापे पनि हुन्छ, जुन उसले प्रकाशकलाई ऋण तिरे बराबर हुन्थ्यो । त्यसै सम्पादक बन्न पाइन्छ नत्र ? कतिपय महìवपूर्ण समाचार ऊ डम्प गरिदिन्थ्यो र अर्थ न बर्थका समाचारलाई मुखपृष्ठमा छापिदिन्थ्यो । हालसालै मेरा दुई ब्रेकिङ न्युज डम्प गरिएका थिए । एउटामा मन्त्रीकै संस्था बालबालिका बेचबिखनमा संलग्न भएको भण्डाफोर गरिएको थियो । अर्कोमा मन्त्री स्वयं वेश्यालयबाट भाग्दै गरेको तस्बिरसहितको समाचार थियो । लागेको थियो, यी समाचारले मेरो क्यारियरलाई सफलताको सगरमाथामा पुर्‍याउनेछन् । भोलिपल्ट अखबार हेर्छु, समाचार कतै थिएन । म हिस्स भएँ । सम्पादकले उल्टै थर्कायो, 'लेख्नुअघि सल्लाह गर्नुपर्दैन ? रिपोर्टर भएर के छापिन्छ, के छापिन्न, बुझ्नुपर्दैन ?'
कस्तो समाचार लेख्नुपर्ने हो ? अब त म दुबिधामा पर्न थालिसकेको थिएँ । यो सम्पादक खातिरदारी चाहन्छ जुन मेरो ग्रन्थीमै छैन । जागिर कसरी जोगिएला ? म यस्तै सोचेर हिँडिरहेको थिएँ । न्युरोड गेटमा एक नवयुवतीसँग बेस्सरी ठोक्किएँ । विनम्रतापूर्वक मैले सरी भनेँ तर त्यसले मलाई 'इडियट' भनिदिई । ओभर ब्रिजनिर सडकमा थुप्रै किताब बिक्रीमा राखिएका थिए । महँगो भए पनि त्यहाँ मैले निकोलाई गोगोलको 'ओभरकोट' किनेँ । झुम्पा लाहिरीले 'नेमसेक' मा यसको चर्चा गरेकी छन् जुन पढेपछि लामो समयदेखि म यसको खोजीमा थिएँ ।
सडकमा कपडा, जुत्ता, र सबै सामग्री फिँजाइएका थिए । सोचेँ, सडकमै सबै सामग्री पाइन्छन् भन्नेबारे एउटा समाचार लेखुँ । त्यसका लागि धेरै दुःख पनि गर्नुपर्ने थिएन । त्यसलाई कथा बनाएर रोचक शैलीमा लेखे पुग्थ्यो जसमा म सफलै हुन्थेँ । सोचेँ, डाँका सम्पादकले यस्तो समाचार मेरै अगाडि च्यातेर डस्टबिनमा मिल्काइ दिनेछ । यस्तो भयो भने त मर्नु भएन ?
एक्कासि एउटी केटी भेटिई । आपत् परेको ठानेर कुनै दिन यसलाई मैले एक महिनाको पूरै तलब सापटी दिएको थिएँ, जसका कारण मेरो दैनिकीमा कत्रो हाहाकार मच्चिएको थियो ! उसले केही दिनमै तिरिदिने वाचा गरेकी थिई, पैसा लिएपछि दुई वर्षसम्म देखै परिन ।
मलाई किन हो, त्यसको सामना गर्न अफ्ठ्यारो भइरहेको थियो । त्यसले मेरो पाखुरा समाएर सोधी, 'सञ्चै हुनुहुन्छ ?' सापटी लिएको त यसले तिर्दिन पक्का छ, क्या मीठो बोल्छे भने म त थरहरि भइरहेको थिएँ, कतै फेरि यसले पैसा झार्ने जुक्ति नगरोस् । खल्तीमा केबल तीन सय रूपियाँ बाँकी थियो, जसबाट अझै दस दिन गुजार्नु थियो । कसैले केही मागिहाले हार्न नसक्ने बानीले मलाई डुबाइरहेको थियो । उसले चिया खाने अफर गरी । जरुरी काम छ, भनेर म उम्किएँ र उम्किन सकेकामा आफैँलाई बधाई दिएँ ।
रत्नपार्कमा अनेक जोडी प्रेमवार्तामा मस्त थिए । मानिसहरू राजनीतिक गफ गरिरहेका थिए । बदाम, सुन्तला, चुरोट, चना, दालमोठ बेच्न आउनेहरूलाई मैले निराश पारेर फर्काइरहेँ । एउटी केटी आई । खास राम्री होइन तर आकर्षक थिई । त्यसले भनी, 'जाने हो दाइ ?' म अलमल्ल परेँ । केटी मुसुक्क हाँसी । कुरा बुझियो । त्यसो भए यसले किन मलाई 'दाइ' भनेकी ?
'४५ प्रतिशत कन्सेसन पनि दिन सकिन्छ, विद्यार्थी हो भने', उसले साउतीको स्वरमा भनी, 'अहिलेको चलन !'
'म विद्यार्थी थिएँ ।'
'हुनुहुन्छ भने हुनुहुन्छ भन्ने, मानिदिउँला नि !'
ऊ निराश भएर फर्किँदै थिई । मैले रोकेँ । एक्कासि मलाई ठूलै कुरा फेला परेझैँ लाग्यो । कृपया मलाई गलत नठान्नुहोला । अखबारका लागि यसैसँग नगरबधू-संवाद गर्ने लोभले मनमा पखेटा फिँजायो । सम्पादकलाई मनपर्ने कुरा यस्तै थियो त म के गरूँ ? म केटीको पछि लागेँ ।
र्फकँदा मैले पूरै फिःस दिन चाहेको थिएँ । उसले मानिन किनभने मैले ऊसँग अखबारका लागि अन्तर्वार्ता मात्र गरेको थिएँ । खबरदार नैतिकताका ठेकेदारहरू, देशमा इमान पूरै बाँझो पल्टिइसकेको छैन । त्यो कम्तीमा एउटी वेश्यासँग चाहिँ रहेछ है !
डेरा आइपुग्नै लाग्दा अँध्यारोमा एउटा दृश्यले म अचम्भित भएँ । एउटी स्कुले किशोरीलाई कारले ठक्कर दिएको थियो । किशोरी लडी तर तुरुन्तै उठी । सहारा खोज्दै त्यो मतिर आउँदै थिई, कारले फेरि ठक्कर दियो र टाप कस्यो । केटीलाई उठाएर अस्पताल पुर्‍याउनेतर्फ मेरो ध्यानै गएन । घटनाको सुरुआतदेखि नै मैले १०/१२ सट तस्बिर लिएँ । रगतपच्छे केटी छट्पटाइरहेकी थिई । मान्छे जम्मा भए । प्रहरी आयो । म भने अफिसतिर दौडिएँ । मसँग अब एउटा स्कुप न्युज थियो ।
तस्बिर हेरेपछि सम्पादक खुसी भयो । 'गुड न्युज । राइट अ प्लेफुल स्टोरी । फस्ट पेज बक्स एङ्कर', सम्पादकले भन्यो ।
समाचार लेख्न म कम्प्युटरअगाडि बसेँ । मैले त्यो केटीको हुलिया लिएको थिइनँ । प्रहरी कार्यालयमा सोध्न फोन डायल गरेँे । एक्कासि प्रहरी कार्यालयबाटै मोबाइलमा फोन आयो । फोन अपराध अनुसन्धान शाखाको डीएसपी मेघराज सिलवालको थियो । खबर पाएर म स्तब्ध भएँ । आफैँले खिचेको तस्बिर गहिरिएर हेरेपछि एक्कासि म मूर्तिवत भएँ । मेरो चेत टक्क कतै अडिएको थियो । डेस्क सम्पादक आफ्नो कक्षबाट समाचार छिटो लेखिसक्न मलाई दबाब दिइरहेको थियो ।
बेलैमा अस्पताल पुर्‍याइएको भए घाइते किशोरी बाँच्न पनि सक्थी । अत्यधिक रक्तश्रावले अस्पताल पुग्नेबित्तिकै उसको मृत्यु भएको थियो । कथाको सुरुआतमा एउटा फोटो पत्रकारको प्रसङ्ग उठेको थियो । महाशय, त्यो संवेदनाहीन पात्र (होइन यन्त्र) म थिएँ । विपत्तिका बेला आफन्तलाई देखेर किशोरी सायद मतिर आएकी थिई । म कसरी यस्तो भएँ ? माफ गर्नुस् । एक त्यसबेला अलिअलि अँध्यारो थियो । दुई- जागिर जोगाउने धुनमा म पूरै अन्धो भएको थिएँ । तीन- आफैँले खिचेको तस्बिर मैले राम्ररी हेरेको थिइनँ । यी शब्द आँसुले लेख्दै गर्दा मुटुमा गाँठो परेको कुरा अब तपाईँलाई भन्छु- मारिएकी किशोरी ट्युसनबाट डेरा र्फकँदै गरेकी मेरी आफ्नै बहिनी थिई ।
समाचार लेख्न छोडेर वीर अस्पतालतिर दौडँदै गर्दा सोचिरहेँछु, यस्तो खबर मुटुरोगी आमालाई अब कसरी सुनाऊँ ?

आवाजहरू

सवितायै नमः" गाडीभित्रैबाट हामीले दुई हात जोडेर सूर्य भगवानलाई नमस्कार गर्‍यौँ । पूर्वबाट आगोको फिलिङ्गो जस्तै रातो डल्लो आकाशमा उकालो लाग्दै थियो । हामीलाई केही न्यानो महसुस हुँदै थियो, सूर्यको होइन गाडीभित्रको हिटरको । सूर्य पूर्व आकाशमा उकालो लाग्दै गर्दा हामी पश्चिमबाट पूर्वतिर हान्निँदै थियौँ । देवहरिजीले भन्नुभयो -"हामी आउँदाभन्दा जाडो निकै बढ्यो हगि !"
"हो" मैले सही थापेँ ।
हामी यात्रामा थियौँ र धनगढीबाट नेपालगञ्जका लागि रवाना भएका थियौँ । सूर्यको किरणले धरती चुम्नुपूर्व नै हामीले अतरिया छिचोलिसकेका थियौँ । ड्राइभर आफ्नो हातले स्टेरिङ्गमा चलाउँदै थियो र गोडाले एक्सिलेटर दबाउन व्यस्त थियो । लाग्दथ्यो, ऊ एक्सिलेटर थिच्ने माहिर खेलाडी हो, गाडीको गति देखाउने सियोले एक सयको अङ्क स्पर्स गरेको थियो । हामी बाहिरको दृश्य अवलोकनमा व्यस्त थियौँ । गाडीमा हामी तीन जना सवार थियौँ, देवहरिजी, म र ड्राइभर । देवहरिजी र म पछिल्लो सिटमा बसेका थियौँ ।
बाहिरको दृश्य हेर्दै देवहरिजीले भन्नुभयो - "गोरुलाई खेत जोत्ने कार्यमा प्रयोग गरिँदैछ, जहीँतहीँ खेत जोत्न गोरु नै प्रयोग गरेको देखिन्छ, गोरुजस्तै गाईलाई प्रयोग गर्न मिल्छ कि मिल्दैन ? "
"गाई नारेको मैले अहिलेसम्म देखेको र सुनेको छैन तर जताततै समानताको कुरा उठिरहको बेला यस्तो हुन पनि सक्छ" मैले जवाफ दिएँ ।
देवहरिजीले पुनः थप्नुभयो -"राँगोलाई नारेेर जोतेको थाहा छ तपाईंलाई ? "
"गाडा तानेको चाहिँ थाहा छ, जोतेको चाहिँ थाहा छैन," मैले भनेँ ।
ड्राइभरले प्रष्ट्यायोे - "राँगोलाई पनि जोत्न प्रयोग गर्न सकिन्छ ।"
"भैंसीलाई नि ?" देवहरिजीले पुनः प्रश्न राख्नुभयो । यस पटक ड्राइभरको उत्तरको प्रतीक्षामा म मौन बसेँ । ड्राइभरलाई पनि राम्रो जानकारी रहेनछ "देखेको छैन" मात्र भन्यो ।
देवहरिजीले पुनः अर्को प्रश्न राख्नुभयो - "एउटा गोरु र एउटा राँगो नारेर जोत्न मिल्छ ?" मैले "मिल्दैन" भनेँ । "किन ?" देवहरिजीले पुनः अर्को जिज्ञासा राख्नुभयो । "व्यालेन्स मिल्दैन" मैले यतिमात्र भनेँ र चुप लागेँ । "उत्रैउत्रै भयो भने त मिल्छ होला नि !" उहाँले पुनः अर्को जिज्ञासा तेस्र्याउनु भयो । "भेँडा भेँडासित बाख्रा बाख्रासित भन्ने उखानै छ नि" मैले उहाँको जिज्ञासा टुङ्ग्याउने आशयले भनेँ ।
"आइमाईले गोरु जोत्न हुँदैन भनेको होइन ?" देवहरिजीले पुनः अर्को आशय राख्नुभयो । ड्राइभरले "हो" भन्यो । यसपालि मेरो बोल्ने पालो आएन ।
"ऊ त्यहाँ हेर्नोस् त" देवहरिजीले पर खेतमा देखाउनु भयो । हामीले हेर्‍यौँ । एउटी आइमाई हलो जोत्दै थिइन् ।
"स्वास्नी मानिसको शरीर कोमल हुन्छ, गोरु जोत्ने काम कष्टकर छ, गाह्रो काम कोमल शरीरबाट हुन सक्तैन । पुरुषको शरीर महिलाको दाँजोमा कडा हुन्छ, त्यसैले गोरु जोत्ने काम पुरुषबाट गरिनु पर्छ भनी हाम्रा पूर्वजहरूबाट नियम बनेको हो । आजको समानताको युगमा सक्नेले जे गरे पनि हुन्छ ।" मैले भनेँ ।
गाडीको गति चलिरहेको थियो । गाडी चलाउँदै ड्राइभर बोल्यो -"जोतिन्छ गोरु, गाई जोतिँदैन । गाडा तान्छ राँगो, भैंसीले तान्दैन । काटिन्छ खसी बोका, बाख्रा होइन । बलि दिइन्छ भाले, पोथी होइन । के यो पक्षपातपूर्ण छैन ?"।
"अचेल त्यस्तो कठोर नियम छैन गुरुजी ! काठमाडौँमा प्रायः मम भैंसीको बन्छ, राँगोको होइन ।" मैले प्रतिकार गरेँ । उसले मानेन प्रतिवाद गर्‍यो- "झुक्याएर काट्ने अलग कुरा हो, खानेले राँगो सम्झेर खान्छ, भंैंसी सम्झेर खाँदैन । काट्ने कुरा गर्ने हो भने त काठमाडौँमा खसीको नाममा बूढी बाख्री पनि काटिन्छ तर भन्दा त खसी नै भन्छन् नि होइन र ?"
"समानताको सिद्धान्त अङ्गकिार गरेको होला" ठट्यौलो पारामा देवहरिजीले भन्नुभयो ।
तर ड्राइभरलाई अझै चित्त बुझेको रहेनछ, पुनः थप्यो - "जहीँतहीँ नारी समानताको कुरा उठाइन्छ, समावेसीको कुरा उठाइन्छ, तर मार्ने काट्ने कुरामा किन कसैले समानता अथवा समावेसीको कुरा उठाउँदैन ? अब त ३३ प्रतिशत पोथी जनावर काटिनु पर्ने होइन ? छ/सात वटा खसी, राँगा काटिँदा तीन/चार वटा बाख्रा, भैँसी काटिनु पर्‍यो नि !"
ऊ बोल्न छोडेपछि मैले भनेँ -"कहाँको तथ्याङ्क पेस गर्दै हुनुहुन्छ गुरुजी ? तपाईंको घरको अथवा ससुराली घरको ? त्यसो हो भने त तपाईंको तथ्याङ्क मिलेको होला, अन्यथा सहर बजार मात्र होइन, सहर बजारको हावा लागेका गाउँबस्तीहरूसमेतमा कुन जनावर काटिन्छ, कसलाई के थाहा ! म त भन्छु त्यहाँ ३३ प्रतिशत होइन ६७ प्रतिशत बाख्रा, पाठा र भैँसी काटिन्छन् र काट्ने काम सकेपछि लिङ्ग परिवर्तन गरिन्छ । परिवर्तनपछिको लिङ्ग तपाईं हेर्नुहुन्छ र स्त्रीलिङ्गीलाई पुलिङ्गी सम्झेर स्वाद लिएर आहार गर्नुहुन्छ ।"
ड्राइभर फेरि बोल्यो - "तपाईंको कुरा गलत हो भनेर म भन्दिन सर ! तर कटु सत्यतर्फ पनि ध्यान दिनु उपयुक्त हुन्छ बाराको वरियारपुरमा २० हजार राँगा काटिए, एउटा भैंसी काटेको सुन्नुभो, लाखौँ बोका काटिए, बाख्रा काटेको सुन्नुभो ? खै कहाँ हरायो समानताको आवाज, कहाँ बिलायो समावेसीे नारा ?"
गाडी गुड्दै थियो र निकै अघि बढिसकेको थियो । गाडीभित्र एकछिन शान्ति छायो अर्थात् हामी तीनै जना चुपचाप थियौँ । मुख थकाई मार्न व्यस्त भए पनि आँखा र मन थकाई मार्न मञ्जुर थिएनँ । बाहिरको दृश्य निहार्न हामी व्यस्त थियौँ । सडक किनारमा लहरै छाप्राहरू देखापरे । सानो छाप्रोको छानामाथि, छाप्रोभन्दा ठूलो परालको कुन्यू देखेर हामी छक्क पर्‍यौँ । कुन्यूको बोझले कतै त्यो छाप्रो भत्किने त होइन ? हामीलाई यस्तो लाग्यो । कथंकदाचित कुन्यूको बोझले त्यो नर्कटको छाप्रो भत्क्यो भने त्यसभित्र गुजारा चलाउँदै गरेका मानव शरीरको के हविगत होला ! हामी सम्भावित दुर्घटनाको चिन्ताले त्रसित भयांै ।
"यस्तो नहोला भगवान्को दृष्टि नपुगेको कहाँ छ र ?" देवहरिजीले नजानिँदो किसिमले उनीहरूको सुरक्षित जीवनका लागि भगवान्सित प्रार्थना गर्नुभयो ।
मैले भने - "वास्तविक नेपालको तस्बिर त हामी भर्खर देख्दैछौँ" ।
ड्राइभरले थप्यो- "वास्तविक नेपाल होइन सर तपाईंले आधा नेपाल देख्नुभयो । वास्तविक नेपाल हेर्न त तपाईंले त्यो छाप्रोभित्र छिर्नुपर्छ । त्यो छाप्रोभित्रको अभाव अनिकाल भोकमरी अथवा नाङ्गा शरीरहरू भोका पेटहरू जब तपाईंको दृष्टिमा अटाउँछ तब मात्र वास्तविक नेपाल देख्नुहु्नेछ ।"
देवहरिजी बोल्नुभयो - "के मिलेको छैन हाम्रो नेपालमा ? विदेशी सहयोगको बाढी उर्लेको उल्र्यैछ, ग्रामीण विकासका लागि नेताहरूमार्फत लाखौँ रकम गाउँ भित्रेको भित्र्यै छ । गरिबी निवारण कोष ग्रामीण विकास परियोजनालगायत विभिन्न एनजीओ आईएनजीओ क्रियाशील छन् तर पनि नेपालीको जीवनस्तर जहीँको तहीँ छ ।"
"एकातिर यस्तो छ भने अर्कोतिर तपाईं हामीले हेर्दा हेर्दै हिजो एक छाक खान नपाउनेहरू पाँच तारे होटलमा लन्च खाने भइसके, हिजो चप्पल लाउन नसक्नेहरू आज गाडी चढ्ने भइसके, गाउँमा झुप्रा नहुनेहरू सहरमा हवेली ठड्याउने भइसके । विकास नभएको कहांँ हो र, दुई चार टाठाबाठाहरूको व्यक्तिगत विकास भएको छ सामूहिक विकास भएन हुन सकेन, समानुपातिक विकास योजना लागू हुन सकेन । गरिब र गरिबीको नाममा टाठावाठाहरूले हसुरे, राष्ट्र र राष्ट्रियता बन्धक राखे आफ्नो झोली भरे व्यक्तिगत विकास गरे, सहरमुखी बने, गाउँ जस्ताको तस्तै रह्यो । निरीह ग्रामीण जनता जहीँको तहीँ रहे ।" ड्राइभरले थप्यो ।
गाडी गुड्दै थियो, गुडिरह्यो । हाम्रा आँखाहरू गाडीको सिसाबाट परपर देखिने परिवर्तित दृश्यहरू निहार्न व्यस्त थिए । यतिबेला हाम्रा आँखाले जङ्गल मात्र देखिरहेका थिए । अर्थात् गाडी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गुड्दै थियो । देवहरिजी र म आरामसाथ गाडीको सिटमा अडेस लागेर करिब करिब सुतेको अवस्थामा बस्यौँ । एकछिन गाडीभित्र सुनसान छायो । जङ्गल नै जङ्गल हेर्दा हेर्दै अनायास केही छाप्राछुप्रीको सानो बस्ती देखियो । ड्राइभरले गाडी साइड लगायो । गाडीको चक्काले सडक नाप्नबाट विश्राम लियो ।
ड्राइभरले भन्यो- "चिया पिऊ सर ! भूरीगाँउ आइपुग्यो ।"
हामी चियाको प्रतीक्षामा बस्यौँ । एउटा बस आइपुग्यो र रोकियो । २०/२५ जना उत्रिए बसबाट । कोही हामी बसेको होटलभित्र छिरे कोही अर्को होटलतिर लागे । उनीहरूले आ-आफ्नै किसिमले खानेकुराको अर्डर गरे । आ-आफ्नो ग्रुपमा बाँडिएर बसे । आ-आफ्नै किसिमले गफको प्रसङ्ग सुरू गरे । कतै पढाइको गफ, कतै प्रेमको प्रसङ्ग, कतै राजनीतिक गफ । एउटा मान्छेले साहूलाई झण्डै खाउला जस्तो गरी हपार्‍यो र एक प्लेट चना माग्यो । साहूले तत्काल चना उसको अगाडि राखिदियो । उसले एक चम्चा चना मुखमा हाल्यो । चपाएर निल्न पनि भ्यायो भ्याएन, तत्काल प्रतिक्रिया देखायो - "छ्या ! कस्तो चना, यस्तो पनि कहीँ तरकारी हुन्छ, उसिनेर राखेको हो कोही बिरामीलाई खुवाउन ?"
बोल्दा बोल्दै ऊ जुरुक्क उठ्यो, चनाको प्लेट बोक्यो, बाहिर निस्क्यो र प्लेटैसमेत चना हुत्याइदियो । उसले चना नखाए पनि साहुलाई पैसा चुक्ता गर्नु पर्ने हो हाम्रो विचारमा, किनकि साहुले पनि किनेरै ल्याएको हो तर उसले पैसा दिने त कुरै पर जाओस्, पैसाको विषयमा एक शब्द पनि बोलेन । आफ्नै शुरमा हिँड्यो, सरासर गयो, अर्को होटलमा छिर्‍यो । साहुले पनि ऊसित केही बोलेन, बोल्ने आट गरेन । उसको यो हर्कत देखेर हामी तीनछक् पर्‍यौँ ।
"एक प्लेट चना उत्पादन गर्न एक वर्ष कुर्नु पर्छ एकातिर भने अर्कोतिर कैयन गरिब जनता एक छाक खान नपाएर भोक भोकै छन्, यहांँ यसरी मिल्किन्छ, सिरियसली सोच्ने हो भने यो राष्ट्रिय क्षति भयो कि भएन । यस्तो किसिमले खानेकुरा फाल्नेलाई यस्तो सजाय हुन्छ भन्ने कुनै कानुन छैन । अनि जसले जे गरे पनि भै हाल्यो ?" कसैको प्रतिक्रियाको आश नगरी म एक्लै बड्बडाएँ ।
देवहरिजीले अप्रत्यासित मेरो सहमति जनाउनु भयो तर त्यहांँ उपस्थित जमातलाई मेरो कुरा चित्त बुझेनछ, ममाथि खनिए - "सम्झनोस् कानुन छ, त्यो गर्न पाइन्न, गरेमा सजाय हुन्छ, नगद जरिवाना हुन्छ, कैद हुन्छ । अब भन्नोस् कसले गर्ने सजाय उसलाई ? मैले, तपाईंले, उसले, कसले ? त्यो काम गर्नु हुँदैन । नैतिक हिसाबले पनि हुँदैन तपाईंलाई थाहा छ, मलाई थाहा छ, हामी सबैलाई थाहा छ तर उसको कर्तुत हामी सबैले देख्याँै, हेर्‍यौँ मूकदर्शक बनेर, कोही केही बोल्यौँ ? अह ! तपाईं बोल्नुभयो, त्यो पनि ऊ गइसकेपछि । प्रत्यक्ष असर पर्ने विचरा साहू त बोल्न सकेन । के हुन्छ त्यस्तो कानुनले । अहँ ! केही लछारपाटो लगाउँदैन ।" एउटाले बोल्यो ।
"कानुन बनाउनेले आफैँ कानुन मिच्दा त कसैले केही बोलेन, केही गर्न सकेन, के हुन्छ यो देशमा । लाग्छ नेपालको कानुन शक्ति हुनेहरूका लागि होइन, निरीहहरूका लागि मात्र हो" अर्कोले थप्यो ।
"हो त जिल्लाभरिको शान्ति सुरक्षा कायम गर्ने कर्तव्य बोकेर जिल्ला पुगेको प्रमुख जिल्ला अधिकारी आफ्नै सुरक्षा गर्न सक्तैन, कसले कसको सुरक्षा गर्छ यहाँ !" अर्कोले पुनः समर्थन गर्‍यो ।
"के कानुन निर्माताहरूले कानुन अर्काका लागि मात्र निर्माण गर्ने हो, आफूले बनाएको कानुन आफूले नमाने पनि हुन्छ ? त्यसो हो भने कानुन बनाउँदा सांसदका लागि यो कानुन लागू हुँदैन, मन्त्रीका लागि यो कानुन लागू हुँदैन, यो कानुन निरीह जनताका लागि मात्र हो भनेर प्रष्ट उल्लेख गरिदिनु नि ।" अर्कोले थप्यो ।
"मन्त्रीले सीडीओ कुट्न पाइन्छ भनेर नयांँ कानुन निर्माण गरे भै हाल्यो नि । कानुन पास गर्ने अरूले होइन क्यार उनीहरू आफँैले हो ।" अर्कोले समर्थन गर्‍यो ।
"सबैतिरबाट कारबाहीको माग भैरहँदा पार्टीको तर्फबाट वकालत हुन्छ, जे भएको छ ठीक भएको छ त्यो कुटिनै पर्ने व्यहोराको सीडीओ हो कुटियो ठीक भो । सरकार भने यो सब हेर्छ सुन्छ र कानमा तेल हालेर बस्छ । यसको अर्थ, बल हुनेले निर्धालाई जे गरे पनि हुन्छ भन्ने हो ?" अर्को बोल्यो ।
"चिया लिनोस्," हाम्रो हातमा चियाको गिलास आइपुग्यो ।
"तातो तातो समोसा पाकिरहेछ एक/एक वटा समोसा खाने हो कि ?" देवहरिजीले आफ्नो मनसाय राख्नुभयो ।
मैले स्वीकृति दिए । समोसा आइपुग्यो । हामीले एक हातमा चियाको गिलास समातेका थियाँै, अर्को हातले समोसा समात्याँै । मैले समोसा एक पटक टोकँे र चपाउन थालँे । एउटा झिङ्गा उड्दै आयो र मेरो हातको समोसा टोकेको भागमा बस्न खोज्यो । मैले झिङ्गा नबसोस् भनेर समोसा समातेको हात हल्लाएँ, हात हल्लाउँदा मेरो हात देवहरिजीको हातमा ठोक्कियो । मेरो हातको समोसा भूइँमा खस्यो ।
"कृष्णार्पण !" मैले भनेँ "मेरो भागमा रहेनछ खस्यो ।"
"त्यसो भनेर पाइन्छ ? अघि चना फालिँदा राष्ट्रिय क्षति भयो, भन्दै हुनुहुन्थ्यो अहिले समोसा मिल्किँदा राष्ट्रिय क्षति भएन ? एक प्लेट चना, एउटा समोसा गर्दै कति खाद्यान्न मिल्किन्छ, हिसाब किताब छ तपाईंसित, अहिले एकछिनमा हाम्रा आँखा अगाडि यति मिल्किन्छ भने दिनभरिमा कति मिल्किन्छ ? अझ देशभरिको तथ्याङ्क सङ्कलन गर्ने हो भने कति जनाले कति दिन खान पुग्ने खाद्यान्न मिल्किन्छ ? यो राष्ट्रिय क्षति हो कि होइन ?" मेरो एकछिन अगाडिको भनाइलाई देवहरिजीले च्याप्प समात्नु भयो ।
मैले फालुँ भनेर फालेको त होइन, नचाहँदा नचाहँदै हातबाट खस्यो, देवहरिजीको भनाइप्रति विमति हुने मेरो मनसाय पनि होइन, त्यसैले चुपचाप चिया सुर्काई रहेँ । देवहरिजीले अर्को समोसा मागेर खान मलाई आग्रह गर्नुभयो, तर मैले आवश्यक ठानिनँ ।
हामी चिया सुर्काउदै थियौँ । एक आपसमा चल्दै दसवाह्र वर्ष जतिका दुई बाल अनुहार हाम्रा अगाडि देखा परे । हेर्दा दुवैको अवस्था उस्तैउस्तै देखिन्थ्यो । चरचर फुटेका हातगोडा, मयल कट्कटिएको अनुहार र जीऊ । जिग्रिङ्ग परेको कपाल । जाडोको मौसममा ठाउँठाउँमा च्यातिएको नाम मात्रको कपडा उनीहरूको शरीरमा थियो । दुवै हाम्रा अगाडि एकछिन उभिए, यताउति आँखा दौडाए । एउटाले अघि फ्याकिएको चना टिपेर मुखमा हाल्न थाल्यो, अर्को मेरो अगाडि खसेको समोसा टिपेर टोक्न थाल्यो । देवहरिजी र म एक आपसमा हेराहेर मात्र गर्‍याँै ।
ड्राइभर बोल्यो - "काठमाडाँैमा बसेर कहांँ वास्तविक नेपाल देखिन्छ सर ! वास्तविक नेपाल त यो हो र वास्तविक नेपाली यिनीहरू हुन् ।"
"काठमाडौंँमा पनि यस्ता बालबालिका प्रसस्त छन् गुरुजी ! नभएका होइनन्, तपाई हाम्रो हेर्ने आखा मात्र नभएको हो ।" मैले प्रष्ट्याएँ ।
काँधमा गर्‍हौँ लाग्ने झोला भिरेको एउटा युवक टुप्लुक्क देखापर्‍यो हाम्रा अगाडि । झोलाबाट केही पत्रिका निकाल्यो र "कान्तिपुर सर!" भन्दै हामी तिर तेस्र्यायो ।
"कहिलेको हो? " मैले प्रश्न गरे ।
"आजको " उसले तत्काल जवाफ दियो ।
"यति चाँडै आजको पत्रिका!" मैले आश्चर्य प्रकट गरें ।
"नेपालगञ्जमा छापिन्छ सर" उसले मेरो उत्सुकता मेटायो ।
देवहरिजीले पँाच रुपियाँ दिनुभयो र एउटा पत्रिका लिनुभयो । ऊ अर्कोतिर लाग्यो हेर्दाहेर्दै उसले पाँचसात वटा पत्रिका बिकायो । पत्रिका किन्नेहरू पत्रिका फिँजाएर पढ्न व्यस्त देखिए ।
"रुकुममा गाँजा खेती फस्टायो" एउटा करायो ।
नजिकै बस्ने साथीले थप्यो- "कम गार्‍हो छ गाँजा खेती गर्न, एक दुई वर्ष मैले पनि गरेँ ।"
पत्रिका पढ्दै गर्ने मान्छे बोल्यो - "कहाँ हुन्छ गार्‍हो, यहाँं त 'गाँजा खेती अन्न नहुने जग्गामा पनि फस्टाउँछ । अन्न बालीभन्दा खेती गर्न सजिलो हुने भएकाले कृषकहरू गाँजा खेतीतर्फ आकृष्ट भएका छन्,' भनेर लेखेको छ ।"
साथीचाहिँले अझ प्रष्ट पार्दै भन्यो - "सही कुरा हो, गाँजा खेती जहांँ पनि फस्टाउँछ, अरू बालीमा जस्तो मिहिनत पनि गर्नु पर्दैन तर..... "
"तर के ?"
"तर के भने गाँजा खेतीको सत्रुजीव धेरै छन्, आज एउटा आउँछ, यो अवैध धन्दा हो, तलाई थुनिदिन्छु, भन्छ पैसा झार्छ, भोलि अर्को आउँछ, सबै खेती काटेर निमिट्यान्न पार्नुपर्छ, यो अवैध हो, भन्छ पैसा झार्छ, पर्सी अर्को आउँछ, यो पुरै जलाउनुपर्छ, यो खेती गर्ने अनुमति छैन भन्छ, पैसा धुत्छ, जान्छ । यसरी खेती सुरू भएदेखि बाली कटान गरेर बिक्री नगरुञ्जेल पाइला पाइलामा पैसा बिछ्याउनु पर्छ । पसलबाट हुने फाइदाको आधा हिस्सा त पुलिस प्रशासनलाई थाम्पुरो लगाउनमै सिद्धिन्छ ।"
पत्रिका पढ्दै गरेका मान्छेहरू आफ्नो रुचिअनुसार समाचार पढ्दै थिए र नजिकैका साथीलाई सुनाउँदै थिए ।
"आकस्मिक लाभ, मलाई त आज लाभ हुने भयो , तेरो राशि के हो ? " एउटा पत्रिका पढ्दा पढ्दै बड्बडायो ।
"सुन तोलाको ३५ हजार नाघ्यो रे ।" अर्को मान्छे पत्रिका पढ्दै करायो ।
"तोलाको ३२ हजार भए पनि बिक्री कम भएको छैन । पैसा कहांँबाट आउँछ मान्छेलाई? ग्रामीण जनताहरू बाँच्नका लागि सङ्घर्ष गर्दैछन्, चाउरी परेको पेट बोकेर भारी खेप्दैछन्, खेत जोत्दैछन्, वनपात गर्दैछन्, कोही भने बत्तीस हजार तोला सुन किन्न पछि पर्दैनन् ।" सँंगै बसेको उसको साथीले जिज्ञासात्मक प्रतिक्रिया पोख्यो ।
अर्काले पुनः थप्यो- "यो त एउटा नमुना मात्र हो, तपाई काठमाडौँको मालपोतमा एक घण्टा मात्र बस्नोस देख्नुहुन्छ । करोडाँैको कारोबार हुन्छ, राजस्व मात्र लाखाँै उठ्छ, आनाको १० लाख, २० लाखमा जग्गा खरिद/बिक्री हुन्छ, दलाली भन्नेहरूले कमिसन मात्र लाखौँ लाख कुम्ल्याउँछन् । कहांँबाट आउँछ पैसा, कहिल्यै कसैले एक निमेष पनि सोचेको छ ?"
अर्कोतर्फ पत्रिका पढ्दै गरेको मान्छे ठूलो स्वरमा पढ्न थाल्यो -
"शान्ति सम्झौताको तीन वर्ष बितिसक्दा पनि यसको मूल कार्यसूचीअनुसार काम हुन सकेन, माओवादी लडाकुको समायोजन तथा पुनः स्थापना, संविधान निर्माण र पीडितलाई न्याय दिने प्रमुख तीन प्रतिवद्धता अलपत्र ।"
अर्को मान्छे अर्कोतर्फ अर्को समाचार पढ्दै थियो-
"नागरिक सर्वोच्चता, राष्ट्रपतिको कदम र राष्ट्रिय सरकारको विषय प्याकेजमा टुङ्गो लगाउनु पर्ने माओवादी निष्कर्ष ।"
"कोइराला सिङ्गापुरबाट उपचारपछि आइतबार र्फकने रे ।" अर्काले अर्को समाचार पढ्यो ।
समाचार पढ्नेहरू पढ्दै थिए, विश्लेषण गर्नेहरू गर्दै थिए । एउटाको विश्लेषण यस्तो थियो
"जीवनजल नपाएर जाजरकोटलगायतका विभिन्न क्षेत्रमा दैनिक सयौंँ नेपालीले ज्यान गुमाएको समाचार सुन्दासुन्दा हामी आजित भयौँ । राष्ट्रको आलो घाउमा राम्ररी खाटा बस्नै सकेको छैन, मुठ्ठीभर मान्छेहरू रूघा लाग्दा, सिङ्गापुर, बैङ्कक, दिल्ली, युरोपका विभिन्न मुलुकका महँगा अस्पतालहरूमा उपचार गराउन व्यस्त छन् । पानी पँधेरो छ यिनीहरूका लागि विदेशका महँगा सहरहरूको भ्रमण । यति मात्र कहांँ हो र विदेशी अस्पतालको बेडमै वार्ता पनि हुन्छ रे समस्या समाधानको तर वार्ता के हुन्छ, निचोड के निक्लिन्छ, अनभिज्ञ छन् जनता । हुनसक्छ वार्ता सत्ताको हुन्छ, संविधान निर्माणको होइन । हुनसक्छ वार्ता भागवण्डाको हुन्छ, शान्ति सुरक्षाको होइन । वार्ता जनताको आँखामा छारो फाल्ने हुन्छ, देश निर्माणको होइन । वार्ता वार्ताका लागि हुन्छ, निष्कर्षका लागि होइन, समाधानका लागि होइन । उपचारका नाममा साँच्चिकै उपचार हुन्छ अथवा अरू केही हुन्छ ? विदेश भ्रमण पक्का हुन्छ, राजनीति हुन्छ, दाउपेच हुन्छ र अनि एउटा कुरा पक्का हुन्छ, जनताले तिरेको करको केही हिस्सा विदेशिन्छ ।"
अर्कोले अर्को समाचार पढ्यो -
"पर्साका सरकारी कार्यालयहरू पूरै बन्द । कर्मचारीहरूले सबै कार्यालयमा ताल्चाबन्दी गरे ।"
विश्लेषण सुरू भयो -
पहिलो विश्लेषक - "स्यावास कर्मचारी वर्गहरू ! तिमीहरूको आँटका लागि । एउटा बहालवाला मन्त्रीले शान्ति सुरक्षाको सिपाहीलाई हातपात गर्ने, पाइन्छ यस्तो गर्न ? कानुन बनाउनेले कानुन हातमा लिने, ठीक गर्‍यौ तिमीहरूले । अन्यायीलाई कारबाही नहुन्जेल निरन्तर आवाज उठाउनुपर्छ, हड्ताल गर्नुपर्छ ।"
दोस्रो विश्लेषक- "च.च.. दया लागेर आउछ सीडीओप्रति । आफ्नो कार्यकक्षमा आफूमाथि हातपात हँुदा चुप लागेर बस्यो । तत्काल थुन्ने अधिकार थियो, गोली ठोक्ने अधिकार थियो तर केही गरेन । जनताजस्तै अन्याय सहेर बसिरहृयो । हरे शिव ! "
तेस्रो विश्लेषक - "त्यसो होइन सीडीओले जे गर्‍यो ठीक गर्‍यो । उसले प्रतिवाद गरेको भए अथवा अधिकारको प्रयोग गरेको भए आज मन्त्री विरुद्ध उर्लेको आवाज सीडीओ विरुद्ध उर्लिने थियो । उसले खाएको पिटाई गौण हुन्थ्यो । आफ्नो सरकार ढल्ने डरले अन्यायी मन्त्रीलाई कारबाही गर्न अग्रसर नहुने सरकार सीडीओ विरुद्ध खनिन्थ्यो र ऊ कारबाहीको भागिदार बन्थ्यो । सीडीओलाई कारबाही गर्दा सरकार कसैले ढाल्दैनथ्यो र विचरा सीडीओ भनेर कसैले भन्दा पनि भन्दैनथ्यो ।"
चौथो विश्लेषक - "उनका लागि भोट हाल्ने हातहरूले साइकलको हान्डिल समात्न पाएका छैनन्, उनीलाई गाडी चढ्न पाएर नपुग्ने, चिल्लो गाडी चाहिने, के जनताले चिल्लो गाडी चढ्ने आशीर्वादको भोट दिएका हुन् उनका लागि अथवा संविधान निर्माणको भोट हालेका हुन् ?"
पाँचौ विश्लेषक - "गाडी थोत्रो भयो भनेर एउटी मन्त्रीले मुड्कीले हानेर गाडी फुटालेको समाचार पढेको धेरै दिन भएकै छैन, फेरि अर्की मन्त्रीले गाडी पुरानो भयो भनेर सीडीओ कुटेको समाचार पढ्न पाइयो । के मन्त्रीहरू गाडी चढ्नकै लागि जन्मिन्छन् अथवा राष्ट्रियताको क्लेस मात्र पनि भाव बोकेका हुन्छन् ?"
हातमा नेपाल पत्रिकाको नयाँ अङ्क बोकेको मान्छेको विश्लेषण- "गुदी कुरो त अर्कै रहेछ, मन्त्रीको श्रीमान् भन्ने मान्छे रक्सोल, वीरगञ्ज निकासीपैठारी व्यापार गर्दोरहेछ, सीडीओले उसको व्यापारमा सहयोग गरेन रे त्यसैले पिटेको रे ।"
यता मन्त्री र सीडीओको विश्लेषण हुँदै थियो, अर्को एकजनाले कराएर समाचार पढ्यो -
"सचिवहरू महँगा गाडीमा । ८० प्रतिशत सचिवहरूसँंग दुईवटा गाडी । सञ्चार, ऊर्जा र भौतिक योजना सचिवको गाडीको मूल्य डेढ करोड । प्रधान न्यायाधीश र मुख्यसचिवका पनि दुईवटा गाडी । अतिरिक्त गाडी परिवारको प्रयोगमा । भौतिक योजना तथा निर्माण सचिवले डेढ करोड पर्ने गाडीका अतिरिक्त तीन वटा छुट्टै गाडी राखेका छन् । सरकारी नम्बर प्लेट गैह्र कानुनी रूपमा परिवर्तन गरी निजी नम्बर प्लेट राख्ने सचिवको सङ्ख्या पनि कमी छैन ।"
"ओहो ! गरिब देशका धनी सचिवहरू बधाइ तिमीहरूलाई । देश धमिरा लागेको घरजस्तै खोक्रो भैसक्यो, कुन दिन ढल्ने हो थाहा छैन, तिमीहरूलाई डेढ करोड पर्ने गाडी चढ्न पुगेको छ, त्यो पनि तीन चार वटा । त्यसका लागि इन्धनमा कति खर्च लाग्ने हो ! तलवले पुग्छ तेल हाल्न गाडीमा, अथवा त्यसका लागि पनि सरकारी ढुकुटीमा धमिरा थपिने हो । जनता नुन खान नपाएर अलिनो खाँदैछन्, हाम्रा सचिवहरू लाखौँको नाजवाफको चर्तिकलामा छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई यतिबेला हामीले सहानुभूति प्रकट गर्नु सिवाय अरू के गर्न सक्छाँै, उसको आँखा बन्द भएकोमा । पशुपतिनाथले रक्षा गरेको देश । यसरी नै रक्षा भै रहोस् । शुभकामना ।"
हामीले चिया पिई सकेका थियौँ । हाम्रो यात्राको कोषाध्यक्ष देवहरिजीले चिया, समोसाको पैसा चुक्ता गर्नु भयो । हामीलाई समयले लखेटिसकेको थियो । यात्राको नियमितता प्रदान गर्न हामीलाई हतारो भैसकेको थियो । राष्ट्र - राष्ट्रियताको वहसलाई चटक्क छोडेर हामीले हाम्रा पाइला गाडीतर्फ बढायौँ । पाइला चाल्दाचाल्दै मेरो कानमा ठोकियो -
"सरकारी दलालहरू !, दैनिक भ्रमणभत्ताको नाममा सरकारी ढुकुटीको रकम खाएर, सरकारी गाडी चढेर, देश दर्शनमा हिँडेका छन् ।"
मैले पुलुक्क मुण्टो फर्काएर आवाजतिर हेरेँ । बोल्दै गर्ने मानिसको चोरऔँलो हामीतिर ठडिएको थियो । मैले देखेर पनि नदेखेझँैं
गरेँ, सुनेर पनि नसुनेझँैं गरें । चुपचाप गाडीभित्र छिरें, सिटमा बसेंँ । देवहरिजीले पनि त्यसै गर्नुभयो । ड्राइभर पहिल्यै सिटमा बसिसकेको थियो । उसका हात पहिलेजस्तै स्टेरिङ्गमा सल्बलाउन थाले, गोडा एक्सिलेटर थिच्न व्यस्त देखिए । हाम्रो सेतो नम्बर प्लेटको गाडी बेजोडले हुइकियो पश्चिमबाट पूर्वतिर हामी यतिबेला आरामपूर्वक गाडीको सिटमा लेटिरहेका थियौँ ।

नेपाल कम्युनिष्ट पार्टी

कार्यक्रम पार्टिले सार्वजनीक रुपमा फहराएको आफ्नो लक्ष्यहरुको झण्डा हो । त्यसैको आधारमा आम जनतालाई सचेत, संगठित र परिचालित गर्ने काम गर्नुपर्छ । सामाजिक क्रान्ति समाजको प्रथम र अनिवार्य लक्ष्य भएको वेलासामाजिक क्रान्तिको कार्यक्रम र क्रान्तिपछि निमार्ण तथा विकाशको कार्यक्रमको रुपमा पार्टिले आफ्नो लक्ष्य निर्धारित गर्नुपर्छ, आफ्नो कार्यक्रम कार्यक्रम निश्चित गर्नुपर्छ । अहिले नेपाली समाजमा सामाजिक क्रान्तिको अनिवार्यता छ, यसैलाई प्रथमिकता दिनु जरुरि छ । सामन्तवाद र साम्रज्यवादको शोषणउत्पीडनलाई अन्त्य नगरि नेपाली समाजको पैगतिहिल विकास सम्भव छैन । औद्योगीकरण विना देशको प्रगति सम्भव हँुदैन र राष्ट्रिय पूँजीको विकास नगरी आत्मनिर्भर औद्योगिक राष्ट्रिय अर्थतन्त्रको विकास सम्भव हुदैन । अहिले नेपाली समाजको वस्तुगत विकासको अवस्था अर्धसामन्ती तथा अर्धउपनिवेशी स्थितिलाई अन्त्य गर्नु पर्ने तहमा छ । राष्ट्रिय पूँजी अद्योग व्यापारको विकासको ढोका खुल्ला गर्नु पर्ने स्तरमा छ । समाजको भैतिक विकास विना हामी समाजवादको निमार्ण गनै सक्दैनौ । अहिले देशको राजनीतिक क्षेत्रमा निकै ठूलो परिर्वतन भएको छ । र त्यो महत्वपूर्ण पनि छ । तर समाजको आधारभूत स्थितिमा परिवर्तन भएको छनै । यस्तो पृष्ठभूमिमा हाम्रो पार्टिले मात्रात्मक विकासको साथसाथै गुणात्मक परिवर्तनको क्रान्तिकारी कार्यक्रम निर्धारित गर्नुपर्छ । हाम्रो कार्यक्रमले देशको वस्तुगत स्थिति र प्रगतिशील परिवर्तनको तस्वीर प्रतिविम्बित गर्नुपर्छ ।
२. नेपाली समाजको चरित्र र अन्तरविरोध
२.१ नेपाल भूपरिवेष्टित छ । देशको प्रगतिर विकासको निम्ति यो एउटा प्रतिकूलता र बाधा बनेको छ । तर यो नियतिको रुपमा छ रयसमा परिवर्तन सम्भव छैन । यसले छिमेकिहरुसंग मित्रपूर्ण सम्बन्ध राखेर आफ्नो विकास निर्माण गर्नु अनिवार्य बनाएको छ । वैदेशिक दासत्व र पराधिनता हामिलाई स्वीकार्य छैन र शत्रुता हाम्रो चाहाना होइन । त्यकारण हामी समानता र पारस्परिक लाभमा आधारित पञ्चशिलको सिद्धान्त अनुरुप मित्रतापूर्ण सम्बन्ध विकास गरेर यो प्रतिकूलतामा विजय हासिल गर्न चाहान्छौं । तर यो आफ्नो देहको जनतालाई शोषण उत्पीडन गर्ने र विदेशि शक्तिसामू घुँडा टेक्ने प्रतिक्रियावादी वर्गर राजनीतिक शक्तिबाट सम्भव छैन । यस बाहेक पैकृतिक स्रोत सम्पदामा हाम्रो देश धनी छ र जनताहरु इमान्दार र परिश्रमि छन् । सामन्ति तथा साम्राज्यवादी शोषणलाई समाप्त पार्ने जनताकोे श्रम, शिप र प्रतिभालाई विकास निमार्णमा सञ्चालन गर्ने प्रगतिशिल विकासको दिशा अवलम्बन गर्ने हो भने नेपाल एउटा सुन्दर, समृद्ध, र सुखि देश बन्न सक्ने कुरामा कुनै शङ्का गर्नु पर्दैन ।

२.२ तर देश अहिले अर्धसामन्ति र अर्धउपनिवेशी छ । सामन्त वर्ग, दलाल नोकरशाही पूँजीपति वर्ग र वैदेशिक एकाधिकार पूँजीवादले सम्पूर्ण श्रमजीवि जनतामाथि निर्मम शोषण उत्पीडन कायम गरेका छन् । जमिनमा कूल खेतियोग्य भूमिको ४० प्रतिशत भाग ९.४४ प्रतिशत माथिल्लो परिवार को हातमा छ । ५५ प्रतिशत तल्लो वर्गको परिवारसंग १२ प्रतिशत भाग मात्र जमीन छ । सन् १९८१ को कृषि गणना अनुरुप २.९ प्रतिशत परिवारले ४७.३ प्रतिशत जमिन ओगटेका छन् भने भूमिहिन किसानको संख्या २० लाखभन्दा बढी छ । अहिले देशको कूल जनसंख्याको करिव ७० प्रतिशत भन्दा बढी जनता गरिवको रेखामुनि झरेका छने । देशको उद्योग, व्यापार र अन्य पूँजीवादी व्यवसायहरुमा विदेशि पूँजीपति, दलाल नोकरशाहि पूँजीपति वर्गको कव्जा छ । मध्यम तथा सानो स्तरका राष्ट्रिय पूँजीपतिहरु उठ्न सकेका छैनन् । देशको अर्थतन्त्र अझ पराधीन भइरहेको छ ।
२.३ १९ औं शताव्दीको शुरुदेखि नै नेपाल राष्ट्रिय स्वधिनताको निमित संर्घषमा उत्रन बाध्य भएको छ । व्रिटिस इण्डिया, स्वतन्त्र भारत तथा व्रिटेनसँग नेपालका असमान एवमे अपमानपूर्ण र नेपालको राष्ट्रिय हित र स्वाधिनतामाथी आघात पार्ने अनेक सन्धि सम्झौताहरु भएका छन् र कायम छन् र अन्य अनेकैं अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरुसंग पनि हाम्रो स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय आत्मनिर्भरताको निम्ति नवउपनिवेशि शोषणबाट मुक्त हुने स्वाधीनताको संघर्ष अझै जारी छ । प्रतिक्रयावादी वर्ग र तिनिहरुका प्रतिनिधि राजनैतिक शक्तिहरुका हातमा संझौताहरुको नवीकरण थर्ने तथा प्रगतिशील नयाँ आधारमा वैदेशिक सम्बन्ध विकास गर्ने कुनै सम्भावना छैन ।
२.४ २००७ सालको प्रजातन्त्रिक आन्दोलनले पाएका सफलताहरुलाई पनि खोसेर १०१७ सालमा राजा महेन्द्रले निर्दलिय पञ्चायती व्यवस्था लागू गरे त्यस व्यवस्थाले तीस वर्ष देशलाई संसारको सबैभन्दन गरीव दस्रो स्थानका पु¥यायो । समाजका सामाजिक सास्कृतिक मूल्य र मान्यताहरुलाई समेत अवमूल्यन ग¥यो र विकृत बनायो । यस्तो पृष्ठभूमिमा निरंङुश राजतन्त्र र निर्दलिय पञ्चायती व्यवस्थाको विरुद्ध २०४६ सालमा भएको संयुक्त जनआन्दोलनले एकस्तरको सफलता प्राप्त गरेको छ । राजतन्त्रका निरंकुश अधिकारहरु हटायउने र सविधान द्धारा त्यसको हधिकार कर्तव्य तोक्ने काम गरेको छ र निर्दलियतालाई समाप्त पारी सीमित प्रजातान्त्रीक अधिकार सहितको बहुदलिय व्यवस्थाको स्थापना गरेको छ । जनताको मैलिक अधिकारहरु, राजनैतिक स्वतन्त्रता र समानताको औपचारीक घोषणा गरेको छ र जनआन्दोलनको यो ठूलो राजनैतिक सफलताहो र साँचो प्रजातन्त्र प्राप्तीको हभियानमा यो महत्वपूर्ण उपलब्धि पनि हो ।

२.५ अहिले बहुदलिय व्यवस्थामा आम निर्वाचन पछि नेपालि कांग्रेसले एकमना सरकार बनाएको छ । जनआन्दालनद्धारा भएको सकारात्मक राजनीतिक परिवर्तनलाई उपयोग र प्रयोग गदौं आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रका पनि केहि सकारात्मक परिर्वतन आँउनेछ भन्ने जनताको सपना भंग भएको छ । कांग्रेस सरकारले पनि पहिले जस्तै सामन्तवर्ग, दलाल नोकरशाहिपूँजपिति वर्ग र वैदेशिक एकाधिकार पूँजीवाद तथा साम्राज्यवादको हित र रक्ष ागर्ने काम गरिरहेको छ । किसानहरु, राष्ट्रिय उद्यमी, व्यापार व्यवसाहिहरु माथिको उत्पीडन जारी राखेको छ । समाजवादी देशहरुले मित्रताको निम्ति विकास सहयोग स्वरुप निर्माण गरिदिएका र सरकारि स्वामित्वमा रहेका तथा रोजगारि र राजस्व वृद्धि गर्नठूलो योग्दान गरिरहेका उद्योग संस्थाहरुलाई नीजिकरण नाममा विदेशि पूँजीपतिहरुको हातमा बेच्दैछन् । उदार अर्थतन्त्र को नाममा भर्खरै वामे सर्न थालेका राष्ट्रिय उद्यमिहरुलाई विदेशि पूँजीसंग प्रतिस्पर्धा थर्न बाध्य पारिरहेको छ । परिणामस्वरुप कतिपय भएका राष्ट्रिय उद्योगहरु पनि बन्द हुने र हजारैं औद्योगिक श्रमिकहरु बेरोजगार हुने अवस्थामा पुगेका छन् । वैदेशिक व्यापार घाटा बढिरहेको छ । ०४७–०४८ को आठ महिनामा ११३८.०४ करोड घाटा भएको थियो भने अहिले ०४८–०४९ म बढेर यो १९–२० अरब पुग्ने अनुमान छ । कांग्रेसको सरकारले देशको अर्थतन्त्रलाई वैदेशिक एकाधिकार पूँजीवादको हातमा सुम्पिदै गएको छ । पश्चिमा पूँजीवादी देशहरु र तिनिहरुद्धारा संचालित अन्तर्राष्ट्रिय वित्तिय संस्थानहरुले देहको हासन प्रहासन र नीति निर्माणमा हात हाल्न र बढाउन थालेका छन् कांग्रेसको सरकारले भारत सरकारसंग गरेका सन्धी सम्झौताहरुले भारतमाथिको निर्भरतालाई बढाएको छ । प्राकृतिक श्रोत सम्पदामाथि भारतको नियन्त्रण स्थापित गर्ने, देशको अथृतन्त्रमा भारतीय एकाधिकार पूँजीवाको हात बलियो पार्ने काम गरेको छ । यसबाट क्रमश देशको राजनीतिमा पनि विदेशि एकाधिकार पूँजीपति वर्गको प्रभाव र नियन्त्रण बढ्दै जानु सुनिश्चित छ ।
२.६ आर्थिक सामाजिक सास्कृतिक क्षेत्रमा पुरानो स्थितिलाई कायम राखेको र अझ नकारात्मक दिशामा धकेलेको मात्र होइन जनताले आन्दोलनबाट प्राप्त गरेका राजनैतिक अधिकारहरुलाई समेत विभिन्न ढंगले निरुप्रभावी एवम् निरर्थक बनाउने प्रयास गरिरहेको छ । एकदलिय राजनीतिक एकाधिकार वाद, सर्वत्र कागें्रसीकरण र सर्वसत्तावाद लागु गर्ने काम गरिरहेको छ । विपक्षीमाथी प्रतिशोधपूर्ण राजनैतिक कार्वाह ी गर्ने, राजनैतिक हिंसा र हत्या गर्ने तथा राज्य आतंक फैलाउने काम गरेको छ । निर्वाचनलाई हिंसा, हत्या, गुणागर्दी,बल प्रयोग, सत्ता र शक्तिको दुरुपयोग गर्दै जनताको उपहमस गर्ने अ‍ैसरको रुपमा परिणत गर्दैछ । संयुक्त आन्दोलनद्धारा प्राप्त भएका उपलब्भीहरुलाई खोसेर कांग्रेसी एकाधिकारवाद स्थापित गर्ने प्रयास गर्दैछ ।
२.७ देशको आधारभूत स्थितिको निर्णायक तत्व उत्पादन पद्धति हो । अहिले देशमा अर्धसामन्ती र अर्धउपनिवेही पद्धति कायम छ । देशको जीवीका उपार्जनका उत्पादनका साधनहरु सामन्त वर्ग, दलाल नोकरशाही पूँजीपति वर्ग र वैदेशिक एकाधिकार पँजीवादको हातमा छ । देहको प्रकृतिक श्रोत साधन माथि राज्यसत्ता मार्फत तिनिहरुलेनै नियन्त्रण गरेका छन् । अन्य सम्पूर्ण वर्ग तहका आम जनताहरु यिनीहरुकै शोषण उत्पीडनमा थिचिएका छन् । त्यकारण सामन्त वर्गर दलाल नोकरशाहि पूँजीपति वर्गको शोषण समाप्त पार्ने राष्ट्रिय स्वधिनता हाम्रो वर्तमान क्रान्तिका आधारभूत कार्यभार हुन् । सामन्त वर्ग र दलाल नोकरशाही पूँजीपति वर्गसंग जनताको अन्तरविरोध र वैदेशिक एकाधिकार पूँजीवाद ताथ साम्राज्यवादसंग राष्ट्रको अन्तरविरोध नै वर्तमान अवस्थामा नेपाली समाजका आधारभूत अन्र्तरविरोधहरु हुन् । क्रान्तिद्धारा यो अन्र्तरविरोध समाधान गरि जनताको जनवादी व्यवस्था स्थापना गर्नु हाम्रो क्रान्तिको आधारभूत लक्ष्य हो ।
२.८ अहिले पनि देशमा कुनै विदेसि शक्तिले ठाडो ढंगले हस्तक्षेप गर्ने र प्रत्यक्ष रुपमा शासन चलाउने काम गर्न सकेका छैन । त्यसरि नै यहाँका शासकहरु संग जनता र राष्ट्रको विरुद्ध नांगो ढंगले गठबन्धन गरी संयुक्त रुपमा शासन गरेको स्थिति पनि छैन । वैदेशिक एकाधिकार पूँजीवाद र साम्राज्यवादले आफ्नो इसारामा चल्ने शक्तिहरु संग परोक्ष एंवम् आम रुपमा सम्बन्ध कायम गरि तिनिहरु मार्फत नै आफ्नो स्वार्थ पूर्ति गर्ने, तिनिहरुलाई परोक्ष रुपमा सहयोग गर्ने काम गरिरहेको छ । त्यकारण त्यसबेला नेपाली समाजम आन्तरिक अन्तरविरोध अर्थत सामन्त वर्ग र दलाल नेकरशाहि पूँजीपति वर्ग तथा तिनिहरुको राज्य सत्ता र जनताबिचको अन्तरविरोध नै प्रधान अन्तरविरोधका रुपम रहेको छ । दरवारको नेतृत्वमा रहेको सामन्ती निरकुंशतावादि तत्वहरु पर्दा पछाडि छन् र कांग्रेस सरकार मंचमा उपस्थित छ । सामन्ति निरकुंशतावादी तत्वहरुले फेरि शिर उठाउन सक्छन्, त्यप्रति गम्भिर सतर्कता अपनाउनुजरुरी छ । तर कांग्रेसको सरकारले अपनाएको जनता, राष्ट्र र जनखधिकार विरोधि नीतिहरु तथा गरेका कामहरु र जनताहरुबिचको राजनीतिक अन्तरविरोध विशेष रुपमा तीखो भएर प्रकत भएको छ । कांग्रेसको सत्ता र जनताविचको राजनीतिक अन्तरविरोध वर्तमान नेपाली समाजको प्रधान राजनीतिक अन्तरविरोध बनेको छ । कांग्रेसको सत्ताका जनविरोधि राष्ट्रिय हित विरोधि तथा जनताका प्रजातान्त्रिक अधिकारविरोधि नीति, काम र कृयाकलापहरु जनताको सघर्षका प्रमुख निशाना बनेका छन् । यो अन्तरविरोधको समाधान गर्ने र जनताको जनवादी राज्य व्यवस्था स्थापना गर्ने लक्ष्य हासिल गर्न सक्नेछौं ।
२.९ नेपाली समाजको आधारभूत चरित्र विगत लामो समय देखि यथावत छ र त्यसलाई आमूल परिवर्तन गर्ने क्रान्तिको पूँजीवादि जनवादि चरित्र पनि जारि नै छ । क्रान्तिद्धारा जनताको जनवादी राज्यसत्ता स्थापना गरेर मात्र अरु सबै क्षेत्रमा आधारभूत परिर्वतन गर्ने लक्ष्यलाई साकार पार्न सकिन्छ । नेपाली समाजमा यो क्रान्ति सम्पन्न गर्ने ठोस प्रयत्न शुरु भए यता पनि निकै लामो अवधि पार भइसकेको छ । विश्वको क्रान्तिकारि आन्दोलनले धेरै अनुभव प्रदान गरिसकेको छ । यसबेला विश्वका कम्युनिष्ट आन्दोलन, समाजवादी क्रान्ति र निमार्णको आन्दोलनमा धेरै गम्भिर समस्याहरु पैदा भएका छन् । विश्वशत्तिको पुरानो सन्तुलन टुटेको छ । कुनैपनि क्रान्ति र निमार्णक ढाचाँ तथा तरिकाहरुमा नयाँ नयाँ अनुसन्धान, प्रयोग, संयोजन र परिमार्जन गर्दै जानु जरुरि भएको छ । हामिले आफ्नो कार्यक्रम निश्चित गर्दा र क्रान्तिकारि प्रकृया तय थर्दा पुराना अनुभव र विश्वका वर्तमान स्थितिलाई ख्याल राख्नु आवश्यक हुन्छ । तिनिहरुबाट यथोचित शिक्षा लिनु जरुरि हुन्५ । समाज विकासको सन्र्दभमा हामि उहि क्रान्ति पुरा गर्ने अभियानमा निरन्तर संलग्न छौं । तर यस प्रकृयामा हामिले अवलम्वन गर्ने कतिपय नीति र तरिकाहरु फेरिएका छन् र फेरिने पर्छ । यो सन्र्दभ सहितको समष्टि नै हाम्रो कार्यक्रमको ठोस एवम् पूर्ण रुप हो । यसलाई हामि यसरि उल्लेख गर्न सक्छौं ।

३. नेपाली क्रान्तिको वर्तमान कार्यक्रम

३.१ नेकपा (एमाले) नेपालको सर्वहारा श्रमजीवि वर्गको राजनैतिक पार्टी हो । यसले नेपालमा गरिवि, अभाव थ सबै प्रकारका शोषण र असमानताहरुलाई अन्त्य गरि प्रगतिशिल, विकसित, सम्पन्न र समृद्ध समाजको निर्माण गर्न चाहन्छ । त्यसको निम्ति वौज्ञानिक समाजवाद र साम्यवाद नै त्यो उच्चतम लक्ष्य हो भन्ने दृढ विश्वास राख्दछ । समाजवाद र साम्यवादलाई आफ्नो अधिकतम एवम् अन्तिम लक्ष्यको रुपमा स्वीकार गरेर त्यसको प्राप्तिको निम्ति निरन्तर लागिरहने अठोट व्यक्त गर्दछ ।
३.२ तर अहिले नेपाली समाज सामन्तवाद, दलाल नोकरशाहि पूँजीवाद र साम्राज्यवादको शोषण उत्पडिनमा छ । समाजको विकसको बाटो अवरुद्ध छ । देशको औद्योगिकरण र समाजको पर्याप्त भैतिक विकास विना योग्यता अनुसार काम रकाम अनुसार दाम दिने समाजवादी समाजको निर्माण गर्न सकिन्न । त्यकारण अहिले राष्ट्रिय पूँजी र उद्योगको विकास सुनिश्चित गर्नु पहिलो र अनिवार्य काम हो । त्यसको निम्ति सामन्तवाद, साम्राज्यवादको अन्त्य गर्नु जरुरी छ । पूँजीवाद जनवादी क्रान्ति सम्पन्न गर्नु जरुरी छ । त्यसकारण हाम्रो वर्तमान क्रान्तिको सामाजिक, आर्थिक च।ित्र पूँजीवादी जनवाद हो , हाम्रो लक्ष्य जनताको जनवादी व्यवस्थाको स्थापना गर्नु हो । यो पहिलो काम पूरा गरेर मात्र हामी समाजवादको निम्ति अघि बढ्न सक्छौं ।
३.३ नेपालको क्रान्ति र निर्माणलाई बाटो देखाउने सिद्धान्त माक्र्सवाद लेनिनवाद हो । नेकपा ( एमाले) माक्र्सवाद लेनिनवादको वैज्ञानिक विचार प्रणलीलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दछ । वर्तमान युगको विकसित माक्र्सवाद खौद्योगिक सर्वहारा वर्गको मात्र होइन किसानहरुको सामाजिक मुक्ति र राष्ट्रिय स्वाधिनताको मार्गदर्शक सिद्धान्त पनि हो । आज माक्र्सवाद लेनिनवाद बाहेक सामन्त शोषण बाट किसानहरुलाई मुक्त पार्ने र साम्राज्यवादी उत्पीडनबाट राष्ट्रलाई स्वाधिन बनाउने आन्दोलनलाई बाटो देखाउने अर्को कुनै वैज्ञानिक विचारप्रणाली छैन । नेकपा (एमाले) माक्र्सवाद लेनिनवादको सैद्धान्तिक मार्गदर्शनमा आफ्नो क्रान्ति र निमार्णको अभियान अघि बढाउने दुढ छ ।
३.४ सामन्तवाद दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादलाई उन्मूलन गर्ने जनताको जनवादी क्रान्तिलाई नेतृत् वगर्ने अभिमारा वर्गीय रुपमा सर्वहारा श्रमजीवि वर्ग र साजनैतिक रुपा माक्र्सवाद लेनिनवादको मार्गदर्शनमा चल्ने सर्वहारा श्रमिक वर्गको राजनैतिक पार्टि बाहेक अरु कसैलाई पुरा गर्न सक्दैन । यूरोप र अमेरिकाक सामन्तवाद विरोधी पूँजीवादी क्रान्तिहरुमा पूँजीपति वर्गले नेतृत्व गरेको थियो । तर अहिले अन्तराष्ट्रिय पूँजीपति वर्ग जनताको ाित्र होइन शत्रु बनेको छ । पूँजीपति वर्ग किसानको होइन सामन्तको शंश्रयकारी बनेको छ र साम्राज्यवाद पूँजीवादकै विकसित रुप हो साम्राज्यवादले नै साना, कमजोर र पछौटे राष्ट्रहरुलाई अधिनस्थ बनाएको छ । त्यकारण सामन्तवाद साम्राज्यवाद विरोधि क्रान्किो नेता पूँजीपति वर्ग होइन सर्वहारा श्रमजीवि वर्ग मात्र हुन सक्छ । तर सर्वहारा श्रमजीवि वर्गको पार्टिले पनि अर पूँजीवादी राजनैतिक शक्तिहरुसंग गम्भिर प्रतिस्पर्धा र संघर्ष विना नेतृत्व हातमा लिन सक्दैन । त्यकारण नेतृत्वको निम्ति देढताका साथ पहलकदमी बढाउन नेकपा एमाले कृतसंकल्पित छ ।

३.५ सामनतवाद र साम्राज्यवादको शोषण उत्पीडन समाप्त पार्ने विभिन्न देशमा नयाँ जनवादी, राष्ट्रिय जनवादी वा जनताको जनवादी क्रान्तिको रुपमा परिभाषित गरिएको छ । हामिले यो क्रान्तिमा हाम्रो देशको सन्र्दभमा साजनैतिक,आर्थिक र विदेशि नितिको क्षेत्रमा पनि कतिपय महत्वपूर्ण विषयहरु थपेका छौं । संविधानको सर्वँेच्चता र बहुदलीय प्रतिस्पर्धा, वहुलवादी खुल्ला समाज, कानुन सम्म्त शासन प्रसासन, बहुमतको सरकार र अल्पमतको विपक्ष, मानव अधिकार, प्रजातान्त्रिक मैलिक अधिकार र ह्शान्तिको संवैधानिक प्रत्याभूति तथा रक्षा जस्ता राजनैतिक विषयहरु दुरगाामी प्रभाव पार्ने र निर्णायक महत्व भएका विषयहरु समावेश गरेका छौं । यसकारण हामीले यसलाई बहुदलीय जनवादी भनेर पनि परिभाषित गरेका छौं । यो क्रान्ति सर्वहारा श्रमजीवी वर्गको नेतृत्वमा सम्पन्न हुने आम जनताको जनवादी क्रान्ति हो । यसले जनताको जनवाद िराज्यसत्ताको स्थापना गर्दछ । यो पूँजीपति वर्गको अधिनायकत्व भएको व्यवस्था हाइन, जनताको जनवादी अधिनायकत्व भएको व्यवस्था हो । यो एकदलिय एकाधिकारवादी व्यवस्था होइन, जनताकाृ बहुदलीय जनवाद िव्यवस्था हो । राज्यव्यवस्थाका सम्पूणर्ण कुराहरु त्यबेलाको संविधानमा व्यवसथा भए अनरुप संचालित हुनेछन् ।
३.६ सामनतवाद र साम्राज्यवाद शोषण उन्मूलन गरि जनताको जनवाद िव्यवसथा कायम गर्नु वर्तमान क्रान्तिको केन्द्रिय कार्यभार हो । जनताको हातमा सम्पूर्ण सत्ता केन्द्रित नगरी राजनीतिक , आर्थिक, सामाजीक, साँस्कृतिक सबै क्षेत्रमा रहेका आधारभुत जनवाद िसुधार र परिवर्तन गर्नु सम्भव हुँदैन । त्यकारण जनवादी क्रान्तिको केन्द्रिय कार्यभार पुरा गरेपछि जनताको जनतन्त्रले प्रथमत सामन्तवाद र साम्राज्यवाद सबै क्षेत्रमा रहेको सम्पूर्ण अवशेसहरुलाई पुर्ण रुपमा अन्त्य गर्नेछ । योजनावद्ध रुपमा जनताको जनवादी व्यवस्थालाई विकसित, समृद्ध र सुदृढ बनाउने विषयमा प्रमुख ध्यान केन्द्रित गर्नेछ । सर्वहारा श्रमजीवि वर्गको राजनीतिक पार्टिको रुपमा हाम्रो पार्टी माक्र्सवाद लेनिनवादको मार्गदर्शनमा क्रमश समाजवादमा संक्रमण गर्ने भौतिक तयारीको निम्ति चरणवद्ध कार्यक्रम बनाउँदै ठोस रुपमा केन्द्रित हुनेछ । क्रान्तिकारि जहलद्धारा जनवादी ढंगले आम जनताको नेतृत्व गर्दैसमाजवादमा संक्रमण गर्ने कार्यक्रमलाई कार्यान्वयन गर्नेछ ।
३.७ सामन्तवाद र साम्राज्यवादको सत्ता उन्मूलन गरि जनताको जनवादी सत्ता कायम गर्नु क्रान्तिको केँिद्रय, न्यूनतम र निर्णायक कार्यभार हो, जुन पुरा नभएसम्म जस्तोसुकै परिसस्थति भएपनि अपरिवर्तित रहने यो आम कायृभार पनि हो । समाजका यिनै आधारभूत उद्देश्य र कार्यभारलाई हरेक बेलाका विशिष्ट स्थितिअनुरुप ठोस रुपम सुत्रवद्ध गरेर अघि सार्नु नै पार्टिको विशिष्ट तथा ठोस कार्यक्रमको दायित्व हो । राष्ट्रिय अन्तराष्ट्रिय स्थिति र क्रान्तिका शत्रु तथा मित्रहरमा आएको परिवर्तनको आधारमा आफ्नो आधारभूत उद्देश्यहरुलाई ठोस रपमा अघि सार्न पार्टिको विशिष्ट अथवा ठोस कार्यक्रममा परिवर्तन गर्नु आवश्यक छ । विद्यमान विशिष्ट स्थिति अनुरुप हाम्रो पार्टि आफ्नो कार्यकैमलाई निम्नलिखित ढंगले सूत्रवद्ध गरेर ठोस रुपमा प्रस्तुत गर्दछ ।

३.८ राज्य व्यवस्था
सामन्तवाद दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवाद सत्ता तथा उनीहरुको शोषण उत्पीडन समाप्त पारिनेछ । मजदुर किसान तथा सामन्तवाद साम्राज्यवाद विरोधि सम्पूर्ण जनवादी, देशभक्त तथा न्यायप्रेमि जनसमुदायको संयुक्त जनवादी राज्यसत्ता कायम गरिनेछ ।
जनताको बहुदलीय जनवादी व्यवस्थाको स्थापना गरिनेछ । संविधानलाई सर्वेपरि राखेर साज्यका सबै अंगहर संगठित र संचालित हुनेछन् ।
नेपाललाई स्वतन्त्र, सार्वभैम, धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र घोषित गरिनेछ ।
शक्ति पृथकीकरणको सिद्धान्तको आधारमा संविधानले व्यवस्थापिका, कार्यपालिका र न्यापालिकाको व्यवस्था गरेको छ । निर्वाचित व्यवस्थापिका सभाले ऐन कानुनहरुको निर्माण गर्नेछ ।
संविधानले मानव अधिकार र जनताको मौलिक प्रजातान्त्रिक अधिकारहरुको ठोस प्रत्याभूति र सुरक्ष गर्नेछ ।
संविधान अनुरुप वहुलवादि खुल्ला समाज कायम गरिनेछ ।
संविधानको सर्वोच्चताको आधारमा लोककल्याणकारी संवैधानिक राज्य व्यवस्थाको स्थापना गरिनेछ ।


३.९ शासन प्रणाली
ड्ड संविधानको मर्यादा भित्र सबै राजनैतिक पार्टीहरुलाई राजकिय निकायहरुमा शान्तिपूर्ण ढंगले पैतिस्पर्धा गर्ने स्वतन्त्रता रहनेछ ।
ड्ड निर्वाचनको विधि, तरिका र साधनहरुमा आमुल जनवादीकरण गरि निश्चित समयमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा आवधिक आम निर्वाचन गर्ने प्रणाली कायम गरिनेछ ।
ड्ड व्यवस्थापीका सभामा बहुमत प्राप्त राजनैतिक पार्टिले सरकार गठन गर्ने र अल्पमतले विपक्षको भूमिका खेल्ने संवैधानिक व्यवस्था कायम गरिनेछ ।
ड्ड विकेन्द्रिकरणको सिद्धान्त, बहुदलीय रजनैतिक प्रणाली र स्थानीय स्वशासनको आधारमा सबै स्थानिय निकायहरुको निर्वाचन गरिनेछ । स्थानिय निकायहरुलेनै आफ्नो क्षेत्रको विकास निमनर्ण र प्रशासनको नेतृत्व र संचालन गर्ने संर्वधानिक व्यवस्था गरिनेछ ।
ड्ड राजनैतिक बन्दिहरु र अन्यायपूर्ण ढंगले राखिएका बन्दीहरुलाई रिहा गरिनेछ । अदालतको निर्ण विना नजरबन्द गर्न नपाइने व्यवस्था गरिनेछ ।
ड्ड सामनतवाद दलाल नोकरशाही पूँजविाद र साम्राज्यवादको शोषण उत्पीडनका सम्पूर्ण अवशेषहरुलाई कानुन सम्मत ढंगले निर्मूल गरिनेछ ।
ड्ड जनताको बहुदलिय जनवादी व्यवीथालाई योजनावद्ध रुपमा क्रमशविकसित, समृद्ध र सुदृढ पारिनेछ ।
ड्ड समाजवादमा संक्रमण गर्ने उद्देश्यले कार्यक्रमको आधारमा ठोस रुपले भौतिक तयारि गरिनेछ ।
ड्ड कानुनको शासन कायम गरिनेछ ।
३.१० आर्थिक व्यवस्था
देशमा जनताको जनवादी राजनैतिक सत्ताको स्थापना पछि जनवादी अर्थ व्यवस्थाको निमार्ण गर्ने, सुदृढीकरण गर्ने र समाजवादमा संक्रमणको निम्ति भैतिक तयारी गर्ने कामलाई ठोस योजनाका साथ अघि बढाइनेछ । सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद, वैदेशिक एकाधिकार पूँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडन र प्रभुत्वका सम्पूर्ण आधारहर र अवशेसहरुलाई अन्त्य गदै जनवादी अर्थ व्यवस्थाको निमार्ण गर्ने, स्थापित गरिएको जनवादी नयाँ उत्पादन सम्बन्धको आधारमा जनता र देशको जीवनस्तर माथि उठाउने खालका, उत्पादकत्व बृद्धि र विकास निर्माणका ठोस कामहरु गर्दै राजनैतिक, आर्थिक, सामाजिक, सास्कृतिक सबै क्षेत्रमा जनताको जनवादी व्यवस्थालाई सुदृढ एवम् विकसित बनाउने र प्रगतिशिल नयाँ सामाजिक व्वस्थाको बलियो जगमा उभिएर समाजवादमा संक्रमण गर्ने ठोस भौतिक तयारिको कामलाई केन्द्रित भएर सञ्चालन गर्ने जस्ता आधारभुत महत्वका कामहरु क्रकश संचालन गरिनेछ । हाम्रो जनवादी अर्थव्यवस्थाको आधारभुत चरित्र मिश्रित अर्थतन्त्र रहेको छ । जसमा समानता एवम् सामाजीक न्ययमा आधारित भएर श्रमजीविहरु, निम्न आय भएका गरिबहरु ता पिछडिएका जाति, समुदाय र क्षेत्रको उत्थानमा राज्यको अग्रणी भूमिक रहनेछ । देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न निजी क्षेत्रलाई पनि प्रोत्साहन गरिनेछ । यही कार्यदिशाको आधारमा देशको वृहद आर्थिक सामाजिक परिवर्तन र विकास गरिनेछ । यसरि राजनैतिक रुपम जनसत्ताको स्थापना पछि पनि प्रत्येक विशिष्ट स्थितिलाई ख्याल राख्दै ठोस रुपमा कार्यक्रम अघि सारी सञ्चालन गरिनेछ ।
कृषि क्षेत्रमा
जमिन माथि रहेको सामन्ती भूस्वामित्वको पूर्ण रुपमा उन्मूलन गरि अर्धसामन्ती शोषणका सम्पूण रुपहरुलाई समाप्त पारिनेछ । क्रान्तिकरि भूमिसुधारको कार्यक्रम कार्यान्वित गर्दै वास्तविक जोताह तथा भूमिहिन किसानलाई भूमिको वितरण गरिनेछ । भूमिमाथि निजि स्वामित्वको नयाँ हदवन्दि कायम गरिनेछ । यसो गर्दा आम रुपा सामन्तहरुको हदभन्दा बढीको जमिन विना मुआवजा जफत गरि जोताह, भूमिहिन वा गरिव किसानलाई वितरण गरिनेछ । तर क्रान्तिको पक्षमा लाग्नेहर तथा धनि र मध्यम किसानहरुको हकमा हदभन्दा बढी जमीन जफत गर्दा यथोचित क्षतिपूर्ति दिन सकिनेछ । त्यबाहेक जमिनको दोहोरो स्वामित्व समाप्त पार्दा साना भूस्वामिहरुलाई भने मुआवजा दिइनेछ । जमिनमाथि निजि स्वामित्व कायम गरिए पनि सहकारि खेतिलाई विशेष प्रोत्साहन गरिनेछ ।

वैज्ञानिक तथा उन्नत खेतिको विकास गरि कृषि उत्पादन तथा उत्पादकत्व बढाइनेछ । कृषिमा आश्रित जनताको जीवनस्तर माथि उठाइने छ । राजकिय क्षेत्र मार्फत किसानहरुको लागि आवश्यक सुविधाहरु जस्तै सस्तो व्याजदरमा कृषि, ऋण, कृषि उत्पादनको उचित मोल प्राप्त गर्न संगठित कृषि बजारको व्यवस्था, सहुलियत दरमा उन्नत मल विउको व्यवस्था, सिंचाइ र प्राविधिक शिक्षा आदि किसानको घरदैलोमा पु¥याउने र किसानहरुले सुविधाहरुको प्रत्यक्ष लाभ लिन सक्ने व्यवस्था गरिनेछ ।
जमिनको आकार, उर्वरा शक्ति र भू वनौटको आधारमा प्रगतिशिल भूमिकर प्रणालिको विकास गरि लागू गरिनेछ । जमिनको प्रकृति, माटो र हावापानी आदीको आधारमा देशको विभिन्न भूभागमा खाद्यान्न नगदेवाली, पशुपालन र फलफूलको विकासमा योजनावद्ध रुपले अघि बढ्दै कृषिको आधुनिकीकरण गर्ने र कृषी क्षेत्रलाई कुटिर एवम् आधुनिक उद्योग स्थापना, प्रर्वधन र विकासमा योगदान पु¥याउने किसिमले विकास गरिनेछ । कृषि क्षेत्रलाई उद्योग, व्यापार र अन्य सेवा क्षेत्रसँग एकाकार गर्न र ग्रामिण क्षेत्रलाई आत्मनिर्भर बनाउन ग्रामिण विकास कार्यक्रम लागु गरिनेछ । देशको वन जंगल र अन्य प्राकृतिक श्रोतको विनासलाई रोकी वन जंगलको विकास र सम्बद्र्धन गरिनेछ वातावरणको संरक्षण गरिनेछ ।
कृषि क्षेत्रमा काम गर्ने कृषि मजुदुरहरुको लागि जीवनयापन गर्न पुग्ने न्युनतम ज्याला कानून बमोजिम तोकिनेछ ।
उद्योगको क्षेत्रमा
देशको समृद्धि तथा विकासको निम्ति एवम् आम जनताको गरीवी, सामाजिक आर्थिक पछौटेपन र असमानताको अन्त्य गर्दै समतामूलक सामाजीक आर्थिक विकासको निम्ति औद्योगिक क्रान्तिको योजना कार्यान्वयन गरिनेछ ।
उद्योगको क्षेत्रमा रहेको साम्राज्यवाद, वैदेशिक एकाधिकर पूँजीवाद, दलालतथा नोकरशाहि पूँजीवादको प्रभुत्व, नियन्त्रण र शोषणलाई समाप्त पारिनेछ । उद्योगको विकासमा प्रत्यक्ष वा परोक्ष रुपमा अवरोध ल्याउने वाह्य सन्धि संझौताहरुलाई हाम्रो हित अनुकुल बनाउन आवश्यक कदम चालिनेछ, राष्ट्रिय पूँजीलाई उद्योग विकासमा संलग्न गर्ने उद्देश्यले संरक्षण र प्रोत्साहन दिइनेछ । अर्थतन्त्रमा ढाँचागत परिवर्तन गरि गतिशिलता ल्याउने, कृषिमा रहेको अर्ध वेरोजगारी र देशमा विद्यमान बढ्दो वेरोजगारी अन्त गर्ने र अर्थतन्त्रलाई सक्षम दरिलो र आतमनिर्भर बनाउने लक्ष्य राखि औद्योगिक क्रान्ति अन्र्तरगत कुठिर मझौला तथा ठूला उद्योगको स्थापना र विकास गरिनेछ ।
रक्षा लगाएत आम जनसमुदायको वृहद आर्थिक सामाजीक हित र सुविधासंग सम्बन्धित उद्योगहरु सरकारी स्वामित्वम राखि सञ्चालन गरिनेछ । कृषि उत्पादनमा प्रयोग हुने विउ, मल, निर्माण कायृम प्रयोग हुने सिमेण्ड तथा आम जनताको उपभोग्य सामान जस्तै खाद्यान्य लत्ताकपडा र अन्य दैनिक आवस्यकताका वस्तुसंग सम्बन्धित उद्योग देखि लिएर सार्वजनि सेवासंग सम्बन्धित उद्योग विजुलि, पानी, टेलिफोन, संचार, यातायत, हुलाक जस्ता आर्थिक सामाजीक हित र सविधासंग सम्बन्धित उद्योगहरु राज्यको नेतृत्वमा सञ्चालन गरिनेछ ।
राष्ट्रिय पूँजीपति वर्गको विकास गर्ने र उनीहरुको कुटिर एवम् अन्य उद्योगको बृद्धि गर्ने ढंगले औद्योगिक नीतिको निर्माण गरिनेछ । देशलाई आत्म निर्भर बन्न सहयोग पु¥याउने र तुलनात्मक रुपमा बढि लाभ दिने आयात प्रतिस्थापन उद्योगको विकासमा प्राथमिकता दिइनेछ र यस्ता उद्योगमा सरकारी क्षेत्रको मुख्य संलग्नता रहनेछ । निजी क्षेत्रलाई पनि संरक्षण दिई यस्ता उद्योगके स्थापना र संचालनमा प्रोत्साहित गरिनेछ । अर्थतन्त्रको आर्थिक वृद्धिदर, रोजगारी र विदेशि मुद्रा आर्जन गर्ने तथा अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धात्मा रुपबाट माथि आउने खालका निर्यातमूलक उद्योगको स्थापना, विकास र विस्तारमा निजी क्षेत्रलाई नै मुख्य रुपमा संलग्न गरिनेछ ।
देशम विद्यमान रहेको सरकारी र निजी पूँजीको अधिकतम परिचालन गरि विदेशी लगानी र प्रविधि हस्तान्तरणद्धारा देशभित्र विद्यमान प्रकृतिक श्रोत साधनको उपभोग गरि आयत प्रतिस्थापन रनिर्यात प्रवद्र्धन उद्योगको विकासमा जोड दिइनेछ । हाल सम्म विदेशि लगानी र प्रविधि हरुतान्तरणद्धारा स्थापित उद्योगहरुलाई राष्ट्रिय हित अनुकुल परिमार्जन गरिनेछ ।
देशको संविधान र ऐन कानुनको अधिनमा राष्ट्रिय अर्थतन्त्रमा अनुकूल असर पार्ने सिम निधाृरण गरि विदेशि पूँजी र प्रविधिलाई देशभित्र ल्याउन अनुमति दिइनेछ । अनुमति दिँदा स्वदेशि कच्चा पर्दाथ तथा श्रमको उपयोग, देशको आवश्यकताको पूर्ति, निर्यात तथा सरकारी वा निजी क्षेत्रसंग हुनसक्ने संयुक्त लगानीको सम्भावना आदीको मूल्याङन गरिनेछ । विदेशि पूँजीको संरक्षण गर्ने कानूनी व्यवस्था समेत मिलाइनेछ ।
औद्योगिक नीति निर्माण गर्दा सन्तुलित क्षेत्रिय विकासलाई सुनिश्चत गर्नमा जोड दिइनेछ । ग्रामिण क्षेत्रमा कुटिर र साना उद्योग स्थापना गर्न प्रोत्साहन दिने र बजार व्यवस्था गर्ने नीति अबलम्वन गरिनेछ ।
स्वदेशी श्रमिकहरुलाई उद्योग व्यवसायमा संलग्न गर्न र विदेशि श्रमिकलाई प्रतिस्थापित गर्न स्वदेशि अदक्ष श्रमिकलाई तालिमको व्यवस्था गरिनेछ । श्रमिक तालिमको लागि प्राविधिक विद्यालयहरु स्थापित गरिनेछ । उद्योग व्यवसायको क्षेत्रम मजदूरहरुलाई आठ घण्टा भन्दा बढी काममा लगाउन नपाइने बन्देज लगाइनेछ । जीविकाको लागी पुग्दो ज्यालादर, आवास, शिक्षा, स्वास्थ्य र मजूदरहरुको निम्ति अन्तराष्ट्रिय मन्यता प्राप्त सम्पूर्ण अधिकार र सुविधहरु पाउने ग्यारेण्टी गरिनेछ ।
सरकारि संस्थाहरको विकास र सम्बद्र्धन गर्न तथा संस्थाको उद्देश्य अनुरुप सञ्चालन गर्नउपयुक्त नीति लिइनेछ ।
व्यापारको क्षेत्रमा
व्यापारलाई राष्ट्रिय हित अनुरुप विविधिकरण गर्ने, स्वतन्त्र विदेशि वयापार नीति अबलम्बन गर्ने तथा राष्ट्रिय उद्योगहरुको निमित्त बजार सुनिश्चित गर्ने नीति अवलम्बन गरिनेछ ।
व्यापार र राष्ट्रिय बजारमा रहेको दलाल नोकरशाही एकाधिकार र प्रभुत्वलाई समाप्त पार्ने वितरण र आपूर्ति व्यवस्थालाई भरपर्दो र सुलभ वनाउने तथा साना व्यपारीको हितको संरक्षण गर्ने नीतिलाई अगाड िबढाइनेछ ।
व्यापार तथा पारवहनको क्षेत्रमा रहेको असमान सन्धि संझौताहरुलाई समाप्त पारी पारस्परिक आभको आधारमा नेपालको व्यापार क्षेत्रमा हित संरक्षण हुने नीति अवलम्वन गर्न पहलकदमी लिइनेछ र अन्तराष्ट्रिय मान्यता अनुरुप भूपरिवेष्ठित देशले पाउनु पर्ने पारवहन सुविधा प्राप्त गर्नेतर्फ ठोस पाइला चाल्नेछ ।
उर्जा तथा जलश्रोत क्षेत्रमा
कृषि विकास र औद्योगिकरणलाई उर्जा प्रणलीसंग एकीकृत गर्ने, सन्तुलित क्षेत्रीय विकासको प्रबद्र्धन गर्ने, उर्जाको निर्यातलाई बढावा दिने, वातावरण संरक्षण गर्ने नीति लिदै उर्जा कार्यक्रमको निर्माण गरिनेछ । राष्ट्रको औद्योगिकरण र जनताको दैनिक उर्जा उपभोगमा विधुत शक्तिलाई प्रमुख श्रोतको रुपमा स्थापना गरिनेछ । ग्रामिण क्षेत्रमा विजुलीलाई सुपथ मूल्यमा सर्वसुलभ बनाउने निति लिइनेछ । उर्जाको विकासको लागि सरकारले प्रवर्तकको भूमिका निर्वाह गर्नेछ र वन, जलश्रोत, वायु तथा सौर्य उर्जाका श्रोतहरु स्थानीय जनताको हक र अधिकारको रुपमा मान्यता पाउने रम्पराको थालनी गरिनेछ । यी श्रोतहरुको विकासमा स्थानीय जनतालाई सहभागि बनाउने निति लिइनेछ । उर्जा सम्बन्धी विभिनन निकनयअरुलाई एकिकृत रुपमा सञ्चालन गरिनेछ । जलविधुतको विकासको लागि लघु तथा साना योजनाहर स्थानीय जनताको स्वामित्व तथा सकृयतामा सञ्चालन गर्न जोड दिइनेछ । ठूला आयोजनाहरु सरकारि प्राधिकरण वा वोर्डको मातहतमा राखिनेछ । अन्तर्राष्ट्रिय महत्वका बहुउश्यीय आयोजनाहरुलाई अन्तराष्ट्रिय वोर्डका व्यवस्थापनमा समेत सञ्चालन गरिनेछ । सस्मा नदीहरु (जस्तै मेची महाकाली नदी) को उपयोग बराबरि वा साझेदारीको आधारम ागर्ने नीति अवलम्वन गरिनेछ ।
सार्क स्तरिय अन्तर्राष्ट्रिय पावर लाइनको स्थापना गर्ने र सो प्रणलीमा नेपाल लगाएत अन्य सार्क देशहरुलाई समेत समावेश गराउन जोड दिइनेछ । जलश्रोतको एकीकृत प्रयोजनको लागि शक्ति संचय गर्ने आयोजनाहरु (जस्तै सेति, बुढि गण्डकी), बहुउद्द्श्यीय सञ्चय आयोजनाहरु (जस्तै कन्कनइ, राप्ती) अधिक पानी भएका नदिलाई ल्याएर कम पानी भएका नदीमा मिसाउने आयोजना (जस्तै सुनकोशि –कमला, कालिगण्डकी–तिनउ, भेरि–ववई आद)ि हरुलाई कार्यन्वयन गर्ने काममा प्राथमिकता दिइनेछ । सिंचाइ, औद्योगिकरण, जल यातायत, जनतमको दैनिक उपभोग तथा विकासको आधारशिला निर्माण गर्ने बहुआयमिक जलश्रोत कार्यमा प्रयोग हुने भएकोले यसको विकास र प्रयोगमा समाज्यस्यता ल्यउने नीति अवलम्वन गरिनेछ ।
नेपालको जलश्रोतमा नेपाली जनताको अक्षुण्ण सार्वभौमिक अधिकारीलाई रक्षा गर्ने नीति अवलम्वन गरिनेछ ।
यातायत र सञ्चार
राष्ट्रिय यातायत नीति र कार्यक्रम तयार गरि देशका सबै दुर्गम ठाउँहरुसम्म यातायत सुविधा पु¥याइनेछ । सडक, जल, रेल, हवाई, रज्जुमार्ग, यातायत सेवाको सम्भाव्यता, मितव्ययिता तथा क्षेत्रीय र स्थानीय प्राथमिकताको आधारमा यातायत क्षेत्रको समुचित विकास गरिनेट ।
सार्वजनीक संचार माध्यमहरुले सत्ता पक्षको गुणगान गाउने परिपाटिलाई अन्त्य गरि जनता र राष्ट्रको सेवामा लगाउने छ ।
पर्यटन
पर्यटन उद्योग विदेशि मुद्रा आर्जन गर्ने, जनताको आयस्तर र रोजगारी बढाउने माध्यम भएकोले हिमाल, पहाड, उपत्यका र तराई क्षेत्रमा पर्यटनस्थल निर्माण गर्ने र पर्यटन विकासमा आवश्यक पर्ने भौतिक पूवार्धारहरु तयार गरी पर्यटन उद्योगको विकास र विस्तार गरिनेछ ।

स्थानीय र क्षेत्रीय विकास
देशको विभिन्न भनगमा रहेका जनताको विकासमा प्रत्यक्ष संलग्नता बढाउन र विकास कार्यक्रमहरुको लाभ उनीहरुमा पु¥याउने उद्देश्यले विकासको आधारशिला स्थानीय तहमै निर्माण गर्नु आवश्यक हुन्छ । स्थानिय आवस्यकता र सम्भाव्यताको आधारमा स्थानीय तहदेखि योजना निमार्ण गर्ने र स्थानिय, जिल्ला तथा क्षेत्रीय विकाुको अवधारणा अनुरुप विकेन्द्रित योजना प्रणाली अपनाउदाँ मात्र योजना प्रणालीलाई बडी प्रजातान्त्रिक समेत बनाउन सकिनछ । त्यकारण स्थानीय तहमै योजना निर्माण गर्दै स्थानीय , क्षेत्रीय र राष्ट्रिय प्रथमिकताको आधारमा विकास निर्माणको काम अघि बढाउने नीति अवलम्वन गरिनेछ । देशमा रहेको साधन श्रोतको समुचित प्रयोग र स्थानीय श्रम शीपको उपयोग गर्ने जस्तो दुवै दृष्टिकोणले यो नीतिलाई समग्र विकासको प्रमुख आधार बनाइनेछ ।
बढ्दो वर्गीय असमानता, बसाइ सराईको समस्या, शहर र गाँउबिच बढ्दो दुरी र केअि सीमित क्षेत्रमा मात्र सुविधा र विकास गतिविधि केन्द्रत गर्ने पूँजीवादी मुनाफाखोर प्रवृतिलाई अन्त्य गरी जनवादी अर्थतन्त्र निमार्ण गर्ने दृष्टिकोणबाट विकास निमार्णका गतिविधि सञ्चालन गर्ने र विकासको लाभ उपेक्षित आधारभूत वर्गका जनताबिच पु¥याउन स्थानीय विकास को माध्यमलाई देशको समग्र विकासको नमुनाको रुपमा अघि बढाइनेछ । यसको लागि योजना प्रकृयामा तदअनुरुपको सांगठनिक र संस्थागत व्यवस्था गरिनेछ ।
विविध

वासविहिन प्रत्येक नेपालीको बासको लागि जमिन उपलब्ध गराई बास निर्माणमा सहयोग पु¥याइनेछ ।
क्रमिक रुपमा वेरोजगारिको अन्त्य गरिनेछ र सबै सक्षम नागरिकले काम पाउने अधिकारको रुपमा संवैधानिक व्यवस्था गरिनेछ ।
देशमा लगातार बढिरहेको मुद्रा र मुद्रास्फीतिलाई प्रभावकारी ढंगले नियन्त्रण गरिनेछ । यसको लागि आपूर्ति व्यवस्था सबल बनाईनेछ र व्यापारमा रहेको सबै एकाधिकारहरु अन्त्य गरिनेछ । सरकारि स्तरबाट विभिन्न दैनिक आवस्यकताका वस्तु सुपथ रुपमा उपलब्ध गराउने व्यवस्था मिलाईनेछ । सहकारी संस्थाहरुको स्थापना गर्ने र उनीहरुलाई यसमा संलग्न गराउने नीति लिइनेछ । मूल्य वृद्धिको अनुपातमा मजदूर र सम्पूर्ण ज्यालादारीहरुले स्वत महङ्गीभत्ता पाउने कानूनी व्यवस्था गरिनेछ ।
विदेशि सहयोगको उपायोग राष्ट्रिय प्राथमिकताको आधारमा लिने र परियोजनाको आर्थिक सामाजीक मापदण्डक आधारमा आधारमा सम्भाव्यता हेरि विदेशि सहायताबाट संचालित परियोजनाको बढी प्रतिफल लिदैं अर्थतन्त्रको समग्र कार्यदक्षता र उतपादक क्षमता बढाउने नीतिलाई उच्च प्रथमिकता प्रदान गरिनेछ ।

समन्वयात्मक रुपबाट राष्ट्रिय, क्षेत्रिय र स्थानीय तहमा मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरि त्यसको आधारमा सरकारी खर्च र लागानी नीति अवलम्वन थर्ने, लगानीको सक्षमता बढाउने, वृहद लक्ष्य अनुरुप उत्पादन बृद्धि गर्ने, रोजगारी बढाउने, आय आर्जन गर्ने तथा निश्चित अवधीभित्र गरीवि समाप्त पार्ने उद्देश्य राखी कार्यक्रमहरु सञ्चालन गरिनेछ । यस्तो आयोजना निमार्ण गर्दा विभिन्न क्षेत्रमा हुने वा हुनुपर्ने नीजि क्षेत्रको भूमिकालाई पनि प्रष्ट पारिनेछ ।
राजश्व र करनीतिलाई बढ िप्रगतिशील, पारदर्शक र विकृतिमुक्त बनाउने नीति लिइनेछ र निजी क्षेत्रको उत्पादनशील क्षेत्रमा संलग्नता बढाउने, पूँजीवादी मुनाफाखोर लगानी प्रवृत्तिलाई निरुत्साहित गर्न, विभिन्न वर्गबीचको आर्थिक असमानता कम गर्न र विकास कार्यमा पूर्ण सहयोग प्राप्त हुने किसिमले राजश्व परिचालन गर्न प्रत्यक्ष कर निम्न र स्थीर आय भएका जनतालाई प्रतिकूल असर नपर्ने गरी लगाइने छ ।
विकास प्रशासनलाई चुस्त–दुरुस्त, प्रभावकारी र जनमुखि बनाइने छ । कमिशनतन्त्र र भ्रष्टचारलाई निर्मूल गरिनेछ ।
असुरक्षित ठाँउको जानतालाई सुरक्षित ठाँउमा बसोबास गराउने व्यवस्था गरिनेछ ।

३.११ संस्कृति तथा शिक्षा
सामन्ती तथा साम्राज्यवादी साहित्य संस्कृतिको कुप्रभाव अन्त्य गरी सामाजीक कुरुति र अन्धविश्वासहरु समाप्त पारी प्रगतिशील, एवम् जनवादी साहित्य संस्कृतिको विकास गरिनेछ । समाजको सबै क्षेत्रमा जनवादी रुपान्तर गर्नको निन्ति सामाजीक सुधारको कार्यक्रमलाई योजनावद्ध रुपमा अघि बढाइनेछ । ऐतिहासिक र धार्मिक स्थलहरुको जिर्णोद्धारा तथा संरक्षण गरिनेछ ।
नवउपनीवेशवादी वर्तमान शिक्षा प्रणालकिो अन्त्य गरिनेछ । शिक्षा क्षेत्रमा रहेको सामन्ती तथा साम्राज्यवाद िसबै प्रकारका कुप्रभावलाई अन्त गरिनेछ ।
शिक्षा पाउनु प्रत्येक व्यक्तिको मौलिक अधिकार हो । आधुनिक, प्रगतिशिल र उच्चकोटीको गुणात्मक शिक्षाको निम्ति साधाराण ताथ व्यवसायीक र उच्च तथा विशिष्टिकृत शिक्षा प्रणाली एवम् योजनालाई पुर्नगठित गरिनेछ ।
शिक्षा औपचारीक अनौपचारीक दुबै प्रकारको हुनेछ ।
राष्ट्रव्यापी रुपमा पूर्व प्रथमिक, प्रथमिक तथा माध्यमिक तहको शिक्षालाई क्रमिक रुपले अनिवार्य र निशुल्क गराइनेछ । माध्यमिक तहमा व्यवसायिक कार्यमूलक शिक्षालाई समावेश गरिनेछ ।
धार्मिक, वर्ण, जात, पेशा, भाषा तथा आर्थिक तथा सामाजीक अवस्था आदीका आधारमा कुनै भेदभाव नराखी सबैलाई शिक्षाको समान अवसर प्रदान गरिनेछ ।
पाठ्यपुस्तक तथा पाठ्यसामाग्री एवम् आर्थिक भौतिक सहयोगहरु प्रदान गरिनेछ र विशेष रुपमा महिला, उत्पीडित जाति तथा आधारभूत वर्गलाई प्रथमिकता दिइनेछ ।
अहिले प्राथमिक तहसम्म अभिभावक एवम् विद्यार्थीको रुची र छनौट अनुसार मातृभाषा वा प्रचलित भाषामा शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने छ ।
वास्तवीक प्रजातन्त्र र स्वधीनतालाई आत्मसाथ गर्ने र व्यवहारमा उर्तान सक्ने शिक्षा दिने थालेको रुपमा सबै शिक्षालयहरुलाई स्थापितर विकसित गरिनेछ ।
शिक्षा क्षेत्रमा कार्यरतत सबै शिक्षक तथा कर्मचारकिो हक हितको संरक्षण एवम् संमबद्र्धन गरी समाज सम्मानीत व्यक्तित्वका रुपमा स्थापित गर्ने व्यवस्था मिलाईनेछ ।
राष्ट्रिय स्तरमा निमार्ण गरिएका शिक्षा योजनाको अधिनमा रहि विना कुनै प्रशासनि हस्तक्षेप प्राज्ञिक स्वतन्त्रताको उपभोग गर्ने ग्यारेण्टी गरिनेछ ।
विना कुनै भेदभाव उच्च शिक्षा हासिल गर्न सक्ने सबै शिक्षार्थीहरुलाई उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरिनेछ ।
विभिन्न पेशामा संलग्न प्राथमिक तथा माध्यमीक शिक्षा हासिल गर्न नसकेका कामदारहरुलाई सम्वन्धित निकाय मार्फत सांयकालीन, प्रातकालीन वा पत्रचारको माध्यमद्धारा उपयुक्त शिक्षा दिने व्यवस्था मिलाइने छ ।
शिक्षाको योजना र नीति तय गर्ने, प्रभावकारी पठ्नपाठन एवम् अनुसन्धान गर्ने, पाठ्यपुस्तक तथा पाठ्य सामग्री तयार गर्ने र शिक्षा योजनालाई प्रभावकारी रुपमा कार्यान्वयनका रुपमा शिक्षा शास्त्र सम्बन्धी निकायलाई विशेष रुपमा संगठित र व्यवस्थित गरिनेछ ।
देशको आवश्यकता अनुसार शिक्षाको विविध पक्ष र विषयगत क्षेत्र समेतलाई आधार मानी बहुविषय विद्यालयको तर्जुमा गरी उच्चशिक्षा प्रदान गर्ने व्यवस्था गरिनेछ ।
महिला तथा उतपीडित जातीको शिक्षको विशेष कार्यक्रम निर्माण गरि उनीहरुलाई शिक्षा दिने व्यवस्था गरिनेछ । उच्चशिक्षामा महिलाहरुलाई विशेष सुविधा र प्रोतसाहन दिने व्यवस्था गरिनेछ ।
शिक्षण क्षेत्रको अद्यावधिक ज्ञान सीपबारे अवगत गराई कार्यक्षमता र दक्षतामा बृद्धि गरी शिक्षकहरुको सर्वाङ्गीण वयक्तित्व विकासमा लागि आवश्यकता अनुसार पुनर्ताजगी तालिमको व्यवस्था गरिनेछ ।
३.१२ जाती, धर्म र भाषाको सम्बन्धमा
कुनै पनि एउटा धर्मको एकाधिकारलाई अन्त्य गरी सबैलाई धार्मिक स्वतन्त्रता र समानता प्रदान गरिनेछ ।
जाती, भाषा र भेषभुषामा रहेको सबै एकाधिकार र विशेषधिकारहरुको अन्तय गरिनेछ । सबै क्षेत्रमा समानता तथा जनवादी अधिकारको ग्यारेण्टी गरिनेछ । पछि परेका जाती, भाषा, साहित्य र संस्कृतिको ऐतिहासिक संरक्षण, सम्बद्र्धन र विकासको निम्ति विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
३.१३ स्वास्थ्यको सम्बन्धमा
स्वास्थ्य सेवाको विद्यमान स्वरुपमा आमूल परिवर्तन गरी स्वास्थ्यलाई मानव अधिकारको रुपमा ताथ सुविधामा होइन अधिकार हो भन्न्े तथ्यलाई अंगिकार गरी सो अनुरुप नीतिहरु तय गरिनेछ । एलोपेथिक, आयुर्वेदिक, अक्युपन्चर र प्राकृतिक लगाएत सबै उपचार पद्धतिलाई समन्वयात्मक ढंगले विकास गरिनेछ ।
स्वास्थ्य सेवालाई अत्यावश्यक एवम् विशिष्ट सेवाको रुपमा छुट्टै संवैधानिक एवम् कानूनी व्यवस्था गरिनेछ । साथै सबै खाले स्वास्थ्यकर्मीहरुको छुटाछुट्टै स्वायत्त पेशागत संगठनमार्फत हकहितको संरक्षण तथा मर्यादित सेवा पु¥याउने वैधानिक व्यवस्था गरिनेछ ।

जनतालाई स्वास्थ्य सेवाको क्रममा हुने दुर्घटना एवम् हानी नोक्सानीको क्षतिपूर्ति दिएने कानूनी व्यवस्थ गरिनेछ ।
औषधि व्यवस्था अत्यावश्यक राष्ट्रिय औषधी नीति प्रयोग गर्ने प्रोटोकल व्यवस्था तथा यस क्षेत्रमा आत्मनिर्भरताका नीति लिइनेछ र बहुराष्ट्रिय औषधि कम्पनिहरुको शोषणबाट देशलाई मुक्त गरिनेछ ।
गैरसरकारी स्वास्थ्य संस्थाहरुलाई राष्ट्रिय स्वास्थ्य नीति अन्तर्गत निर्देशित दिशामा काम गर्ने प्रोत्साहित गरिनेछ ।

३.१४ महिलाहरुको सम्बन्धमा

महिलाहरु माथि भइरहेका सबै प्रकारको शोषण उत्पीडनहरु, अपहरण, वेचविखन, देहव्यापार तथा सामाजिक कुप्रथाको अन्त गरिनेछ ।
पैत्रिक सम्पतिमा छोरा छोरिको समान हक स्थापित गरिनेछ । महिला र पुरुषबिच समान कामको समान ज्यालालाई प्रभावकारी ढंगले लागू गरिनेछ ।
राष्ट्रिय र सामाजिक जीवनका सबै क्षेत्रहरुमा महिला पुरुष विच पूर्ण समानताको ग्यारेण्टी गरिनेछ ।
महिलाहरुमा रहेको अज्ञानता पछौटेपन हटाउन विशेष कार्यक्रम चलाईनेछ । सामाजिक सुरक्षाको ग्णरेण्टी गर्ने र अपराधी तत्वहरुमाथि कडा सजायको व्यवस्था गरिनेछ ।
राजनैतिक, आर्थिक, सामाजीक जीवनका हरेक क्षेत्रमा महिलाहरुको सकृय सहभागितालाई बढाउँदै लगिनेछ ।
३.१५ सामाजिक सुधारका सम्बन्धमा
सामाजिक कुरीति, अन्धविश्वास, रुढीगत धारणहरुलाई सामाजिक सांस्कृतिक सुधार आन्दोलन चलाइ हटाउँदै लगिनेछ ।
समाजमा व्यप्त जातपात, छुवाछुत, प्रथाको प्रभावकारी रुपमा अन्त्य गरिनेछ ।
असहाय भएका वृद्ध तथा अपाङ्ग, अनाथ बालबालिकाको स)रक्षण राजयले गर्नेछ ।

३.१६ न्याय व्यवस्थाको सम्बन्धमा
न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाइनेछ । न्ययपालीकाको क्षेत्रमा कार्यकारिणीले हस्तक्षेप गर्न नपाइने संवैधानिक व्यवस्था गरिनेछ ।
पेशा र ओहोदाले किनबेच गर्नसक्ने प्रतिक्रियावादी न्यायप्रणलीको अन्त्य गरिनेछ ।
अभियुक्तलाई शारीरिक र मानशिक यातना निदे अमानवीय प्रथाको अन्त्य गरिनेछ ।
असहायको निमित्त निशुल्क कानूनी सेवा उपलव्ध गराइनेछ । र प्रगतिशिल न्याय व्यवस्था कायम गर्न कानुन व्यवसायीहरुको संगठित सहभागिता कायम गरिनेछ ।
३.१७ प्रशासन र कर्मचारीको सम्बन्धमा
वर्तमान नोकरशाही वप्रशासन प्रणलीलाई पूर्ण रुपमा समाप्त पार्ने र जनकल्याणकारी प्रशासनिक व्यवस्थाको स्थापना गरिनेछ ।
तस्करी, घुसखोरी, भ्रष्टचार, कालोबजारी, नातावाद जस्ता सामाजिक विकृतिको अन्त्य गरिनेछ र उनीहरुको हकहितको संरक्षण गरिनेछ ।
साना कर्मचारीमाथिको नोकरशाही उत्पीडनको अन्त्य गरिनेछ र उनीहरुको हकहितको संरक्षण गरिनेछ ।
निजामति कर्मचारीलाई उनीहरुको सेवागत हकहितको संरक्षण गर्न स्वतन्त्र संगठन बनाउने कानूनी अधिकार प्रदान गरिनेछ । अन्यायपूर्ण ढंगले निकालिएका कर्मचारीहरुलाई ससम्मान पुर्नवहाली गरिनेछ । राजनीति वा राजनैतिक दल प्रतिआस्थावान रहेके वा संलग्न रहेका कारण् उनीहरुलाई सताउने वा कार्वाहीको विषय बनाउन नपाउने कानुनी व्यवस्था गरिनेछ ।
ठूला साना कर्मचार िबिचको तलबदरले वर्तमानमा ठूलो असमानतालाई साना कर्मचारीको तलव वृद्धि थरि सीमित पारिनेछ । सबै कर्मचारीको जीवन निर्वाह गर्नपुग्ने तलब निर्धारण गरिनेछ । मूल्यवृद्धिको वर्षेनी सूचक अंकको दाँजोमा निजामती कर्मचारीहरुले स्वत महङ्गीभत्तापाउने व्यवस्था गरिनेछ ।
निजामति सेवालाई कनुनमा निस्पक्ष बनाइनेछ । येग्यता इमान्दारीताको आधारमा पदोन्नतिको व्यवस्था गरिनेछ । कर्मचारीमा उत्तरदायित्वको धारणा अभिवृद्धि गर्ने हेतुले सेवा र कामको मूल्यांकनको आधारमा सजाय र पुरस्कार को उचित व्यवस्था गरिनेछ । निजामति कर्मचारीहरुको नोकरीको कानुनी सुरक्षा गरिनेछ ।
निजामति र जंगी सेवाको निवृत्त कर्मचारीको हकहितको संरक्षण गरिनेछ ।
पार्टी र राजनेताहरु तथा उच्चपदस्थ अधिकारीहरुको सम्पत्ति जाँच गर्ने व्यवस्था गरिनेछ ।
३.१८ प्रवासी नेपालीको सम्वन्धमा
कुनै पनि प्रवासमा बसेका प्रवासीनेपालीहरुले पाउनु पर्ने राष्ट्रिय र अन्तराष्ट्रिय हक अधिकार प्राप्तिको निम्ति सम्बन्धित देशको सरकारसंग द्धिपक्षिय वार्ता गरी समस्या समाधान गर्न प्रयत्न गरिनेछ ।
देशभित्र शोषण उत्पडिन र वेरोजगारीको अन्त गरी प्रवासन र आप्रवासनको प्रकृयालाई प्रभावकारी ढंगले राकिनेछ ।
स्वेच्छाले वा जवरजस्ती लखेटिएका र विदेशबाट फर्किएका नेपालीको बसोवास व्यवस्था गरिनेछ ।
३.१९ विदेश सम्बन्धको बारेमा
असंलग्न, स्वतन्त्र, प्रगतिशिल विदेश नीति अपनाइनेछ ।
कुनै पनि विदेशि मुलुकहरुसंग तथा अन्तराष्ट्रिय संघसंस्थाहरुसँग गरिएको सबै गुप्त सन्धिहरु खुल्ला गरिनेछ । सबै असमान सन्धि संझौताहरुलाई पञ्चशीलको आधारमा नवीकरण गरिनेछ ।
भारत र चीन दुवै छिमेकि मुलुकहरु संगको सम्बन्धलाई पंचशिलको सिद्धान्तको आधारमा स्थापित र विकसित गरिनेछ । यी दुई छिमेकि मुलुकहरुसंगको असल छिमृकि सम्बन्धलाई गाढा पार्दै लगिनेछ ।
देशको राष्ट्रिय हितको आधारमा विश्वको सवै मुलुकहरुसंग मैत्रीपूर्ण सम्बन्ध स्थापित गरिनेछ ।
दक्ष्णि एसियामा क्षेत्रिय संगठन सार्क का देशहरुसंगको मैत्रिलाई सुदृढ पारिनेछ र सार्कलाई वास्तवीक क्षेत्रिय सहयोगको संगठनको रुपमा विकसित र सुदृढ गर्न प्रभावकारि नीति अवलम्वन गरिनेछ । दक्षिण दक्षिणको सहयोगलाई विस्तार गरिनेछ ।
अन्तराष्ट्रिय अधिकार अनुरुप भूपरिवेष्टित मुलुकले पाउनु पर्ने पारवहन सुविधालाई स्थायि र प्रभावकारि बनाउने तर्फ काम गरिनेछ ।
स्वतन्त्रता, समानता, पारस्परिक लाभको आधारमा विश्वका सबै मुलुकसँ आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक र वाणिज्य सम्बन्ध कायम गरिनेछ र विस्तार गरिनेछ ।
संयुक्त राष्ट्र संघलाई समर्थन गर्दै यसलाई स्वतनत्र,निस्पक्ष, सुदृढ र प्रभावी बनाउने विषयमा जोड दिइनेछ ।
साम्रज्यवाद, नवउपनिवेशवाद, रंगभेद, विदेशि थिचोमिचो, हस्तक्षेपको विरोध गर्नै शान्ति, स्वाधिनता, समानता र राष्ट्रिय सार्वभौमिकताको पक्ष पोषण गरिनेछ ।
असंलग्न आन्दोलन, समाजवाद, सर्वहारा क्रान्ति, राष्ट्रिय तथा सामाजिक मुक्ति आन्दोलनलाई समर्थन, नाभिकीय शस्त्रास्त्र विरोधि, विश्व युद्ध, क्षेत्रिय युद्ध, आक्रमण, तनाव विरोधि शान्तिआन्दोलनलाई र विश्व मानव अधिकारतथा पयौवराण् आन्दोलनलाई समर्थन र सकृय सहयोग गरिनेछ ।
३.२० सेनाको सम्वन्धमा
सेनालाई राष्ट्र र जनताको सेवामा लगाइनेछ ।
सेनाको जनवादीकरण गरिनेछ ।
कुनै जाति, भाषी वा कुनै क्षेत्रको जनसमुदायलाई सेनामा प्रवेश गर्न रोक लगाइएको वर्तमान परिपाटिको अन्त गरी सबै नेपालीहरुलाई सेनामा प्रवेशको द्धारा खुल्ला गरिनेछ । योग्यता, इमान्दारीता र क्षमताको आधारमा नियुक्ति र पदोन्नतिको व्यवस्था गरिनेछ ।
सेनामा माथिका अफिसरहरुले तलका जवादहरुलाई शोषण, थिचोमिचो गर्ने वर्तमान परिपाटीकोलाई हटाइ सेनामा सबै अफिसरदेखि जवानसम्म सबैका संवैधानिक कानूनी प्रजातान्त्रिक अधिकारको संरक्षण गरिनेछ ।

३.२१ भू.पू सैनिकहरुको सम्बन्धमा

विदेशि तथा स्वदेशी सैनिक सेवावाट अवकाश प्राप्त भू.पू सैनिकहरुले प्राप्त गर्दै आएको सुविधा र पेन्सन पाइरहने व्यवस्थाको ग्यारेण्टिी गरिनेछ ।
भू.पू सैनिकहरुले सेवामा रहँदा प्राप्त गरेको शिक्षा, ज्ञान र शीपहरुको मान्यतास्तर निर्धारण गरी समान रुपमा रोजगारीको औसर दिइनेछ ।
भू.पू. सैनिकका परिवारहरुको शिक्षा दीक्षा र औषधी उपचारको विशेष व्यवस्था गरिनेछ ।
भू.पू. सैनिकहरु तथा कार्यरत सैनिकहरुको हकहित र अधिकारका साथै अन्य सुविधाको निम्ति उपयुक्त मन्त्रालय अन्तर्गत विभागीय व्यवस्था गरी सरकारी सेवा प्रदान गरिनेछ ।
सैनिक सेवामा रहँदा प्राप्त गरेका सम्मानजनक पदक, प्रमाणपत्र र दर्जालाई उचित कदर गरिनेछ ।
३.२२ खेलकुदको क्षेत्रमा
राष्ट्र र जनताको सेवामा अभिप्रेरित गर्न जनताको मानसिक र स्वास्थ्य तन्दुरुस्ती राख्ने कुरालाई ध्यान दिंदै खेलकुदको क्षेत्रलाई संस्थागत रुपमा विकास गराउन विशेष जोड दिइनेछ ।
खेलकुदको विकासको लागि स्कुल र क्याम्पसमा तहदेखि नै योजनावद्ध ढंगले नियमित रुपमा प्रशिक्षण गराउने र स्वास्थय प्रतिस्पर्धाको आधारमा राष्ट्रिय स्तरका खेलाडिहरुको विकास गरिनेछ ।
खेलाडि, प्रशिक्षक र विभिन्न खेलकुद क्लवहरुलाई प्रोत्साहित गर्न आकर्षक पुरस्कार, सम्मान र आर्थिक तथा भौतिक सुविधा प्रदान गरिनेछ ।
सरकारी स्तरको साथसाथै गैह्र सरकारी क्षेत्रवाट समेत खेलकुदको विकासको निम्ति सहभागी गराउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतिस्पर्धा नियमित रुपमा सञ्चालन गरिनेछ ।



४. यस कार्यक्रमका थप विशेषताहरु
४.१ संविधानको सर्वोच्चता
संविधान देशको मूल कानून हो र देशको सम्पूर्ण राजनीतिक आर्थिक क्रियाकलापहरु र वर्गहरुको भूमिका एव्म अन्तरसम्बन्धहरुको व्याख्या गर्ने दस्तावेज हो । कुनै पनि वर्ग, संस्था ावा पार्टी विशेष संविधानन्दा माथि रहन सक्दैन । सबैको निम्ति संविधान समान रुपले अनुल्लंघनीय हुनुपर्छ । संशोधन गर्न सकिने निश्चितप्रावधानहरु संविधानमा रहन्छन् र त्यो लचिलो हुनु पर्छ । तर जवसम्म तयसमा संशोधन भएको हुँदैन, त्यसलाई कसैले पनि उल्लंघन थर्न पनउँदैन । सम्पूर्ण जनताको निश्चित अधिकार र कर्तवयको परिभाषा गर्ने दस्तावेज भएकोले कुनै पनि एउटा पक्षबाट त्यसमाथि थिचोमिचो हुनु हुँदैन । त्यकारण हामिले एउटा महत्वपूर्ण तत्वको रुपमा संविधानको सर्वोच्च्ता सामेल गरेका छौँ क्रान्तिकारी सत्ता, जनताको सत्ता पनि विधानविहिन हुनु हुदैँन, विधानसम्मत चल्नुपर्छ। कतिपय देशमा क्रान्तिकारी सत्तालाई संविधान भन्दा माथि राख्नाले भएको अराजकताको परिमाण हानीकारक भएको कुरा सर्वविदित छ । समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सकनुपर्छ र संविधान सर्वोच्च हुनुपर्छ ।
४.२ बहुलवादी खुल्ला समाज
प्रत्येक वयक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने र बोल्ने तथा आफ्ना अनुभूतिहरु अभिवयक्त गर्ने स्वतन्त्रता हुनुपर्छ । यो स्वभाविक र प्रकृतिसंगत कुरा हो । त्यसको उल्टो केवल शाषक वर्ग र पार्टीको प्रशंसामा मात्र बोल्न पाइने र विरोधमा मुख खोल्न नपाइने वयवस्था अरु पक्षमा जतिसुकै राम्रो भए पनि टिकाउ हुन सक्दैन र प्रत्येक वयक्तिलाई सरमार, राजनीतिक पार्टीहरु, सामाजीक संस्थाहरु, नेताहरु र अधिकारीहरुको बारेमा आफुलाई लागेको कुराहरु स्वतन्त्र रुपमा बोल्न दिनेपर्छ । मुलुको संविधान र नियम कानूनको आधारमा प्रेस र पर्यटनको स्वतन्त्रता हुनुपर्छ र बाहिरी दुँनियाबाट अलगथलग, बन्द र बहुलवाद र खुल्लापन रहेन र त्यसको परिणम पनि राम्रो भएन । हामी बहुलवाद र खुल्ला समाजको पक्षमा छौँ ।
४. शक्ति पृथकीकरणको सिद्धान्त
समाजवादी देशहरुमा लामो समयसम्म व्यक्तिको हातमा शक्तिको अंतिकेन्द्रिकरण रह्यो । त्यसबाट समाजलाई लाभ होइन हानी भयो । त्यसपछि वयक्तिको हातमा हुने अति केन्द्रिकरणको आलोचना गर्दै विकेन्द्रित गर्ने प्रकृया शुरु भएको छ । तर वयक्तिको हातमा मात्र होइन, कुनै एउटा संस्थाको हातमा पनि अति केन्द्रिकरण हुनुहुँदैन । एउटौ स)स्थाको कार्यकारी, विधायी र न्यायिक अधिकार प्रायोग गर्ने केन्द्रिय शक्ति हुनुहुँदैन र राज्यका विभिन्न अधिकारीहरुलाई प्रयोग गर्ने केन्द्रमा पृथक निकायहरु हुनुपर्छ । अझ राज्यका अधिकार शासक पार्टीले प्रयोग गर्ने र राज्य र पार्टीबिचको भिन्नतालाई समाप्त गर्ने काम हुनुहुँदैन र राज्यको पार्टीबिच भिन्नता र अन्तर्सम्बन्धलाई ठीक डंगले सञ्चालन गरिनुपर्छ । यही अवधारणबाट हामीले शक्ति पृथकीकरणको सिद्धान्तलाई आफ्नो कार्यक्रममा समावेश गरेका छौं ।
४.४ मानव अधिकार रक्षा

दुनियाँ कम्युनिष्टहरु मानव अधिकारको पक्षमा छैनन् भन्ने पूँजीवादपन्थिहरुको व्यापक प्रचार छ ।कतिपय कम्यूनिष्टहरु पनि मानव अधिकारको रक्ष ागर्ने हाम्रो काम र कार्यक्षेत्र होइन भन्ने ठान्छन् । हामी मानव अधिकारको
पक्षमा छौं र लामो समयदेखि त्यस निम्ति संगठित रुपमा आएका छौ । अर्थमा कम्यूनिष्ट नै मानव अधिकारको सबभन्दा दृढ योद्धा हुन् । र हुनसक्छन् । त्यसकारण हामीले मानव अधिकारको रक्षलाई महत्वपूर्ण तत्वको रुपमा कार्यक्रममा समावेश गरेका छौं ।

४.५ बहुदलीय प्रतिस्पर्धाको प्रणली
संविधानको परिभाषाभित्र राज्यर तयसको निकायहरु सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र राजनीतिक पार्टीको एकाधिकार हुन सक्दैंन । अझ राज्यको बल प्रयोग गरेर एउटा मात्र पार्टीको एकाधिकार कायम गर्ने खोज्नुअत्न्त्य गैर जनवादी कुरा हो । अनेक वर्गहरु रहेको समाजमा, पेशागत विविधता रहेको स्थितिमा पनि र खासगरि वर्गीय विविधता भएको समाजमा अनेक राजनीतिक पार्टीहरु स्वभाविक रुपमा हुन्छन् । नागरिकको मैलिक अधिकारमा बन्देज नगर्ने हो भने स्वभाविक रुपमा राजनीतिक चिन्तनमाविविधताहरु पैदा हुन सक्छन् । अझ कम्यूनिष्ट पार्टी सर्वहारा श्रमजीवि वर्गको पार्टी हो र यो सम्पूर्ण वर्गहरुको पार्टी हुन सक्दैन । यो माक्र्सवादी लेनिनवादी विचार प्रणालीलाई मार्गदर्शक मान्ने पनर्टी हो र सर्वहारा श्रमजीवि वर्ग भित्र पनि अन्य विचारप्रणाली प्रति विश्वास गर्ने व्यक्तिहरु हुनसक्छन् वा रणनीति, कार्यनीतिमा भिन्न मतावलम्वी हुन सक्छन् । यस्तो स्थितिमा एउटा मात्र पार्टीको एकछत्र अधिकार संवैधानिक रुपमा र राज्यको बल समेत प्रयोग गरेर कायम गर्न खोज्नु एक प्रकारको निरंकुशता र तानाशाही हो । त्यसकारण हामीहरु राजनितिमा जनताको निर्णायक भूमिका स्थापित गर्न बहुदलिय प्रतिस्पर्धाको प्रणाली कायम गर्न चाहान्छौं । जनादेश प्राप्त पार्टी र व्यक्तिहरुले नै राजकीय अधिकार प्रयोग गरी शासन प्रशासन चलायनु पर्छ भन्ने पक्षमा छौं । बहुदलिय प्रतिस्पर्धाको प्रणली संगठित रुपमा विचार, कार्यक्रम र नीतिहरुको आधारमा पार्टीहरुबिच प्रतिस्पर्धा गर्न पाउने र जनताको निर्णय सर्वोपरि हुने प्रणाली हो । त्सकारण हामीले यो प्रणालीलाई एउटा निर्यायक विषयको रुपमा आफ्नो कार्यक्रममा समावेश गरेका छौं ।

४.६ आवधिक निर्वाचन
जनताले नै पनि एकपटक गरेको निर्णय सधैको निम्ति शास्वत् हुन सक्दैन । तयसकारण निश्चित अवधिभित्र आम निर्वाचन हुनुपर्छ । निर्वाचन विचार,कार्यक्रम र नीतिको बिचमा हुनुपर्छ । एउटै नीति, विचार र कार्यक्रम भित्र केवल व्यक्तिहरुबिच मात्र गरिने चुनावज सारतत्वमा पञ्चायति चुनावभन्दा भिन्न हुन सक्दैन । त्यकारण बहुदलियताको आधारमा आवधिक निर्वाचन थर्ने प्रणालीलाई हामीले दृढताका साथ सामेल गरेका छौं ।
४.७ बहुमतको सरकार र अल्पमतको विपक्ष
बहुदलिय पद्धतिको एउटा तत्व संगठित प्रतिस्पर्धा हो भने अर्को मूल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारका कामकाजहरु प्रति आलोचनात्म दृष्ठिकोण राख्ने र गलत कुराहरुको विरोध गर्ने संवैधानिक व्यवस्था हो । आम चुनाव भए पनि विपक्ष रहन पाउने र अझ रहनु पर्ने संवैधानिक व्यवस्था नहुनेहो भे सरकारम तानाशाही एवम् निरंकुशतावादी कृयाकलापलाई रोक्न सम्भव हुदैन । शाान्तिपूर्ण ढंगले कुनै पनि गल्तिहरुको राजनीतिक समाधान निकाल्नु सजिलो हुदैन । पञ्चायती व्यवस्थामा पनि व्यक्तिको वीचमा चुनाव हुने गथ्र्यो तर विचार र कार्यक्रम राख्न पाइन्नथ्यो । अझ पञ्चायती चिन्नतसँग असहमत व्क्तिहरु चुनिएपनि विपक्षको वैधानीकि व्यवस्था थिएन, त्यकारण पञ्चायत अन्र्तरवस्तुको हिसाबले मात्र होइन, स्वरुपको हिसाबले पनि निरंकुश एवम् तानाशाही थियो । सरकारले विपक्षमा वैधानीक रुपमा काम गर्न पाउने प्रणाली प्रजातान्त्रीक प्रणाली हो । यसलाई ध्यान दिएर नै हामीले स्पष्ट रुपमा बहुमतको सरकार र अल्पमतको विपक्ष रहने संवैधानीक व्यवस्था गर्ने कुरा समावेश गरेका छौं ।
४.८ कानूनको शासन
जनताको राजनीचिक, आर्थिक, सामाजिक, सास्कृतिक अधिकारहरु, मैलिक अधिकार, मानव अधिकार र नागरीक अधिकारहरुको रक्षाको निम्ति कानुनको शासन भन्ने कुरालाई हामीले आफ्नो कार्यक्रममा सुस्पष्ट रुपमा समवेश गरेका छौं । कुनै पनि व्यक्तिमाथि कानुन अनुसार अधिकार प्राप्त निकायको औपचारीको निर्णयबाट मात्र दण्डित गर्न सकिने, सरकार र शक्ति हातमा भएमा कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले गर्न नपाइने कुरालाई हामीले गमिभरताका साथ महत्व दिएका छौं ।
४.९ जनताको जनवादी व्यवस्थाको सुदृढीकरण
हामी सैद्धान्तिक आग्रहबाट प्ररीरत भएर भौतिक परिस्थिति विना नै समाजवादमा पुग्ने हतारोले कुनै पनि अनुचित जोरजवर्जस्त ीगर्ने कुराको विपक्षमा छौं । स्वभाविक रुपमा कुनै पनि नयाँ व्यवस्थालाई सुदृढ गर्नको निम्ति अपेक्षित समय चाहिन्छ । त्यसमा पनि जनताको जनवादी सत्ताले मूलभूत रुपमा तीनवटा विशेस अवधि पार गर्नु अनिवार्य हुनछ । पहिलो पुरानो शोषण उत्पीडनको अवशेसहरु सबै क्षेत्रवाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने अवधि , दोस्रो नयाँ उत्पादनको समबन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सास्कृति दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने अवधि धधर तेश्रो समाजवादमा संक्रमणके निम्ति केन्द्रित भएर भौतिक तथा साँस्कृतिक तयारी गर्ने अवधि । यस्ता ठोस कुराहरु सम्पादन गर्न स्वभाविक रुपमा एउटा अपेक्षकृत लामो समय चाहिन्छ । त्यसकारण हामीहरु अन्य कतिपय देशहरुमा जस्तो समाजवादमा पुग्ने हतारोले नँया व्यवस्था र समाजका जग कमजोर छदैं एउटा खुट्टा दँरो संग नटेकि अर्को खुट्टा उचाल्ने पक्षमा छौंनौ । अझ हामी नयाँ जनवादी व्यवस्थामा पनि बहुदलीय पद्धति अपनाउन प्रतिवद्ध छौं । यसको तात्पर्य बल प्रयोग होइन सेवा र घनिष्ट समबन्धबाट जनताको दिल जित्न र समर्थन हासिल गर्न चाहन्छौं । यो राम्रै कामको निम्ति पनि जनतालाई जोरजवर्जजस्त ीगर्ने होइन, स्वेच्छिक समर्थन हासिल गर्ने तरिका हो । हामी राम्रो काम पनि नराम्रो तरिकाले होइन सकेसम्म राम्रो तरिकाले सम्पन्न गनुपर्छ भन्ने कुराको पक्षमा रहेका छौं । त्सकारण हामीले जनताको जावादी व्वस्था एउटा अपेक्षकृत लामो समयसम्म रहने सामाजीक व्यवस्थाको रुपमा स्वीकार गरेका छौं ।
४.१० विदेशि पूजिँ र प्रविधि
आज आमरुपमा साम्रज्यवादको औपनिवेशिक शोषणको स्वरुप समाप्त भएको छ र त्यसले नँया ढंगले औपनिवेशिक शोषण गर्ने तरिका विकसित गरेको छ । साम्राज्यवादी देशले एक्लै पनि र अनेक विकसित पूँजीवादी देशहरुको वित्तय सम्पत्ति जम्मा गरेर अन्तराष्ट्रिय वित्तिय संस्थाहरु मार्फत संयुक्त रुपमा पनि यो नवउपनीवेशि शोषणलाई अघि बढाएको छ । तर वर्तमान विश्वमा अविकसित पछौटे देशहरु मा होइन विकासमानन र विकसित देशहरु पनि अन्तराष्ट्रिय वा वैदेशिक वित्तय, सहायता ऋण र सम्पर्क विना काम गर्न नसक्ने स्थिति बनेको छ । यस्तो स्थितिमा हामी ात्र पनि बाहीरि दुँनियाँ प्रति वेवस्ता गरेर केवल आफ्नो मात्र श्रोत साधनले अघि बढ्न सक्दैनौं । समाजवादी देहअरु पनि यस्तो ऋण सहायता लिइरहेका छन् र विश्व पूँजीवादद्धारा खडा गरिएको नाकावन्दिले कतिपय देशहरुमा गम्भीर संकट पनि बढारहेको छ । यस्तो स्थितिमा हामी वैदेशिम पूँजी र प्रविधिको सवालमा नीतिगत रुपमा आफ्नो कार्यक्रममा संविधान र एने कानुनको सीमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी संरक्षण र उपयो व्यवस्थित गर्ने सुस्पस्ट कुरा कार्यक्रममा समावेश गरेका छौं । यो पनि विगतका क्रान्तिकारी कार्यक्रमहरुमा समावेश नभएको भिन्न विषय हो ।
४.११ क्षतिपूर्ति
सामन्ती शोषण्, सामन्ती भूसम्पत्ति र सामन्तवादलाई समाप्त पार्ने हाम्रो क्रान्तिको एउटा आधारभुत उद्देश्य हो । हामीले नँया समाज निमार्ण गर्नको निम्ति आम रुपमा सबैबाट सकारात्मक योगदान लिने नीति लिएका छौं । त्यसको निम्ति सामन्ती भूस्वामित्व समाप्त गर्ने, कानुनद्धारा नँया हदवन्दी निश्चत गर्ने, क्रान्तिकारी भूमिसुधार गर्ने, यस क्रममा क्रान्तिको समर्थन गर्नेहरु धनी र मध्यम किसानहरुको हद बढी जमिन र दोहोरो स्वामित्वको अन्त्य गर्दा साना भूस्वामीहरुको जमिनको कानुनसम्मत योथोचित क्षतिपूर्ति दिने नीति अघि सारेका छौं । नँया समाजको सकारात्मक योगदान गर्न नचाहाने र अझ त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दारहरु बाहेक अरुलाई क्षतिपूर्ति दिएर हामी उद्योग,व्यापार,व्यवसायतर्फ स्थानान्तरीत गराउन चाहान्छौं । यो नँया समाज निमार्ण गर्न सबैलाई सकारात्मक ढंगले योगदान पु¥याउन गरेको आवहान हो । तर यो प्रगतिशिल अग्रगतिको विरोध गर्ने सामन्ति जजिन्दारहरुमाथि वल प्रयोग गर्नुपर्ने अनिवार्यता र बल प्रयोग गरिएकाहरुले क्षतिपूर्ति नपाउने कुरा पनि स्वत प्रष्ट छ । हामीले आफ्नो कार्यनीतिमा ल्याएको यो पनि एउटा नँया पक्ष हो ।

४.१२ विदेश नीति
आज विश्वमा एकीकृत विश्व कम्युनिष्ट आन्दोलन छैन । तर विश्वका लगभग सबैजसो देशमा माकक्र्सवादी सिद्धान्तको मार्गदर्शनमा आफ्नो देशको ठोस स्थिति अनुरुप क्रान्ति वा निमार्ण निम्ति कम्युनिष्ट आन्दोलन जारी छ । समाजवादी आन्दोलन पनि हरेक देशको आफ्नो विशिष्ठताको आधारमा चलिरहेको छ, त्यसमा पनि एकरुपता छैन । संसाररभरका सबै कम्युनिष्टहरु समक्राज्यवादको विरुद्ध छन् । तर ठोस रुपमा कहि कुनै देशको साम्रज्यवादी उत्पीडन विरुद्ध तीखो संघर्ष छ भने अर्को साम्राज्यवादी विरोधि सघर्षमा पनि एकरुपता छैन । भिन्नभिन्नै देश, भिन्नभिन्नै रुप र भिन्नभिन्नै कोणबाट तर सबै देशको कम्युनिष्टशरु साम्राज्यवादको विरुद्ध संघर्षरत छन् । यो नै अहिले एकताको पक्ष हो यसलाई अहिले नै एकरुपतामा पु¥याउने कुनै सम्भावना छैन । यस्तो स्थितिमा समाजवादी देशहरु र शासक कम्युनिष्ट पार्टीहरुले पुरानो ढगले सामाजीक मुक्ति तथा राष्ट्रिय स्वाधिनताका आन्दोलनहरु प्रत्यक्ष र खुल्ला सहयोग गर्न छाडेका छन् । हरेक देशका सर्वहारा श्रमजीवि गर्वका राजनीतिक पार्टीहरुले पनि सर्वहारा अन्तराष्ट्रियतावादको पुरानो सहयोग प्रणलीमा भिन्नता ल्याएको छन् । अहिले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा कुनै उल्लेखनिय गु्रप छैन । एकातिर प्रत्येक देशको क्रान्ति वा निमार्णको आन्दोलन अन्तराष्ट्रिय सहयोग समर्थन विना विकसित र विजयी हुन पनि सक्दैनभने अर्कोतिर सहयोगको पुरानो रुप प्रणाली कायम छैन र तत्काल हुन पनि सक्दैन । यस्तो स्थितिमा हरेक देशमा क्रान्तिकारीहरुले आफ्नोै प्रत्यक्ष पहलबाट अन्तराष्ट्रिय समर्थन जुटाउनु पर्छ । त्यकारण हामीहरु सामान्य सैद्धान्तिक अवधारणको आधारमा स्रद्धान्तिक ढंगले आम खालको विरोध वा समर्थन बाहेक ठोस रुपमा आफ्नो देशको क्रान्ति र निमार्णको प्रत्यक्ष लाभ हानीको हिसाबाट मात्र विदेश सम्बन्ध सञ्चालन गर्न सक्छौं । हाम्रा निकट छिमेकिहरु दक्षिण एशियालि देशहरु हाम्रो क्रान्ति र निमार्णलाई प्रत्यक्ष सहयोग समर्थन गर्ने देशहरु र अरु मित्र दशहरुको आधारमा क्रमिक महत्व दिएर पञ्चशिलको सिद्धान्तको आधारमा व्यवाहारीक ढंगले सम्बन्ध स्थापना र विकास गर्ने दृष्टिकोण हामीले अघि सारेका छौं । क्रान्ति र निमार्णको ठोस व्यवहारीक विषयलाई वेवास्ता गरेर केबल सैद्धान्तिक आग्रहको रुपमा मात्र हामी अघि बढ्न सक्दैनै ।
४.१३ नेतृत्व र अधिनायकत्व

सामनतवाद र साम्राज्यवादबाट सामाजीक मुक्ति र राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने आन्दोलनको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद हो यस क्रान्तिको नेतृत्व पनि सर्वहारा श्रमजीवि वर्गले मात्र गर्न सक्छ । सर्वहारा श्रमजीवि वर्गको, माक्र्सवाद लेनीनवादको मार्गदर्शनमा चल्ने राजनीतिक पार्टीले मात्र गर्न सक्छ । तर यस कुरालाई केवल स्रद्धान्तिक रुपमा उल्लेख गरेर र दस्तावेजमा लेखेर मात्र हुदैन । त्यसकारण हामीले कार्यक्रममा प्रतिस्पर्धा र पहलकदमीद्धारा नेतृत्व लिने विषयमा जोड दिएका छौं । सौद्धान्तिक, वर्गिय र रणनीतिक रुपमा सर्वहारा नेतृत्वको अनिवार्यताबारे उल्लेख गर्दा र कार्यनीतिक रुपमा अरुसँग नेतृत्वको निम्ति गम्भिर प्रतिस्पर्धा गर्नुपर्ने र पहलकदमी लिनुपर्ने आवश्यकताप्रति वेवास्ता गरेर ढुक्क हुने प्रवृत्ति देखिएको छ । हामी यो प्रवृत्तलाई हटाउन र तीव्र प्रतिस्पर्धा र सशक्त पहलकदमी र प्रतिस्पर्धाबाट नै नेतृत्व हातमा लिनुपर्छ । कम्युनिष्ट पार्टीको नेतृत्व अर्थात माक्र्सवाद लेनीनवादको मार्गदर्शनमा भल्ने सर्वहारा श्रमजीवि वर्गको राजनीतिक पार्टीको नेतृत्वमा मात्र जनताको जनवादी व्यवस्थाको सुदृढीकरण र समाजवादमा संक्रमण गर्ने काम सम्पन्न गर्न सकिन्छ । तर यसमा पनि प्रतिस्पर्धा र पहल नलिएर संविधानमा उल्लेख गर्दै राज्यको बल प्रयोग गरेर नेतृत् वगर्ने तरिका उपयुक्र हुदैंन । त्सकारण सर्वहारा श्रमजीवि वर्गको माक्र्सवादी लेनिनवादी पार्टीको नेतृत्व अनिवार्य छ । तर त्यो संघर्ष, सेवा, पहलकदमी र प्रतिस्पर्धाबाट मात्र हातम लिन सकिनछ । स्रद्धान्तिक उल्लेख वा संवैधानीक उल्लेख तथा राजकीय बल प्रयेगबाट होइन भन्ने कुरामा हामीले जोड दिएका छौं ।
त्यसरी नै जनताको जनवादी अधिनायकत्व भनेको जनताको जनवादी राज्यसत्ता हो । अधिनायकत्व राज्यसत्ताको एउटा मुख्य र निर्णायक कामलाई अभिव्यक्त गर्ने शब्द हो । अर्थात अधिनायकत्व भनेको राज्य हो । माक्र्सवादी दृष्टिकोणबाट अनुसार राज्य भनेको वर्गीय हुन्छ, पूँजीवादपन्थीहरुको वर्गहिन वा वर्गभन्दा माथि राज्य भन्ने कुरा झूट कुरा हो । राज्य एउटा वर्गले अर्को वर्गलाई नियन्त्रण गर्ने साधन हो । तर जनताको राज्यको काम केबल नियन्त्रण र दमन गर्ने मात्र होइन आम जनताको नेतृत्व गर्दै जनताको निम्ति कल्याणकारी काम पनि गर्नु हो । त्यसले जनवाद विरोधी प्रतिगामी तत्वहरुलाई कात्र दमन र नियन्त्रण गर्छ व्यापक जनतालाई जनवादी खधिकार प्रदान गर्छ त्यकारण हामीले अधिनायकत्व शब्दको सट्टा कार्यक्रममा आम रुपमा राज्य सत्ता भन्ने शब्द प्रयोग गरेका छौं । यसको तात्पर्य पहिलो कुरा मुठिभरि प्रतिगामीहरुमाथि अधिनायकत्व भएको ९५ प्रतिशत जनताको निम्ति जनवाद दिने राज्यसत्ता भएको र दोस्रो राज्यसत्ताको काम केवल अधिनायकत्व मात्र नभएर जनता र राष्ट्रको निम्ति कल्याणकारी कबाम नै प्रमुख भएको हुनाले पनि राज्यसत्ताको एउटा मात्र पक्षलाई अभिव्यक्त गर्ने अधिनायकत्व शब्द भन्दा अर्थात जनताको जनवादी अधिनायकत्व भन्नुभन्दा जनताको जनवादी राज्यसत्ता भन्ने प्रोग गरेका छौं यो सही र उपयुक्त संयोजन हो ।
४.१४ जनताको वहुदलीय जनवाद
हाम्रो कार्यक्रम सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवाद विरोधि कार्यक्रम हो । हाम्रो क्रान्ति सामन्तवाद साम्राज्यवाद विरोधि क्रान्ति हो । चीन, कोरिया, भियतनाम र पूर्वी यूरोपेली देशहरुमा यस्तै क्रान्ति भएको थियो । यी सबै ठाँउको क्रान्तिले सामन्तवादलाई उन्मूलन गरेर किसानहरुलाई मुक्त पार्ने र साम्राज्यवनदको सबै प्रकारको हस्तक्षेपलाई समाप्त पारेर राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने काम गरेको थियो । राष्ट्रिय पूँजी र उद्योगव्यवसायको विकासको बाटो ओलेको थियो । राज्यसत्ता एउटा तेश्रो रुप आम जनताको जनवादी संयुक्त राज्ययत्ताको स्थापना गरेका थियो । सामन्तवादलाई उन्मूलन गरेर पनि यो पूँजीपति वर्गको अधिनायकत्व भएको एकलैटी राज्य थिएन । पुरानो जनवादी क्रान्तिले पूँजीपति वर्गको अधिनायकत्व भएको राज्यको स्थापना गरेको थियो । तर यसले सामन्तवाद साम्राज्यवनद विरोधी आम जनताको संयुक्त राज्यको स्थापना ग¥यो । सामन्तवाद साम्राज्यवनदको उन्मूलन गर्ने, अर्धसामन्ति र अर्धउपनिवेशी उतपादन सम्बन्ध समाप्त पारेर जनवादी र राष्ट्रिय सम्बन्ध कायम गर्ने तथा आम जनताको संयुक्त राज्य सत्ता स्थापना गर्ने हुनाले यसै अर्थमा हाम्रो क्रान्ति पनि नँया जनवादी क्रान्ति नै हो र हाम्रो कार्यक्रम पनि नँया जनवादी नै हो । अरु मुलुकमा कतिपय आफ्ना विशेषताहरुको सन्र्दभलाई लिएर त्यसलाई कहिं नँय जनवाद, कहिं जनताको जनवाद र कहिं राष्ट्रिय जनवाद जस्तो नाम दिइयो । सारतत्वमा त्यो सबै नँया युगको सन्र्दभबाट जनताको जनवाद नै थियो । हामीले आफ्नो देशमा विद्यमान राष्ट्रिय र अन्तराष्ट्रिय स्थिति एवम् आजसम्मका अनुभवहरुलाई विश्लेषण गर्दैं तिनै आधारभूत तत्वहरुको साथमा कतिपय भिन्न कुराहरु पाि समावेश गरेका छौं । हामीले थपेका विषयहरुलाई प्रतिनिधित्व गर्ने मूल अभिव्यक्तिबो हिसाबले बहुदलीयता लाई उल्लेख गरेका छौं । यस हिसाबले हामीले आफ्नो सन्र्दभमा उक्त क्रान्तिको कार्यक्रमलाई जनताको बहुदलीय जनवाद भनेर उल्लेख गरेका छौं । वास्तवमा यो पनि हामीले आफ्नो सन्र्दभमा प्रयोग गरेको जनताको जनवाद नै हो । उपरोक्त अन्य देशहरुमा बहुदलीय प्रतिस्पर्धा रहेन । हामीले त्यस भन्दा भिन्न सुस्पष्ट रुपमा बहुदलिय प्रतिस्पर्धा सामेल गर्न चाहान्छौं । यस अर्थमा हाम्रो कार्यक्रमको विचार यो एउटा विशेष कुरा हो । उसलाई कार्यक्रममा पनि विशेष ढंगले उल्लेख गर्नु आवश्यक छ । त्यसैकारणले कार्यक्रमको शिर्षकमा हामीले जनताको बहुदलीय जनवाद भनेका हो । सामन्यतय जुनसुकै विशेषणको साथ जनवादको। उल्लेख गरिएपनि हाम्रो कार्यक्रमको स्वरुप र सार दुवैलई सटीक ढंगले उल्लेख गर्दा हाम्रो क्रान्तिको कार्यक्रमको नाम जनताको बहुदलीय जनवाद हुनुपर्छ । परिवर्तित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिमा हामीले आफ्नो विचारहरुलाई यसरी नै कार्यक्रममा प्रस्तुत गरेका छौं ।

५ वर्तमान क्रान्तिका शत्रु र मित्रहरु
शत्रुशक्ति
५.१ वर्तमान नेपाली जनवादी क्रान्तिको आधारभूत शत्रु सामन्तवर्ग र दलाल नोकरशाही पूँजीपति वर्ग, विदेशी एकाधिकार पूँजीवाद र अन्तर्राष्ट्रिय साम्राज्यवाद हुन् । यिनीहरुकौ शोषण उत्पीडनले गर्दा आज देश अर्धसामन्ती र अर्धउपनिवेश ीबनेको छ । यस्ता आधारभूत शत्रुहरुको शोषण र सत्ता उन्मूलन नगरी पूरा हुन सक्तैन ।
५.२ भारतेल िशासक वर्गले नेपालका शासकहरुको सहायताबाट नेपालको अर्थतन्त्रमाथि भारतीय एकाधिकार पूँजीवादको नियन्त्रण बढाएको छ । प्राकृतिक श्रोतसम्पदा खासगरी जलश्रोतमाथि एकलौटी कायम गर्ने प्रयास गरेको छ । शान्ति, मैत्री र सुरक्षाको नाममा भएको सन्धिहरुले नेपालको सार्वभैमिकतालाई सीमित पारेका छन् । अनेक ठाँउमा सीमाना र नेपालको प्रोदेशिक अखण्डातामाथि पनि आँच आएको छ । नेपालका स्वतन्त्र आर्थिक राजनीतिक कृयाकलापहरु र नागरीक अधिकार माथि पनि हस्तक्षेप बडिरहेको छ । यद्यपि यो सबै नेपालका शाासकहरुले आफ्नो राष्ट्रिय हितलाई त्यागेर भारतेली शासकहरुसामु सुम्पिएका छन् । यस्ता असमान सन्धि संझौताहरु निरस्त गरी पञ्चशीलको आधारमा व्यापार, वाणिज्य, पारवहन तथा पारस्परिक सहयोग, जलश्रोत र सीमा सम्बन्धि सन्धि गर्नु र नँया आधारमा सम्बन्ध विकास गर्नु पनि जनवादी क्रान्तिको आधारभूत दायित्व हो ।
५.३ यूरोपमा समाजवादको विघटन र सोभियत संघ र पूर्वी यूरोपको कतिपय देशहरुमा विखण्डतापछि विश्वमा अमेरीकि साम्राज्यवादको हस्तक्षेप अनियन्त्रित रुपम बढिरहेको छ । सौनिक, सामरिक, राजनीतिक तथा अन्तर्राष्ट्रिय वित्तय संस्थाहरु मार्फत समेत आर्थिक रुपमा पनि हस्तक्षेप र दवाव बढिरहेको छ । नेपालको शासन प्रशासनमा पहिलेदेखि रहेको यस्तो हस्तक्षेप अझ बढ्दै गएको छ । एशियाको समाजवादमाथि हमला गर्ने अन्तराष्ट्रिय समाजवादको विश्व रणनीति अन्तर्गत नेपाललाई विवाद र तनावम धकेल्ने काम रिरहेको छ । नेपालको आन्तरिक राजनीतिमा अन्तराष्ट्रिय समाजवादको बढ्दा् हस्तक्षेप समाप्त नगरि र समाजवादको विरुद्ध अन्तराष्ट्रिय समाजवादले नेपालमा सिंगौरी खेःल्ने र तनाव बढाउने कृयाकलाप अन्त्य नगरी पनि नेपालको जनवादी क्रान्ति सफल हुन सक्तैन ।
५.४ तर पनि अहिले देशमा आन्तरीक अन्तरविरोध नै प्रमुख छ । सामन्तवादी दलाल नोकरशाही पूँजीपति वर्गसंग जनताको राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक क्षेत्रको अनतरविरोध नै अहिले समाजको प्रधान वर्गीय अन्तरविरोध हो । सामन्तवर्ग र दलाल पूँजीपति वर्गको स्वार्थ रक्ष ागर्ने राजनीतिक शक्तिहरु मध्ये दरवारको नेतृत्वमा रहेको सामन्ती निरंकुहतावादी तत्वहरु अहिले पर्दा पछाडि छन् र संभावित खतराको रुपमा रहेका छन् । तिनीहरुले फेरी पुनरुत्थान गर्न नपाउन् भन्ने विषयमा गम्भीर सर्तकता अपनाउनु जरुरी छ । तर अहिले सत्तामा नेपाली कांग्रेस छ र यसले जनता, राष्ट्र र आन्दोलन द्धारा प्राप्त प्रजातान्त्रिक उपलब्धिहरुका विरुद्ध समेत काम गरेको छ । त्सकारण अहिले राजनीतिक रुपमा कांग्रेसको सरकार जनविरोधि, राष्ट्रिय हित विरोधी र प्रजातान्त्रिक अधिकार विरोधी नीति तथा कामहरुसँग राजनीतिक अन्तरविरोध विशेष रुपमा तीव्र बनेर प्रकट भएको छ । यिनै जनता, राष्ट्र र प्रजातान्त्रिक अधिकार विरोधी नीति कामहरु जनताको संघर्षका प्रमुख निशाना बनेका छन् ।
५.५ सामन्तवाद, दलालनेकरशाही पूँजीवाद, वैदेशिक एकाधित्रकार पूँजीवाद र साम्राज्यवादको पक्षपोषण गर्ने अरु राजनीतिक सामाजिक शक्तिहरु पनि नेपाली जनवादी क्रान्तिका शत्रुहरु नै हुन् । तिनीहरुलाई पनि परास्त नगरी हाम्रो क्रान्तिले अन्तिम विजय प्राप्त गर्न सक्दैन ।

मित्रशक्ति
५.६ सर्वहारा श्रमजीवि वर्ग वर्तमान क्रान्तिको नृतृत्वदायी वर्ग हो । यस वर्गको माक्र्सवादी लेनिनवादी सिद्धान्तको मार्गदर्शनमा चल्ने राजनीतकि पार्टीलेमात्र यो क्रान्तिमा वर्गीय राजनीतिक नेतृत्व दिनसक्छ । देशको जनवादी आन्दोलनमा यो नेतृत्व क्रमश विकसित र स्थापित हुँदै गएको छ ।
५.७ किसानहरु वर्तमान क्रान्तिको मुख्य र निर्णायक शक्ति हुन् । सामाजिक मुक्तिको यो क्रान्ति मूलत कृषि क्रान्ति हो । त्यसकारण किसानहरु नै यसमा मुख्य स निर्णायक शक्ति हुन् । यसबाहेक निम्नपूँजीपति वर्गका अन्य पेशा तहहरु क्रान्तिका भरोसायोग्य मित्र हुन् । त्यसमा पनि कमिशनतन्त्र र भ्रष्टचार जस्तो एउटा शक्तिशालि विकृतिसँग जुझ्नको निम्ति युवा, विद्यार्थी, वुद्धिजीविहरुको विशेष भूमिका रहन सक्छ ।
५.८ राष्ट्रिय पूँवीपति वर्ग। धनि किसान तथा सामाजका देशभक्त प्रजातान्त्रिक तत्व एवम् तहहरु पनि अस्थीर चरित्र भएका तर वर्तमान क्रान्तिका मित्र नै हुुन् ।
५.९ विश्वको कम्युनिष्ट आन्दोलन, समाजवादी आन्दोलन, राष्ट्रिय तथा सामाजीक मुक्ति आन्दोलनहरु लोकप्रिय जनवादी आन्दोलनहरु पर्यावरण, शान्ति र मानव अधिकार आन्दोलन हाम्रो क्रान्तिको मित्र हुन् ।

५.१० समाजवादी देशहरु, खासगरी चीन र भारतको सर्वहारा श्रमजीवि वर्गका राजनीतिक पार्टीहरु न्याय र प्रजातन्त्रका शक्तिहरु तथा सम्पूर्ण भारतीय जनता हाम्रो क्रान्तिका अत्यन्त भरोसायोग्य मित्र हुन् । दक्षिण एसियाली देशको सर्वहारा वर्ग, जनता र जनवादी शक्तिहरु हाम्रा मित्र हुन् । हाम्रो क्रान्ति र निमार्णलाई सहयोग पु¥याउने विश्व जनमत एवम् न्याय र प्रजातन्त्रका पक्षपाती शक्तिहरुहाम्रो मित्र हुन् ।
५.११ अहिले विगत इतिहासमा जस्तो सैद्धान्तिक एव्म राजनीतिक समानताको नाताले स्वत मित्रता र स्वत सहयोग हुने स्थिति छैन । त्यसकारण स्वयं हामीले आफ्नो क्रान्ति र निर्माणका निम्ति अत्याधिक महत्व भएका क्षेत्रहरुमा आफ्नो घनिष्ठता सहयोगी एवम् मित्र बनाउनको निम्ति प्रयत्न केन्द्रित गर्नुपर्छ क्रान्किा शत्रु र मित्रहरुको खासगरी मित्रहरुको यो विश्लेषण सैद्धान्तिक हो । व्यवहारीक रुप दिनको निम्ति पार्टीले पहल लिएर प्रत्यक्ष र द्धिपक्षीय सम्बन्ध विकसित गर्न सक्नुपर्छ ।

६. क्रान्तको बाटो
६.१ क्रान्तिको बाटोको सवाल क्रान्तिकारी संघर्षको विकास र विजयको निम्ति संगठन र संघर्षका कस्ता रुप र तरिकाहरुमा वोड दिनुपर्छ भन्ने सवाल हो । विश्वको क्रान्तिकारी संघर्षका अनुभवहरुलाई ख्याल गर्दै, विगतका राष्ट्रिय आन्द्योलनको अनुभवलाई ख्याल गर्दै र खासगरी आफ्नै विगत आन्दोलनहरुका अनुभवलाई ध्यानमा राखेर पार्टीले बाटोके बारेमा पूर्वानुमान एवम् ठोस संकेत गर्नुपर्छ क्रान्किो बाटो वस्तुगत परिस्थितिको उपज हो । मनोगत रुपमा कुनै पनि ढाँचा खडा गरेर आग्रह जाहेर गर्दैमा बाटोको समस्या हल हुदैन । प्रत्येक उपलब्ध राष्ट्रिय अन्तर्राष्ट्रिय स्थिति र वर्ग संर्घषको अवस्थाको आधारमा आम जनतालाई क्रान्तिबारी लक्ष्य प्राप्तिको निम्ति कसरी बढी भन्द बढी संगठित गर्न र संघर्षमा उर्तान सकिन्छ त्यसरिनै अघि बढ्नु पर्छ । यसरी नै मात्र नेपाली क्रान्तिको विशिष्ट बाटो के हो भन्ने कुरा पनि अन्तिम रुपमा टुंगो गर्न सकिन्छ । रुसी वा चीनिया क्रान्तिको बाटो पनि यसरी नै तय भएको थियो । यही नै माक्र्सवादी लेनीनवादी दृष्टिकोण र तरिका पनि हो । क्रान्ति सम्पन्न गर्नको निम्ति बाटोको हिसाबले वर्ग समन्वय होइन, वर्ग संझौता होइन वर्गसंघर्ष नै मूल र आधारभूत कुरा हो । तर त्यसको कुन रुपमा अपनाउने भन्ने कुरा परिस्थितिमाथि भर पर्ने विषय हो ।
६.२ माक्र्सवादले संगठन र संघर्षका कुनै एउटा मात्र रुपलाई क्रान्तिकारी संघर्षको एकमात्र र अन्तिम रुप मान्दैन । क्रान्तिकारीहरुले संघर्षका सबैखाले रुप तरिकाहरुलाई कुशलतापूर्वक सञ्चालन गर्न सक्ने क्षमता विकास गर्न ध्यान दिनुपर्छ । वर्गीय अन्तरविरोध र सम्बन्धहरु कसरी विकास भै रहेका छन् भन्ने यथार्थ विश्लेषणको आधारमा पूर्व तयारी गर्दै विद्यमान संघर्षमा दृढतापूर्वक लाग्नुपर्छ लक्ष्य अनिवार्य र निर्णायक तत्व हो बाटो त्यसलाई सकेसम्म् छिटो र सुगम ढंगले प्राप्त गर्ने साधन हो । त्सकारण लक्ष्य प्रमुख हो र साधन गौण । जुन साधनबाट लक्ष्यमा पुग्न सकिन्छ, त्यसलाई क्रान्किारी रुपले दृढतापूर्वक प्रयोग गर्नुपर्छ ।
६.३ अहिले हामी शान्तिपूर्ण संघर्षको स्थितिम छौं । वर्गीय अन्तरविरोध र संघर्षले आम रुपमा हिंसात्मक स्वरुप ग्रहण गरेको छैन । शान्तिपूर्ण संघर्ष पनि संसदीय र अससदीय दुवै हुन्छ । संसदीय घेराभित्रको सघर्ष संसदीय र संगठित जनबलको आधारमा त्यस घेरा बाहिरको संघर्ष असंसदीय हो । बहुदलीय व्यवस्थाको स्थापना पछि आम रुपमा संसदीय संघर्षमा प्रमुख रुपमा चलिरहेको छ । यसमा क्रान्तिकारीहरुले आफ्नो वरिष्ठता स्थापित गर्न ढृणतापूर्वक लाग्नुपर्छ, तर निर्णायक संर्घष संसदीय वा संंसदको घेरा बाहिरको जनसंघर्ष हो । यो अहिले प्रमुख रुपमा चलिरहेको छैन । तर क्रान्तिकारी आन्दोलनलाई अघि बढाउनको निम्ति यसमा विशेष ध्यान दिनु जरुरी हुन्छ । यसलाई प्राथमिकता दिने कुरा कुनै मनोगत आग्रह र अलगथलग विषय होइन । चलिरहेको संघर्षमा क्रान्तिकारी शक्तिले प्राप्त गर्ने विजय र वरिष्ठताले नै संघर्ष लाई निर्णायक दिशा र मोड दिन सक्छ । शान्तिपूर्ण संघर्षभित्र पनि बल प्रयोगको आवश्यकता पर्छ । विगत पञ्चायत विरोधी आन्दोलन पनि शाान्तिपूर्ण संघर्ष थियो । तर त्यहाँ बल प्रयोगको आवश्यकता भयो र बल प्रयोग पनि भयो । अहिले हाम्रो वर्ग संघर्ष शान्तिपूर्ण संघर्षको घेराभित्र छ । तात्कालीन रुपमा संसदीय संघर्ष प्रमुख रुपमा चलिरहेको छ । यसको तात्पर्य संघर्षका यिनै विद्यमान रुप र तरिकाबाट जनता परिचालित छन् । यसमा ध्यान दिने र दृढतापूर्वक लाग्ने काम नगरेर कुनै सैद्धान्तिक एवम् मनोगत आग्रहवाट हाम्रो संघर्ष विकास गर्न सक्दैन ।
६.४ वर्तमान राजनीतिक संघर्ष संसदीय घेराभित्र छ । कसैको मनोगत चाहानाले यो तत्काल बाहिर जान सक्दैन । बाहिरको संघर्ष प्रमुख बन्नको निम्ति स्थानीय वर्ग संघर्ष, वर्गीय तथा पेशागत राष्ट्रिय आन्दोलनहरु विकसित हुनुपर्छ । सामन्ति शोषण विरोधी किसान संघर्ष, मजदूर आन्दोलन, यूवा विद्यार्थी, महिला, बुद्धिजीवि, व्यापारी र राष्ट्रिय उद्यमीहरुका संघर्षलाई विकसित गर्नुपर्छ । तिनीहरुलाई राजनीतिक स्तरमा उठाउनु पर्छ र राष्ट्रिय तहबाट राजनीतिक आन्दोलनको रुप दिनुपर्छ । वर्तमान विश्वमा यस्ता व्यापक जनआन्दोलन र विस्फोटहरुबाट पनि ठूलाठूला र महत्वपूर्ण परिवर्तन भएको छ । विगत ०४६ सालको आन्दोलन पनि त्यस्तै आन्दोलनको एउटा रुप हो । यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ । अहिले यस क्षेत्रका आन्दोलनहरु पनि संसदीय घेरा भित्रका राजनीतिक आन्दोलनको रुपमा मात्र सीमित छन् । वर्गीय तथा पेशागतआन्दोलनहरु विकास गर्नको निम्ति जनवर्गीय एवम् पेशागत संगठनहरु बलियो हुनुपर्छ । क्रियाशिल हुनुपर्छ र व्यापक हुनुपर्छ । तर अहिले तिनीहरु कमजोर छन् । बहुदलीय व्यवस्था स्थापनापछि अहिलेसम्म पनि राजनीतिक आन्दोलन बढी आकर्षण सकृयता अझ कम भएको छ । यो स्थितिलाई बदल्नु पर्छ । जनसंगठनहरुलाई व्यापक रुपमा क्रियाशिल बनाउनु पर्छ । तब मात्र संसदीय घेरा बाशिरको संघर्षले प्रथमिकता लिन र विकास गर्न सक्छ ।
६.५ वर्तमान स्थितिमा राजनीतिक आनेलनका मुस्य विषयहरु प्रजातान्त्रिक अधिकारहरुको संरक्षण र विकास, राष्ट्रिय हित र एकताको संरक्षण तथा विकास निमार्ण र जनविकासका समस्याहरु समाधाना थर्ने दिशा जस्ता कुरा बनेका छन् । अहिले पनि यो राजनीतिक संघर्षको मुख्य थलो केन्द्रदेखि स्थानीय तहसम्म संसदीय निकायहरु र संघर्षको मुख्य थलो केन्द्र देखि स्थानिय तहसम्म संसदीय निकायहरु र संसदीय घेराभित्रका संघर्षका रुपहरु नै रहिरहेका छन् । पार्टीले यसबेला प्रमुख रुपमा यही राजनीतिक संघर्षलाई संयोजन गर्ने, नेतृत्व प्रदान गर्ने र सञ्चालन गर्ने काम गनुपर्छ । तदअनुरुप संगठन र सघर्षका योजनाहरु बनाएर संचलन गर्नुपर्छ । वर्गीय तथा पेशागत आन्दोलनहरुलाई राजनीतिक रुपमा संयोजन गर्ने र राजनीतिक तहमा उठाउने भूमिका निर्वाह गर्नु पर्छ । उसरी मात्र क्रान्तिकारी आन्दोलनको मूख्य आधार बलियो बनाउने र विकास गर्ने काम गर्न सकिन्छ ।
६.६ संघर्ष स्वयं नै आक्रमण र प्रतिरक्षाको संयोजन हो आक्रमण वा प्रतिरक्षा कुनै एक पक्षमा मात्र ध्यान दिएर यसको सञ्चालन गर्न सकिन्न । राजनीतिक रुपमा आक्रमण र राजनीतक रुपमा प्रतिरक्षा एउटा व्यापक विषय हो र यसको विभिन्न क्षेत्र, विषय र कोणहरुबाट निरन्तर गरिरहनु पर्छ । तर भौतिक रुपमा आक्रमण र भौतिक रुपमा प्रतिरक्ष पनि संघर्षको अर्को एउटा महत्वपूर्ण क्षेत्र हो । यस विषयमा ध्यान दिदां सर्वप्रथम एउटा कुरामा स्पष्ट हुनु आवश्यक हुन्छ । शान्तिपूर्ण आन्दोलनभन्दा भौतिक आक्रमण र प्रतिरक्षाको कुरा गर्दा शाान्तिपूर्ण आन्दोलन होइन भनी ठान्ने चिन्तनबाट मुक्त हुनुपर्छ । संसदीय संघर्ष होस् वा असंसदीय जुनसुकै संघर्षमा पनि आक्रमण र प्रतिरक्षको आवश्यबता हुन्छ । राजनीतिक रुपम ामात्र होइन अनिवार्य रुपमा भौतिक रुपमा समेत आक्रमण र प्रतिरक्षाको चिन्तन, संयोजन र तयारी हुनुपर्छ । धेरै अगाडी जानु पर्दैन, हामीले विगत पञ्चायत विरोधी आन्दोलन, विगत आम निर्वाचन र स्थानिय निर्वाचनमा समेत त्यो आवश्यकत भोगिसकेका छौं । तर पनि हामीले अनुभव संगठित गर्न सकेका छैनौं । या त शान्तिपूर्ण संघर्ष भन्ने बल प्रयोगको बारेमा ध्यानै नदिने या बल प्रयोगको पक्षमा चर्चा थर्ने र शान्पिूर्ण संघर्षकै विरुघ धारणा बनाउने खालको एकपक्षीयता रहेको छ । उसलाई हटाउन पर्छ र हरेक संघर्षको निम्ति सबै हिसाबले आक्रमण र प्रतिरक्षा बारे ठोस रुपम काम गर्नुपर्छ ।
६.७ संघर्ष दुई विपरित पक्षहर बिचको टक्कर हो, प्रतिस्पर्धा हो । आफ्नो प्रतिद्धोन्द्धि पक्ष भन्दा न त धेरै अघि बडेर हामी टक्कर लिन सक्छौं न त धेरै पछि बसेर । टक्करको निम्ति, संघर्षको न्म्तिि हाराहारीमा रहनु, जस्तालाई तस्तै गर्नु जरुरी हुन्छ नत्र संघर्ष हुन सक्दैन । संघर्षको कुन रुप प्रमुख र निर्णयक हुन्छ , त्यो कुनै शास्त्रीय रचनाबाट वा विशिष्ट नेताको कल्पनावाट तय हुने विषय होइन । त्यो त जनताको बीचबाट, वर्ग संघर्ष बाट दुई विपरित तत्वबीचको संघर्षबाट तय हुने कुरा हो । शत्रुपक्षले कुन दाउपेच र तरिका प्रयोग गर्छ त्यस अनुरुप नै जवाफ दिनु पर्छ । त्यही श्रृंखला भित्रबाट आक्रमण वा प्रतिरक्षा गर्नुपर्छ । संघर्ष हिंसात्मक हुन्छ कि शान्तिपूर्ण त्यसको निर्णय एकपक्षबाट मात्र हुदैन । दुवै पक्षको त्यसमा सहभागिता हुन्छ । तर निर्णायक पहलकदमी सत्तापक्षमा र हुन्छ । जनतााका शान्तिपूर्ण न्यायिक राजनीतिक संर्षहरुमाथि हिंसात्मक ढंगले दमन गर्ने सत्तापक्षसँग हिंसात्मक संघर्षको अर्को कुनै विकलप हुनसक्दैन । यदि शान्तिपूर्ण राजनिितक ढंगले नै मुकाविला गर्ने तरिका अपनायो भने शान्तिपूर्ण रुपमा पनि संघर्ष विकसित हुनसक्छ । हिंसाको मुकाविला शान्तिले, षडयन्त्रको मुकाविला सोझोपनले र धाधलीको मुकाविला सज्जनताले हुँदनै । जस्तालाई तस्तै जवाफ संगठित गर्नुपर्छ । शान्तिपूर्ण राजनीतिक वा वर्गीय एवक् पेशागत संघर्षको विरुद्ध हुने षडयन्त्र र हिंसाको मुकाविला गर्न हामीले पनि आफ्नो त्यस्तै शक्ति संगठित गर्नुपर्छ । क्रान्तिको बाटो तयार गर्ने प्रकृया यही हो यस प्रकृयाबाट अलग बसेर न कुनै न कुनै बाटो तयार हुन्छ, न कुनै संघर्षले विकास गर्न सक्छ न त क्रान्ति सफल हुने कुनै आशा नै गर्न सकिन्छ ।
६.८ पार्टीले यसबेला अरु सबै कुराहरुमा आवश्यकता ध्यन दिंदै व्यापक जनताविच पुग्नको निम्ति किसान आन्दोलन र लडाकू संघर्ष विकास गर्नको निम्ति युवा आनेलनको विकास गर्न विशेष ध्यान दिनुपर्छ । त्यसरी मात्र हामी सत्ताक्षले हाम्रो क्रान्तिलाई हिंड्न पारेको बारे मा बढी अनुकूल ढंगले हिंड्न सक्नेछौं ।
६.९ संघर्ष माथिबाट थोपरेर हुँदैन, प्रतिरक्षा संघर्ष पनि माथिबाट थोपरेर हुँदैन । त्योवर्ग संद्धर्षको मैदानबाट जन्म लिन्छ र पार्टीले त्यसलाई संयोजन, विकास र नेतृत्व गर्नुपर्छ । पार्टीको नीतिगत दिशा निर्देशनको आधारमा वर्ग संघर्षको मोर्चामा ठोस रुपबाट त्यसलाई अघि बढाउनु पर्छ तर अहिले विद्यमान वस्तुस्थितिको आधारमा वर्ग संघर्षको प्रकृयाबाट होइन नेताहरुको मनोगत आग्रहद्धारा माथिबाट पैदान गर्ने व्यापक आशा, प्रयत्न र चिन्तन भै रहन्छ । यो उल्टो कुरा हो । नेताहरुको हतारोले क्रान्ति चाँै भैहाल्दैन न त उनीहरुको पछौंटेपनले क्रान्ति रोकिन नै सक्छ । अहिले या त हामीले जनतालाई संघर्षको स्थितिलाई ठीक ढंगले नवुझेर मनोगत आग्रह गरिरहेका छौं । कुनै पनि संघर्षलाई जनताको बीचबाट पैदा गर्न र जनताकै संगठित घनिष्ठ संलग्नतामा विकास गर्न ध्यान केन्द्रित गर्नुपर्छ । पार्टी प्रचारक संगठक र नेतृत्वकर्ता हो । उसले आफ्नो भूमिका दृढतापूर्वक निर्वाह गर्नुपर्छ ।

७. संयुक्त मोर्चा
७.१ संयुक्त मोर्चा सामन्तवाद साम्राज्यवनद विरोधि जनताको जनवादी क्रान्तिलाई सफल बनाउने एउटा महत्वपूर्ण एवम् निर्णयक हतियार हो । साझा शत्रुको विरुद्ध अन्य सबै वर्ग, तह। पेशा र परिवेश भएका जनतालाई राष्ट्रिय रुपमा एकतावद्ध पारेर संघर्ष गर्नु संयुक्त मोर्चाको उद्देश्य हो । बेग्लाबेग्लै समस्या र स्वार्थ भएका वर्ग, पेशा र तहका जनतालाई साझा उद्देश्यका निम्ति संयुक्त बनाएर काम गर्नु क्रान्ति सम्पन्न गर्ने एउटा महत्वपूर्ण कला पनि हो । अहिले सामन्त वर्ग, दलाल नोकरशाही पूँजीपति वर्ग, वैदेशिक एकाधिकार पूँजीवाद र साम्राज्यवद अरु सबै वर्ग तहका जनता र राष्ट्रको साझा शत्रुको रुपमा रहेका छन् । तिनीहरुलाई अन्त्य गरेर जनताको जनवाद काया गर्नु सबैको साझा उद्देश्य हो । क्ष्सकारण् सामन्तवाद साम्रज्यवाद विरोधी जनताको बहुदलीय जनवादी कार्यक्रम साझा कार्यक्रम हो, संयुक्त मोर्चाको कार्यक्रम हो । वर्तमान राजनीतिक स्थितिमा दरवारद्धारा नेतृत्व गरि एको सामन्ति निरंकुशतावादी पुनरउत्थानवादको खतरा, आम जनता जनवादी शक्ति र प्रजातान्त्रिक अधिकारका निम्ति साझ खतरा हो तथा वर्तमान सत्तापक्षका जनता, राष्ट्र र प्रजातान्त्रिक अधिकार विरोधी नीति तथा कामहरु आम जनताको तात्कालीन संघर्षका साझा राजनीतक निशानाहरु हुन् । त्यसकारण यस्ता साझा शत्रुका विरुद्ध साझा उद्देश्यका निम्ति आम जनता, जनवादी शक्तिहरु तथा देशभक्त र प्रजातान्त्रिक तत्वहरुलाई एकतावद्ध बनाउनु हाम्रो संयुक्र मोर्चाको ठोस उद्देश्य र कार्यक्षेत्र हुनुपर्छ । यसलाई हामी वर्गीय र राजनीतिक दुई ढंगले अघि बढाइरहेको छौं र बढाउन चाहान्छौं ।
७.२ सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडन र राज्यसत्ताको अन्त्य नगरी नेपालका अरु कुनै पनि वर्गका जनताका आधारभूतसमस्याहरु हल हुन सक्दैनन् । त्यसकारण हामीहरु सामन्तवाद साम्रज्यवाद विरोधी जनताको जनवादी कार्यक्रमको आधारमा वर्गीय संयुक्त मोर्चा निमार्ण गर्न चाहान्छौं । यो वर्गीय संयुक्र मोर्चा कम्युष्टि पार्टीको प्रत्यक्ष वा परोक्ष वैचारीक राजनीतिक नेतृत्वमा बन्न्े मोर्चा हो । अहिले हामी यो काम मजदूर, किसान, महिला, युवा, विद्यार्थि, वुद्धिजीवि तथा सास्कृतिक कर्मीहरका वर्ग पेशा वा समुदायका जनसंगठनहरु निमार्ण गरेर अघि बढाउने प्रयत्न गदैछौं । व्यापारी, उद्योगपछि र अन्य क्षेत्रका संगठनहरु पनि निमार्ण गर्ने र सबै वर्ग पेशा, तह र समुदायका जनताका जनसंगठनहरु निमार्ण गरीआम जनतालाई सम्बन्धित क्षेत्रको संगठनको माध्यमबाट जनताको जनवादी क्रान्तिमा परिचालित गर्ने प्रयत्न गर्दैछौं । कुनै तात्कालीन साझा संघर्ष वा अभियानको निम्ति पार्टीको प्रत्यक्ष पहलकदमी र नेतृत्वमा सञ्चालन गर्ने वा विभिन्न संगठनहरुबाट प्रतिनिधित्वलिएर पार्टीके संलग्नतामा संयोजनकारी समिति बनाएर सञ्चालन गर्ने काम गर्दै आएका छौं । पार्टीको वैचारीक राजनीतिक नेतृत्वमा वर्गीय संयुक्त मोर्चा निमार्ण र संञ्चालन गर्ने हाम्रो नीति र प्रकृया हो । प्रत्येक जनवर्गिय संगठनहरुलाई आफ्नो विशिष्ट अभियान र आन्दोलनहरुको साथसाथै एकीकृत वैचारीक राजनीतिक आन्दोलनको निम्ति संयुक्त रुपमा अघि बढ्ने पर्छ । आवश्यकता हेरी यस्ता जनसंगठनहरुलाई संयोजन गर्ने कुनै अतिरित्त स्थानीय संयन्त्र पनि बनाउन सकिन्छ । तर अहिले नै त्यसको हावश्यकता छैन र बनाउनु पनि हुदैंन । अहिले प्रत्येक संगठनलनई बलियो बनायन दृढताका साथ लाग्दै परोक्ष रुपमा मात्र संयोजनकारी संयन्त्र बनाउनु पर्छ ।
७.३ सामन्ती निरंकुहतावादी पुनरउत्थानको खतरा विरोधी सर्तकता र वर्तमान सत्तापक्षका जनविरोधी , राष्ट्रिय हित विरोधी तथा प्रजातान्त्रीक अधिकार विराधी नीति र कामहरुको विरुद्ध साझा राजनीतिक सघर्षको निम्ति राजनीतिक मोर्चा निर्माण गर्नुपर्छ । तात्कालीन ठनेस राजनीतिक उद्देश्यहरु अघि सारेर तिनीहरुको आधारमा मात्र यस्तो मोर्चा निमार्ण हुनसक्छ । यस्तो मोर्चाको भरोसायोग्य राजनीतिक सहभागीहरु अहिले वामपन्थि समुहहरु मात्र हुन् । तर अहिले वामपन्थि समुहहरुका विचमा पचि त्यस्तो कुनै स्थायी राजनीति मोर्चा बन्न सकेको छैन । समस्या विशेषलाई लिएर बेलाबखत अस्थायी रुपमा मात्र हुँदै आएको छ । विभिन्न तात्कालीन विषयमा संघर्ष सञ्चालन गर्ने कार्यनीतिक दृष्टिकोणमा रहेको गम्भीर मतभेदहरुले पनि यसमा भूमिका देलेका छन् । हाम्रो पार्टीले आधारभूत विषयहरुको साथसाथै प्रत्येक तात्कालीन महत्वपूर्ण सवालहरुमा पनि आफ्नो सुस्पष्ट दृष्टिकोण अघि सार्नु पर्छ । त्यसमा सहमत हुने समूहहरुसंग संयुक्त रुपले अघि बढ्न आवह्वन र प्रयत्न पनि गर्नुपर्छ । नीति, दृष्टिकोण र कार्य तरिकामा सहमत भएमा सम्भव सवालहरुमा संयुक्त रुपले काम गर्दै अन्य सवालहरुमा स्वतन्त्र रुपमा अघि बढ्नु पर्छ । आफ्नो शक्तिलाई स्वतन्त्र रुपमा बलियो बनाएर मात्र अरुलाई पनि तान्न र संयुक्त बनाउन सकिन्छ । साझा राजनीतिक सवालमा सम्भव शक्तिहरुलाई उचित ढंगले एकतावद्ध बनमउन प्रयत्न गर्ने अलगावादी दृष्टिकोण्, हरुसँग एकतावद्ध नभइ अघि बढ्न सकिन्न भन्ने परावलम्वि दृष्टिकोण र आफ्नो स्वतन्त्र शक्तिलाई बलियो बनाउन प्रयत्न नगर्ने दृष्टिकोण गलत दृष्टिकोणहर हुन् । हामीले साझा राजनीतिक सवालमा उपयुक्त राजनीतिक मोर्चा बनाएर अघि बढ्ने दृष्टिकोण लिनुपर्छ । यस्तो मोर्चामा देशभक्त प्रजातान्त्रिक तत्वहरुलाई नि सामेल गर्ने दृष्टिकोण लिनु पर्छ । स्थिति र आवश्यकता अनुसार हाम्रो पार्टीले यसको निम्ति पहलकदमी लिनुपर्छ र प्रयत्न गर्नुपर्छ ।
७.४ देशको प्रमुख प्रतिपक्षि राजनीतिक शक्तिको हैसियतले हामैो पार्टीले सत्ता पक्षबाट भएको विभिन्न ज्यादतिहरुको विरुद्ध राष्ट्रिय हितको सवालमा प्रजातान्त्रि अधिकारहरुको संरक्षणको सवाल र जनवीविकाका समस्याहरु समाधान गर्ने सवालमा अस्थायी, आशिंक र क्षणीक रुपमा सहयोग प¥याउन सक्ने शक्तिहरुलाई पनि सम्बन्धित सवालको हितको निम्ति उपयोग गर्ने र सत्तापक्षलाई सकेसम्म बढी एक्लो र कमजोर बनाउने दृष्टिकोण लिनुपर्छ । प्रत्येक सवालमा प्रत्येकको विचार विश्लेषणहरु र व्यवहारलाई ध्यान दिएर सम्बन्धित सवालमा सकेसम्म बढी सकारात्मक शक्तिहरुलाई गोलवन्द गर्ने भूमिका खेल्नुपर्छ ।

८. वामपन्थी एकता र पार्टी एकीकरण

८.१ हाम्रो देशमा वामपन्थी र दक्षिणपन्थिको सीमा रेखा माक्र्सवादी लेनिनवादी सिद्धान्त बनेको छ । वामपन्थीहरु माक्र्सवाद लेननिवादको मार्गदर्शन स्वीकार गर्छन् । दक्षिणपन्थीहरु त्यसको विरोध गर्छन् । दक्षिणपन्थिहरु सामन्तवाद साम्रान्यवादको पक्षपोषण र सेवा गर्छन् । वामपन्थीहरु त्यसको विरुद्ध आम जनता, राष्ट्र र आमूल परिर्वतनको पक्षपोषण तथा सेव गर्छन । दक्षिणपन्थीहरु र कम्युनिष्टको बीचमा क्रान्तिकारीजनवादी कार्यक्रम लिएको अरु कुनै वामपन्थी शक्ति छैन । त्यसकारण वामपन्थि एकता भनेको हाम्रो सन्दर्भमा कम्युनिष्टहरु बीचको एकता हो । विगत वाम एकता र मोर्चा पनि कम्युनिष्ट समूहहरुविच कै एकता तथा मोर्चा थियो ।
८.२ पंचायत विरोधी सघर्षको वेला वाममोर्चा बन्दा विश्व कम्युनिष्ट आन्दोलनको तस्वीर जस्तो थियो आज धेरै भिन्न भएको छ र देशको कम्युनिष्ट आन्दोलनमा पनि निकै परिर्वतन आइसकेको छ । अहिले देशको कम्युनिष्ट आन्दोलनमा प्रष्ट रुपमा जडसूत्रवादी, सही माक्र्सवादी लेनीनवादी र विसर्जनवादी तीनवटा प्रवृत्ति र धारहर देखा परेका छन् । सैद्धान्तिक राजनीतिक रुपमा दूरी अझै बढेको छ । आज माक्र्सवादी लेनीनवादी सिद्धान्तलाई बुझ्ने, व्याख्या गर्ने र लागु गर्ने सवालमा, विश्व कम्युनिष्ट आन्दोलनको स्थितिको मूल्यांकन गर्ने सवालमा, समाजवाद र समाजावदी आन्दोलनके व्याख्या गर्ने सवालमा, देशभित्र क्रान्तिकारी संघर्षलाई अघि बढाउने निति र दृष्टिकोणको सबालमा , देश र दुनिँयाको कम्युनिष्ट आन्दोलनबाट शिक्षा लिने सवालमा देशभित्रको राजनीतिक स्थिति र शक्तिहरुको विश्लेषण गर्ने सवालमा जस्त अनेक आधारभूत महत्वका विषयमा विचार विविधता र विपरित्त सोचाइहरु समेत छन् । तर पनि सबैले कम्युनिष्ट पार्टी, माक्र्सवाद लेनिनवाद र समाजवाद भचिरहेको हुनाले शाव्दिक समानता छ र त्यसले जनतामा भ्रम पनि जारी रहेको छ । त्यसकारण आज वामपन्थि एकत भनेको ठोस रुपमा राजनीतिक मोर्चा तहको एकता हो । जनवादी आन्दोलनको विकासको निम्ति यो एकताको पनि कह्त्वपूर्ण भूमिका रहने कुरा पष्ट छ । तर त्यो भन्दा बढी विषयहरुमा एकता व्यापक सैद्धान्तिक वैचारीक सघर्षको क्रममा मात्र संभव हुन सक्छ । त्यसकारण संभव सवालमा राजनीतिक मोर्चा बनाउदै सैद्धान्तिक वैचारीक संघर्षलाई गहिराई र दृढता साथ संचालन गर्नुपर्छ । गंभीर विचार भिन्नतालाई नदेखे जस्तो गरी मनमा एकताको भ्रम पाल्ने र जनतामा फैलाउने काम गर्नु हुदैन ।
८.३ स्रद्धान्तिक, राजनीतिक र विचारधारात्मक संघर्षको क्रममा समान मतमा रहेको समूह वा व्यक्तिहरुलाई सम्मनपूर्ण ढंगले पार्टीमा एकताबद्ध बनाउनु पर्छ, पार्टीको एकीकरणलाई अझ व्यापक र सुदृढ बनायने पर्छ । देशको कम्युनिष्ट आन्दोलनमा विघटन र पुनर्गठनको दौर अझै समाप्त भएको छैन । यस दैरानमा समान मतावलम्वीहरु एक ठाँउमा संगठित हरने प्रकृया अझै तेज हुनेछ र यो नराम्रो कुरा होइन । हाम्रो पार्टीले सैद्धान्तिक वैचारीक सघर्षमा गंभीरता र उत्साहका साथ भाग लिनुपर्छ । आफ्ना विचार विश्लेषणहरुलाई दृढताका साथ अघि सार्नुपर्छ । स्वतन्त्रतापूर्वक पार्टीलाई बलियो बनाउन सहासका साथ कदम चाल्नुपर्छ । समान मतावलक्वीहरुलाई पार्टीमा एकतावद्ध गरेर पार्टी एकीकरणको प्रकृयालाई अघि बढाउनु पर्छ ।

९ रणनीति कार्यनीति
९.१ पार्टीको राजनीतिक रणनीनि जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने सामाग्रीक योजना हो । क्रान्तिका लक्ष्यहरु निर्धारण गर्नु, शत्रुको किटान गर्नु, मित्रहरु निश्चित गर्नु, सघर्ष र संगठनका रुपहरु निश्चित गर्नु तथा क्रान्तिमा नेतृत्व, निर्णयक भूमिका, सहयोग रविरोध जस्ता भूमिकाहरुलाई वर्गीय दृष्टिकोणले तय गर्नु जस्त कुराहरु रणनीतिक मह्त्व राख्ने मुख्य कामहरु हुन् । पार्ठी कार्यक्रमका पूर्वलिखित भागहरुमा सक्वन्धित क्षेत्रको हाम्रो रणनीति र तत्सम्वन्धि प्रष्ट भएको छ ।
९.२ पार्टीको रणनीति क्रान्तिकारी लक्ष्य प्राप्त नभएसम्म बदलिदैन । उसको तात्पर्य आधारभूत वस्तुगत स्थिति अनुरुप रणनीति निर्धारित हुन्छ । सर्वाकारा श्रमजीवि वर्गको नेतृत्व। किसानहरुको निर्णयक भूमिका, निम्न पूँवीपति वर्गका अन्य तहहरुको भरोसायोग्य भूमिकार मध्यम पूँजीपति वर्गको सहयोगी भूमिकाहरु र समानतावाद, दलाल नोकरशाही पूँजीपति वर्ग, वैदेशिक एकाधिाकार पूँजीवाद र साम्राज्यवादसंग आधारभूत शत्रुता जस्ता कुराहरु वस्तुगत विश्लेषणको आधारमा निर्धारित भएका वर्गीय दृष्टिकोण भूमिका र नीतिका कुराहर हुन् । यिनीहरु जनवादी क्रान्तिको कालभारी अपरिवर्तित रहन्छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय स्थिति, जनताको चेतना र वर्ग संघर्षको अवस्था अनुसार संगठन र संघर्षका रुपहर बदलिरहन्छन् तर क्रान्तिलाई निर्णयक विजय सम्म पु¥याउनको निम्ति जनताको संगठित लडाकू बल प्रयोगको भूमिका पनि अनिवार्य हुन्छ । यसमा पनि परिर्वतनको कुनै सम्भावना छैन । तर बल प्रयोग गर्ने संगठन र सघर्षको कस्तो स्वरुप हुन्छ त्यो वर्ग संघर्षको भावि विकासमाथि भर पर्ने कुरा हो । अहिले हामी आम रुपमा शान्तिपूर्ण सघर्ष भित्र प्रतिरक्षात्मक बल प्रयोगलाई हाराहारीमा गर्दै अघि बढ्नु पर्ने स्थितिमा छौं ।
९.३ हरेक ठोस स्थितिमा प्रधान शत्रुको विरुद्ध प्रहार र सघर्ष केन्द्रित गर्दै शत्रुतापूर्ण अन्तरविरोधहरु समाधान गर्ने सघर्षको विकास गरिन्छ । प्रधान शत्रुले नै प्रमुख रुपमा शत्रुतापूर्ण अन्तरविरोधहरुको राजनीतिक प्रतिनिधित्व गरिरहेको छ । सघर्षको विकास क्रममा प्रधान शत्रु फेरिन सक्छ । प्रधान शत्रुमा हेरफेर भएपछि त्यसले शत्रु र मित्र बीचको राजनीतिक शक्ति विन्यासको राण्नीतिक योजनामा पनि आवश्यक पुनसंयोजन गर्नु जरुरी हुन्छ । विद्यमान प्रधान शत्रुका विरुद्ध, सघर्षका विद्यमान प्रमुख रुपमा केन्द्रित भएरनै वर्ग संघर्षका विकास गर्नुपर्छ । प्रधान शत्रु नबदलिदैं संघर्षका प्रमुख रुप फेरिन सक्छ रप्रभान शत्रु फेरिए पनि संघर्षको प्रमुख रुप नफेरिन सक्छ । त्सकारण यस्ता मह्त्वपूर्ण विषयहरुमा पार्टीले ठोस परिस्थितिको विश्लेषण गरेर शक्ति विन्यासको ठोस राण्नीतिक योजना तयार गर्नुपर्छ ।
९.४ अहिले पनि राज्स सत्ता वर्गीय रुपमा सामन्तवर्ग र दलाल नोकरशाही पूँजीपति वर्गको हातमा छ । तर राजनीतिक शक्तिको हिसाबले सामन्ति निरंकुशताका परम्परावादी शक्ति र नेपाली कांग्रेसको बीचमा सक्रमणकालीन द्धन्द छदैछ । राजनीतिक हिसाबले र शक्तिको हिसाबले एक प्रकारको दोहोरो सत्ता छ । तर कांग्रेसको सरकार भएकोले सत्ता संचालनमा त्यसको भूमिका प्रमुख छ । त्यसकारण् अहिले भैरहेको राष्ट्रिय हित र एकताको हानी, सार्वभौमिकताको सीमितिकरण, प्रजातन्त्रिक अधिकारहरुको कटौति र जनजविीका एवम् जनजीवनको अशुरक्षा जस्ता विषयमा कांग्रेसको सत्ता मुख्य दोषि छ । त्यसकारण प्रहारको निशाना पनि त्यही बनेको छ । यस्तो स्थितिमा परम्परावादी शक्तिको बारेमा कडा सर्तकता अपनाउदैं कांग्रेसका सत्ताका जनता। राष्ट्र र प्रजातन्त्रिक रुपमा राजनीतिक शक्ति विन्यास गर्नको निम्ति अहिले यो महत्वपूर्ण विषय हो ।
९.५ प्रतिकृयावादी सत्तलाई अन्त्य गरी जनसत्ताको स्थापना गर्नु हाम्रो क्रान्तिकारी राजनीति र सघर्षको हमेशा केन्द्रिय कार्य रहेको छ र रहनुपर्छ तर त्यसको निम्ति कुन वेला कस्को विस्द्ध कसरी लड्नु पर्छ भन्ने कुरा विशिष्ट स्थितिले तय गर्ने कुरा हो भन्ने हामीलाई थाहा छ । शत्रुहरुको बिचमा भेद गरे जस्तै मित्रहरुसंगको व्यवहारमा पनि कार्यनतिक रुपमा ठोस स्थितिलाई ख्याल राखिनु पर्छ तर सबै शत्रुलाई परास्त गर्न ध्यान दिए जस्तै मित्रलाई उनीहरुको वर्गीय भूमिकामा दृढता साथ उभ्याउनको निम्ति पनि हाम्रो नीति र कामहरु समग्रतामा अविचलित हुनुपर्छ । हाम्रो कार्यनीतिलाई निर्देशित गर्ने सैद्धान्तिक दृष्टिकोण यही हो ।
९.६ हामी अहिले शान्तिपूर्ण संघर्षको घेरा भित्रबाट अघि बढ्ने अधिकतम कोशिस गरिरहेका छौंं । यसको उच्च्तम विकास शान्तिपूर्ण संघर्ष र वैधानिक प्रतिस्पर्धाबाट सरकार बनायने र त्यसबाट जनता राष्ट्र र प्रजातन्त्रको हितमा प्रगतिशिल ढंगले अधिकतम सुधार गर्नेसम्म् मात्र हो रयो पनि जनसत्ताको स्थापना गर्ने आन्दोलनमा महत्वपूर्ण कुरा र उपलव्धि नै हो । त्यसपछि पनि वलपूर्वक फडेको हान्ने काम बाकिँ नै हुन्छ । सरकारमा गएर प्रगतिशिल कार्यक्रम लागू गर्ने कार्यनीति अन्र्तगत शान्तिपूर्ण संघर्ष कै वेला संघर्ष अर्को मोड लिनु पर्ने परिस्थिति आयो भने कार्यनीतिको यो कोण स्थगित हरने र नयाँ ढंगले जानु पर्ने स्थिति पनि आउन सक्छ ।
९.७ पार्टीको कार्यनीतिले पार्टीको राण्नीतिक निर्धारणहरुलाई विद्यमान स्थिति र अवस्थाको आधारमा व्यवहारीक रुप दिनु पर्छ । त्यसलाई सफल बनाउनको निम्ति पार्टीको विद्यमान स्थितिको सबै क्षेत्रमा सम्पूर्ण काम काजलाई निर्देशित गर्नुपर्छ । क्रान्तिकारी राजनीतिक कार्यदिशाको नेतृत्वमा सुधार वा परिवर्तन साना वा ठूला परोक्ष वा प्रत्यक्ष संसदीय वा असंस्दस्य सबै कुराको संचालन गर्नुपर्छ । त्यसकारण कार्यनीतिक चरित्र सामायिक अस्थायि र परिवर्तनशील हुन्छ । कार्यनीति संभावना होएन वास्तविकतामा आधारित हुनुपर्छ । त्यसले परिस्थिति र विषय विशेष अनुरुप प्रत्यक्ष वा परोक्ष रुपमा पार्टीको क्रान्तिकारी लक्ष्य र रणनीतिको सेवा गर्नुपर्छ । कुनै पनि हालतमा त्यसलाई हानी पु¥याउने हुनु हुँदैन ।
९.८ अहिले पार्टीले आफ्नो कार्यनीति विगत आन्दोलनका प्रजातान्त्रिक उपलब्धिहरु रक्षा र विकास राष्ट्रियता सार्वर्भमिकता र राष्ट्रिय हितहरुको संरक्षण एवं सम्वर्धन, जनजीविकाका समस्याहरुको समाधान र देशको विकास निमार्णको निम्ति प्रगतिशिल राष्ट्रवादी जनदिश दिने विषयहरुमा प्रत्यक्ष रुपमा आधारित बनाउनु पर्छ । संगठनलाई सुदृढ शक्तिशाली र विकसित बनाउने कुरामा केन्द्रित गर्नुपर्छ । शान्तिपूर्ण संघर्षको घेरा भित्रको आक्रमण र प्रतिरक्षका संघर्षहरुलाई व्यवस्थित रुपमा संचालन गर्न ध्यान दिनुपर्छ र समग्रतामा क्रान्तिकनरी शक्ति संचयको कुरामा केन्दिैत गर्नुपर्छ । प्रत्येक विशिष्ट स्थितिको आधारमा तात्कालीन कामका ठोस लक्ष्यहरु निर्धारित गरी हरेक वेलाको कामलाई ठोस र उद्देश्यमूलक बनाउनु पर्छ ।