साँझको समय थियो । डुब्न लागेका सूर्यका किरण पहाडका टुप्पामा रातो भएर फैलिएका थिए । चिसो हावाको सिरसिरले जङ्गल नै आनन्दमय र रमाइलो बनेको थियो । यस्तो बेलामा जसलाई पनि खुला हावामा घुम्न मन लाग्नु स्वाभाविकै हो । आ-आफ्ना गुँडहरूमा र घरमा बसिरहेका पशुहरू र चराहरू पनि विस्तारै बाहिर निस्केर जङ्गलमा यताउता घुम्न थालेका थिए ।
सानो बचेरो परेवा पनि आफ्नो गुँडबाट बाहिर आउने कोसिस गर्दै थियो । उसको उड्ने पखेटामा भरखर भरखर प्वाँखहरू उम्रन थालेका थिए । बचेरो दिनभरि एक्लै गुँडमा बस्दा-बस्दा भोकाइसकेको थियो । उसले आफ्नो गुँडबाट बिस्तारै टाउको निकालेर तल जमिनतिर हेर्यो । तल केही दिन पहिले मात्र सिकारीहरूले सुगाहरूलाई समात्न जाल थापेका थिए अनि थुप्रै धान गहुँहरू छरेका थिए । बचेरोले निस्कने बेलामा उसकी आमाले भनेको कुरा सम्झियो- "बाबु ! तिमी अझै सानो छौ । तिम्रो उड्ने प्वाँखहरू पनि बल्ल उम्रन थालेका छन् । तिमी हामी नभएको बेला उड्ने कोसिस गरौला । तल तिमी सजिलैसँग झर्न सकौला तर फेरि फर्केर गुँडमा आउन गाह्रो होला । थुपुक्क ज्ञानी भएर आफ्नै गुँडमा बसिराख । हामी चाँडै तिम्रा लागि चारो लिएर आउनेछौँ ।" "त्यति भनेर तिनले आफ्नो चुच्चोले बचेरोको जीउ थुम्थुम्याई दिएकी थिइन् । बचेरोले पनि टाउको हल्लाएर हुन्छ भन्ने सङ्केत दिएको थियो ।
बचेरोले फेरि सोच्यो- "सबै बाहिर निस्केर घुमिरहे छन् । मलाई मात्र के होला र ? आमाबुबा आउनुभन्दा पहिले नै म आफ्नो गुँडमा फर्किहाल्नेछु ।" त्यसपछि बचेरो भुईँमा झर्यो र बिस्तारै बिस्तारै धान, गहुँ टिप्दै खान थाल्यो । चारो टिप्ने सुरमा बचेरोले गुँडमा र्फकनु पर्छ भन्ने कुरालाई पनि बिस्र्यो ।
एकै छिनमा अँध्यारो भयो । उसले भुईंमा देख्न सक्ने जति छरिएका चारोहरू टिप्दै गयो । उसलाई आफैँ चारो टिप्न सकेकोमा मनमनै खुसी पनि लागेको थियो । छेउकै एउटा रूखमा बसिरहेको चिन्टु बाँदरले अघिदेखि बचेरोको त्यो क्रियाकलाप हेर्दै थियो । अँध्यारो भइसकेर पनि बचेरो आफ्नो गुँडमा नगएको देखेर उसले सोच्यो- "कतै कुकुर बिरालाहरूले उसलाई आफ्नो गाँस बनाउने त होइनन् ?" ऊ मनमनै सिरिङ्ग भयो ।
उसले फेरि सोच्यो- "जमाना ठीक छैन । एक्लो बच्चाहरू पाउने बित्तिकै चोर्ने र खाने गर्नेहरू यस जङ्गलमा धेरै छन् । उनीहरूको फन्दामा पर्यो भने बिचरा बचेरोको ज्यान त जान्छ जान्छ उसका आमाबाबाको पनि बेहाल हुन्छ । यो बेला उसको रक्षा गर्नु मेरो कर्तव्य पनि हो ।"
चिन्टु बाँदर आफ्नै सोचमा मग्न थियो । उसले बचेरोतिर ध्यान पुर्याउन बिस्र्यो पछि झस्स सम्झेर तल हेर्यो तर त्यहाँ बचेरो थिएन । चिन्टुलाई झन् ठूलो पिर पर्यो । उसले सोच्यो- "लौ जा कहाँ गयो होला बचेरो ?" उसले आफूले आफैंलाई कोस्यो - "छिः म पनि कस्तो हुस्सु होला ।" ऊ झटपट रूखबाट तल झर्यो र यताउता हेर्यो । उसले सानो स्वरमा - "बचेरो ! तिमी कहाँ छौ ?" भनेर बोलायो । बचेरो विस्तारै झ्याङबाट बाहिर निस्क्यो र भन्यो- "म यहीँ झ्याङमा लुकेर बसेको थिएँ । बिरालोलाई देखेर म लुक्न गएको थिएँ ।"
चिन्टु बाँदरले भन्यो-"स्याबास ! लुक्न त जान्यौ नि तैपनि तिमी यहाँ तल बस्नु ठीक छैन ।" यति भनेर उसले बचेरोलाई बोक्यो र रूखमा चढ्यो । रूखमा चढिसकेपछि उसले बचेरोलाई माया गर्दै सुम्सुम्याइरहृयो । बचेरोले पनि आफू सुरक्षित भएको सम्झ्यो र उसैको काखमा भुसुक्क निदायो । चिन्टु बाँदरले पनि उसलाई न्यानो पारेर सुतायो ।
बिहान भयो । सूर्यले सधैँ जस्तै आफ्ना सुनौलो किरणलाई धरतीमा फैलाई दियो । हिजो साँझ फर्केका चराहरू फेरि आजको आहारको खोजीमा जाने तरखर गर्दै थिए । त्यहीबेला बचेराका आमाबुबा पनि हस्याङ फस्याङ गर्दै आइपुगे ।
उनीहरूलाई देखेर फिस्टे भङ्गेरोले सोध्यो -"दाइ र भाउजू एकाबिहानै हतारिँदै कताबाट ?"
भँगेरीले सोधिन् - "भाउजू ! निस्कने बेलामा र्फकँदै ? के भयो ?
भालेले जवाफ दियो - "के भनौँ खै ? धन्न ज्यान बचाएर आएँ ।
फिस्टे भँगेराले आत्तिएर सोध्यो - "दाइ ! के भयो ?" परेवाले जवाफ दियो- "आहार खोज्दा खोज्दै सिकारीको जालमा हामी दुवै फँस्न पुग्यौँ । अब हाम्रो जिन्दगी यत्तिकै हो भन्दै बचेरोलाई सम्झदै रूँदै बस्दै थियौँ नजिकै दुलामा बसिरहेको दयालु एउटा मुसा भाइ हाम्रो बिलौना सुनेर आयो र हाम्रो जाल काट्दै भन्यो- "दाइ ! बिहानै त्यो पापी सिकारी आइहाल्नेछ । तपाईंहरू दुवैजना अहिले नै एउटा सुरक्षित ठाउँमा बस्न जानुहोला । राति हिँड्न पनि खतरा छ फेरि अँध्यारोमा बाटो पनि देखिँदैन ।" उसैको सहयोगले हामी बाँच्न सफल भयौँ । बाँकी कुरा पछि गरौँला है । गुँडमा बचेरो एक्लो र भोकाएको होला ।" यति भनेर परेवाका जोडी आफ्नो गुँडतिर लागे । गुँडमा बचेरोलाई नपाएर छटपटिँदै बाहिर आए र कराउँदै चिच्याउँदै बचेरोलाई बोलाउन थाले । पोथीचाहिँ रुन नै थालेकी थिइन् । तिनले रुँदै भनिन्- "बचेरोको बाबा ! कहाँ गयो होला हाम्रो बचेरो ? लौन मेरो बच्चा । कतै.......यो आपत् हामी माथि नै किन आएको होला ?"
अर्को रूखमा बचेरोलाई अँगालेर बसिरहेको चिन्टु बाँदरले हल्लाखल्ला सुन्यो र उनीहरूका अगाडि आएर भन्यो- "बहिनी ! भाइ ! ल लिनुस् तपाईँहरूको बचेरो । यो बचेरो रातभरि मसँग नै थियो । अनि तपाईंहरू किन हिजो घर र्फकनु भएन ?
"पोथी परेवाले हत्तपत्त आफ्नो बचेरोलाई "मेरो बाबा !" भन्दै अँगालिन् भाले परेवाले आफूमाथि भएको सबै घटना सुनायो र भन्यो- "मुसा भाइ र तपाईँ जस्ता दयालु दाजुभाइको सहयोग र उपकार हुँदासम्म हामी जस्ता सानासाना पशुपक्षीहरूको रक्षा भइरहनेछ । तपाईंहरूलाई हामी धन्यवाद मात्रै दिँदैनौ सादर नमस्कार पनि गर्दछौँ ।" यति भनेर परेवाको जोडीले चिन्टु बाँदरलाई नमस्कार गरे अनि त्यहाँबाट आफ्नो गुँडतिर फर्के ।
<Photo 1>

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें