गुल्मी भाद्र ६
गाउँ गाउँमा रहेका विकृति विसङ्गति हटाई सव्य र सुव्यवस्थित समाज वनाउन गुल्मीको हस्थिचौरका युवाहरु सकृय भएका छन् । गाविसको वडा नम्वर ४ उजुङका युवाहरुको आज वसेको भेलाले सो निर्यण गर्दै क्वलको गठन गरेको छ । जालपा युवा क्लव नाम राखिएको उक्त क्लवको अध्यक्ष राजु पाण्डे रहनुभएको छ ।
त्यस्तै क्लवको उपाध्यक्षमा अर्जुन खत्री, सचिवमा मिलन कुँवर, सहसचिवमा प्रकास खत्री र कोषाध्यक्षमा फणिन्द्र पाण्डे लगयतका २० सदस्य रहनुभएको छ । क्लवका सचिव कुँवरका अनुसार गाउँमा वर्षौ देखि जरो गाडेका जुवातास, जाँड रक्सी लगायतका विकृति विसङ्गति हटाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने क्लबका सचिव कुँवरले बताउनुभयो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें