लोकप्रिय पोस्ट

गुरुवार, 2 जून 2011

स्थानीय नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था आजदेखी शुभारम्भ,


सञ्जु थापा
गुल्मी जेठ ५
 स्थानीय नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमीटेडले शुरु गरेको रेमिटान्स सेवा आजदेखी शुभारम्भ भएको छ । आज पहिलो मुक्तानी कार्यक्रममा नवप्रतिभा वचत तथा ऋण सहकारी संस्थाका सचिव एँवम प्रवन्धक दुर्गा अर्याल, कोषाध्यक्ष विष्णु अर्याल, सदस्य नारायण धिताल, रेडीयो सारथीका स्टेशन म्यानेजर विष्णु भुषाल लगाएतले संस्थाको शेवा विस्ताको बारेमा भनाई राख्नुभएको थियो ।
दुवईबाट पठाईएको पहिलो भुक्तानी रु.एक लाख बुझ्दै दगातुन्डाँडा वडा नं.८ निवासी ढालेन्द्र बनले सहकारीको प्रशंसा गर्दै सर्वसाधारणलाई सहकारीले अन्य सेवा तथा सुविधा थप्दै जानुपर्नेमा सुझाव दिनुभएको थियो

आजदेखि गुल्मीमा उर्जा सम्मेलन


सीता भण्डारी,

गुल्मी जेठ ५      
गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि दुई दिने उर्जा सम्मेलन शुरु हुन लागेको छ । उर्जा क्षेत्रको संम्भाव्यता अध्ययन, उर्जा संकट न्यूनिकरण र नविकरणीय उर्जामा लागानी आकर्षित गर्ने उद्देश्यले उक्त उर्जा सम्मेलन गर्न लागिएको हो ।
 उर्जा सम्मेलनको आज दिउसो ३ वजे माननीय उर्जामन्त्री गोकर्णराज विष्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जिल्ला विकास समिति गुलमीको आयोजनामा संचालन गर्न लागिएको उक्त सम्मेलनमा जलवायु, वातावरणीय सवाल, उर्जाको महत्व र उर्जा संकट न्यूनिकरणमा स्थानीय निकायको भुमिका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने उर्जा अधिकृत चिरञ्जीवी भट्टराईले जानकारी दिनु भएको छ । कार्यक्रममा जिल्लास्थित गाउँ विकास समितिका सचिवहरु,सामुदायीक विद्युतिकरण र लघु जलविद्युत परियोजनाका अध्यक्षहरुको सहभागिता रहने जनाईएको छ ।

गुल्मीमा एक सय मेगावाट भन्दा वढी क्षमताको विद्युत उत्पादन गर्न सकिने : पूर्व अर्थ सचिव खनाल


जनार्दन घिमिरे
गुल्मी जेठ ५
  पुर्व अर्थ सचिव रामेश्वर खनालले गुल्मीको छल्दी पनाह र निस्तीखोलावाट १ सय देखि १ सय २० मेगावाट क्षमतासम्मको विद्युत उत्पादन गर्न सकिने वताउनु भएको छ ।
 जिल्लामा विकासका संभावनाहरुको खोजी गर्ने क्रममा आज गुल्मीको हस्तिचौर र वडागाउँ गाविसको संगम स्थलमा रहेको निस्ति र छल्दीपनाह खोलाको स्थलगत अध्यन पश्चात सदरमुकाम तम्घास फर्केपछि पत्रकार सम्मेलनगरि उक्त कुरा वताउनु भएको हो ।
खनालले ईन्द्रवतिमा वगेको पानीको स्रोत र चट्टानको वनावट भन्दा निस्ति र छल्दीपनाहा खोलामा रहेको पानीको वेग तिव्र रहेको भन्दै वाँध वनाउन पनि निकै सजिलो हुने वताउनु भयो ।

भारतमा रेल दुर्घटनामा परी मृत्‍यु


गुल्मी न्यूज़ बाट साभार
उमाकान्त पाण्डे "गाउँले"/महेन्द्र बस्याल
   रोजगारीका लागी छिमेकी मुलक भारत पुगेका गुल्मीका एक नेपाली युवाको रेल दुर्घटना परी निधन भएको खबर प्राप्त भएको छ। रोजीरोटीका लागी अप्रिल महिनाको २४ तारिख भारतको तामिलनाडु राज्यको चेन्नाई शहरमा पुगेका गुल्मी खड्ककोट ८ का रामु थापा त्यहाँ पुगेको अर्को दिन देखी हराएका थिए।

हराएपछी वेवारिश भएका थापालाई उनका आफन्त तथा भारत मुलप्रवाह समितीका सदस्यहरुको पहलमा खोजी गर्ने क्रममा उनको निधन भएको खबर प्राप्त भएको हो । चेन्नईको कुमारनगरबाट हराएका उनलाई खोजकार्य गरी रहदा सोलिङ्गार पुलिश स्टेसनबाट प्राप्त जानकारी अनुसार थापाको रेल गूड्ने लिगमा परी निधन भएको त्यहा स्थित स्थानिय प्रशाशनले जनाएको छ ।
खोज अनुसन्धान गर्दै जाँदा अखिल भारत मुल प्रबाह पुर्व नगर अध्यक्ष झवीलाल पोख्रेल, कर्ण थापा, यमुना थापा, उत्तर नगर समितिका अध्यक्ष ज्योति नारायाण शर्मा, पस्चिम नगर समितिका दाँयाराम खनाल, तथा मृतकका पिता विशान थापाको सकृयतामा शब खोज्ने क्रममा अप्रिलको २५ तारिख चेन्नईको हारवार नजिकै विच स्टेशनमा रेल दुर्घटनामा पारी मृत्‍यु भएको पुस्टी भएको हो।
थापाको मृत्‍यु भए पछी रेल्वे पुलिशले उनको शबलाई राजिव गान्धी हस्पिटलमा राखिको तर मृत्‍युको महिना दिन बिती सक्दा मृतकको शब कुहिएर गलीसकेकोले पहिचान गर्न नसकिए पनि पुलिशसँग रहेको दुर्घटनाका तस्विर हेरे पछी मृतकका पिता बिशान थापाले सनाखत गरेको जानकारी प्राप्त भएको छ।
दुर्घटनामा परी ज्यान गुमाएका थापाको अन्तिम दाहसस्कार मुल प्रवाह अखिल भारत एकता समाजको बिशेष पहलमा मृतकका आफन्तजनको उपस्थितीमा किस्नापेट स्थलमा गत मंगलबार दाहसस्कार गरिएको छ। यसै बिच मुल प्रवाह अखिल भारत एकता समाजले एक प्रेस बिज्ञप्ती जारी गर्दै मृतक थापाको दिवगंत आत्मको चिरशान्तीको कामना गर्दै शोक शन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

एक बालीकाको खोलामा डुबेर मृत्यु


सञ्जु थापा
गुल्मी जेठ ६
पौंदी अमराई गा.वि.स. वडा नं. २ गुल्मी निवासी एक वालीकाको दगातुन्डाँडा गा.वि.स.को वडा नं. ८ राक्से ओदर्दीको बडीघाट खोलामा पौडीखेल्ने क्रममा डुवेर मृत्यु भएको छ । सन साइन बोर्डीङ्ग स्कुल पौंदी अमराई गुल्मीमा कक्षा ४ मा अध्ययनरत गणेश गिरीकी छोरी करीव ११ वर्षीय मनिषा गिरीको नजानी नजानी पौडीन गएका कारण मृत्यु भएको हो ।
पौडीखेल्ने क्रममा डुवको करीव आधा घण्टापछि खोलामा माछा मारीरहेका जलारी चन्द्रबहादुर बलामीले खोलाबाट निकाल्नुभएको थियो । घटनास्थलमा दगातुन्डाँडा गा.वि.स.को वडा नं. ७ रहेको अस्थाई प्रहरी पोष्टबाट घटना स्थलमा प्रहरी पुगेको र पोष्टमाटमका लागि इलाका प्रहरी कार्यालय हरीचौर पु¥याउने तैयारी भएको असई धर्मराज गिरीले जानकारी दिनुभएको छ ।

बाहुनहरुको आन्दोलनले पश्चिमाञ्चल ठप्प, क्षत्रीहरुको पनि समर्थन


सिता भण्डारी

गुल्मी जेठ ६
जातीयताको आधारमा ब्राह्मणहरुलाई सरकारले विभिन्न सेवसुविधा र अधिकारवाट बञ्चित गर्न खोजेको भन्दै विभिन्न मागसहित ब्राह्मण समाज नेपालले आज पश्चिमाञ्चलका १६ जिल्ला बन्दको आहवान गरेको छ । समयमै संविधान घोषणा गर्नुपर्ने, हिन्दुराज्य, ब्राह्मण जातीलाई मुल आदिवासीमा सुचिकृत गर्नुपर्ने, जातिय होइन वर्गिय आधारमा आरक्षण हुनुपर्ने लगायतका माग राख्दै पश्मिाञ्चल बन्दको आह्वान गरिएको हो ।
ब्राह्मण समाजले अव्हान गरेको बन्दप्रति समर्थन जनाउदै सम्पुर्ण कलककारखाना, संघसंस्था, यातायात व्यवसायी, शैक्षिक संस्थाहरु स्वतस्फुर्त रुपमा बन्द रहेका छन् । विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन आज छुटेका छैनन् भने बजार शैक्षिक संस्था तथा उद्योग कलकारखाना पनि बन्द रहेका छन् । फाईल तस्बिर: तारा भुषाल वन्दका क्रममा चालु उच्च माध्यमिक तहको परीक्षा, एम्वुलेन्स, दमकल, शववाहन, विवाहका गाडी, प्रेस, रेड्क्रस, मानवअधिकारकर्मी र कुट्नीतिक क्षेत्रका सवारी साधनलाई भने निर्वाधरुपमा चल्ने दिने समाजले जनाएको छ । विहान ६ बजेबाट शुरु भएको बन्द बेलुका ६ बजे सकिने व्रमाण समाजका केन्द्रिय महासचिव रोमणी प्रसाद पाठकले बताउनु भयो । यसैविच ब्राह्मण समाजले आहवान गरेको आन्दोलनमा क्षत्री समाज नेपाल रुपन्देहीले ऐक्यवदता जनाएको छ । विभिन्न जातिय अधिकारको माग गर्दै सडक संर्घषमा उत्रिएको ब्राह्मण समाजका मागहरु जायज भएको भन्दै क्षत्री समाजले आफुहरुको पुर्ण समर्थन र साथ रहेको बताएको छ । क्षत्री समाजका जिल्ला अध्यक्ष ओम वहादुर फौजदार र सचिव कृष्ण केसीद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञक्तीमा राज्यले हरेक जातीले आफ्नो पहिचानका लागि गरेको आन्दोलनको सुनुवाई गर्नु पर्ने उल्लेख छ । बन्दको पुर्वसन्ध्यामा ब्राह्मण समाज गुल्मीले हिजो साँझ मसाल जुलुस प्रर्दशन गरेको थियो । तम्घासको नयाँवसपार्क उदिनढुङ्गा देखि सुरु भएको मसाल जुलुस तम्घास वजार परीक्रमा गरी लाँकुरीमञ्चमा आएर कोणसभामा परीणत भएको थियो । बन्दको पुर्वसभ्ध्यामा पश्चिमाञ्चलका १६ जिल्लाकै विभिन्न स्थानमा मसाल जुलुस निकालीएको थियो ।

बन्दकर्ताद्धारा पे्रसमाथि पनि दुव्यवहार


सञ्जु थापा
गुल्मी जेठ ६
 ब्राहमण समाज नेपालद्धारा आयोजित पश्चिमाञ्चल बन्दको क्रममा आज गुल्मीको सदरमुकाम तम्घासमा रेडियो गुल्मी बाट समचार सम्प्रेसण गर्न खटिएका पत्रकार अनिल खत्री माथी दुरब्यावहार, असभ्य सब्द प्रयोग गरी हातपातको प्रयास गरेका छन ।
नेपाल पत्रकार महासंघको कार्य समिति सदस्य समेत रहेका खत्रीले बन्द कर्तासंग आफु पत्रकार भएको र पे्रस लेखिएको मोटरमै सवार रहेको भएपनि परिचय पत्र देखाउन खोज्दा खोज्दै बन्दकर्ताले दुरब्यावहार गरेको पत्रकार अनिल खत्रीले बताउनु भएको छ । समचार संकलनका लागि खटिएका पत्रकार माथी बन्दकर्ताद्धारा गरेको दुर ब्यावहारले सर्वसाधरणको सुचनाको अधिकार माथी प्रश्न चिन्ह् खडा भएको छ । यसै घटनालाई लिएर जिल्ला स्थीत रहेका संञ्चार माध्यम तथा संञ्चार कर्मीको गम्भीर ध्यानआकर्षण भएको जनाएको छन । नेपाल पत्रकार महासंघले पनि पत्रकार माथि भएको र्दुव्यवहारको विरोध ग रेको छ । यसरी स्वतन्त्र रुपमा समचार संकलन गर्ने क्रममा भएको असभ्य ब्यावहार गर्ने दोषी माथी कडा भन्दा कडा कारबाही को माग समेत गरिएको छ । पत्रकार अनिल खत्री रुरु एफ एम ९४.८ को सम्बाददाता समेत हुनुहुन्छ । घटना प्रति रेडियो गुल्मी ९१.२ मेगाहर्जले आज एक प्रेस बिज्ञप्ती जारी गरी घटनाको घोर निन्दा र आपति ब्यक्त गर्दै प्रेस स्वत्रन्त्रता माथी र जनताले पाउनु पर्ने सुचनाको अधिकार मा कसै बाट यस्तो घटना नदोहोराउन र घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ ।

वन्दकर्ता र स्थानीय युवक विच झडप


जनार्दन घिमिरे
गुल्मी जेठ ६
ब्राह्मण समाज नेपालले आज गरेको पश्चिमाञ्चल वन्दको क्रममा गुल्मी जिल्लामा वन्दकर्ता र स्थानीय एक युवाविच सामान्य झडप भएको छ ।
 विहानै वन्दकर्ताहरुले वजारका पसलहरु वन्द गराउँदै हिँड्ने क्रममा वन्दको अवज्ञा गरि तम्घास वाख्रेछेंडाका एक व्यक्तिले एकजना वन्दकर्तालाई कुटपिट गरेको भन्दै उक्त व्यक्तिलाई कार्वाहीको माग गर्दै आन्दोलनकारीहरु जिल्ला प्रहरी कार्यालय अगाडि केहीवेर नारावाजी समेत गरेका थिए ।
 वन्दकर्तालाई कुटपिट गर्ने उक्त युवकले सार्वजनिक रुपमा माफि मागेपछि स्थिति सामान्य भएको थियो ।

बस आपसमा जुध्दा २४ यात्रु घाइते


टेकनारायण भट्टराई

पाल्पा जेठ ७

स्टेरिङमै च्यपिएका चालक गणेश थापा । तस्बिर : टेकनारायण भट्टराई

पाल्पा–बुटवल सडक खण्डको बर्तुङमा शनिबार दुई बस आपसमा जुध्दा २४ यात्रु घाइते भएका छन्। पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९७७ नम्बरको बस र बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको लु १ ख १४३२ नम्बरको बस जुधेको हो।


ती बस तानसेन नगरपालिकाको बर्तुङ बजार नजिकै घुम्तिमा ठोक्किएका हुन्।


दुर्घटनामा परेकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ। घाइतेहरू सबैको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। दुर्घटनाका कारण सडक अवरुद्ध भएपछि पाल्पा—बुटवल सडक खण्डमा चल्ने सवारी डेढ घण्टासम्म रोकिएका थिए। पाल्पाबाट बुटवल जाँदै गरेको बसको छतमा दुई दर्जन बढी यात्रु रहेका र बस तीब्र गतिमा रहेको दुर्घटनाका घाइतेले बताए।

प्रहरी ढिलाईले च्यापिएका चालक एक घण्टासम्म छट्पटाए
बुटवलबाट पाल्पा आउँदै गरेको बसका चालक गणेश थापा प्रहरीको उद्दार ढिलो हुँदा एक घण्टासम्म दुबै खुट्टा च्यापिएको अवस्थामा छट्पटाइरहे। स्टेरिङअगाडिको भाग कच्याककुचुक्क भएर उनका दुबै खुट्टा च्यापिएका थिए। टाउकोमा चोट लागेका र रक्ताम्मे अवस्थाका उनी अर्धचेत अवस्थामा उद्दारको पर्खाइमा पीडा सहेर छट्पटाई रहे। प्रहरी उद्दारमा ढिलो पुगेको र उद्दारका लागि प्रयाप्त प्रहरी नखटाइएका कारण च्यापिएका चालकले सहजै गुहार पाएनन्।

एक मिनट पैदल दुरीमा बर्तुङ प्रहरी चौकी थियो। त्यहाँ मात्रै एकदर्जन बढी प्रहरी थिए। जिल्ला प्रहरी चौकी पनि मात्रै ३ किलोमिटरको दुरीमा थियो। तर प्रहरी घटनास्थलमै पुग्न १० मिनट लागेको दुर्घटनाका घाइतेले बताए। ढिलोगरि भ्यानमा पुगेका एक दर्जन प्रहरी जवान मात्रै त्यहाँ खटिए। प्रहरीभन्दा धेरै स्थानीय युवाले उद्दारमा सक्रियता देखाए। प्रहरी नायव उपरीक्षकसहित चार जना प्रहरी निरीक्षक सहज पहुँचमा रहेका भए पनि प्रहरी नायव निरिक्षक महाप्रसाद पाण्डेको कमाण्डमा उद्दार कार्य सम्पन्न भएको हो।

जिल्ला प्रहरी कार्यालयमा दुईवटा प्रहरी बोक्ने मिनिट्रक खाली थिए। प्रहरी जीप तीनवटा थिए। तीन सय बढी प्रहरी थिए। ५ सयभन्दा बढी मान्छे जुटेको घटनास्थलमा एक दर्जन प्रहरी खटाइएको थियो। प्रहरीले भीड नियन्त्रण गर्न नसकेर पनि उद्दारमा ढिलाई भएको उद्दारमा खटिएका स्थानीय युवाले बताए। प्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले आफूहरूले ढिलो खबर पाएको बताए। 'थप प्रहरी माग नभएकाले पहिलो टोलीले नै उद्दार सक्यो’, उनले भने- एक मिनट टाढा रहेको बर्तुङ प्रहरी चौकीले किन ढिलो थाहा पायो सोधपुछ गर्दैछु।

एक घण्टा लगाएर उद्दार गरिएका चालक थापालाई बोक्नलाई एम्बुलेन्स पनि जुटेन। पाल्पा-बर्तुङ चल्ने साँघुरो जीपमा कोचिएको अवस्थामा उनलाई उद्दार गरी अस्पताल पठाइएको थियो।

विद्युत लाईन विस्तार गर्ने क्रममा पोलवाट लडेर एक जना मिस्त्री गम्भिर घाईते


नारायण प्रभात मरासिनी

 गुल्मी जेठ ८
जेठ विद्युत लाईन विस्तार गर्ने क्रममा पोलवाट लडेर गुल्मीको पिपलधारा गाविसमा एक जना मिस्त्री गम्भिर घाईते भएका छन् ।
चितवन घर भई पिपलधाराको केन्द्रीय लाईन विस्तार कार्यमा खटिएका विशेष गुरुङ्ग सोही गाविसको वार्ड नं. ५ मा आज दिउँसो साढे एक वजेतिर विद्युतको तार तान्नका लागि पोलमा चढेको वखत पोल नै ढलेपछि गम्भिर घाईते हुनुभएको हो । घाईते गुरुङ्गको अहिले स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । उहाँको शरिरका वाहिरी भागमा चोटहरु नदेखिएपनि भित्री भागमा गम्भिर असर पुगेको हुनसक्ने त्यहाँवाट वावुराम रसाईलीले वताउनुभएको छ ।

रेसुङ्गामा केवुलकार सञ्चालनको सम्भाव्यता अध्ययन


नारायण प्रभात मरासिनी

गुल्मी जेठ ८
जेठ पर्यटन मन्त्रालयवाट खटिएको एक टोलीले गुल्मीको प्रसिद्ध ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको लेकमा केवुलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरेको छ । डिजीकोन कन्सल्टेन्ट् कम्पनी काठमाण्डौवाट आएका इन्जिनियरहरु गणेश पाठक, जिवनवहादुर प्रधान र चञ्चलकुमार झा लगायतको टोलीले हिजो र आज रेसुङ्गामा यस्तो सम्भाव्यता अध्ययन गरेको हो ।
समुद्री सतहदेखि २ हजार २ सय ४९ मिटर उचाईमा रहेको रेसुङ्गाको अध्ययन गरी फर्किएको टोलीले सदरमुकाम तमघासवाट रेसुङ्गमा पुग्ने केवुलकारको प्रवेशद्धारका लागि चारवटा स्थानहरुको सम्भाव्यता रहेको वताएको छ । पहिलो दुई किलोमिटर दुरीको भगवती मन्दिर, दोस्रो देउराली, तेस्रो झण्डै तीन किलोमिटर दुरीमा पर्ने भुजेलखर्क र चौथो स्थलको रुपमा धागिथुम क्षेत्रमा पनि राख्न सकिने टोलीले जानकारी दिएको छ । टोलीले आज जिल्ला विकास समितिको सभाहलमा स्थानीय राजनीतिक दल, उद्योगी, व्यवसायी एवं पत्रकार तथा सरोकारवालाहरुसँग छलफलको आयोजना गरी जानकारी गराएको थियो । कार्यक्रममा टोलीले देश विदेशमा सञ्चालित विभिन्न प्रविधिका केवुलकारहरुका दृष्यहरु प्रस्तुत गर्दै कुन प्रविधिको राख्न सकिन्छ भन्ने वारे सरोकारवालाहरुसँग परामर्श गरेको थियो । कार्यक्रममा सहभागीहरुले मनकामना केवुलकारको प्रविधि निक्कै महङ्गो भएकोले युरोपमा सञ्चालित चियर लिफ्ट प्रविधिको केवुलकार सञ्चालन गर्न उपयुक्त हुने धारणा राखेका थिए । चियर लिफ्ट प्रविधिको केवुलकार राख्न मात्रै झण्डै ३५ करोड लागत लाग्ने अनुमान गरिएको छ । जवकि युरोपवाट उक्त प्रविधि २२ लाख ५० हजार युरो अर्थात झण्डै २५ करोड लाग्ने वताईएको छ । मनकामना केवुलकार प्रविधि सञ्चालन गर्न भने झण्डै १ अर्व लाग्ने अध्ययन टोलीले जानकारी दिएको छ । तर सुरक्षाको दृष्टिले भने मनकामना केवुलकार प्रविधि नै उचित हुने वताईएको छ । आफुहरुको अध्ययन प्रतिवेदन मन्त्रालयमा पेश गरिने टोलीका संयोजक इन्जिनियर गणेश पाठकले वताउनुभयो । यस अघि एकीकृत नेकपा माओवादीका नेता वामदेव क्षेत्रीले पनि एक प्राविधिज्ञहरुको टोली ल्याएर रेसुङ्गामा केवुलकार सञ्चालन सम्वन्धमा अध्ययन गराउनुभएको थियो । केवुलकार सञ्चालन गरिए पौराणिक कालमा महर्षि ऋषेश्रृङ्गाको तपोभुमि, सन्त शशिधर स्वामी महाप्रमुभु लक्ष्मी नारायण र यदुकानन्दको साधना भुमिका रुपमा प्रसिद्ध रेसुङ्गामा आन्तरिक एवं वाह्य पर्यटकको घुईँचो लाग्ने निश्चित भएकोले विगत केही वर्ष अघिदेखि नै विभिन्न राजनीतिक दलहरुले चुनावी मुद्धा समेत वनाएका थिए ।

जीप दुर्घटनामा १ जना गम्भिर घाइते


विष्णु पौडेल
गुल्मी जठ ९

 गुल्मीको सदरमुकाम तम्घास नजिकैको उपल्लो तम्घासमा जीप दुर्घटना हुँदा १ जना गम्भिर घाइते भएका छन् । सदरमुकाम तम्घासवाट मजुवाका लागि छुटेको जीप दुर्घटनामा परी जीपका सहचालक जुभुङ गाविस वार्ड नम्वर ४ का १८ वर्षीय खीम वहादुर रजारी गभिर घाइते हुनुभएको हो ।
 घाइते रजालीको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पछि थप उपचारका लागी लुम्विीनी मेडिकल कलेज प्रवास पाल्पा रिफर गरिएको जिल्ला अस्पताल तम्घासले जानकारी दिएको छ । जिप विहान साढे पाँच वजेतिर अचानक अगाडिको टायड फुस्किएपछि दुर्घटना भएको जिल्ला ट्राफिक कार्यलय गुल्मीले जनाएको छ । जीपमा सवार अन्य यात्रु भने सकुशल रहेका छन् ।

स्काउट गुल्मीमा कुँवर निर्विरोध

 गगनशिला खड्का

गुल्मी जेठ ९
नेपाल स्काउट जिल्ला शाखा गुल्मीको पाँचौ अधिवेशन निर्विरोध रुपमा कार्यसमिती चयन गर्दै सकिएको छ । अधिवेशनले जिल्ला आयुक्तमा भेष वहादुर कुवँरलाई निर्विरोध निर्वाचित गरेको छ । जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल संयोजक रहेको निर्वाचन समितीले११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

जिल्ला स्काउटको सह आयुक्तमा मिना पन्थ, जिल्ला संगठन आयुक्तमा रामलाल पाण्डे, कार्यक्रम आयुक्तमा वावुराम मरासिनी, सामुदायिक विकास आयुक्तमा विकाशचन्द्र खरेल, तालिम आयुक्तमा धनपति पन्थ र लक्ष्मी पन्थी रहनुभएको छ । त्यस्तै सकृय स्काउटरमा हरि वहादुर सुवेदी र विष्णुमाया पोखरेल, जिल्ला समन्वय आयुक्तमा ढुण्डीराज पन्थी, क्षेत्रीय प्रतिनिधीमा कृष्ण प्रसाद मरासिनी रहनुभएको छ ।
त्यसैगरी मनोनित सदस्यहरुमा हिमकला राना र हरिप्रसाद गौतम रहनुभएको छ । प्रमुख जिल्ला अधिकारी नन्दलाल पौडेलको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा स्रोत व्यक्ति छविलाल खरेल, महेन्द्र उच्च माध्यामिक विद्यालयका प्राचार्य केशर वहादुर थापा, क्षेत्रीय प्रतिनिधी विकास चन्द्र खरेल, रामलाल पाण्डे लगायतका अतिथि रहनुभएको थियो । कृष्ण प्रसाद मरासिनीको स्वागत मन्तव्य रहेको कार्यक्रम जिल्ला आयुक्त भेष वहादुर कुँवरको अध्यक्षता र लक्ष्मी पन्थीको सञ्चालनमा सम्पन्न भएको छ ।

रेसुङ्गा जंगलबाट काठ दाउरा ल्याउन नपाईने


गगनशिला खड्का

गुल्मी जेठ ९
   रेसुङ्गा जंगलबाट घाँस दाउरा ल्याउने क्रममा चोरी निकासी समेत बढेको भन्दै आगामी दिनमा घाँस र काठ-दाउरा ल्याउन समेत रोक लगाउनेमा सरोकारवालाहरु एक जुट भएका छन् । जिल्ला बन कार्यालयले आज आयोजना गरेको रेसुङ्गा वन संरक्षण तथा व्यवस्थापन सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा रेसुङ्गा क्षेत्रको संरक्षणका लागि सबै एक जुट हुने निश्कर्ष निकालिएको हो ।



सदरमुकाम तम्घासमा रहेका विपन्न परिवारहरु दैनिक गुजारा
चलाउनका लागि रेसुङ्गा जंगलबाट सुकेका दाउरा
खोजेर विक्रिका लागि तम्घास ल्याउँदै ।
तस्विर: घनश्याम गौतम
जिल्ला बन कार्यालयमा भएको अन्तर्कृया कार्यक्रममा पछिल्ला दिनहरुमा रेसुङ्गा जंगलबाट घाँस दाउराका नाममा रुख काट्ने र जडीबुटी समेत लोप हुँदै जान थालेकाले सरोकारवालाहरु त्यसको नियन्त्रण र संरक्षणमा एक जुट भएका हुन् । अन्तर्कृया कार्यक्रममा स्थानीय प्रशासन, प्रहरी, वन कार्यालय र सामुदायीक वन उपभोक्ताहरुको समेत सहयोग लिएर रेसुङ्गा जंगलबाट काठ दाउरा निकासीमा समेत पूर्ण रोक लगाउने निर्णय भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले रेसुङ्गा क्षेत्रको संरक्षण र यहाँका जडीबुटी एवं जनावरहरुको संरक्षणका लागि सबै एक जुट हुनुपर्ने बताउनु भयो । त्यसका लागि आफुले जस्तो सुकै सहयोग गर्न पनि तयार हुने उहाले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । त्यस्तै जिल्ला बन कार्यालयका प्रमुख शिवप्रसाद शर्माले रेसुङ्गा क्षेत्रमा विनाश बढ्दै गएकोले घाँस र काठ दाउरा ल्याउन रोक लगाउने र अटेर गर्नेहरुलाई कानुनी कारवाही गर्न सबै सहमत हुनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रबहादुर भुजेल, युवराज भण्डारी, टिम्बर अफ कर्पोरेशनका कार्यकारी अध्यक्ष भरतबहादुर चन्द, लगायतले रेसुङ्गा क्षेत्रको विकासमा संरक्षणमा बेलैमा सबैको ध्यान नपुगेमा यहाँको जडीबुटी, खानेपानीका मुहान र चराचुरुङ्गीहरु समेत लोप हुँदै जाने भएकाले काठ दाउरा निकासीमा समेत रोक लगाउनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रम टिम्बर अफ कर्पोरेशनका कार्यकारी अध्यक्ष भरतबहादुर चन्दको सभापतित्व र जिल्ला बन कार्यालयका सहायक बन अधिकृत कर्ण पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

गुल्मी मा पनि चल्न सक्छ केबल कार .........


गुल्मी जेष्ठ ९


पर्यटन मन्त्रालयवाट खटिएको एक टोलीले गुल्मीको प्रसिद्ध ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको लेकमा केवुलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरेको छ ।
डिजीकोन कन्सल्टेन्ट् कम्पनी काठमाण्डौवाट आएका इन्जिनियरहरु गणेश पाठक, जिवनवहादुर प्रधान र चञ्चलकुमार झा लगायतको टोलीले हिजो र आज रेसुङ्गामा यस्तो सम्भाव्यता अध्ययन गरेको हो

हस्ताक्षरहरु नियाल्दै प्रमुख जिल्ला अधिकारी

गुल्मी जेठ ११ 
 

तस्विर जनार्दन घिमिरे
     यही जेठ १४ गते भित्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता सहितको लोकतान्त्रिक संविधान निर्माणकालागि दवाव श्रृजना गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ गुल्मी र नेपाल प्रेस युनियन गुल्मीले संकलन गरेको....

 हस्ताक्षर वुझिसकेपछि हस्ताक्षरहरु नियाल्दै प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल । उक्त हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत सभामुखलाई सुवाश नेवाङ्ग समक्ष पठाईएको हो । 

केहि दिनदेखि बेपत्ता सभाषद पिता मृत फेला


 गुल्मी क्षेत्र नंम्वर तीनका सभाषद् चन्द्र वहादुर थापा(सागर) लाई पितृशोक परेको छ । गुल्मीको क्षेत्र नम्वर तीन अन्तर्गत दोहोली गाविस ९ स्थित कोटकोटेरी निवासी ८४ वर्षीय ईन्द्र वहादुर थापा वुधवार दोहोली गाविसकै गोदुङ् खोलामा मृत अवस्थामा फेला पर्नु भएको थियो । गत तीनदिनदेखि घरवाट वेपत्ता वन्नु भएका.....
 थापालाई आफन्त र स्थानीयवासीले खोजी गर्ने क्रममा वुधवार वेलुकिपख स्थानीय खोलामा मृत अवस्थामा फेला पारेका थिए । थापाको सवलाई हिजै छोरा चन्द्रवहादुर थापा सागरलाई जिम्मा लगाईसकेको जिल्ला पहरी कार्यालय गुल्मीले जनाएको छ । उहाँ वावु वेपत्ता भएको जानकारी पाएपछि हिंजो नै गुल्मी आईपुग्नु भएको थियो । थापा विगत केही वर्षदेखि उच्च रक्तचापका विरामी समेत हुनुहुन्थ्यो ।

श्रमजिवी पत्रकारको अधिकार स्थापन हुनुपर्छ": चापगाई


गगनशिला खड्का गुल्मी जेठ १२

        नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मोहन चापगाईले श्रमजिवी पत्रकारहरुको अधिकार स्थापना नभईकन पत्रकारीता क्षेत्र अगाडी बढ्न नसक्ने बताएका छन । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि विहिवार पहिलो पटक गुल्मी जिल्लामा आएका चापगाईले....
 मोफसलमा रहेका सञ्चार माध्यमको सरलीकरण र श्रमजिबी पत्रत्रकारहरुको अधिकार स्थापीत गर्ने योजना महासंघको प्राथमिकतामा रहेको बताएका हुन ।
नेपाल पत्रकार महासंघले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य चापगाइले पत्रकारहरुका सामु अहिले २ वटा चुनौती रहेको औल्याए । उनले नेपालमा पत्रकारीता गर्ने पत्रकारहरुका सामु अहिले पत्रकारहरुको आलोचनाको अधिकार र सञ्चारमा माध्यमको सार्थक महत्व नै संकटमा पर्न सक्ने बताए । उनले पत्रकारहरुले सकारात्मक परिवर्तनका लागी आलोचना गर्ने क्रममा एक पक्षिय समाचार लेख्दा आलोचनाको अधिकार नै गुम्ने खतरा रहेको बताए ।
चापागाईले सञ्चार माध्यम र पत्रकार हरुले ध्यान नदिने हो भने पत्रकारीता क्षेत्र आगामी दिनमा भजन मण्डलीको रुपमा स्थापीत हुन सक्ने बताए । सहभागी पत्रकारहरुलाई संवोधन गर्दै केन्द्रीय सदस्य चापागाँईले यतिवेला अन्य विषयमा भन्दा पनि जेष्ठ १४ भित्र संविधान निर्माण नहुने प्रायः निश्चित भईसकेकोले त्यसपछि मुलुक के हुने हो र हामी के हुने हौँ भन्ने चिन्ता लिनुपर्ने र सोही गतिमा पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड् दिए । उनले सञ्चार माध्यममा सवलीकरणको जरुरी भएको, समानुपातिक विज्ञापन र विकेन्द्रीकरण हुनुपर्ने, एउटै व्याक्तिले सञ्चार माध्यम खोल्ने उसैले विभिन्नं व्यवसाय गर्ने गर्दा पत्रकारहरुले उनीहरुका गलत पक्षहरु उठाउन नसक्ने भएकाले स्थानीय रेडियो लगायतका सञ्चार माध्यम उनीहरुको भजन मण्डली जस्तै वनेकोले सवलीकरणको आवश्यकता रहेको धारणा राखेका थिए ।
रुपन्देही पत्रकार महासंघको पुर्व अध्यक्ष छँदा पत्रकार महासंघ गुल्मीको भवन शिलान्यास कार्यक्रममा समेत आएका केन्द्रीय सदस्य चापागाँईले रकम अभावमा अलपत्र निर्माणाधिन भवनका लागि आवश्यक रकमको पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन ।

लेकको तितो सिटामोल भन्दा छिटो”


अरवौको जडिबुटी संरक्षण भएन
गगनशिला खड्का
गुल्मी जेठ १२
     गुल्मीका थुप्रै लेक पहाडहरुमा अरवौँ मुल्य वरावरको औषधीजन्य जडिवुटी खेर गईरहेको र कतिपय जडिवुटी लोप हुँदै गईरहेको भन्दै अव त्यसको संरक्षण र सदुपयोगका लागि लेकको तितो, सिटामोल भन्दा छिटो भन्ने उक्तीलाई अनुशरण गर्दै अगाडी वढ्नुपर्नेमा विहिवार एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

सदरमुकाम तमघासमा विहिवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, उपल्लो तमघास, गुल्मीद्धारा आयोजित स्थानीय जडिवुटीको लगत संकलनका लागि सरोकारवालाहरुसँगको छलफल कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । सहभागीहरुले अव केही दिन भित्रमै गुल्मी क्षेत्र नं. १ को प्रसिद्ध धार्मिक स्थल एवं जडिवुटीको भण्डार मानिने शालिमे दह क्षेत्रमा स्थलगत अध्ययनमा जाने निर्णय गरेका छन् ।

जिल्ला वन कार्यालय, इलाका वन कार्यालय, संवन्धित रेञ्जपोष्टसंग समन्वय गरी जिल्ला जडिवुटी प्रशोधन केन्द्र गुल्मीका अध्यक्ष खड्ग केसीको नेतृत्वमा शालिमे दहको जडिवुटीको लगत उतार्ने आयोजक संस्थाले जनाएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. दिनेश ज्ञवालीले गुल्मीमा विभिन्न प्रजातिका अरवौँ मुल्यको औषधीजन्य जडिवुटी हुँदा हुँदै पनि मेडिकल औषधीको पछाडी लागेर आयुर्वेदिक औषधी भुलेकाले त्यस्तो जडिवुटी खेर गईरहेको वताउनुभयो । सदरमुकाम तमघासकै रेसुङ्गा वन र अर्जुन डाँडामा मात्रै पाखण्डीवेद, टिमुर, चिराईतो, सतुवा लगायतका विभिन्न प्रजातिका अरवौँ मुल्य वरावरको जडिवुटी खेर गएको भन्दै सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए ।
त्यस्तै लम्विनी अञ्चलकै सवैभन्दा अग्लो थाप्ले सत्यवती क्षेत्र, मदाने लेक लगायतका टापु लगायतका स्थानहरुमा रहेका जडिवुटीको सदुपयोग तथा आयुर्वेदिक औषधी उद्योगको विकास गर्न जिल्ला स्तरीय समिति समेत गठन गर्नुपर्ने आवश्यक रहेको छ । जडिवुटीको अर्को भण्डार मानिने
मदाने लेकमा वन मन्त्रालयवाट आएका सरोज कोईरालाको नेतृत्वमा स्थानीय सरोकारवालाहरुको एक टोली स्थलगत अध्ययनमा पुगेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कर्णवहादुर पाण्डेले जानकारी दिनुभयो ।
गुल्मी जिल्लालाई आयुर्वेदिक औषधी उद्योग क्षेत्रको रुपमा पहिचान गराउन जिल्ला विकास समितिले करिव डेढ लाख रुपैयाँ वरावरको जडिवुटी प्रशोधन गर्ने मशिन प्रदान गरेपनि भवनको अभावमा प्रयोगमा ल्याउन नसकिएको डा. ज्ञवालीले गुनासो गर्नुभयो । रकम अभावका कारण निर्माणाधिन भवन अलपत्र रहेकोले यसतर्फ जोड् दिन संवन्धित पक्षको ध्यानाकर्षण गराईएको छ । त्यस्तै गौमुत्र समेत भारतवाट ल्याउने परिपाटीको अन्त्य गरी रेसुङ्गाको वनमा छाडिएका गाईहरुको मुत्र प्रशोधन गरी प्रयोगमा ल्याउनुपर्नेमा समेत सहभागीहरुको जोड थियो ।
गुल्मीमा नुनढेकी, घोडाताप्के, तुलसी, सिउँडी, भिर सिउँडी, रुँदेलो, चिराईतो, कालाजिरो, सुनगाभा, वज्रदन्ती, पाती, असुरा, कालसिन्की, गानेगुज्रो, टिमुर, सुनकाउली, सतुवा, घिउकुमारी, वाँको, हर्रो, वर्रो, पाँच औँले लगायतका थुप्रै प्रजातिका औषधीजन्य जडिवुटीहरु त्यत्तिकै खेर गईरहेको छ । सामुदायिक वनले वर्षमा एकचोटी उपभोक्ताहरुलाई दाउराका लागि वन फडानी गराउँदा रुखको माया गरेर वन फडानीको मापदण्ड तोकेपनि जडिवुटी प्रति ख्याल नगर्दा वन फडानीका क्रममा ससाना जडिवुटीहरु फडानी हुने गरेका छन् ।
कार्यक्रममा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, सहायक जिल्ला वन अधिकृत कर्णवहादुर पाण्डे, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरे, जिल्ला जडिवुटी प्रशोधन केन्द्र गुल्मीका अध्यक्ष खड्ग केसी लगायत विभिन्न कार्यालय तथा संघसंस्था प्रतिनिधी एवं सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य केन्द्रका प्रमुख डा. दिनेश ज्ञवाली र कार्यक्रम संयोजक कमलप्रसाद आचार्यले सहजीकरण गरेका थिए ।

सार्वजनिक जग्गा विपन्नलाई


घनश्याम गौतम
गुल्मी जेठ १५
दुर्गम गाविस बाँझकटेरीका विपन्न समुदायको आय आर्जन र वातावरण संरक्षणको उद्देश्यले वन कार्यालयले मालिका जंगलको नांगो डाँडो उपलब्ध गराएको छ । खाली जग्गामा आयमूलक खेती गर्न सिकाएर विपन्नको आम्दानी बढाउन जग्गा उपलब्ध गराएको कार्यालयले जनाएको छ ।
 स्थानीयले लिएपछि दुर्गममा रहेको सरकारको वन कबुलियती वनमा परिणत भएको छ । कार्यालयले बाँझकटेरी १, होलबाङका विपन्न परिवारका ७१ घरपरिवारलाई प्रतिपरिवार १ हेक्टरका दरले ७१ हेक्टर जग्गा उपलब्ध गराएको हो । वन विभागअन्तर्गत खाद्य तथा कृषि संगठनका क्षेत्रीय संयोजक नारायण भट्टराईका अनुसार सरकारले हैसियत बिग्रेको -रूख बिरुवा नरहेको जंगल क्षेत्र) विपन्न समुदायका समूह बनाएर बढीमा ४० वर्षसम्मका लागि हस्तान्तरण गर्न सक्छ । सोही प्रावधानअनुसार झकटेरीको होलबाङ क्षेत्रमा खेर गइरहेको मालिका जंगल स्थानीयलाई हस्तान्तरण गरिएको उनले बताए । जिल्लामा घोषणा गरिएको यो कबुलियती वन पहिलो वन हो । सरकारको वन ४० वर्षका लागि आफूहरूले उपयोग गर्न पाएपछि सर्वसाधारण उत्साहित भएका छन् । आपनो नाममा मुस्किलले १ रोपनी जग्गा नभएका विपन्न परिवारका उनीहरूले १ हेक्टर जमिनसहितको पट्टा पाएका छन् । हिजोसम्म सरकारको जस्तो लागेको थियो,' बाँझकटेरी १ होलबाङका बृजबहादुर खत्रीले भने, 'अब कार्य योजनाअनुसार खाली डाँडोलाई हराभरा बनाउने छौं ।' वन आफूहरूले पाएदेखि नै दिनरात काम गरेर वन संरक्षणका लागि ७ किलोमिटर ढुंगाको पर्खाल निर्माण गरेको उनले बताए

गुल्मीमा पनि गणतन्त्र दिवस मनाईयो



सीता भण्डारी, 
गुल्मी जेठ १५ 
चौंथो गणतन्त्र दिवसको अवसरमा आज गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा विविध कार्यक्रमका साथमा गणतन्त्र दिवस मनाईएको छ । गतन्त्रदिवस जिल्ला मूल समारोह समितका अध्यक्ष भक्तिराम मरासिनीको अध्यतामा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले वर्तमान अवस्थामा गाणतन्त्रको संस्थागत विकास हुन नसकेको भन्दै.....
 यसको संस्थागत विकासका लागि चाँडो चन्दा चाँडो शान्ति र संविधान निर्माण गर्नु पर्ने वताएका छन् । कार्यक्रममा वाजागाजा सहित प्रभातफेरी गरि वजार परिक्रमा समेत गरिएको थियो । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, नेपाली काँग्रेसका निवर्तमान सभापति शुरेसचन्द्र भुसाल,राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कमल अर्याल, राप्रका टोप वहादुर वस्नेत, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष घनश्याम गौतम लगायतका व्यक्तिहरुले शुभकामना दिनु भएको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदि, कालीदत्त गुल्मका गुल्मपति सन्तोषकुमार थापा लगायत जिल्ला स्थित सम्पूर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दल, नागरिक समाज सिद्धवावा उच्च मावि, रिडर्स पव्लिक हाईस्कुलका शिक्षक तथा शिक्षिका, विधार्थी, उद्योगि तथा व्यापारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला विकास समिति गुल्मीका कार्यक्रम अधिकृत शंकर पसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।

जिप दुर्घटना हुदाँ २ जना गम्भिर घाईते


मनोज बस्नेत
 गुल्मी जेठ १५
 गुल्मीको गौडाकोट गाविसमा केहि समय अगाडि जिप दुर्घटना हुदाँ २ जना गम्भिर घाईते भएका छन् । बुटबल बाट गुल्मीको सदरमुकाम तम्घासकालागि छुटेको लु १ च ३९१४ नम्बरअको निजी जिप गौडाकोट गाविसको वार्ड नम्बर ७ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाईते हुनेहरुमा जिपका चालक नवलपरासि रामग्राम ११ का अन्दाजि २४ बर्षका लोक नारायण चौधरी र जिपमा सवार कपिल्वस्तु हथौसा ८ का अन्दाजि ३६ बर्षका प्रेम नारायण वस्ति रहेका छन् । गम्भिर घाईते दुवै जनालाई अहिले उपचारको लागि पाल्पा तर्फ लगिदैँ गरिएको जिल्ला ट्राफिक प्रहरि कार्यालय गुल्मीले जानकारी दिएको छ । जिप सड्कबाट अन्दाजि २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र जिप क्षत बिक्षत अबस्थामा रहेको ट्राफिक प्रहरिले जानकारी दिएको छ ।

नेता, कलम र जनता


Posted: 29 May 2011 12:23 PM PDT

   बिहान पख उठ्यो र हात मुख धोइवरी चिया नास्ता गरि कलम हातमा आउनसाथ एस्तो महसूस हुन्छ की दुनिया कलम मा बाँधीएको को छ / कलम नाम लिदा बित्तिकै मेरो हिर्दयमा अनूठा अनूठा रचना हरुको झलक उठ्छ / कसैलाई आजसम्म पनी यो कलम को बारेमा थाहा पनी नहोला कलम ले के के गर्न सक्छ कलम भन्ने के चीज हो कलम को जित कस्तो कस्तो ठाउमा हुन्छ भनेर / तर म कलम चलाउने ब्यक्ति हूम तै पनी म गाउको एकजना बारिस्ट नेता संग केहि यो कलम को चर्चा गर्न भनी हिडे....


म उहा को घर नीर पुगे घर वोरीपरि उहाको बगीचा थियो त्यों बगीचा म़ा नानाथरी का फल का रुख र फुलहरुका रुख हरु थिए घर पनी निकै ठुलो मलाई ता एस्तो लाग्यो की कही म गाऊ छोडेर काठमांडू तीर ता आइन / किन की त्यों घर हेर्दा खेरी कुनै काठमांडू का व्यापारी को जस्तो देखिन्थ्यो / म टोलाई रहेको थिए येतिकैमा एक जना त्यों घर का सदस्य बहिर निस्के र मलाई देखे पछि ती व्यक्ति ले मलाई सोधे की तपाई कहा देखि आउनु भएको र को संग मिल्न आउनु भएको नि भने पछि मैले भने की म नेताजी संग भेटना आएको भनेपछि ती व्यक्ति ले मलाई बाहिर को तेहि नै बगीचा मा बस्न लगाइदिये र भने की नेताजी ले अहिले पूजा पाठ गर्दै हुनु हुन्छ तपाई ले केहि बेर पर्खनुपर्यो / मैले ती मानिस लाइ सोधे की तपाई नेताजी को दाई भाई की को भन्दा उनको जवाफ थियो की म ता हजूर यो घरको कर्मचारी हूम भन्दै उनी घर भीत्र पसे / र मलाई यो देख्दा सारै अचम्म लाग्यो की सात आठ बर्ष पहिला यो मानिसको व्यबस्था केहि पनी थिएन र यो नेताजी बने पछि एस्तो अचम्म कती छिटो पैसा कमाउने रहेछन र कसरी कमाउने रहेछन भन्ने जान्न को लागी मेरो मन सारै उत्कुत्सा मा आयो र पहिलो प्रश्न नै मेरो नेताजी को कमाई नै बनाउने निर्णय गरे/ केहि छण पछि नेताजी आउनु भयो / र उहाले मलाई तपाई को हो र कहाँ देखि आउनु भएको के को लागी आउनु भएको भन्ने सोध्नु भयो र मैले आफ्नो परिचय कलम को रूप मा दिए / र तपाई संग मलाई केहि शोध पूछ गर्न थियो र आएको हूम हजूर ले मलाई केहि समय दिन सक्नु हुन्छ की भनेको नेताजी ले अवस्य भन्दा मलाई खुसी लाग्यो / हामी बगीचा मा दुई ओटा टूल्स लिएर आयौ / कलम र नेताजी को वार्ता सुरु हुन लाग्यो / कलम को प्रश्न ;-नेताजी हजुरले ग़ाऊ र देश को विकास म़ा आज सम्म कती योगदान गर्नु भयो त / नेताजी को उत्तर ;-ग़ाऊ र देश को लागी हमीहरूले योगदान दिनु पर्दैन जनता ले नै दिनुहुन्छ / कलमको प्रश्न ;- हजूर ले येती सानो समय म़ा येती धेरै प्रगति गर्नु भयो येती ठूला ठूला महलहरु बनाउनु भयो यो कसरी भयो /नेताजी को उत्तर ;- सरकार ले जून बजट छुट्टायेर जिल्ला जिल्ला म़ा पठाऊछ त्यों रकम म़ा हामीहरुले आधा रकम काम म़ा लगाउने गर्छौ अनि आधा रकम हामी हरुको हुन्छ र कसैको कुनै सरकारी काम आउदा हमिजस्तो नेता हरुलाई नै खोज्छ्न त्यों समय पनी हाम्रो कमाई को हो एस बाट पनी हामीहरु राम्रो कमाउछौ/ कलम को प्रश्न ;- नेताजी हजूर को बार्षिक आय कती सम्म हुन्छ होला / नेताजी को उत्तर ;- भन्नु पर्दा यस्तै सरकार ले हामी लाइ सालाना को सात आठ लाख दिन्छ भने हमीहरूले बाहिरी कमाई ले गर्दा बीस लाख सम्म ता पुग्छ / कलम को प्रश्न ;- नेताजी तपाईहरु संग सरकारले त्यों बजट को ब्यौरा माग्दैन त कहा कती खर्च भयो भन्ने / नेताजी को उत्तर ;- सरकार भनेका नै हामी हौ सरकार चलाउने पनी हामी हौ सरकार बनाउने पनी हामी हौ मंत्री हरु हमिहरुको हातमा हुन्छन् तेसो हुदा हामी हरुलाई डरलाग्दैन / कलम को प्रश्न ;- तपाई हरुको एस्तो कमाई प्रति संचार कर्मी र पत्रकार हरुले आवाज उठाऊदैनन / नेताजी को उत्तर ;- हेर्नुहोस आवाज ता कती पल्ट उठे त्र त्यों आवाज हरुलाई हमिजस्ता नेताहरूले कहा बुलंद हुन दिछौ र सम्झायेर सम्झे ठीकै भो नत्र हमीहरूले तिनिहरुलाई नै उल्टा आरोप लगाएर गिरप्तार गर्ने आदेश दिन्छौ तेसो हुदा आवाज पनी उठाऊन सक्दैनन /कलम को प्रश्न ;- नेताजी तपाई हरुको बिस्वास गरेर जनता हरुले तपाई हरुलाई चुनाब म़ा जिताएर नेता बनाए त्र गाउको विकास र देश को विकास नहुदा खेरी फेरी अर्को पल्ट जनता ले विस्वास कसरी गर्ने / नेताजी को उत्तर ;- चुनाव पाच बर्ष म़ा एक पल्ट हुन्छ चुनाव म़ा एक पल्ट जितनु भनेको हामी हरुको भविष्य बन्नू हो तेस कारण हमीहरूले सरकार बिरुध्द हुदा पनी कुनै डर लाग्दैन हामी जस्तो नेता हरुलाई / कलम को प्रश्न ;- तपाई ले आउने दिन हरुको लागी आफ्नो लागी के सोच्नु भएको छ / नेताजी को उत्तर ;- मैले राम्रो संग भन्नु पर्दा स्विजर्लेंड को बैंक म़ा पैसा राखने र बिदेश तीर को बसोबास गर्ने बिचार गरेको छू /कलम को अंतिम सवाल नेताजी संग ;- येदी तपाई को बिरुध्द कुनै कलम ले आवाज उठायो बने तपाई के गर्नु हुन्छ / नेताजी को उत्तर ;- सके सम्म मैले कलम को गति लाइ रोक्ने प्रयास गर्नेछु अन्येथा कलम को हाथ म़ा छ कलम ले जे चाहयो त्यों गर्न सक्ने उसैको हाथ छ / केहिबेर नेताजी संग को वार्ता पछि कलम गाउका सबै जनता हरु सम्म कलम को परिचय दिन पुग्छ / ग़ाऊ का सबै बच्चा देखि लिएर बृध अवस्था भएका बुवा आमा हरु संग केहि आफ्ना प्रस्तुती दिन्छ र सबै संग अनुरोध गर्छ की तपाई हरुले तपाई हरुको मनम़ा भएका कुरा राखन पाउनुहुनेछ / कलम को प्रश्न पहिलो बृध अवस्था भएका बुवा आमालाई ;- नमस्कार बुवा आमा तपाई हरुले येती लामो जीवन म़ा आफ्नो देश र गाउमा के परिवर्तन देख्नु भयो / गाउका बुवा आमा को उत्तर ;- हामी हरुले परिवर्तन को नाम म़ा केहि पनी देखेनौ अब ता नया नेपाल बन्छ भन्दा हामी हरुलाई कती खुसी लागेको थियो की हाम्रो नेपाल पनी मुलुकमा चिनिने भयो भन्ने त्र अहिले हेरतबाबु कस्तो असान्ति छ जाता पनी येही हो हाम्रो नया नेपाल मरने बेलामा हमिहरुलाई एस्तो असान्ति किन देख्नु परेको छ अब ता हाम्रो नेपाल का राजनीति दल बाट सबैको विस्वास उठीसक्यो / कलम को प्रश्न गाउका यूवा दीदी बैनी हरुलाई ;- दीदी बैनी हरु हो तपाई हरुले तपाई हरुको लागी नै हाम्रो देश नेपाल बाट के माग्न चाहनुहुन्छ र पाएमा देश को लागी के गर्ने बिचार गर्नु भएको छ /ग़ाऊका दीदी बैनी हरु को उत्तर ;- हामी गरीब को छोरा छोरी हाम्रो बुवा आमा ले स्कूल म़ा खर्च पनी पुराउन पनी सक्नु हुन्न अहिले हाम्रो नेपाल म़ा शिक्षा लाइ ब्यवसाय बनाइएको छ सरकार ले एसलाई गंभीरता पुर्बक लिनू पर्छ शिक्षा ब्यवसाय नबनोस र शिक्षा लाइ पार्थकमिता दिएर ग़ाऊ ग़ाऊ का गरीब जनता हरुले पनी शिक्षा हासिल गर्न सकौ हामी हरुले राम्रो शिक्षा पाउछौ भनी देशको लागी जे गर्न पनी सक्नेछौ / गाउका दीदी बैनी हरुको इच्छा जाने पछि कलम ले अब गाउका यूवा हरुको लागी प्रश्न राख्यो ;- मेरा प्यारा यूवा साथीहरु तपाई हरुले आफ्नो देश र गाउलाई कस्तो प्रकार ले हेर्नुभाएको छ र तपाई हरुको यो आफ्नो देश को लागी तपाई हरुले के गर्ने चाहना छ / गाउका यूवा हरु को उत्तर ;- हामी हरुले भन्नु पर्दा खेरी हाम्रो देश र गाउका राजनीति दल हरु कहिल्लई पनी बिकास म़ा अग्रसर भएको देखिएन र गाउका राजनीति दलहरुले गाउकै गरीब जनता हरुलाई दमन गरिरहेका छन यो छिट्टै बंद हुनु पर्यो र हाम्रो नेपाल म़ा सरकारी सस्थान या गैर सरकारी सस्थान म़ा प्राय भारतीय नागरिक हरु रहेको पाइन्छ एस्मा नेपाली नागरिक हरुलाई पार्थकमिता दिएर पद पूर्ति गर्ने गर्नु पर्यो र नेपाल सरकार ले ग़ाऊ ग़ाऊ म़ा कुनै न कुनै रुपमा उधोग धंदा दिनु पर्यो र बल्ल नेपाल को इस्थिति म़ा परिवर्तन आउने छ र यूवा हरु विदेश तीर जान बाध्य भाई रहेका छन त्यों पनी बंद हुनेछ र हामी यूवा हरुले आफ्नो देश को लागी आफ्नो ज्यान पनी दिनेछौ यही नै सन्देश दिन्छौ हमीहरूले यो कलम मार्फ़त / अब कलम को पालो थियो गाउका साना साना बच्चा हरु संग को प्रश्न राखने र कलमले ती बच्चा हरुलाई प्रश्न राख्यो ;- मेरा प्यारा साना साना बाबु हो तिमी हरु त सानै छौ त्र कलम को आवाज लाइ सुन्छौ भनी हाम्रो नेपाल का लागी केहि भनत तिमी हरुको आवाज कलम ले उठाउने छ/ बच्चाहरु को उत्तर ;- हामी बच्चा हरुले हमरा बुबा आमा हरुले जस्तो सिकायो तेस्तै सिक्ने हो हाम्रो देशम़ा असान्ति मात्रै भयो भनी हामी बच्चा हरु पनी असान्ति को मार्गम़ा नै हिडन बाध्य हुन्छौ / त्यसैगरि लड़ाई झगडा नगरी कन हाम्रो देश को इस्तिथि म़ा सुधार आओस कही हिंसा अत्यचार नहोस हामी बच्चा हरुलाई राम्रो शिक्षा दिने बानी बसालियोस हामी बच्चा हरुलाई पनी अगाड़ी बढ़ने आत्मबल मिलोस हामीलाई राम्रो बाटो म़ा हिड़ने शिक्षा होस / हामी बच्चा हरु को सन्देश लिन आउनु भएको कलम लाइ हामी हरुले यो हाम्रो आवाज लाइ उठाउनु हुनेछ भन्ने आशा गर्दछौ कलम ले आजको अन्तरवार्ता लाइ येही बिराम दिन्छ


        लेखक ;-
तुल्सी राम पाण्डेय
सिमिचौर ८ गुल्मी
नेपाल

पशुपछि तरकारी र फलफुलको पनि बिमा गर्दै किसानहरू


गुल्मी जेठ १६ 
     आफ्नो र जनावरको विमा गरेर जोखिम कम गर्दै आएका गुल्मीका किसानहरूले कृषि क्षेत्रमा पनि बाली बिमा अभियान शुरू गरेका छन् । किसानहरूले परीक्षणको रूपमा नेपालमै पहिलो पटक तरकारी, फुलफुल, मसलाजन्य उत्पादन र बिज उत्पादनमा बिमा शुरू गरेका छन् ।
व्यवसायिक रूपमा तरकारी र फलफुल उत्पादनमा लागेका अर्खले, जैसीथोक र सिमिचौरका किसानहरूले कृषि विकास बैंकको सहयोगमा बाली सुरक्षण (बिमा) अभियान शुरू गरेका हुन् । जिल्लामा यस वर्ष बैशाख महिना देखि परेको असिना र मुसलधारे पानीले १ करोड भन्दा बढीको बेमौसमी तरकारी खेती र फलफुल नष्ट गरेको छ । क्षतिबाट मर्कामा परेका किसानहरूले बिमाबाट राहत हुने आशामा अभियान शुरू गरेका हुन् । त्यसका लागि साना तथा लघु उद्यम विकास विभाग अर्न्तगतको कृषि विकास बैंकले किसानहरूलाई विधान तयार गर्न र आर्थिक सहयोग गरिरहेको छ । पहिलो चरणमा तिन गाविसका ९० जना व्यवसायिक किसानमा बाली सुरक्षण अभियान संचालन गरिएको कृषि विकास बैंक मुख्य कार्यालय काठमाण्डौका अधिकृत नन्दबहादुर बुढाले बताए । विदेशमा यस्तो व्यवस्था भएपनि नेपालको तरकारी खेतीमा यस्तो व्यवस्था पहिलो भएको उनको दावी छ । बाली सुरक्षण अभियान शुरू भएपछि व्यवसायीक किसानहरू पनि उत्साहित भएका छन् । ‘अघिल्लो महिना मात्र ६० हजार भन्दा बढीको तरकारी असिनाले नष्ट गर्‍यो’, सिमिचौरका कृषक गुणाखर कुँवरले भने, ‘फेरी पनि त्यस्तै बिपत्ती हुने हो कि भन्ने डरले बिमा अभियान शुरू गर्दै छौं ।’ तरकारीको बिमाले आफु जस्तै व्यवसायीक किसानलाई ठुलो राहत पुग्ने उनले बताए । उनी जिल्लाकै उत्कृष्ट तरकारी कृषक हुन् । जिल्ला कृषि विकास बैंकका प्रबन्धक गोपालप्रसाद गैरेका अनुसार तरकारी बिमा गर्नको लागि किसानहरू शुरूमा जिल्ला कृषि विकास कार्यालयमा समुह दर्ता गर्नुपर्ने हुन्छ । कृषि कार्यालयमा दर्ता भएका व्यवसायीक संस्थाहरूबाट एउटा बाली सुरक्षण उप समिति गठन गरिन्छ । त्यही समूहले विधान तयार गरेर व्यवसायिक कृषकहरूबाट लगानीको आधारमा प्रिमियम शुल्क उठाइन्छ । ‘बिमा गर्न चाहने हरेक कृषकले प्रति रोपनी १५ हजारको दरले १५ प्रतिशत प्रिमियम समुहमा बुझाउनु पर्ने हुन्छ’, गैरेले भने, ‘किसानले कोषमा जम्मा गरेको रकमबाटै क्षतिको मुल्याङ्कनका आधारमा क्षतिपूर्ति रकम भुक्तानी गरिन्छ ।’ काठमाण्डौका शाखा अधिकृत बुढाका अनुसार किसानले तिर्ने १५ प्रतिशत प्रिमियम मध्ये पनि कृषि विकास बैंकले ७५ प्रतिशत रकम अनुदान उपलब्ध गराउँछ । त्यसले गर्दा कृषकले १५ प्रतिशत प्रिमियमको २५ प्रतिशत मात्र भुक्तानी गरे पुग्छ । १ रोपनी जग्गामा खेती गर्ने कृषकले प्रति रोपनी १५ हजार लागतको प्रिमियम बापत एक सिजनको ५ सय ६३ रूपैंया मात्र तिरे पुग्ने अधिकृत बुढाले बताए । क्षतिपूर्ति मूल्याङ्कनका लागि बाली सुरक्षण मुल समिति, अगुवा कृषक, कृषि प्राविधिक र कृषि विकास बैंकका प्रतिनिधिहरूले अनुगमन गरेपछि मात्र भुक्तानीको सिफारिस गर्ने पनि बुढाले बताए । समितिले पहिलो पटकमा बढीमा दुर्इ लाखसम्म क्षतिपूर्ति दिन सक्नेछ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्ला ३ दर्जन बढी गाविसमा झण्डै ३ सय व्यवसायीक तरकारी कृषक छन् । बिमा अभियानले तिनीहरू सबैलाई बैमौषमी तरकारी, फलफुल लगायत उत्पादनमा सहयोग पुग्ने कार्यालयले जनाएको छ । बाली सरक्षण (बिमा) अभियान शुरूमा ९० किसान माझ मात्र गरिएको भएपनि यसको प्रगती हेरेर जिल्ला भरी नै बिस्तार गरिने कृषि विकास बैंकका प्रबन्धक गैरेले बताए ।

मोटरसाईकलको ठक्करवाट वालिका घाईते


सीता भण्डारी,
गुल्मी जेठ १६

    मोटरसाईकलले ठक्कर दिँदा गुल्मीको विरवासमा एक स्कुले वालिका गम्भिर घाईते भएकि छन् । वलेटक्सारवाट तम्घासतर्फ आउदै गरेको लु ८ प २५९६ नं. को मोटरसाईकलले विरवासमा ठक्कर दिँदा विरवास ८ ददल्वाङ्ग निवासी खिमवहादुर पल्लीकी चार वर्षीय छोरी अस्मीता पल्ली गम्भिर घाईते भएकि हुन् ।
 विधालयवाट घर फर्कदै गरेकि वालिकालाई मोटरसाईकलले ठक्कर दिएको थियो ।
घाईते वालिकाको टाउकोमा गम्भिर चोट लागेको र उपचारकालागि लुम्विनी मेडीकल कलेज प्रवास पाल्पामा लगिएको पारीवारीका श्रोतले जानकारी दिएको छ । गाडी र चालकलाई स्थानीयवासीले नियन्त्रणमा लिएको बताएका छन् ।