लोकप्रिय पोस्ट

गुरुवार, 19 मई 2011

गरिबीको रेखामुनी रहेका बालबालिकाले निशुल्क शिक्षा पाउने भए

गुल्मी ३ जेठ  
      दश बर्षै दन्द्धको क्रममा र गरिबीको कारणले पढ्न नपाएर पिल्सीएका बालबालिकाहरुले अव निशुल्क रुपमा शिक्षा पाउने भएका छन । पढ्ने चाहना हुदाँ हुदै पनि अवसर बाट बञ्चित द्धन्द्ध र एचआईभी पिडित बालबालिकालाई शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना गरिएको उई आर टुगेदर नेपाल नामक संस्थाले आज शाखा कार्यलय गुल्मीमा गरेको अन्र्तक्रिया कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।
 गरिवीको कारणले शिक्षाको अवसर बाट बञ्चित भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने उदेश्य रहेको सस्थाले गुल्मी जिल्लामा द्धन्द्ध,एच.आई.भी पिडित र गरिबीको कारणले पछाडि परेका बालबालिकाको अवस्था, आर्थिक स्थीती र सहकार्य लगाएतका विषयमा छलफल गरेको थियो। स्थानीय शान्ती समिति गुल्मीका संयोजक जिवन रानाको प्रमुख आतिथ्यतामा सम्पन्न छलफल कार्यक्रममा संयोजक रानाले शान्ती समितिमा आउने आर्थिक रकम समन्धीत कार्यलयमा सिधै आउने भएकोले समितिले मध्यस्ताको भुमीका मात्र निर्वाह गर्न सक्ने बताउनुभयो ।उहाँले संस्थाले गर्न लागेको राम्रो कामका लागी आफ्नो र संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो। यस्तै कार्यक्रममा नेकपा एमालेका जंग नेपालीले गुल्मी जिल्लामा मात्र देशभर नै दश वर्षे द्धन्द्ध र आर्थिक कमजोरीका कारण धेरै बालबालिकाहरु जोखिममा रहेको र शिक्षाको पहुचबाट टाढा रहेको बताउनुभयो। उहाँले यस्ता खालका संस्थाहरु धेरै स्थापना भएका र एक दुई वर्ष काम गरेर बन्द हुने अवस्थामा पुगेको बताउदै पहिले शुरुवातमा आर्थिक खर्चिने भन्दा पनि रचनात्मक काम गर्न सुझाव दिनुभयो।उहाँले बाबबालिकाको क्षेत्रमा काम गरिराखेका सिविन,सेभ द चिल्ड्रेन लगाएतका संस्थाहरु संग सहकार्य गरेर अगाडी बढ्न सल्लाह दिनुभयो। छलफलमा तम्घास गाविसका पुर्व अध्यक्ष तथा महेन्द्र उच्च माविका विधालय व्यवस्थापन समितिका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले यदि संस्थाले सिफारिस गरेर पठाएमा आफ्नो विधालयले पनि ४ जना बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यतm गर्नुभएको छ । साथै श्रेष्ठले बालबालिकाको शिक्षा पाउने अधिकार मात्र नभएर खेल्न पाउने पनि अधिकार भएकोले गुल्मीको सदरमुकाम तम्घासमा बालबालिकाको लागी चिल्ड्रेन पार्कको आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द देबकोटाले संस्थाले पहिलो चरणमा राजनितिक दल र पत्रकारहरु संग छलफल गरेको दोश्रो चरणमा गुल्मी जिल्लाका विधालयका प्रधानाध्यापक र विधालय व्यवस्थापन समितिका अध्यक्ष संग छलफल चलाउने जानकारी दिनुभयो ।

कालिगण्डकी पछी देशकै दोस्रो ठुलो जलसाययुक्त परियोजना गुल्मीमा

गुल्मी जेठ ३ 
            विज्ञहरुको एक अध्ययन टोलीले गुल्मी जिल्लाको छल्दी, पनाह र निस्तेखोलामा कुलेखानी पछिको देशकै दोस्रो ठुलो जलसाययुक्त विद्युत परियोजनाको पहिचान गरेको छ । युवा राजनितिज्ञ दामोदर भुषालको संयोजकत्वमा कृषि, पर्याटन र जलस्रोत विज्ञहरुको अध्ययन टोलीले उक्त खोलामा यस्तो सम्भावनाको पहिचान गरेको हो ।
 "यी तिनवटा खोलामा बाँध बाधेर ५० मेगाहट भन्दा बढी क्षमताको जलसाययुक्त विद्युत उत्पादन हुन्छ, अध्ययन टोलीका जलस्रोतविज्ञ डा. कृष्ण प्रसाद दुलालले भने कुलेखानी पछि यो देशकै दोस्रो ठुलो परियोजना बन्न सक्छ ।" आफुहरुले २ दिनसम्म छल्दी , पनाह र निस्ते खोलाको संगम स्थल रातडाँडा देखि उक्त खोलाको अर्का संगम स्थल बढीघाटको दोभान सम्म गरेको स्थलगत अध्ययन पछि जलसाययुक्त विद्युत परियोजनाको प्रचुर सम्भावना रहेको छ 'डा. दुलालले थपे सरकार , दातृ निकाय र निजि क्षेत्रको साझेदारीमा यो परियोजना सम्पन्न गर्न सकिन्छ ।' जिल्लाको कृषि , जडिवुटी र पर्यटन लगायत एकिकृत विकासका लागि यो परियोजना भरपर्दा माध्यम वन्न सक्छ ' अध्ययन टोलीका कृषि एवं पर्यटन विज्ञ चन्द्र प्रसाद पोखरेलले भने 'यो परियोजना बन्न सके यसले जिल्लाको उर्जा आवश्यकतालाई पुरा गरेर पनि राष्ट्रको उर्जा संकटलाई समेत टेवा पुर्‍याउन सक्छ ।' उनले प्रसिद्ध धार्मिक स्थल रेसुङ्गाको तटमा रहेको छल्दी, पनाह र निस्ती खोलामा बाँध बाधेर जलसाययुक्त परियोजना बन्यो भने आधुनिक कृषि प्रणालीको विकास, मत्स्य पालन, र्‍याप्टीङ्ग सेवा र केवुलकार समेत संचालन गर्न सकिने र यसले पर्यटन विकास मार्फत गुल्मीको अर्थतन्त्र माथी उठ्ने बताए । स्थानिय साधन स्रोतबाट जिल्लाको अर्थतन्त्र बलियो पार्न सकिन्छ भन्ने विषयमा गत २ वर्ष देखि अध्ययन गरेको बताउने एकिकृत विकासका लागि साझेदारी विषयक अवधारणा प्रस्ताव पेश गर्ने अध्ययन टोलीका संयोजक भुषालले यो प्रारम्भिक अध्ययन हो, यसको विस्तृत अध्ययन राज्यले गर्नुपर्ने बताए । अध्ययन टोलीको प्रस्ताव जिल्ला विकास समिति स्थानिय राजनिती दल सम्मिलित छलफल कार्यक्रममा पेश गरेको बताउदै संयोजक भुषालले भने राजनैतिक दलहरुले सर्वदलिय समिति बनाएर माथिल्लो निकायलाई घच्घचाउने सुझाव दिएका छन् । अध्ययन टोलीमा सामाजिक कार्यकर्ताहरुको तर्फवाट शेर बहादुर कुँवर र जिविस गुल्मीबाट कार्यक्रम अधिकृत शंकर प्रसाद गौतम लगायत रहेका छन् ।

जिप दूर्घटना हुँदा चालक सहित १७ जना यात्रु घाईते

गुल्मी जेठ १  
गुल्मी जिल्लाको थानपति गाविसमा एक यात्रुवाहक जिप दूर्घटना हुँदा चालक सहित १७ जना यात्रु घाईते भएका छन् । आज विहान १० वजे गुल्मीको सदरमुकाम तम्घासवाट वुटलतर्फ जाँदै गरेको लु १ ज १३६६ नम्वरको जीप केहिवेर अघि गुल्मीको थानपति गाविस ९ स्थित पानीटंकि नजिकै दुर्घटना भएको हो ।

द्वन्द्व सधैका लागि अन्त्य गर्न सर्वसाधरणको आग्रह

गुल्मी जेठ १ 
गुल्मी अर्खाबाङ्ग – द्वन्द्वका बेला माओवादीको आधार इलाका मानिएको दुर्गम अर्खाबाङ्गका सर्वसाधरणले अब कहिल्यै पनि द्वन्द्व नहुने गरी समस्याको समाधान गर्न राजनीतिक दल समक्ष आग्रह गरेका छन् । सत्ता लिप्सा र व्यक्तिगत स्वार्थ छोडर आफुहरुका आग्रह सुन्न र पीडा बुझ्न समेत सर्वसाधरणको आग्रह छ ।
राज्यले द्वन्द्व पीडितको स्पष्ट आधार नबनाउँदा माओवादी र राज्य दुवैपक्षबाट समस्यामा परेका पीडितहरुले अहिलेसम्म पनि आफुहरु कुन पक्षका द्वन्द्व पीडित हौं भन्ने जानकारी नपाएको समेत गुनासो गरे । हिजोको द्वन्द्वमा जस्तो सुकै पीडा भोगेको भएपनि अब आफुहरुले कुनै खाले द्वन्द्व र अशान्तिको कल्पना गर्न समेत नसक्ने उनीहरुले बताए । स्थानीय शान्ति समितिले द्वन्द्वबाट सबै भन्दा बढी प्रभावित क्षेत्र अर्खाबाङ्गमा आयोजना गरेको द्वन्द्व पीडितहरुको पुर्नमिलन कार्यक्रममा आ–आफ्ना पीडा पोख्दै पीडितहरुले राजनीतिक दलले सबै खाले द्वन्द्व सदाका लागि अन्त्य गर्ने तर्फ अग्रसर हुन आग्रह गरे । त्यसका लागि दवाव दिन उनीहरुले नागरिक समाज र बुद्धिजीवीहरुलाई समेत गुहारेका छन् । राजनीतिक दलका प्रमुखहरु, शान्ति समितिका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, संचारकर्मी उपस्थित कार्यक्रममा द्वन्द्व शुरु भएदेखि सर्वसाधरणले यसरी खुलेर आफ्ना पीडा व्यक्त गरेको यो पहिलो कार्यक्रम भएको स्थानीयले बताए । कार्यक्रममा धेरैले अझै पनि द्वन्द्व हुने हो र बोलेकै कारण पछि पीडा पाईने हो कि भन्ने त्रासले नबोलेको र कतिपयले आफ्ना नाममा आएको राहत समेत नबुझेको पीडा पोखे । दर्लिङ्ग–७ की पूर्णकला वि.क.ले अब आफुले पहिलेको जस्तो द्वन्द्व कहिल्यै कल्पना गर्न नसक्ने भन्दै द्वन्द्व सदाका लागि अन्त्य गर्न आग्रह गरिन् । गाउँमै फेला परेको बेबारिसे बम खेलाउँदा एक वर्ष अगाडी उनको एक मात्र छोरा सहित दुई बालकले ज्यान गुमाएका थिए । उनले आफ्ना छोरा गुमेको पीडा सम्झदै द्वन्द्व अन्त्य होस भन्न आग्रह गर्दा धेरैका आँखा समेत उनीसंगै रसाएका थिए । ‘बमले छियाछिया परेको मेरो छोरा अब कहिल्यै फर्केर आउन्न, मलाई थाहा छ’, पुर्नमिलन कार्यक्रममा उनले भनिन्, ‘तर मेरो एउटा मात्र आग्रह हो, मैले कहिल्यै नर्फकने गरी जसरी छोरा गुमाए, त्यसै गरी हिजोको द्वन्द्व पनि कहिल्यै नफर्कने गरी समाप्त होस ।’ पुर्नमिलन कार्यक्रम भएकै कारण आफ्नो छोराको मृत्युमा माओवादी र सरकार कसैलाई दोष नदिने उनले बताईन । उनले अबका दिनमा आफु जस्तै अर्को नारी रुन नपरोस भन्दै कामना गरिन । ‘म माओवादी र सरकार कसैलाई दोष दिन्न’, उनले भनिन, ‘तर हामी सबै मिलेर बस्न सक्ने गरी अबको बातावरण बनाईदिनुस मेरो आग्रह छ ।’ कार्यक्रममा पूर्व जिविस सदस्य समेत रहेका रितबहादुर थापाले भोली के हुने हो भन्ने पीडाले यहाँका सर्वसाधरणहरु अझै त्रसित रहेको भन्दै त्यसबारे स्पष्ट पार्न राजनीतिक दलका नेताहरुसंग आग्रह गरे । ‘द्वन्द्वका समयमा अर्खाबाङ्गलाई माओवादीले दोस्रो रोल्पा भन्यो, राज्यले यहाँका सबैलाई माओवादी देख्यो’, उनले भने, ‘त्यही त्रासले अहिलेसम्म कोही बोल्न खोज्दैनन्, कसैले राहत बुझेका छैनन् ।’ अब द्वन्द्व हुन्छ कि हुँदैन भन्नेमै सर्वसाधरण अन्योलमा रहेको उनले बताए । ‘सबैको आशंका द्वन्द्व सधैका लागि अन्त्य हुन्छ कि हुँदैन भन्ने हो ।’, उनले भने । कार्यक्रममा राहत नपाएको भन्दा पनि द्वन्द्व अन्त्य होस भन्ने आग्रह धेरैले व्यक्त गरेका थिए । केहीले पहुच र शक्तिका भरमा राहत बुझ्ने गरेको भएपनि पीडित भएरपनि पहुँच नभएकै कारण राहत पाउन नसकेको गुनासो समेत पोखे । उपस्थित कतिपय सर्वसाधरणले आफुहरु दुवै पक्षबाट पीडित हुँदा समेत राहत पाउन नसकेको बताए । ‘माओवादी आँउछन र विद्यालयको भित्तामा नारा लेख्छन, सेना आउछ र तँ पनि माओवादी भएकै कारणले लेख्न दिईस भन्दै तारिक दिन्छ’, पैंयापाटा प्राविका प्रधानाध्यापक समेत रहेका चन्द्रलाल अर्यालले भने, ‘तम्घास पुगेर तारिख बुझेर आयो, यहाँ आउँदा माओवादीले तम्घास जाने हाम्रो कार्यक्रममा किन नजाने भन्दै झोला बोकाएर लैजान्छन यस्तो समस्यामा परेका हामी कुन पक्षका द्वन्द्व पीडित ?’ राज्यको निकाय भएकाले सेना प्रहरीले यातना दिने, र सरकारका सुराकी भन्दै माओवादीले अनेक दुःख दिने गरेको भएपनि अर्खाबाङ्गका कुनै शिक्षकहरुले अहिलेसम्म कुनै राहत नपाएको उनको गुनासो थियो । ‘राज्यको राहत दिने नीति नै ठिक छैन’, उनको गुनासो थियो, ‘हामी कुन पक्षका द्वन्द्व पीडित भयौं अहिलेसम्म जानकारी छैन् ।’ कस्ताले कस्तो खालको राहत पाउने भन्ने सम्बन्धमा स्पष्ट नहुँदा सिंगो गाविसका शिक्षकहरु राज्यको राहतबाट बञ्चित भएको अर्यालले बताए । कार्यक्रममा एमाले अध्यक्ष बोमबहादुर खड्का, माओवादी सह इन्चार्ज जितजंग, नेपाली कांग्रेसका क्षेत्रीय सभापति दामोदर भुसालले हिजोको सबै पीडा बिर्सेर अब नयाँ समाज र नयाँ नेपाल निर्माणमा लाग्नु पर्ने बताए । ‘गणतन्त्र आईसकेको छ, त्यसैले हिजोका पीडा बिर्सेर नयाँ नेपालका परिकल्पना गरौं ।’, नेताहरुको आग्रह थियो । अब नेपालको अर्को द्वन्द्वको सम्भावना नरहेको उनीहरुले स्पष्ट पारे । प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल र शान्ति समिति संयोजक जिवन रानाले राज्यले बर्गिकरण नै गरेर राहत उपलब्ध गराउँदै आएको र त्यसलाई अझै निरन्तरता दिने भन्दै समाजमा द्वन्द्वको पीडा बिर्सेर मिलेर बस्न आग्रह गरेका थिए ।

लोकतान्त्रिक संविधान निर्माणका लागि मैन वत्ति

गुल्मी १ जेठ 

  सूचनाको हकको ग्यारेन्टी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता सहितको लोकतान्त्रिक संविधान निर्माणका लागि दबाब सृजना गर्ने उद्देश्यले आज गुल्मीको सदरमुकाम तम्घासमा मैन वत्ति प्रल्वजन गरियो ।
नेपाल प्रेस युनियन केन्द्रिय कार्यालयको आवह्वानमा गुल्मी शाखाले आज दिउसो जिल्ला प्रशासन कार्यालय अगाडि एक कार्यक्रमका वीच मैन वत्ति प्रल्वजनगरि जेठ १४ गते भित्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता सहितको लोकतान्त्रिक संविधान निर्माणका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदश्य जनार्दन घिमिरेले दुई वर्ष भित्रमा जनतालाई लोकतान्त्रिक संविधान निर्माण गर्ने प्रतिवद्धता वोकेर गएका सभाषद्हरुले निर्धारित समयमा संविधान निर्माण गर्ने तर्फ उदासिन वनि पटकपटक समयावधि थप्ने र आफ्नो पदीय आयु लम्व्याउने काममा लागेको भन्दै निर्धारित समयमा लोकतान्त्रिक संविधान जारी गर्नकालागि नेपाल प्रेस युनियनले दवावमूलक कार्यक्रमहरु शुरु गरेको वताउनु भयो । उहाँले शान्ति प्रकृया टुङ्गोमा पुग्ने र लोकतान्त्रिक संविधान निर्माण हुनेमा जनतामाझ शंका उत्पन्न भएको भन्दै यस्तो गंम्भीर समयमा लोकतान्त्रिक संविधान निर्माणका लागि दबाब सृजना गर्न लोकतन्त्रमा आस्था राख्ने सम्पूर्ण पत्रकार नागरिक समाज लगायत सवैलाई एक जुट हुन समेत आग्रह गर्नु भएको थियो । नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष हरिप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतमविभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मिहरुको सहभागिता रहेको थियो ।

रुखबाट लडेर १ जनाको ज्यान गएको छ

गुल्मी बैशाख २७  
   जिल्लाको वामी गाविसमा मगंलबार दिउसो घास काट्ने क्रममा रुखबाट लडेर १ जनाको ज्यान गएको छ । वामी गाविस वार्ड नम्बर ५ रुक्से निवासी ५० बर्षिय मन बहादुर दर्लामीको दिउसो घास काट्ने क्रममा आफ्नै घर नजिकैको बारीमा टाटेको रुखबाट लडेर ज्यान गएको छिमेकीले बताएका छन ।
 टाउकोमा गम्भिर चोट लागेका मन बहादुरको घटनास्थलमै मुत्यु भएको बताइउको छ । दलार्मी मगंलबार दिउसो वामी मैदानमा रहेको फोटो सहितको नामावली सकंलन केन्द्रमा आफ्नो मतदाता नामावली दर्ता गराएर गएका थिए । ५० बर्षिय मन बहादुर १० बर्ष अगाडि बाग्लुङ्ग जिल्लाबाट बसाई सराई गरेर आएका थिए । उनको पुखौली घर बाग्लुङ्ग जिल्ला रहेको बताइएको छ ।

२३ वर्षिय निशाको लागि कतारका सामाजिक संस्थाले ३ महिनाको लागि ९,००० रियाल बराबर (एकलाख असी हजार रुपैँया नेपाली ) को औषधी निशुल्क उपलब्ध गराउने

दोहा -कतार

         आज भन्दा छ महिना पहिले वैदेशिक रोजगारको सिलसिलामा कतार आएकी थिइन् निशा मिश्र । सात बर्षको छोराको भविष्यको लागि केहि गर्छु भन्ने सपना बोकेर कतार आएकी निशा जब एक्कासी छाती दुख्ने समस्या देखिएपछि हमाद मेडिकल अस्पतालमा जचाउन पुग्दा उनी छांगोबाट खसेको जस्तो भईन् । 


उनीलाई विगत सत्र दिन देखि जाँच पड्ताल गर्दै आएका डक्टरले उनकै अगाडि बाँच्ने सम्भावना न्युन भएको भन्दै नेपाल जान आग्रह गरेपछि अहिले उनको र उनको परिवारमा आँसुको भेल रोकिएको छैन ।
आज भन्दा ४ बर्षपहिले लोग्नेले छोडेर अर्को विहे गरेपछि उनी माइतीको आश्रयमा बस्दै आएकी थिइन् । बडो कष्टको साथ पैसाको जोहो गरेर कतार आएकी उनी नेपालबाट मेनपावरले ब्युटिपार्लरको लागि मासिक १००० भनेर पठाए पनि आठ सय भन्दा नदिएको बताउने उनी अहिले म मेरो लागि होइन, मेरो छोराको लागि भने पनि बाँच्न चाहन्छु भनी सहयोगको याचना गरेकी छिन् ।


झापा गरामनी ४ माइती भएकी निशालाई विहे भएको ३ बर्षमा नै विराटनगरवासी उनका पतिले छोडेपछि माइतीघरमा बस्दै आएकी छिन् । माइतीको आर्थिक अवस्था एकदम नाजुक भएको र आमा एकजना विद्युत प्राधिकरणमा पियनको जागिरबाट घर चलाउँदै आएको हुनाले नेपाल फर्किएपछि उनको उपचार गरेर बाँच्ने आशा नरहेको बताउँदै कतार स्थित हमाद मेडिकल अस्पतालको बेड नं. ६३५ मा दुइ हातले मुख छोपेर भक्कानो छोडेर रोइन् ।
यदि मलाई नेपाली चेली संझीएर बचाउन चाहनुहुन्छ भने तपाईंहरुलाई मेरो धेरै आशिष लाग्ने छ भन्दै कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा सामाजिक संस्थाहरुसंग सहयोगको लागि यो सन्देश पुर्याइदिन आग्रह गरिन् । त्यहाँ कार्यरत भारतीय डक्टरलाई भेटेर परामर्श लिँदा यसको उपचार भारतमा सहजसंग हुने तर यहाँ ठूलो रकम लाग्ने भएको हुनाले नेपाल पठाउन खोजिएको बताउने उनले निशाको मुटुको दाहिने भागमा मासुको झिल्ली मात्र पलाएको हुँदा त्यसको लागि मुटु प्वाल पारेर कृत्रिम संयन्त्र जडान गरेमा लामो समय बाँच्न सक्ने बताए ।



२३ वर्षिय निशाको लागि कतारका सामाजिक संस्थाले ३ महिनाको लागि ९,००० रियाल बराबर (एकलाख असी हजार रुपैँया नेपाली ) को औषधी निशुल्क उपलब्ध गराउने भएको पनि निशाले बताईन् । "यदि दयालु मुटु भएको कोहि नेपाली दाजुभाईहरु हुनुहुन्छ भने मलाई आर्थिक सहयोग गर्नुहोस् "- उनले भनिन् । "पतिले छोडेपनि छोराको लागि भनेर माइतीमा बसेर बाँचेकै थिएँ । नाबालक छोरालाई शिक्षा दीक्षा दिएर बालिग र योग्य बनाउछु भन्ने मेरो सपना पुरा गर्न भने पनि मलाई सहयोग गर्नुहोस् , यो मेरो सहयोगको सन्देश सवैमाझ पुर्याएर सहयोग गर्नुहुनेछ भन्ने आशा लिएकी छु "- उनले भनिन् ।



उनको थप उपचार्रार्थ तथा नेपाल पठाउने व्यवस्थाको लागि कतारका व्यवशायी तथा समाजसेवी महेन्द्र चौँलागाईं र लक्ष्मण खतिवडा तथा प्रवासी नेपाली झापाली सर्म्पर्क मञ्चले आर्थिक सहयोग संकलन गरी पिडित निशालाई तीन/चार दिनमा नै नेपाल पठाउने तयारीमा लागेको बताएका छन् ।

ट्याक्टर दुर्घटनामा १ को मृत्यु

गुल्मी बैसाख 
गुल्मीको पुर्तीघाटमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन । 
पुर्तीघाट गाविसबाट बालुवा लिएर शान्तीपुर जाँदै लु १ त ६९८८ नं. को ट्याक्टर दाङ्गसिनमा दुर्घटना हुदा शान्तीपुरका रत्न बहादुर पुनको उपचारका लागी पाल्पाको मिसन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने अर्का घाईते ट्याक्टर चालक तारा पुनको उपचार भईरहेको छ। मृतक रत्न र घाईते तारा बाबुछोरा हुन ।

नेपाली कांग्रेस सिमीचौरद्धारा प्रेस बिज्ञप्ति जारी

गुल्मी वैशाख 

नेपालि कांग्रेस गाउँ कार्यसमिती सिमीचौर गुल्मीको पार्टि कार्यालयमा हिजो राति भएको तोडफोडको घट्ना दरिद्र काम तथा कमजोर मानसिकताको उपज भएको नेपालि काङगे्रस सिमीचौर गाउँ कार्य समिती गुल्मीले ठहर गरेको छ ।
 पार्टि कार्यालयमा रहेको पार्टिको बोर्ड तथा झण्डा तोड्फोड एवं च्यातिएको अवस्थामा भेटिएको र अपमान जनक गालि व्याईजेति पुर्ण कुरा लेखिएको अवस्थामा फेला परेको भन्दै उक्तकार्यको गाउँ कार्यसमिती सिमीचौरले घोर भत्सना समेत गरेको छ । आज एक प्रेस बिज्ञप्ति जारी गदै उक्त कार्यबाट नेपालि कागे्रस गाउँ कार्य समिती कति पनि बिचल्लीत नहुने भन्दै दोसिलाई तत्काल कडा कारबाहिको माग समेत कांग्रेस गाउँ कार्यसमिती सिमीचौरले गरेको छ । नेपालि कांग्रेस गाउँ कार्यसमिती सिमीचौरका सभापति टोपलाल ज्ञवालि द्धारा हस्ताक्षरित बिज्ञप्तीमा दोसिलाई तत्काल कानुनको कठघरामा ल्याई कडा भन्दा कडा कारबाहि गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।

आजदेखि डोडसेडिङ् घट्ने

 काठमाडौँ वैशाख २३, 
नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको अवधि घटाएको छ । वर्षातका  कारण नदीहरुमा पानीको मात्रा बढेकाले विद्युत उत्पादनमा वृद्धि आएकाले लोडसेडिङको समय कटौती गरेको प्राधिकरणले जनाएको छ ।
परिवर्तित तालिका अनुसार अव साताको चार दिन दैनिक ११ घण्टा र तीन दिन १२ घण्टाका दरले लोडसेडिङ हुनेछ । यसअघि प्रतिदिन १४ घण्टा लोडसेडिङ हुने गरेको थियो । परिस्थिति प्रतिकूल भए फेरि लोडसेडिङको समय थप हुनसक्ने प्राधिकरणले जनाएको छ ।

कारागारमै परीक्षा.......

पाल्पा,  वैशाख २३-
 एक जना महिला थुनुवाले कारागार भित्रै कक्षा १२ को परीक्षा दिएकी छिन् । वेद उच्च मावि बराङ्दीमा अध्ययनरत खानीगाउँ- ८ की २० वर्षीया कमला सारु सोमै गत असोजदेखि पुर्पक्षका लागि थुनामा छिन् ।
 पद्म पब्लिक नमूना उच्च माविमा परीक्षा केन्द्र भएपनि सुरक्षाका कारणले कारागार मै परीक्षा दिने व्यवस्था मिलाएको कारागार प्रमुख यादवराज पाण्डेले बताए । केन्द्रबाट निरिक्षकले पेपर र कापी लिएर आउने र महिला सेल मै उनको परीक्षा लिने गरिएको उनले बताए । आठ दिनकी सुत्केरी सोमैलाई जिल्ला अदालत पाल्पाले कर्तव्य ज्यान मुद्धामा गत असोजमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनी २० हजार धरौटी बुझाउन नसक्दा थुनामा बसेकी हुन् । उनलाई आफ्नै श्रीमान्को बुबा मारेको अभियोग छ

५२ वर्षपछि पुनर्मिलन


गुल्मी, जेष्ठ ४ -
      'राम्ररी बस्नू, आफ्नो र बच्चाको राम्रो ख्याल गर्नू, म जागिर खोजेपछि तिमीलाई लिन आउँछु,' २५ वर्षे किमबहादुर श्रीसले श्रीमती चन्दि्रकालाई भनेका थिए । त्यही विश्वासमा चन्दि्रका कहिले श्रीमान् आउलान् भन्दै दिन गन्न थालिन् । तर दिन हैन, वर्षौं बित्यो पति फर्किएनन् । २४ वर्षको छँदा छाडेका पति आफू प्रौढावस्थामा पुग्दा पनि नफर्केपछि उनले फेरि भेट हुने आसै मारिसकेकी थिइन् । तर अचम्म, ५२ वर्षपछि उनको जीवनमा अचानक खुसीको भेल आयो- पति घरमा टुप्लुक्किए ।
चलचित्रको कहानीझैं लाग्ने हाडहाडे-५ को यो जोडीको अहिले अथार्थमै पुनर्मिलन भएको छ । २५ वर्षको लक्का जवान छँदा बिछोडिएका जीवनसाथी किमबहादुर यतिबेला ७९ पुगेका छन् भने एक वर्ष कान्छी चन्दि्रका ७८ की भइन् । राम्ररी पैसा कमाउने उद्देश्यले यो जोडी बिछोडिएको थियो । छुट्टनिे बेला गर्भमा रहेका उनीहरूका कान्छा छोरा सूर्यप्रकाश अहिले ५२ वर्षका भए । उनले शनिबार पोखरामा पहिलो पटक आपmना बाबु फेला पारेका हुन् । पैसा कमाएर श्रीमती र छोराछोरीलाई सुख दिलाउने आशामा भारत पसेका किमबहादुर गरिबीकै कारण घर र्फकन सकेनन् । घरबाट हिँड्दा सोचेजस्तो कमाउन नसकेपछि विरक्तिएका उनले कोलकाता, सिलाङ र असममा जवानीका ३५ वर्ष बिताए । कतैबाट पनि पैसा कमाउन नसकेपछि नेपाल फर्केका उनलाई त्यसपछि पनि घर जान मन लागेन । त्यसपछिका १७ वर्ष परिवारसँग सम्पर्कविहीन भएर पोखरामा बिताएको उनले बताए । पोखरानजिकै राम्दीको सुस्तमनस्थिति केन्द्रमा उनलाई छोराले फेला पारेका हुन् । पहिला पैसा कमाउन नसकेपछि घर आउन मन लागेन,' घर र्फकन नसक्नुको पीडा पोख्दै किमबहादुरले भने, 'नेपाल आएपछि पनि पागलजस्तै भइयो र घर नै बिर्सिन थालियो ।' अहिले श्रीमती, छोरा र भाइसमेत खोज्दै पोखरामै पुगेकाले आएको उनले सुनाए । बेपत्ता बाबुलाई तम्घासकै भरत भलामीको सहयोगमा उनीहरूको परिवारले फेला पारेको हो । किमबहादुर पोखरामा रहेको र हाडहाडेकै हुन सक्ने भन्ने खबर पाएपछि छोरा सूर्य, आमा चन्दि्रका र साइँला बाबु दलबहादुर उनलाई भेट्न त्यहाँ पुगेका थिए । 'देख्नासाथ आमाले तेरो बाबु यिनै हुन् भनेपछि म एकैछिन बोल्न र हेर्न पनि सकिनँ,' सूर्यले भने । पाँच दशकभन्दा बढी समय जीवनसाथी बिनै बिताएकी चन्दि्रकाले खुसी व्यक्त गर्दै भनिन्, 'ढिलै भए पनि श्रीमान्सँग भेट हुन पायो ।' घर छाड्नासाथ सम्पर्कविहीन भएकाले यति लामो समयसम्म कतै खोज्न नसकिएको उनले बताइन् । पहिलो पटक पोखरा पुगेर बाबु भेटेका सूर्यप्रकाशले भने आफूलाई सपना हो कि विपनाजस्तो भएको बताए । 'म आफैं नातिनातिनाको हजुरबुबा भैसकें,' सूर्यप्रकाशले भने, 'देख्छुजस्तो लागेको थिएन तर अहिले सपना हो कि विपना छुट्टयाउनै गार्‍हो भएको छ ।' परिवारमा अहिले खुसीको कुनै सीमा नरहेको उनले बताए । भेट्नासाथ परिवारले उनीहरूलाई पोखरामै अबिर जात्रा गरेका थिए । 'दोस्रो विवाहजस्तै गरियो,' भाइ दलबहादुरले भने । किमबहादुरका दुई छोरा, ६ नातिनातिना र ३ पनातिपनातिना भइसकेका छन् । उनीहरू पोखराबाट सोमबार साँझ तम्घास आएको खबर पाएपछि हाडहाडेबाट त्यहीं भेट्न पुगेका आफन्तको होटलमै भीड लागेको थियो ।

विद्यार्थी नभएपछि हाजिर गरेर तलव पकाउदै शिक्षकहरु


गुल्मी  जेठ ४
   यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना नभएपछि गुल्मी जिल्लाको नयाँगाउ गाविसका दुई शिक्षिकाहरु विद्यालयमा हाजिर गरेर मात्रै तलब खाइरहेका छन ।
 नयाँगाउ गाविस वार्ड नं १ महानन्द प्राथमिक विद्यालयमा गत शैक्षिक सत्रसम्म निजी स्रोतका एक सहित ३ शिक्षक शिक्षिकाहरुले जम्मा ५ जना विद्यार्थी पढाएर तलव खाँदै आएका थिए भने यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना नभएपछि शिक्षकशिक्षिकाहरु हाजिर मात्रै गर्न बाध्य भएका हुन । यस्तै गुल्मीकै हर्दिनेटा गाविसको वार्ड नं ४ को तारुक गाँउमा रहेको जनज्योति प्रा. वि मा गत शैक्षिक वर्ष सम्म ५ विद्यार्थी २ शिक्षक थिए भने यस शैक्षिक सत्रमा जम्मा ३ जना मात्रै विद्यार्थी भर्ना भएपछि प्रधानध्यापक भोजराज न्यौपाने र निजी स्रोतका शिक्षकले जम्मा ३ जना मात्रै विद्यार्थीहरु पढाएर मासिक १४ हजार भन्दा बढी तलव खाँदै आएका छन ।

जनजातिहरुको दोस्रो जिल्ला सम्मेलन जेष्ठ ११ र १२मा


गुल्मी जेठ ४
   “जनजाति अधिकार, गणतन्त्र र राष्ट्रियताको पक्षमा हाम्रो अभियन, विखण्डनवाद र सङ्घीयतावादका विरूद्ध दोस्रो गुल्मी जिल्ला अधिवेशन” भन्ने मूल नाराका साथ जेठ ११ र १२ गते जनजाति सम्मेलनको दोस्रो जिल्ला अधिवेशन सदरमुकाम तम्घासमा सम्पन्न हुने भएको छ ।

सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीले सो अधिवेशनको उद्घाटन गर्नुहुने र अधिवेशनमा राजमोका केन्द्रीय सदस्य बमबहादुर खत्री विशिष्ट अतिथि रहनु हुने अधिवेशन आयोजक समितिले जनाएको छ । समितिका अनुसार अधिवेशन तयारीको काम तिव्र रूपमा अगाडि बढिरहेको छ ।
अधिवेशनको प्रचार गर्दै जिल्लाब्यापी रूपमा पोष्टरिङ र वालपेन्टीङ भैरहेको छ । यसै क्रममा गुल्मी जिल्लामा जनजाति सम्मेलनका गाउँ स्तरीय समितिहरू पनि गठन भएका छन् ।

अब विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न पाउने


४ जेठ, काठमाडौं ।
 तपाइँ आफूले लेखेको परीक्षाको उत्तरपुस्तिकाको सही मूल्याङ्कन भएन भनेर चिन्तामा हुनुहुन्छ ? अब चिन्ता नलिनुस् ।
तपाइँले लेखेको परीक्षाको सही परीक्षण भएको छ छैन ? तपाइँको उत्तरपुस्तिका कसरी जाँच भएको छ ? अब तपाइँले हेर्न पाउनुहुनेछ ।
सर्वोच्च अदालतले विद्यार्थीले चाहेअनुसार आफूले लेखेको परीक्षाको उत्तरपुस्तिका हेर्न दिन सूचना आयोगले गरेको आदेश सदर गरेपछि विद्यार्थीहरुले आफ्नो उत्तरपुस्तिका हेर्न पाउने भएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश बलराम केसी र अवधेशकुमार यादवको इजलासले बुधबार उत्तरपुस्तिका हेर्न दिन सूचना आयोगले दिएको आदेश खारेजको माग गर्दै त्रिभुवन विश्वविद्यालयले दिएको रिट खारेज गरेको हो ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ ले तय गरेअनुसार विद्यार्थीले चाहेअनुसार उनीहरुले लेखेको परीक्षाको उत्तरपुस्तिका हेर्न दिन त्रिविलाई आदेश पनि गरेको छ । साथै, आदेशमा सुरक्षालाई मध्यनजर राखी नाम गोप्य राखी उत्तरपुस्तिका दिनसमेत भनिएको सर्वोच्चका सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।

शंकरदेव क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी विजय अर्यालले दिएको उजुरीमा सूचना आयोगले उत्तरपुस्तिका हेर्न दिन आदेश दिएको थियो । तर, त्रिविले त्रिवि ऐनअतर्गत छ महिनापछि धुलाउने प्रक्रियाअनुसार धुलाइसकिएकाले उनको उत्तरपुस्तिकाको प्रतिलिपी दिन नसकिने जवाफ दिएको थियो ।

फेरि त्रिविकै अन्य चार विद्यार्थी केशवराज रेग्मी, शंकर पौडेल, सन्तोष न्यौपाने र सोम ढकालले आफ्नो परीक्षाको उत्तरपुस्तिका हेर्न पाउँ भन्दै आयोगमा पुनरावेदन गरेका थिए ।

उनीहरुको पुनरावेदनको सुनुवाई गर्दै अयोगले त्रिविलाई उत्तरपुस्तिका हेर्न दिन आदेश गरेको थियो । सूचना विभागका आदेश बदर गर्न माग गर्दै त्रिविले सर्वोच्चमा रिट दायर गरेको थियो ।

गुल्मीका एक नेपाली युवाको रेल दुर्घटना परी निधन

   रोजगारीका लागी छिमेकी मुलक भारत पुगेका गुल्मीका एक नेपाली युवाको रेल दुर्घटना परी निधन भएको खबर प्राप्त भएको छ। रोजीरोटीका लागी अप्रिल महिनाको २४ तारिख भारतको तामिलनाडु राज्यको चेन्नाई शहरमा पुगेका गुल्मी खड्ककोट ८ का रामु थापा त्यहाँ पुगेको अर्को दिन देखी हराएका थिए।

हराएपछी वेवारिश भएका थापालाई उनका आफन्त तथा भारत मुलप्रवाह समितीका सदस्यहरुको पहलमा खोजी गर्ने क्रममा उनको निधन भएको खबर प्राप्त भएको हो । चेन्नईको कुमारनगरबाट हराएका उनलाई खोजकार्य गरी रहदा सोलिङ्गार पुलिश स्टेसनबाट प्राप्त जानकारी अनुसार थापाको रेल गूड्ने लिगमा परी निधन भएको त्यहा स्थित स्थानिय प्रशाशनले जनाएको छ ।
खोज अनुसन्धान गर्दै जाँदा अखिल भारत मुल प्रबाह पुर्व नगर अध्यक्ष झवीलाल पोख्रेल, कर्ण थापा, यमुना थापा, उत्तर नगर समितिका अध्यक्ष ज्योति नारायाण शर्मा, पस्चिम नगर समितिका दाँयाराम खनाल, तथा मृतकका पिता विशान थापाको सकृयतामा शब खोज्ने क्रममा अप्रिलको २५ तारिख चेन्नईको हारवार नजिकै विच स्टेशनमा रेल दुर्घटनामा पारी मृत्‍यु भएको पुस्टी भएको हो।
थापाको मृत्‍यु भए पछी रेल्वे पुलिशले उनको शबलाई राजिव गान्धी हस्पिटलमा राखिको तर मृत्‍युको महिना दिन बिती सक्दा मृतकको शब कुहिएर गलीसकेकोले पहिचान गर्न नसकिए पनि पुलिशसँग रहेको दुर्घटनाका तस्विर हेरे पछी मृतकका पिता बिशान थापाले सनाखत गरेको जानकारी प्राप्त भएको छ।
दुर्घटनामा परी ज्यान गुमाएका थापाको अन्तिम दाहसस्कार मुल प्रवाह अखिल भारत एकता समाजको बिशेष पहलमा मृतकका आफन्तजनको उपस्थितीमा किस्नापेट स्थलमा गत मंगलबार दाहसस्कार गरिएको छ। यसै बिच मुल प्रवाह अखिल भारत एकता समाजले एक प्रेस बिज्ञप्ती जारी गर्दै मृतक थापाको दिवगंत आत्मको चिरशान्तीको कामना गर्दै शोक शन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।