गुल्मी १ जेठ
सूचनाको हकको ग्यारेन्टी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता सहितको लोकतान्त्रिक संविधान निर्माणका लागि दबाब सृजना गर्ने उद्देश्यले आज गुल्मीको सदरमुकाम तम्घासमा मैन वत्ति प्रल्वजन गरियो ।नेपाल प्रेस युनियन केन्द्रिय कार्यालयको आवह्वानमा गुल्मी शाखाले आज दिउसो जिल्ला प्रशासन कार्यालय अगाडि एक कार्यक्रमका वीच मैन वत्ति प्रल्वजनगरि जेठ १४ गते भित्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता सहितको लोकतान्त्रिक संविधान निर्माणका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदश्य जनार्दन घिमिरेले दुई वर्ष भित्रमा जनतालाई लोकतान्त्रिक संविधान निर्माण गर्ने प्रतिवद्धता वोकेर गएका सभाषद्हरुले निर्धारित समयमा संविधान निर्माण गर्ने तर्फ उदासिन वनि पटकपटक समयावधि थप्ने र आफ्नो पदीय आयु लम्व्याउने काममा लागेको भन्दै निर्धारित समयमा लोकतान्त्रिक संविधान जारी गर्नकालागि नेपाल प्रेस युनियनले दवावमूलक कार्यक्रमहरु शुरु गरेको वताउनु भयो । उहाँले शान्ति प्रकृया टुङ्गोमा पुग्ने र लोकतान्त्रिक संविधान निर्माण हुनेमा जनतामाझ शंका उत्पन्न भएको भन्दै यस्तो गंम्भीर समयमा लोकतान्त्रिक संविधान निर्माणका लागि दबाब सृजना गर्न लोकतन्त्रमा आस्था राख्ने सम्पूर्ण पत्रकार नागरिक समाज लगायत सवैलाई एक जुट हुन समेत आग्रह गर्नु भएको थियो । नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष हरिप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतमविभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मिहरुको सहभागिता रहेको थियो ।
लोकप्रिय पोस्ट
-
tulsi ram pandey
-
कार्यक्रम पार्टिले सार्वजनीक रुपमा फहराएको आफ्नो लक्ष्यहरुको झण्डा हो । त्यसैको आधारमा आम जनतालाई सचेत, संगठित र परिचालित गर्ने काम गर्न...
-
पृथ्बी मा तिन चीज हरु व्यर्थ छन / एक कंजूस संग भएको धन व्यर्थ हुन्छ किन की त्यों पैसालाई उसले प्रयोग गर्दैना / दुई मुर्ख मानिस संग भएको बिध्...
-
परदेशमै भएपनि मैले आफनो गाउघर आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्...
-
हरियालीले भरिएको हाम्रो देश नेपाल सुन्दर संरक्षण गरेर राखनु पर्दछ गरौँ हामीले तर्खर डाँडा पाखा खोला नाला हाम्रै देशको ठुलो गौरब सबै ठाउला...
-
तुल्सीराम पाण्डे - दसैँ मैना कोखमा राखी मलाइ ठुलो माया दिनु भयो मलाइ सधै हास्न लगाएर आमा हजुरले आँशु पिनु भयो कतै बाट म ढिला आउदा पिढीम...
-
तुल्सीराम पाण्डे - रानी बन को जंगल मा पात र बजाई सिटि माया संग बिछोड भाको धेरै भयो अजै आएन चिठी बिहे मैले गर्छु भन्दा दिईन मलाइ एक सालको ...
-
नमस्कार आज हाम्रो प्यारो नेपाल कुन इस्थिति मा पुगेको छ तपाई हरुलाई सम्पूर्ण जानकारी भएको कुरा नै हो / सबैले आफ्ना आफ्ना बिचार हरु सबैको अगाड...
-
आगो भित्र देश जलेको कथा कस्लाई भन्नु आफै भित्र भित्रै बलेको कथा कस्लाई भन्नु यसै गरि माटोलाई दलदल बनाउँदै जाँदा पैतला भासिदै ढलेको कथा कस्ल...
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें