लोकप्रिय पोस्ट

शनिवार, 4 जून 2011

नौ बुँदे मागमा सहमति



काठमाडौँ, कात्तिक २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कानुनी शासनप्रति सरकारको प्रतिबद्धतासहित अराजकता र दण्डहीनता अन्त्य गर्ने दृढता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले कोही पनि कानुनभन्दा माथि हुन सक्दैन भन्दै रामहरि श्रेष्ठ हत्या प्रकरणमा संलग्न दोषीहरूमाथि कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ तर उहाँको आग्रह छ- कारबाही प्रक्रियामा थोरै पनि 'प्रोभोकेसन'ले शान्ति र संविधान बनाउने ऐतिहासिक अभियानलाई ओझेलमा पार्नसक्छ । त्यसैले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र नयाँ संविधान निर्माण गर्ने ऐतिहासिक दायित्वलाई कसैले नभुलौँ ।
व्यवस्थापिका-संसद्को मङ्गलबारको बैठकमा सभामुखसँग विशेष समय लिएर प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसलगायतले अगाडि सारेका नौ बुँदे मागलगायतका विषयमा सरकारको दृष्टिकोण राख्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
चालू आर्थिक वर्षको विनियोजन विधेयक पारित गर्ने कार्यक्रम रहेको मङ्गलबारको बैठक प्रतिपक्षी दलहरूले उठाएका माग सम्बोधन नभए चल्न नसक्ने चेतावनी दिइएको थियो । त्यसैले सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमतिको प्रयास गर्दा निर्धारित समयभन्दा साढे चार घण्टा ढिलो बैठक सुरु भएको थियो ।
यसबीचमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले राखेका नौ बुँदे मागबारे सरकारले सहमति स्थापित गर्‍यो । त्यही सहमतिपछि सुरु भएको बैठकमा विपक्ष तथा सत्तापक्षका साभासद्हरूले समेत रामहरि श्रेष्ठको हत्या प्रकरण र रक्षामन्त्रीको जवाफ, काङ्गे्रसका मागलगायतका विभिन्न विषयमा प्रधानमन्त्रीले सदनमा स्पष्टीकरण दिनुपर्ने माग गर्नुभएको थियो ।
यसपछि सभामुख सुवास नेम्वाङसँग समय मागेर प्रधानमन्त्री प्रचण्डले रामहरि श्रेष्ठ प्रकरणमा संलग्न आˆनै पार्टीका सदस्यलाई पार्टीको निर्णयसमेत गरेर पार्टीले त्यतिबेलै प्रहरीलाई बुझाएको स्मरण गराउँदै भन्नुभयो- कोही पनि कानुनमाथि हुनसक्दैन । दोषी देखिएका कसैलाई बचाउने दिशामा यो सरकार र यसको नेतृत्व छैन ।
आˆनो ३४ मिनेट लामो वक्तव्यमा प्रधानमन्त्रीले पटकपटक शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण गर्ने कार्यलाई महìव दिन आग्रह गर्दै विगतका विसङ्गतिजस्तै एक अर्कोलाई हिलो छ्याप्नेतिर बहस केन्दि्रत भएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो ।
साझा कार्यभारप्रति हामी गम्भीर छौँ, कुन पार्टी कति इमानदार छ भनेर जनताले राम्ररी चिनेका छन् र पूरै दुनियाँले हामीलाई हेरेको छ- प्रधानमन्त्रीले भन्नुभयो । शान्ति र संविधानको बाटोभन्दा बाहिर जान हामी सक्दैनौँ र सहमतिको विकल्प नरहेको उहाँले बताउनुभयो ।
सत्तारूढ दलका सभासद्ले पनि प्रतिपक्षी दलका सदस्यले जस्तै आवाज उठाएपछि प्रधानमन्त्रीले त्यसप्रति सङ्केत गर्दै "सत्तारूढ र प्रतिपक्ष दलका सभासद् कसले बोल्नुभयो भनेर सोध्नुपर्ने स्थिति पनि आयो" भन्नुभयो ।
प्रधानमन्त्रीले विभिन्न दल र समूहसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकार दृढ रहेको बताउनुभयो । उहाँले सहमति सजिलै गर्ने तर कार्यान्वयन त्यत्तिकै फितलो हुने गरेको अनुभव सुनाउँदै भन्नुभयो- आफू प्रधानमन्त्री भएको पाँचै दिनमा बेपत्ताहरूको स्थिति अध्ययन गर्न आयोग गठन गर्छु भनेको, तीन महिना भइसक्यो बन्न सकेको छैन तर अब अन्तिम चरणतिर पुगेका छौँ ।
नेपाली काङ्ग्रेसले राखेका नौवटै मागमा सहमति भएको जानकारी सदनलाई दिँदै उहाँले यी पुनः प्रतिबद्धता र पुनः सहमतिलाई कार्यान्वयनमा उतार्ने नयाँ सङ्कल्प पनि गर्नुभयो ।
प्रधानमन्त्रीले जानकारी दिनुभएको सहमति अनुसार द्वन्द्वका क्रममा र त्यसपछि पनि कब्जा गरिएका घरजग्गा तत्काल फिर्ता गरिनेछ । २०६५ मङ्सिरसम्म फिर्ता नभएको अवस्थामा २०६५ असार ११ मा सात बुँदे सहमतिमा उल्लेख भएको समयसीमाभित्र फिर्ता नभएको अवधिको आय मूल्याङ्कन गरी राज्यका तर्फबाट क्षर्तिपूति र राहत दिइनेछ । जग्गा फिर्ता, क्षतिपूर्ति तथा राहतको अनुगमन गर्न व्यवस्थापिका-संसद्को अनुगमन समितिले गर्ने व्यवस्था मिलाइनेछ ।
वाईसीएलको अर्धसैनिक कार्यशैली र क्रियाकलापको पूर्णरूपमा समाप्ति र उनीहरूको नियन्त्रणमा रहेका सार्वजनिक, सरकारी-निजी भवन र जग्गा फिर्तासम्बन्धी सहमति असार ११ कै सहमति अनुसार कार्यान्वयन गरिनेछ । त्यतिबेला १५ दिनभित्र खाली गरी सम्बन्धित व्यक्ति वा संस्थालाई फिर्ता गर्ने सहमति भएको थियो ।
सहमति अनुसार राजनीतिक दलका नेताहरूका लागि नेपाल सरकारले गर्नेबाहेक अलग अर्थात् दोहोरो सुरक्षा संयन्त्र नराख्ने भनिएको थियो ।
त्यसलाई कार्यान्वयन गर्ने पुनः प्रतिबद्धता
जनाइएको छ ।
यसैगरी, शिविरमा रहेका माओवादी लडाकुहरूको आर्थिक दायित्वबारे निर्णय
गर्नुपरेमा सेना समायोजनसम्बन्धी विशेष समितिले गर्नेछ । स्थानीय शान्ति समितिको कार्य क्षेत्रगत विवरण -टीओआर) दलीय सहमतिका आधारमा परिमार्जन गरिनेछ ।
सरकारले शान्ति प्रक्रियासाग सम्बन्धित निर्णयहरू गर्दा दलीय सहमतिका आधारमा गर्ने, विगतदेखि सञ्चालनमा आएका तर सम्पन्न नभइसकेका योजनाहरूलाई निरन्तरता दिइनेछ र त्यसका लागि बजेट विनियोजन गरिने भएको छ ।
संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत संविधानसभामा प्रतिनिधित्व गर्ने ६०१ जना सदस्यलाई नै १० लाख रुपियााका दरले उपलब्ध गराइने सहमति भएको जानकारी प्रधानमन्त्रीले दिनुभएको छ । बजेट वक्तव्यमा सो कार्यक्रम समावेश थिएन ।
बजेटमा घोषणा गरिएका राजनीतिक प्रकृतिका कार्यक्रमहरूको कार्यान्वयनको अनुगमन व्यवस्थापिका-संसद्को अर्थ समितिले गर्ने सहमति भएको छ । यस अन्तर्गत साक्षरता अभियान, युवा स्वरोजगार कार्यक्रम, स्थानीय विकास पूर्वाधार कार्यक्रम र सहकारी विकासलगायतका कार्यक्रम पर्छन् ।
प्रधानमन्त्रीले विगतलगायत यो सहमतिको कार्यान्वयनमा 'गहिरो प्रतिबद्धता'सहित सदनमा रहेका सदस्यहरूबीच झन् उच्चस्तरको सहमति र सहकार्यको आवश्यकता रहेको बताउनुभएपछि नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेलले पार्टीका तर्फबाट सन्तोष व्यक्त गर्नुभयो । यसपछि मात्र सदनको नियामित कारबाही सुरु भएको हो ।
 

विद्युत् विकासको कथा र व्यथा


प्रकाश दुलाल
 
नेपालमा जलविद्युत् निर्माणको सुरुवात १९६८ जेष्ठ ९ गते फर्पिङमा ५०० किलोबाट क्षमताको चन्द्रज्योति जलविद्युत् गृहको निर्माणबाट भएको हो । यो नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना हो । वि.स. १९६४ मा चन्द्र शम्शेर वेलायतको भ्रमणमा जाँदा त्यहाँ बिजुली बलेको देखेर प्रभावित भई फर्केपछि उनले तत्कालीन राणाहरूको दरवारमा बिजुली बाल्न यो आयोजना वनाएका थिए । त्यस पछिका सुन्दरीजल -६४० किलोबाट) र पनौती -२४ सय किलोबाट) नै नेपालका पुराना जलविद्युत् आयोजनाहरू हुन । नेपालमा जलविद्युत्को विकास अवधिमा नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा हालसम्म ६४४.३३६ मेगाबाट जलविद्युत्बाट र ५३.४१० मेगाबाट तापीय ऊर्जाबाट गरी जम्मा ६९७.८४६ मेगाबाट विद्युत् क्षमता जडित छ । अहिले नेपाली विद्युत् बजारमा वर्षैभरी करिब ९४० मेगाबाट माग रहेको अवस्था छ भने हिउँद याममा कुलमागको ४८ प्रतिशत मात्र विद्युत् आपूर्ति भैरहेको छ ।
हिउँद याममा हुने विद्युत् आपूर्तिर् -४९२ मेगाबाट) मा नेपाल विद्युत् प्रधिकरणको रन अफ द रिभर प्रणालिका आयोजनाहरूबाट ४६ प्रतिशत निजी क्षेत्रबाट १९ प्रतिशत कुलेखानी जलासय युक्त आयोजनाबाट ९ प्रतिशत थर्मल प्लान्टबाट १ प्रतिशत गरी जम्मा ३७२ मेगाबाट विद्युत् उत्पादन भैरहेको छ भने भारतबाट कुल विद्युत् आपूर्तिको २५ प्रतिशत आपूर्ति रहेको छ । वर्तमान अवस्थामा नेपालको एक दिनको विद्युत् मागलाई हेरेर विश्लेषण गर्ने हो भने विहान तीन घण्टा र वेलुका चार घण्टा पिक आवरमा विद्युत्को माग अत्यधिक हुने गरेको छ । नेपालको विद्युत् खपतको विश्लेषण गर्ने हो भने वषर्ायामको तुलनामा हिउँदयाममा विद्युत्को माग धेरै हुने गरेको छ । करिब ५६ प्रतिशत नेपाली विद्युत् सेवाबाट वञ्चित रहेको वर्तमान अवस्थामा प्रत्येक वर्ष करिब १० प्रतिशतका दरले विद्युत् माग वढिरहेको छ ।
नेपालका करिब ६ हजार नदीमा वहने पानीबाट करिब ८३ हजार मेगाबाट विद्युत् निकाल्न सकिने सम्भावना रहेको भनिदै आएको छ । यो सरकारी प्रतिवेदनको आधारमा नभएर डा. हरिमान श्रेष्ठले सन् १९६६ मा आफ्नो पि.एच.डि.को थेसिसमा उल्लेख भनी भएको भनाइमा आधारित भएर भनिदै आएको हो । यस्तै हाईड्रो सालेसन प्रा.ली. ले गरेको एक अध्ययन अनुसार नेपालको जलविद्युत् उत्पादन क्षमता २४० हजार मेगाबाट र ईन्जीनियरिङ अध्यायन संस्थान पुल्चोकले गरेको अर्को एक अध्ययनले दुई लाख मेगाबाटभन्दा बढी देखाएको छ । अझ जलासययुक्त आयोजना निर्माण गर्ने हो भने नेपालको कुल जलविद्युत् उत्पादन क्षमता यो भन्दा अझै वढ््ने अनुमान छ । त्यसैले नेपालको कुल जलविद्युत् उत्पादन क्षमता कति हो भन्ने यथार्थ थाहा पाउन सरकारले अध्ययन गराउन जरुरी छ ।
प्रजातन्त्रको पुनःस्थापनापछि नेपाल सरकारले आर्थिक उदारीकरणको नीति अनुरूप विकास निर्माणका विभिन्न क्षेत्रमा निजीक्षेत्रको सहभागिता गराउने नीति लियो । जस अनुरूप सरकारले जल विद्युत् विकास नीति २०४९ र विद्युत् ऐन २०४९ लागू गर्‍यो । सो ऐन लागू भएपछि नेपालको जलविद्युत् क्षेत्रमा निजी -स्वदेशी तथा विदेशी) लगानीकर्ताहरूले लगानी गरी जलविद्युत् आयोजना विकास तथा निर्माणकार्य अगाडि बढाइरहेका छन् । करिब २० बर्ष अघि बनेको विद्युत् ऐनमा समय सापेक्ष संशोधन हुन नसक्दा यो क्षेत्रमा समस्याहरू सिर्जना भएका छन् । त्यसैले नै विगतमा दशौ पञ्च वषर्ीय योजनाले अपेक्षा गरेजति जलविद्युत् निजीक्षेत्रले उत्पादन गर्न सकेन । यसपछि निजी क्षेत्रमाथि खोलाको व्यापार गर्ने उद्देश्यले जलविद्युत् आयोजनाको लाईसेन्स लिने गरेको आरोप लगाई झोलामा खोला भनिँदै आएको छ तर अहिले सम्म निजी क्षेत्रका २२ वटा जलविद्युत् गृहबाट करिब १७० मेगाबाट विद्युत् उत्पादन भई सकेको छ भने ११ वटा आयोजना बाट करिब ५८ मेगाबाट जलविद्युत् आयोजनाको निर्माण भइरहेको छ । यस्तै करिब २१६ मेगाबाट क्षमताका करिब ४३ वटा आयोजनाहरू र सरकारी तर्फ बाट माथिल्लो तामाकाशी ४५६ मेगाबाट, चमेलिया ३० मेगाबाट, कुलेखानी तेस्रो १४ मेगाबाट निर्माण गर्ने क्रममा छन् । निजिक्षेत्रबाट नेपाल विद्युत् प्राधिकरणमा पिपिएका लागि करिब एक हजार ५८० मेगाबाट क्षमताका ११७ आयोजनाहरूले आवेदन गरेका छन् भने करिब दुई हजार मेगाबाट क्षमताका आयोजनाहरूको सम्भाव्यता अध्ययन भइरहेको छ र
निजी क्षेत्रबाट विकास तथा पहिचान गरिरहेका आयोजनाहरूबाट उत्पादित विद्युत् शक्तिलाई उपभोग स्थलसम्म पुर्‍याउन विद्युत्् प्रसारण लाईन तत्काल निर्माण गर्न सक्ने अवस्थामा सरकार छैन । त्यसैले सबै आयोजनाहरूको निर्माण अहिले नै अगाडि बढाउने सम्भावना देखिंदैन । कुनै पनि आयोजना लगानीका हिसावले सम्भाव्य हुन आयोजना निर्माण गर्न लाग्ने कुल लागत र त्यसबाट प्राप्त हुने कुल प्रतिफलको तुलनात्मक अध्ययन गर्दा लागत भन्दा प्रतिफल बढी हुन जरुरी हुन्छ । अहिलेे सम्भाव्य देखिएका आयोजनाहरू लामो समयसम्म निर्माण हुन नसकेको खण्डमा भविष्यमा लागत बढ्न गई सम्भाव्य नहुन सक्दछन् । निजीक्षेत्रले अरवौ रुपियाँ र वर्षौ समय खर्चिएर विकास गरेका आयोजनाहरू प्रसारण लाईनको अभावमा समयमै निर्माण हुन नसक्दा यी आयोजनाहरूमा उनीहरूद्वारा गरीएको अरबौ लगानी डुव्ने अवस्था आउन सक्छ । त्यसैले यस्तो परिस्थिति आउन नदिन सरकारले जलविद्युत् उत्पादकहरूका समस्याहरू के कस्ता छन् र तिनको कसरी सम्बोधन गर्न सकिन्छ भनेर गम्भीर वन्न जरुरी छ । तर सरकार जलविद्युत्को विकास नहुनुको दोष निजीक्षेत्र माथि लगाएर उनीहरूले लिएका लाईसेन्सको खारेज गर्ना साथ जलविद्युत् विकासले नयाँ गति लीने तर्क गरिरहेको छ ।
जलस्रोतको धनी मुलुक नेपालमा जलविद्युत् उत्पादनलाई प्राथमिकतामा राखी सोही अनुसारको नीति तयगरी जलविद्युत् विकासलाई तीव्रता प्रदान गर्नुपर्नेमा ऊर्जा क्षेत्रलाई हेर्ने स्पष्ट र दीर्घकालीन दृष्टिकोण नहुँदा सरकार परिवर्तन पिच्छे नीतिमा परिर्वतन हुने गरेको छ । यो कुरा गणतन्त्र नेपालका सरकारहरूले ल्याएका दस वर्षमा दस हजार मेगाबाट, विस वर्षमा पच्चिस हजार मेगाबाट तथा भरखरको ऊर्जा संकटकाल घोषणा गरेर पाँचवर्षमा पच्चीस सय मेगाबाट जलविद्युत् उत्पादनको सरकारी लक्षबाट प्रष्ट हुन्छ । यतिमात्र नभएर यहाँ ऊर्जा मन्त्री पिच्छे नयाँ नयाँ नीति आउने गरेका छन् ।
जलविद्युत् उत्पादनको सय वर्ष पूरा गरिसकेको हाम्रो देश नेपालले छिमेकी मुलुक भुटानबाट केही सिक्न जरुरी छ । जलविद्युत् उत्पादनको २० वर्षे ईतिहास बोकेको भुटानले अहिलेसम्म एक हजार ४८८ मेगाबाट विद्युत् उत्पादनगरी भुटानीको घरमा विद्युत् सेवा उपलव्ध गराइसकेको छ । ३० हजार मेगाबाट सम्भाव्यता र आर्थिक तथा प्राविधिक हिसावले लगानी गर्न उपयुक्त २३ हजार ७६० मेगाबाट क्षमता भएको भुटानले सन् २०२० सम्ममा १० हजार मेगाबाट जलविद्युत् उत्पादन गर्ने लक्ष राखेर पुनासाङ्गछु पहिलो एक हजार २०० मेगाबाट, पुनासाङ्गछु दोस्रो ९०० मेगाबाट, माङ्छेतु ७२० मेगाबाट आदि आयोजना सुरु गरिसकेको छ भने संकोष चार हजार ६० मेगाबाट यसैवर्षबाट र करीगग्री एक ८०० मेगाबाट सन् २०१२ बाट सुरु गर्दैछ ।
जलविद्युत्को विकास दु्रत गतिमा अगाडि बढाउने हो भने प्राकृतिक स्रोत र साधनमा स्थानीयको हक अधिकारलाई संसद्बाट ऐन बनाएर परिभाषित गर्न जरुरी छ । मुलुक सङ्घीयतामा जानु अगावै प्राकृतिक स्रोत र साधनको बाँडफाँड सम्बन्धी मुद्धाहरूमा स्थानीय स्तरसम्म छलफल र बहस चलाई स्थानीय जनताको राय सुझावलाई समेत समेटी यस्ता विषयको छीनोफानो गरेर मात्रसंविधान वनाउनु पर्दछ ।
 

(कथा) सुहागरातको समाप्ति


विमलेन्द्र मिश्र
 
दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने । दुलाहा पक्ष र दुलहीपक्षका बीच जुहारी नै चल्ने, रमाइलोनै हुने । दुलाहा र दुलहीबीच बिस्तारै परिचय हुँदै गयो ।
एकैदिनको विवाह चाँडैनै दुलहीलाई अन्माउने बेला पनि हुन लाग्यो । दुलही पक्षका सबैको मुख निन्याउरो र सानो भएको थियो । बाजा बज्न थाल्यो । दुलही अलि नरमाइलो मान्न थालिन । दुलहीका मनमा अनेक थरी कुरा खेल्न थाले । यो आफन्तसँगको बिछोड, पराई घरमा मिलनको सुरूवात थियो । दुलाहा सुबोध भने दुविधामा थियो । त्यसैले उसको मनमा पनि अनेक थरि कुरा खेलिरहेको थियो । दुबैले एक अर्काको मन बुझीसकेका थिएनन् । यो पे्रम विवाह थिएन ।
बाजा धन्कियो । दुलही पक्षका आफन्तका आँखा रसिला भए । एकैछिनपछि दुलही अन्माएको घर चकमन्न भयो । दुलहीलाई जन्मघरबाट कर्मघरतिर पराइहरूले बाजाको तालमा नाच्दै गाउँदै लागिरहेका थिए । अब त्यो घर सिन्धुको घर थिएन । त्यो घर जहाँ उनी जन्मिन््, हुर्किन्, खेलिन्, बढिन्, त्यो त माइतीमा परिणत भइसकेको यिो । उनी बाटाभरि कल्पनानै गरिरहिन् । उनका श्रीमान् उनी नजिकै थिए । अबका दिनमा त्यो अपरिचित लोग्नेमान्छे नै सबैभन्दा उनको नजिकको हुन्थ्यो । आˆना सबै कुरा उसलाई नै समर्पित गर्नुपर्ने । उनी कहिले रमाएकी थिइन् भने कहिले पराइ घरसँग डराएकी थिइन् ।
रात परिसकेको थियो । सिन्धुलाई अनेक चलन र विधिविधानले बधूको रूपमा घरमा भित्र्याइयो । सबै खुशी थिए । रात पनि छिप्पिन लाग्यो । सिन्धुलाई दुलाहाको कोठामा लगियो । त्यस कोठाको ढोका लगाउन लगाइयो । बन्द कोठामा, एउटा नौलो मानिससँग उनको मन ढुक्क भयो । झ्याल ढोका बन्द थिए । झ्याल ढोका सबैतिर पर्दा लगाइएको थियो । आजैबाट चिनेको मान्छेसँग उनलाई कुरा गर्न सहज भएन । उनी चुपचाप बसिरहिन् ।
सुहागरात दुलाहा र दुलही बन्द कोठामा सँगै रात बिताउने पहिलो रात, अविस्मरणीय रात, सृष्टिलाई निरन्तर अघि बढाउने क्रमको प्रथम सुरूवात, पुर्खौदेखि पछ्याउँदै आएको रीति, दुई जीवनको संयोग ।
सुबोधको भने यो पहिलो सुहागरात थिएन । उसको पहिलो सुहागरातले उसलाई आजसम्म पनि पीडा दिँदै आएको थियो । यसरी नै केही महिना पहिले उसले पहिलो चोटि विवाह गरेको थियो । दुलहीलाई यसरी नै घर ल्याएको थियो । दुलही कोठामा आइसकेकी थिइन् । उसले दुलहीसँग कुरा अघि बढाउन चाहृयो । दुलही ऊबाट परपर भइन् । आखिरमा उनको त अर्कै केटासँग पे्रम भएको कुरा दुलहीले खुलस्त गरिन् । सुबोध छाँगाबाट खसेजस्तो भएको थियो । दुलहीले आˆनो पे्रमीलाई डाकिन् र पे्रमीले पनि तुरून्तै आई उनलाई लग्यो । त्यो दिन उसको सुहागरात नभइ बोझिलो रात भएको थियो । त्यो दिनदेखि ऊ सुहागरातसँग डराउँथ्यो ।
रात चकमन्न हुँदै थियो । सिन्धुले आˆना साथीहरूको सुहागरातका कुरा सुनेकी थिइन् । उनको एउटा साथीको श्रीमान् त सुहागरातकै बखत मादक पदार्थ धोकेर झगडा गर्न आएको थियो । यो कुराले उनी पनि तर्सिन् तर सुबोध असल थियो । आगोलाई साक्षी राखि जग्गेलाई सातफेरा लगाई नयाँ जीवन, नयाँ वातावरण र नयाँ सम्बन्ध आत्मसाथ गर्दै सङ्कल्प गरी विवाह बन्धनमा बाँधिएका यिनीहरू मन, बचन र कर्मले निश्चल र पवित्र थिए । पति पत्नीको पे्रमको अङ्कुर टुसाउँदै विश्वास फैलदै जाँदै थियो । पे्रम मौलाउन थाल्यो । विस्तारै लाज हराउन थाल्यो । कुरा विस्तारै अघि बढ्दै गयो ।
सुबोधले उनको घुम्टो खोल्यो, नाडीका हातका चुरा चलायो । उसको स्पर्श सिन्धुलाई पनि मीठो लाग्न थाल्यो ।बिस्तार बिस्तार सिन्धुलाई पनि सुबोध चिनेको आˆनै मानिस झँै लाग्न थाल्यो । उनी पनि सुबोधसँग बोल्न थालिन् । आखिरमा रात छिप्पिँदै गयो । सुबोधले उनलाई ओछ्यानमा आउन आग्रह गर्‍यो तर उनीअटेर भई जहाँको तहीँं रहिन् । सुबोधले उनको हात तानेर ओछ्यानमा लगे उनी हाँसिन् र बोलिन् -
'छि हजूर त कस्तो मान्छे Û'
भोलि बिहान भयो । रात सकियो । बिहानी भएको आभाष चराचुरूङ्गीले दिए । सिन्धु ओछ्यानमै पल्टिरहेकी थिइन् । एउटा नौलो अनुभूति दुबैलाई भइरहेको थियो । दुबै एकअर्काप्रति समर्पित थिए । सिन्धुको केशराशी यताउति अनुहारतिर छरिएको थियो । सिन्धु कपाल पन्छाउँदै सुबोधसँग मुस्काइन् । सुबोध पनि आˆनो जिउ तन्काउँदै सिन्धुसँग मुस्कुरायो । यसपालिको सुहागरातले सुबोधलाई चिन्ता दिएन । ऊ आफैँमा रमायो । यो सुहागरातको चाहिँ रमाइलो समाप्ति भयो । á

अग्ला मानिस किन मन पर्छन् महिलालाई


अग्ला मानिसलाई महिलाहरूले किन मन पराउँछन् यसको कैयौं कोण हुनसक्छन् तर अनुसन्धानकर्ताहरूद्वारा गरिएको एक ताजा अध्ययनलाई मान्ने हो भने उचाईभन्दा पनि तिनको राम्रो जुझारु क्षमता महिला आकर्षणको कारण हो । डा. डेभिड क्यारियरको निस्कर्षलाई मान्ने हो भने मानिसले सबभन्दा जोरदार प्रहार तलतिर गर्न सक्छ र यो कुरा अग्लो मानिसमा लागू हुन्छ । होचो मानिसको तुलनामा अग्लो मानिसले बढी तगडा प्रहर गर्न सक्छ । विकासवादी अवधारणाअनुसार बलिया मानिस बढी आकर्षणको केन्द्र हुन्छन् र महिलाहरू यसै कारण अग्ला मानिसलाई बढी उपयोगी ठान्छन् ।
यसैकारणले मात्र होइन डा. डेभिड क्यारियरको अध्ययनअनुसार 'सेक्सुअल सेलेक्सन' सिद्धान्तको परिपे्रच्क्षामा महिलाहरू शक्तिका कारणमात्र अग्ला मानिसतर्फ आकषिर्त हुँदैनन् यो त हुँदै हो तर उनीहरू यसकारणले बढी आकषिर्त हुन्छन् कि शक्तिशाली पुरुषले तिनलाई र तिनका सन्तानलाई अन्य पुरुषसँग सुरक्षा गर्नसकोस् ।
यसअघिको अध्ययनमा महिलाले अग्ला पुरुषलाई मन पराउने अन्य कारण बताइएको थियो । अग्ला व्यक्तिको उचाईले उनीहरूको राम्रो 'जीन' लाई प्रतिबिम्बित गरेको हुँदा महिलाहरू अग्ला पुरुषतर्फ ढल्कने बताइएको यिो । त्यसतर्कको परिमार्जन गर्दै डा. क्यारियर भन्छन्, त्यसो हो भने अग्ला मानिस अग्ली महिलातर्फ झुम्मिनुपर्ने हो । त्यसो हुँदैन पुरुष औसत उचाइ भएकी नारीतर्फ र यहाँसम्म कि अलि कम उचाइ भएकी महिलातर्फ समेत आकषिर्त हुन्छन्, बेलायतको 'डेली मेल' डा. क्यारियरको हवाला दिँदै भन्छ ।
अग्ला मानिसप्रति महिला आकर्षणको कुनै ठोस कारण त छैन तर विज्ञहरू यसको केही वैज्ञानिक आधार भएको बताउँछन् । भनिन्छ पूर्व ऐतिहासिक कालमा मानव जातिका पुर्खा दुई खुट्टामा टेकेर नै काम गर्थे । बलियो साथ टेकेर प्रहार गर्न सकेको उटाह विश्वविद्यालयका अनुसन्धानकर्ताहरू लडाई -भिडन्त) खडा भएर हिँड्ने विकासक्रमको मुख्य तत्व भएको औंल्याउँछन् । यो परिणाम त्यो अवधारणालाई पुष्टी गर्दछ कि भिड्ने सीप वा आवश्यकता महसुस गरेर मानिस क्रमशः चार खुट्टेबाट दुई खुट्टामा टेक्न थाल्यो । दुई खुट्टा अवस्थिति किन आयो भने त्यसबेला महिलालाई पाउन आˆना प्रतिद्वन्दीलाई राम्ररी परास्त गर्न या मार्न सकियोस् । यो निचोड अनुसन्धानकर्ताहरूको हो ।
यही अवधारणाको आधारमा निहुरिएर बस्ने, हात र खुट्टाको भरमा हिँड्ने मानिस कालान्तरमा दुई खुट्टामा सीधा उभिएर हिँड्न थालेका हुन् र यही अवधारणामा टेकेर डा. क्यारियर भन्छन्, उचाईका कारण अग्ला पुरुष बढी सामथ्र्यवान, शक्तिवान तथा हुने मनोविज्ञान महिलाहरूको मनमा पस्दै गएको हो । जीव विज्ञानका प्रोफेसर क्यारियर के मान्छन् भने मानिस सृष्टिको प्रारम्भमा दुई खुट्टे थिएन तर जब ऊ दुई खुट्टामा उभिन थाल्यो अनि मानिसको उचाई बढ्यो, र ताकत पनि बढ्यो । अग्लो मानिसलाई भिडन्तमा प्रहार गर्न 'एडभान्टेज' नारी आकर्षणको आधार हो भन्ने विज्ञहरूको ठम्याइ हो ।
अध्ययनकाअनुसार उचाइ स्वास्थ्य, सामाजिक वर्चस्व र महिला, पुरुषको बुद्धिमत्तासँग समेत जोडिएको हुन्छ । डा. कुरियरकाअनुसार लडाकु क्षमता मात्र आकर्षणको कारण हो भन्न मिल्दैन तर उनको विचारमा विकासवादी अवधारणा शक्ति सिद्धान्तमा आधारित छ ।
अहिलेको स्वचालित मेसिन र क्षेप्यास्त्रहरूको युगमा भने पुरुषको शारीरिक शक्तिले मात्र धेरै अर्थ राख्दैन तैपनि पुरुषको शारीरिक आकर्षणले आधुनिक महिलालाई अझ तानिरहेको छ । आकर्षणको कारणमा पौरुषेय प्रभाव प्रमुख हो, त्यही पौरषेय सिद्धान्तमा आधारित भएको हुँदा अग्लोपन अझ आकर्षणको कारण बन्दै आएको हो ।
प्रसङ्गवश, महिलाहरू किन प्रायः पुरुषभन्दा कम उचाईको हुन मन पराउँछिन ? यसको जवाफ एउटा वेभ साइटमा रोचक ढङ्गले आएको छ । क्रिस्टिन जे नामकी ती महिलाको जवाफलाई अनलाइनमा सर्वोत्तम जवाफको मत प्राप्त भएको छ । उनी भन्छिन्, म चाहन्छु कि मेरो मानिसले मलाई सुरक्षा गर्न सकोस् र मलाई वास्ता गरोस् र अलि कम उचाईकै भए पनि म अन्यथा सोच्दिन किनभने म स्वयम् होची -५ फिट २ इञ्च की) छु ।
जहाँसम्म महिलाले किन अग्ला मानिसलाई मन पराउँछन् भन्ने प्रश्न छ । यसको अन्तिम कारण यही हो भन्न गाह्रो छ । वैज्ञानिकहरूले यसलाई सुल्झाउने प्रयास अवश्य गरिरहेका छन् । तर भनिन्छ, स्वयम् महिलालाई थाहा हुँदैन तिनी किन अग्ला मानिसप्रति आकषिर्त किन हुन्छिन् । हो, सुरक्षा र जीवनको कुरा महिलासँग गाँसिएको छ, जसले महिलालाई बढी सुख, सुविधा, सुरक्षा दिन सक्छ स्वाभाविकरुपले ऊप्रति बढी आकर्षण हुन्छ । एउटा अन्य अध्ययनमा भनिएकोछ, ८० प्रतिशत महिला बाँच्न र असुरक्षाबाट जोगिनसक्ने आश्रय चाहन्छन् । त्यस्तै, ८० प्रतिशत पुरुष प्रजनन क्षमताका आधारमा महिलाप्रति आकषिर्त हुन्छन् । आजको युगमा भने अग्लोपन मात्र पौरषेय शक्तिको प्रतीक हुनसक्दैन । सचिन तेन्दुलकर, अमीर खान धेरै उचाई भएका व्यक्ति होइनन् तर तिनको खेल/अभिनयमा यति दम छ कि त्यसले उचाइलाई गौण बनाइदिन्छ र 'एक्स ˆयाक्टर' समेत थपिदिन्छ । हो, एकदमै कम उचाई भएका पुरुष नारीलाई मन पर्दैन । किन ? स्वयम् महिलाहरूसँग किनको जवाफ छैन । हुनसक्छ तिनका अवचेतनमा कतै न कतै उही प्राग ऐतिहासिक शक्ति सिद्धान्तले काम गरिरहेको छ । एक अन्य अध्ययनमा कार नहुनेहरूको तुलनामा कार हुनेप्रति नारी आकर्षण बढी हुन्छ भन्ने देखिएको छ । सम्पत्ति, पद, प्रतिष्ठा आदि 'स्टेटस सिम्वल' आधार पनि आधुनिक युगको शक्ति सिद्धान्तमा सामेल भइसकेको छ । नारी आकर्षणको सूचिमा यी कारणहरू पनि आज सामेल भइसकेका छन् । यसले गर्दा कम उचाइ भएका मानिसमा हीनभावना पनि उठ्ने गर्दछ । उसको पे्रयसी, पत्नीले अलिकता 'हाइट' बढी भइदिएको भए हुन्थ्यो भन्दा उसमा आत्मवेदना पनि उठिरहेको हुनसक्छ । उचाइ बढाउन पनि ऊ चाहन्छ तथापि कम उचाइ भएको व्यक्ति कमअसल भने हुँदैन । á

सरकार चलाउने बन्यो संयन्त्र



काठमाडौँ, कात्तिक १७ गते । सरकारका प्रमुख घटक नेकपा -माओवादी) र नेकपा -एमाले)ले सरकार सञ्चालन र दुई पार्टीको सम्बन्ध विस्तारका लागि साझा संयन्त्र निर्माण गरेका छन् ।
दुई पार्टीका शीर्ष नेतृत्वको आइतबार बसेको बैठकले सो संयन्त्र निर्माण गरेको हो ।
माओवादीका केन्द्रीय सदस्य दीनानाथ शर्माका अनुसार सो संयन्त्रमा माओवादीका तर्फबाट मोहन वैद्य 'किरण'को नेतृत्वमा डा. बाबुराम भट्टराई, प्रवक्ता कृष्णबहादुर महरा, सचिवालय सदस्यद्वय देव गुरुङ र वर्षमान पुन तथा केन्द्रीय सदस्य दीनानाथ शर्मा रहनुभएको छ ।
यस्तै एमालेको तर्फबाट सो संयन्त्रमा पूर्वमहासचिव माधवकुमार नेपालको नेतृत्वमा स्थायी कमिटी सदस्यत्रय वामदेव गौतम, केपी शर्मा ओली र भरतमोहन अधिकारी तथा केन्द्रीय सदस्यहरू विद्या भण्डारी र भीम रावल रहनुहुने भएको छ ।
संयन्त्रको आइतबार बसेको बैठकले धादिङ तथा ताप्लेजुङमा दुई पार्टीका कार्यकर्ताबीच भएको झडपका बारेमा छानबिन गरी प्रतिवेदन पेस गर्न दुवै दलका केन्द्रीयस्तरका नेता रहेको दुईवटा छानबिन कमिटी गठन गरिएको एमाले केन्द्रीय सदस्य भीम रावलले बताउनुभयो ।
धादिङ घटना छानबिन गर्न गठित समितिमा माओवादीका तर्फबाट पोष्टबहादुर बोगटी र अग्नि सापकोटा तथा एमालेका तर्फबाट केशव बडाल र प्रदीप ज्ञवाली रहनुभएको छ । यस्तै ताप्लेजुङ घटनाका बारेमा छानबिन गर्न गठित समितिमा माओवादीका तर्फबाट हरिबोल गजुरेल र राम कार्की तथा एमालेका तर्फबाट राजेन्द्र पाण्डे र नरेश खरेल रहनुभएको छ ।
समितिले घटनाको छानबिन गरी सात दिनभित्र संयन्त्रमा प्रतिवेदन बुझाउने संयन्त्रका सदस्य दीनानाथ शर्माले बताउनुभयो ।
समितिको आइतबारै बसेको पहिलो बैठकले नेपाली काङ्ग्रेसलाई माओवादी लडाकु समायोजन विशेष समितिमा ल्याउन दुवैतर्फबाट पहल गर्ने निर्णय गरेको छ ।
संयन्त्र सञ्चालनको कार्यविधिका बारेमा छलफल गर्न सोमबार दिउँसो ३ बजे संयन्त्रको बैठक डाकिएको छ ।
 

अझै प्रचलनमा छ भुसे चुल्हो


काठमाडौँ, जेठ १५ गते । चुल्हो चौकामा अत्याधुनिकताले प्रवेश पाए पनि परम्परागत भुसे चुल्होको प्रयोग पनि यहाँ उत्तिकै छ । ज्याठा चोकमा भुसे चुल्होमा मःमलगायत परिकार तयार गर्दै रेस्टुराँ व्यवसाय गरिरहनु भएकी त्रिशूलीकी शान्तिमाया तामाङ भन्नुहुन्छ-"भुसे चुल्होको आगोमा आँच हुन्छ । आँचमा पाकेको परिकार स्वादिलो हुन्छ, भिटामिन पनि नाश हुँदैन ।"
शान्तिमाया भन्नुहुन्छ- "स्टोभ, हिटर र ग्याँसमा पकाइएका परिकार मीठा हुँदैनन्, पौष्टिकतत्व पनि नाश भएका हुन्छन् । घरमा खानेकुरा मीठो भएन भनेर आˆना रेस्टुराँमा खानेले पन्ध्र वर्षदेखि आˆनो पेसा टिकाइदिएको" शान्तिमाया बताउनुहुन्छ ।
"भुस काठमिलबाट ल्याउँछु, भत्केका पुराना घरका दलिन र चीर्पटबाट भुसे चुल्हो चलाउँछु, यसो गर्दा अन्यमा भन्दा इन्धन खर्च आधा कम पर्छ । परिकार पनि अन्यभन्दा आधा मूल्यजसो सस्तोमै दिन्छु"- भुसे चुल्होको फाइदाबारे उहाँ बताउनुहुन्छ ।
वीर अस्पतालमा कार्यरत डाइटिसियन राजेश्वरी पाण्डे भन्नुहुन्छ-"आँचमा पाकेका परिकारमा पौष्टिकतत्व नाश हुँदैनन्, परिकार स्वादिलो पनि हुन्छ । कम गलाउन पर्ने परिकार आँचमा पकाउँदा उपयुक्त हुन्छ ।"
शान्तिमायाको रेस्टुराँका नियमित ग्राहक बौद्ध निवासी छिरिङ शेर्पा सम्झना गर्दै भन्नुहुन्छ- "एकसमय माटोको चुल्होलाई विस्थापित गर्दै आएको भुसे चुल्हो सहरवासीका लागि रहर, बाध्यता दुवै थियो ।"
दमदार स्टोभ आएपछि भुसे चुल्होले भान्सा कोठाबाट बिदा पायो । ग्याँसको चुल्हो आएपछि भुसे चुल्हो सहरबाट बिलायो तर स्वाद भने ल्याएन- छिरिङ शेर्पा भन्नुहुन्छ ।
 

विदेशीको इसारामा पार्टी फुटाइयोः यादव


काठमाडौँ, जेठ १९ गते । मधेसी जनअधिकार फोरम नेपालले विदेशीको इसारामा जयप्रकाश गुप्ताले पार्टी फुटाएको र त्यसका लागि ठूलो रकमको चलखेल भएको आरोप लगाएको छ ।
सो पार्टीद्वारा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव रामसहाय यादवले आर्थिक प्रलोभन र व्यक्तिगत स्वार्थका कारण गुप्ताले पार्टी फुटाएको आरोप लगाउनुभयो ।
फोरम पछिल्लोपटक विभाजित भएपछि मधेसी जनअधिकार फोरम -गणतान्त्रिक) का अध्यक्ष बन्नुभएका गुप्ताले पार्टी विभाजनबारे श्वेतपत्र जारी गर्नुभएपछि आक्रोशित फोरम महासचिव यादवले विभाजनको सम्बन्धमा स्पष्टीकरण दिन पत्रकार सम्मेलनको आयोजन गर्नुभएको थियो ।
पार्टी फुटाउन सभासद्हरूलाई ५० लाखदेखि एक करोडसम्मको आर्थिक प्रलोभन दिएको आरोप लगाउँदै फोरम महासचिव यादवले गुप्ताले मन्त्री हुँदा करोडौँको भ्रष्टाचार गरेको खुलासा गर्नुभयो ।
वर्तमान गठनबन्धन सरकारलाई असफल बनाउन तथा मुलुकमा विदेशी शक्तिहरूको इसारामा शान्ति, संविधान र स्थिरता हुन नदिन नै गुप्ताले पार्टी फुटाएको आरोपसमेत महासचिव यादवले पत्रकार सम्मेलनमा लगाउनुभएको थियो ।
पत्रकार सम्मेलनमा फोरम-नेपालका सभासद् अभिषेकप्रताप शाहले पछिल्लोपटक फोरम विभाजनको दुई दिन अगाडि गुप्ताले पार्टी फुटाउन आफूलाई लाखौँको प्रलोभन दिएको खुलासा गर्नुभयो ।
गुप्ताले यही जेठ ९ गते फोरम फुटाएर मधेसी जनअधिकार फोरम -गणतान्त्रिक) गठन गर्नुभएको थियो । अहिले २५ सभासद्मध्ये १३ जना गुप्तासँग रहेका छन् ।
 

वीरेन्द्रको सम्पत्ति जानकारी दिनेलाई पुरस्कृत गरिने


काठमाडौँ, जेठ १९ गते । स्व. राजा वीरेन्द्र र उनका परिवारको नाममा रहेको चल, अचल सम्पत्तिका बारेमा खबर दिने व्यक्तिलाई पुरस्कार दिने योजना बनाइने भएको छ ।
उनीहरूको नाममा रहेको कतिपय सम्पत्ति हालसम्म पनि पत्तो नलागेपछि नेपाल ट्रष्टको कार्यालयले यस्तो योजना बनाउन लागेको हो ।
कार्यालयका सचिव बिन्द्रा हाडाले सम्पत्ति खोजबिन जारी रहेको बताउँदै भन्नुभयो, "वीरेन्द्र र उनका परिवारको नाममा अझै पनि सम्पत्ति रहेको हुनसक्दछ । त्यसैले अज्ञात रहेका त्यस्ता सम्पत्तिका बारेमा खबर गर्नेलाई पुरस्कार दिने योजना बनाउने भएका हौँ ।"
ट्रष्टले स्वर्गीय वीरेन्द्र र उनका परिवारका नाममा रहेको विभिन्न बैङ्कमा रहेको केही रकम, विभिन्न कम्पनीको सेयर र जग्गा जमिन पत्ता लगाई सरकारको नाममा नामसारी गरिसकेको छ ।
ट्रष्टका अनुसार काठमाडौँमा करिब तीन हजार २५८ रोपनी, भक्तपुरमा करिब १०८ रोपनी, नुवाकोटमा ६८ रोपनी, धनकुटामा १९४ रोपनी, काभ्रेमा झन्डै १० रोपनी, कास्कीमा १७४ रोपनी, मकवानपुरमा करिब २० बिघा, सुर्खेतमा ३४ बिघा र चितवनमा ५७ बिघा जग्गा फेला पारिएको छ ।
ट्रष्टका सचिव हाडाले नौ जिल्लामा गरी पाँच हजार ६४ रोपनी १३ आना जग्गा ट्रष्ट अन्तर्गत आइसकेको जानकारी दिनुभयो ।
यसैगरी, नबिल बैङ्कको एक लाख २० हजार ३९३ कित्ता, नेपाल औद्योगिक विकास निगमको छ हजार ७५० कित्ता र होटल डेला अन्नपूर्णको १५ हजार ३६० कित्ता गरी एक लाख ४२ हजार ५०३ कित्ता सेयर फेला पारिएको छ ।
त्यस्तै, तत्कालीन राजपरिवारको नाममा राष्ट्रिय वाणिज्य बैङ्कमा सात हजार रुपियाँ र विदेशी बैङ्कमा ४३ हजार एक सय स्टर्लिङ पाउन्ड फेला
पारिएको छ ।
उनीहरूका नाममा रहेको चल, अचल सम्पत्तिबाट ट्रष्टले वाषिर्क रूपमा करिब तीन करोड रुपियाँ आर्जन गरिरहेको छ । यसरी आर्जित हालसम्मको रकम नौ करोड ७३ लाख रुपियाँ रहेको सचिव हाडाले जानकारी दिनुभयो ।
उहाँले विदेशमा रहेको रकम खोजी गर्ने कार्य निकै कठिन रहेको गुनासो गर्नुभयो । "कुन विदेशी बैङ्कमा खाता छ भन्ने पत्ता लगाउन समस्या छ" उहाँले थप्नुभयो, "बैङ्कहरूको गोपनीयता कायम गर्नुपर्ने कारणले गर्दा बैङ्कमा रहेको रकम पत्ता लगाउन अझ समस्या छ ।"
उहाँले परराष्ट्र मन्त्रालयमार्फत् यसरी विदेशी बैङ्कहरूमा खाता रहे नरहेको बारेमा थाहा पाउने प्रयास गरिए पनि सम्भव हुन नसकेको बताउनुभयो ।
यसरी सङ्कलन गरिएको रकमलाई ट्रष्टले नेपालको शिक्षा, स्वास्थ्यलगायत सामाजिक कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ । ट्रष्टका सचिव हाडाले सञ्चित रकम खर्च गर्नका लागि आफूले योजना बनाउन लागेको बताउनुभयो ।