लोकप्रिय पोस्ट

गुरुवार, 19 मई 2011

कालिगण्डकी पछी देशकै दोस्रो ठुलो जलसाययुक्त परियोजना गुल्मीमा

गुल्मी जेठ ३ 
            विज्ञहरुको एक अध्ययन टोलीले गुल्मी जिल्लाको छल्दी, पनाह र निस्तेखोलामा कुलेखानी पछिको देशकै दोस्रो ठुलो जलसाययुक्त विद्युत परियोजनाको पहिचान गरेको छ । युवा राजनितिज्ञ दामोदर भुषालको संयोजकत्वमा कृषि, पर्याटन र जलस्रोत विज्ञहरुको अध्ययन टोलीले उक्त खोलामा यस्तो सम्भावनाको पहिचान गरेको हो ।
 "यी तिनवटा खोलामा बाँध बाधेर ५० मेगाहट भन्दा बढी क्षमताको जलसाययुक्त विद्युत उत्पादन हुन्छ, अध्ययन टोलीका जलस्रोतविज्ञ डा. कृष्ण प्रसाद दुलालले भने कुलेखानी पछि यो देशकै दोस्रो ठुलो परियोजना बन्न सक्छ ।" आफुहरुले २ दिनसम्म छल्दी , पनाह र निस्ते खोलाको संगम स्थल रातडाँडा देखि उक्त खोलाको अर्का संगम स्थल बढीघाटको दोभान सम्म गरेको स्थलगत अध्ययन पछि जलसाययुक्त विद्युत परियोजनाको प्रचुर सम्भावना रहेको छ 'डा. दुलालले थपे सरकार , दातृ निकाय र निजि क्षेत्रको साझेदारीमा यो परियोजना सम्पन्न गर्न सकिन्छ ।' जिल्लाको कृषि , जडिवुटी र पर्यटन लगायत एकिकृत विकासका लागि यो परियोजना भरपर्दा माध्यम वन्न सक्छ ' अध्ययन टोलीका कृषि एवं पर्यटन विज्ञ चन्द्र प्रसाद पोखरेलले भने 'यो परियोजना बन्न सके यसले जिल्लाको उर्जा आवश्यकतालाई पुरा गरेर पनि राष्ट्रको उर्जा संकटलाई समेत टेवा पुर्‍याउन सक्छ ।' उनले प्रसिद्ध धार्मिक स्थल रेसुङ्गाको तटमा रहेको छल्दी, पनाह र निस्ती खोलामा बाँध बाधेर जलसाययुक्त परियोजना बन्यो भने आधुनिक कृषि प्रणालीको विकास, मत्स्य पालन, र्‍याप्टीङ्ग सेवा र केवुलकार समेत संचालन गर्न सकिने र यसले पर्यटन विकास मार्फत गुल्मीको अर्थतन्त्र माथी उठ्ने बताए । स्थानिय साधन स्रोतबाट जिल्लाको अर्थतन्त्र बलियो पार्न सकिन्छ भन्ने विषयमा गत २ वर्ष देखि अध्ययन गरेको बताउने एकिकृत विकासका लागि साझेदारी विषयक अवधारणा प्रस्ताव पेश गर्ने अध्ययन टोलीका संयोजक भुषालले यो प्रारम्भिक अध्ययन हो, यसको विस्तृत अध्ययन राज्यले गर्नुपर्ने बताए । अध्ययन टोलीको प्रस्ताव जिल्ला विकास समिति स्थानिय राजनिती दल सम्मिलित छलफल कार्यक्रममा पेश गरेको बताउदै संयोजक भुषालले भने राजनैतिक दलहरुले सर्वदलिय समिति बनाएर माथिल्लो निकायलाई घच्घचाउने सुझाव दिएका छन् । अध्ययन टोलीमा सामाजिक कार्यकर्ताहरुको तर्फवाट शेर बहादुर कुँवर र जिविस गुल्मीबाट कार्यक्रम अधिकृत शंकर प्रसाद गौतम लगायत रहेका छन् ।

कोई टिप्पणी नहीं: