लोकप्रिय पोस्ट

गुरुवार, 2 जून 2011

बाहुनहरुको आन्दोलनले पश्चिमाञ्चल ठप्प, क्षत्रीहरुको पनि समर्थन


सिता भण्डारी

गुल्मी जेठ ६
जातीयताको आधारमा ब्राह्मणहरुलाई सरकारले विभिन्न सेवसुविधा र अधिकारवाट बञ्चित गर्न खोजेको भन्दै विभिन्न मागसहित ब्राह्मण समाज नेपालले आज पश्चिमाञ्चलका १६ जिल्ला बन्दको आहवान गरेको छ । समयमै संविधान घोषणा गर्नुपर्ने, हिन्दुराज्य, ब्राह्मण जातीलाई मुल आदिवासीमा सुचिकृत गर्नुपर्ने, जातिय होइन वर्गिय आधारमा आरक्षण हुनुपर्ने लगायतका माग राख्दै पश्मिाञ्चल बन्दको आह्वान गरिएको हो ।
ब्राह्मण समाजले अव्हान गरेको बन्दप्रति समर्थन जनाउदै सम्पुर्ण कलककारखाना, संघसंस्था, यातायात व्यवसायी, शैक्षिक संस्थाहरु स्वतस्फुर्त रुपमा बन्द रहेका छन् । विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन आज छुटेका छैनन् भने बजार शैक्षिक संस्था तथा उद्योग कलकारखाना पनि बन्द रहेका छन् । फाईल तस्बिर: तारा भुषाल वन्दका क्रममा चालु उच्च माध्यमिक तहको परीक्षा, एम्वुलेन्स, दमकल, शववाहन, विवाहका गाडी, प्रेस, रेड्क्रस, मानवअधिकारकर्मी र कुट्नीतिक क्षेत्रका सवारी साधनलाई भने निर्वाधरुपमा चल्ने दिने समाजले जनाएको छ । विहान ६ बजेबाट शुरु भएको बन्द बेलुका ६ बजे सकिने व्रमाण समाजका केन्द्रिय महासचिव रोमणी प्रसाद पाठकले बताउनु भयो । यसैविच ब्राह्मण समाजले आहवान गरेको आन्दोलनमा क्षत्री समाज नेपाल रुपन्देहीले ऐक्यवदता जनाएको छ । विभिन्न जातिय अधिकारको माग गर्दै सडक संर्घषमा उत्रिएको ब्राह्मण समाजका मागहरु जायज भएको भन्दै क्षत्री समाजले आफुहरुको पुर्ण समर्थन र साथ रहेको बताएको छ । क्षत्री समाजका जिल्ला अध्यक्ष ओम वहादुर फौजदार र सचिव कृष्ण केसीद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञक्तीमा राज्यले हरेक जातीले आफ्नो पहिचानका लागि गरेको आन्दोलनको सुनुवाई गर्नु पर्ने उल्लेख छ । बन्दको पुर्वसन्ध्यामा ब्राह्मण समाज गुल्मीले हिजो साँझ मसाल जुलुस प्रर्दशन गरेको थियो । तम्घासको नयाँवसपार्क उदिनढुङ्गा देखि सुरु भएको मसाल जुलुस तम्घास वजार परीक्रमा गरी लाँकुरीमञ्चमा आएर कोणसभामा परीणत भएको थियो । बन्दको पुर्वसभ्ध्यामा पश्चिमाञ्चलका १६ जिल्लाकै विभिन्न स्थानमा मसाल जुलुस निकालीएको थियो ।

कोई टिप्पणी नहीं: