लोकप्रिय पोस्ट

गुरुवार, 19 मई 2011

गरिबीको रेखामुनी रहेका बालबालिकाले निशुल्क शिक्षा पाउने भए

गुल्मी ३ जेठ  
      दश बर्षै दन्द्धको क्रममा र गरिबीको कारणले पढ्न नपाएर पिल्सीएका बालबालिकाहरुले अव निशुल्क रुपमा शिक्षा पाउने भएका छन । पढ्ने चाहना हुदाँ हुदै पनि अवसर बाट बञ्चित द्धन्द्ध र एचआईभी पिडित बालबालिकालाई शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना गरिएको उई आर टुगेदर नेपाल नामक संस्थाले आज शाखा कार्यलय गुल्मीमा गरेको अन्र्तक्रिया कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।
 गरिवीको कारणले शिक्षाको अवसर बाट बञ्चित भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने उदेश्य रहेको सस्थाले गुल्मी जिल्लामा द्धन्द्ध,एच.आई.भी पिडित र गरिबीको कारणले पछाडि परेका बालबालिकाको अवस्था, आर्थिक स्थीती र सहकार्य लगाएतका विषयमा छलफल गरेको थियो। स्थानीय शान्ती समिति गुल्मीका संयोजक जिवन रानाको प्रमुख आतिथ्यतामा सम्पन्न छलफल कार्यक्रममा संयोजक रानाले शान्ती समितिमा आउने आर्थिक रकम समन्धीत कार्यलयमा सिधै आउने भएकोले समितिले मध्यस्ताको भुमीका मात्र निर्वाह गर्न सक्ने बताउनुभयो ।उहाँले संस्थाले गर्न लागेको राम्रो कामका लागी आफ्नो र संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो। यस्तै कार्यक्रममा नेकपा एमालेका जंग नेपालीले गुल्मी जिल्लामा मात्र देशभर नै दश वर्षे द्धन्द्ध र आर्थिक कमजोरीका कारण धेरै बालबालिकाहरु जोखिममा रहेको र शिक्षाको पहुचबाट टाढा रहेको बताउनुभयो। उहाँले यस्ता खालका संस्थाहरु धेरै स्थापना भएका र एक दुई वर्ष काम गरेर बन्द हुने अवस्थामा पुगेको बताउदै पहिले शुरुवातमा आर्थिक खर्चिने भन्दा पनि रचनात्मक काम गर्न सुझाव दिनुभयो।उहाँले बाबबालिकाको क्षेत्रमा काम गरिराखेका सिविन,सेभ द चिल्ड्रेन लगाएतका संस्थाहरु संग सहकार्य गरेर अगाडी बढ्न सल्लाह दिनुभयो। छलफलमा तम्घास गाविसका पुर्व अध्यक्ष तथा महेन्द्र उच्च माविका विधालय व्यवस्थापन समितिका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले यदि संस्थाले सिफारिस गरेर पठाएमा आफ्नो विधालयले पनि ४ जना बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यतm गर्नुभएको छ । साथै श्रेष्ठले बालबालिकाको शिक्षा पाउने अधिकार मात्र नभएर खेल्न पाउने पनि अधिकार भएकोले गुल्मीको सदरमुकाम तम्घासमा बालबालिकाको लागी चिल्ड्रेन पार्कको आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द देबकोटाले संस्थाले पहिलो चरणमा राजनितिक दल र पत्रकारहरु संग छलफल गरेको दोश्रो चरणमा गुल्मी जिल्लाका विधालयका प्रधानाध्यापक र विधालय व्यवस्थापन समितिका अध्यक्ष संग छलफल चलाउने जानकारी दिनुभयो ।

कालिगण्डकी पछी देशकै दोस्रो ठुलो जलसाययुक्त परियोजना गुल्मीमा

गुल्मी जेठ ३ 
            विज्ञहरुको एक अध्ययन टोलीले गुल्मी जिल्लाको छल्दी, पनाह र निस्तेखोलामा कुलेखानी पछिको देशकै दोस्रो ठुलो जलसाययुक्त विद्युत परियोजनाको पहिचान गरेको छ । युवा राजनितिज्ञ दामोदर भुषालको संयोजकत्वमा कृषि, पर्याटन र जलस्रोत विज्ञहरुको अध्ययन टोलीले उक्त खोलामा यस्तो सम्भावनाको पहिचान गरेको हो ।
 "यी तिनवटा खोलामा बाँध बाधेर ५० मेगाहट भन्दा बढी क्षमताको जलसाययुक्त विद्युत उत्पादन हुन्छ, अध्ययन टोलीका जलस्रोतविज्ञ डा. कृष्ण प्रसाद दुलालले भने कुलेखानी पछि यो देशकै दोस्रो ठुलो परियोजना बन्न सक्छ ।" आफुहरुले २ दिनसम्म छल्दी , पनाह र निस्ते खोलाको संगम स्थल रातडाँडा देखि उक्त खोलाको अर्का संगम स्थल बढीघाटको दोभान सम्म गरेको स्थलगत अध्ययन पछि जलसाययुक्त विद्युत परियोजनाको प्रचुर सम्भावना रहेको छ 'डा. दुलालले थपे सरकार , दातृ निकाय र निजि क्षेत्रको साझेदारीमा यो परियोजना सम्पन्न गर्न सकिन्छ ।' जिल्लाको कृषि , जडिवुटी र पर्यटन लगायत एकिकृत विकासका लागि यो परियोजना भरपर्दा माध्यम वन्न सक्छ ' अध्ययन टोलीका कृषि एवं पर्यटन विज्ञ चन्द्र प्रसाद पोखरेलले भने 'यो परियोजना बन्न सके यसले जिल्लाको उर्जा आवश्यकतालाई पुरा गरेर पनि राष्ट्रको उर्जा संकटलाई समेत टेवा पुर्‍याउन सक्छ ।' उनले प्रसिद्ध धार्मिक स्थल रेसुङ्गाको तटमा रहेको छल्दी, पनाह र निस्ती खोलामा बाँध बाधेर जलसाययुक्त परियोजना बन्यो भने आधुनिक कृषि प्रणालीको विकास, मत्स्य पालन, र्‍याप्टीङ्ग सेवा र केवुलकार समेत संचालन गर्न सकिने र यसले पर्यटन विकास मार्फत गुल्मीको अर्थतन्त्र माथी उठ्ने बताए । स्थानिय साधन स्रोतबाट जिल्लाको अर्थतन्त्र बलियो पार्न सकिन्छ भन्ने विषयमा गत २ वर्ष देखि अध्ययन गरेको बताउने एकिकृत विकासका लागि साझेदारी विषयक अवधारणा प्रस्ताव पेश गर्ने अध्ययन टोलीका संयोजक भुषालले यो प्रारम्भिक अध्ययन हो, यसको विस्तृत अध्ययन राज्यले गर्नुपर्ने बताए । अध्ययन टोलीको प्रस्ताव जिल्ला विकास समिति स्थानिय राजनिती दल सम्मिलित छलफल कार्यक्रममा पेश गरेको बताउदै संयोजक भुषालले भने राजनैतिक दलहरुले सर्वदलिय समिति बनाएर माथिल्लो निकायलाई घच्घचाउने सुझाव दिएका छन् । अध्ययन टोलीमा सामाजिक कार्यकर्ताहरुको तर्फवाट शेर बहादुर कुँवर र जिविस गुल्मीबाट कार्यक्रम अधिकृत शंकर प्रसाद गौतम लगायत रहेका छन् ।

जिप दूर्घटना हुँदा चालक सहित १७ जना यात्रु घाईते

गुल्मी जेठ १  
गुल्मी जिल्लाको थानपति गाविसमा एक यात्रुवाहक जिप दूर्घटना हुँदा चालक सहित १७ जना यात्रु घाईते भएका छन् । आज विहान १० वजे गुल्मीको सदरमुकाम तम्घासवाट वुटलतर्फ जाँदै गरेको लु १ ज १३६६ नम्वरको जीप केहिवेर अघि गुल्मीको थानपति गाविस ९ स्थित पानीटंकि नजिकै दुर्घटना भएको हो ।

द्वन्द्व सधैका लागि अन्त्य गर्न सर्वसाधरणको आग्रह

गुल्मी जेठ १ 
गुल्मी अर्खाबाङ्ग – द्वन्द्वका बेला माओवादीको आधार इलाका मानिएको दुर्गम अर्खाबाङ्गका सर्वसाधरणले अब कहिल्यै पनि द्वन्द्व नहुने गरी समस्याको समाधान गर्न राजनीतिक दल समक्ष आग्रह गरेका छन् । सत्ता लिप्सा र व्यक्तिगत स्वार्थ छोडर आफुहरुका आग्रह सुन्न र पीडा बुझ्न समेत सर्वसाधरणको आग्रह छ ।
राज्यले द्वन्द्व पीडितको स्पष्ट आधार नबनाउँदा माओवादी र राज्य दुवैपक्षबाट समस्यामा परेका पीडितहरुले अहिलेसम्म पनि आफुहरु कुन पक्षका द्वन्द्व पीडित हौं भन्ने जानकारी नपाएको समेत गुनासो गरे । हिजोको द्वन्द्वमा जस्तो सुकै पीडा भोगेको भएपनि अब आफुहरुले कुनै खाले द्वन्द्व र अशान्तिको कल्पना गर्न समेत नसक्ने उनीहरुले बताए । स्थानीय शान्ति समितिले द्वन्द्वबाट सबै भन्दा बढी प्रभावित क्षेत्र अर्खाबाङ्गमा आयोजना गरेको द्वन्द्व पीडितहरुको पुर्नमिलन कार्यक्रममा आ–आफ्ना पीडा पोख्दै पीडितहरुले राजनीतिक दलले सबै खाले द्वन्द्व सदाका लागि अन्त्य गर्ने तर्फ अग्रसर हुन आग्रह गरे । त्यसका लागि दवाव दिन उनीहरुले नागरिक समाज र बुद्धिजीवीहरुलाई समेत गुहारेका छन् । राजनीतिक दलका प्रमुखहरु, शान्ति समितिका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, संचारकर्मी उपस्थित कार्यक्रममा द्वन्द्व शुरु भएदेखि सर्वसाधरणले यसरी खुलेर आफ्ना पीडा व्यक्त गरेको यो पहिलो कार्यक्रम भएको स्थानीयले बताए । कार्यक्रममा धेरैले अझै पनि द्वन्द्व हुने हो र बोलेकै कारण पछि पीडा पाईने हो कि भन्ने त्रासले नबोलेको र कतिपयले आफ्ना नाममा आएको राहत समेत नबुझेको पीडा पोखे । दर्लिङ्ग–७ की पूर्णकला वि.क.ले अब आफुले पहिलेको जस्तो द्वन्द्व कहिल्यै कल्पना गर्न नसक्ने भन्दै द्वन्द्व सदाका लागि अन्त्य गर्न आग्रह गरिन् । गाउँमै फेला परेको बेबारिसे बम खेलाउँदा एक वर्ष अगाडी उनको एक मात्र छोरा सहित दुई बालकले ज्यान गुमाएका थिए । उनले आफ्ना छोरा गुमेको पीडा सम्झदै द्वन्द्व अन्त्य होस भन्न आग्रह गर्दा धेरैका आँखा समेत उनीसंगै रसाएका थिए । ‘बमले छियाछिया परेको मेरो छोरा अब कहिल्यै फर्केर आउन्न, मलाई थाहा छ’, पुर्नमिलन कार्यक्रममा उनले भनिन्, ‘तर मेरो एउटा मात्र आग्रह हो, मैले कहिल्यै नर्फकने गरी जसरी छोरा गुमाए, त्यसै गरी हिजोको द्वन्द्व पनि कहिल्यै नफर्कने गरी समाप्त होस ।’ पुर्नमिलन कार्यक्रम भएकै कारण आफ्नो छोराको मृत्युमा माओवादी र सरकार कसैलाई दोष नदिने उनले बताईन । उनले अबका दिनमा आफु जस्तै अर्को नारी रुन नपरोस भन्दै कामना गरिन । ‘म माओवादी र सरकार कसैलाई दोष दिन्न’, उनले भनिन, ‘तर हामी सबै मिलेर बस्न सक्ने गरी अबको बातावरण बनाईदिनुस मेरो आग्रह छ ।’ कार्यक्रममा पूर्व जिविस सदस्य समेत रहेका रितबहादुर थापाले भोली के हुने हो भन्ने पीडाले यहाँका सर्वसाधरणहरु अझै त्रसित रहेको भन्दै त्यसबारे स्पष्ट पार्न राजनीतिक दलका नेताहरुसंग आग्रह गरे । ‘द्वन्द्वका समयमा अर्खाबाङ्गलाई माओवादीले दोस्रो रोल्पा भन्यो, राज्यले यहाँका सबैलाई माओवादी देख्यो’, उनले भने, ‘त्यही त्रासले अहिलेसम्म कोही बोल्न खोज्दैनन्, कसैले राहत बुझेका छैनन् ।’ अब द्वन्द्व हुन्छ कि हुँदैन भन्नेमै सर्वसाधरण अन्योलमा रहेको उनले बताए । ‘सबैको आशंका द्वन्द्व सधैका लागि अन्त्य हुन्छ कि हुँदैन भन्ने हो ।’, उनले भने । कार्यक्रममा राहत नपाएको भन्दा पनि द्वन्द्व अन्त्य होस भन्ने आग्रह धेरैले व्यक्त गरेका थिए । केहीले पहुच र शक्तिका भरमा राहत बुझ्ने गरेको भएपनि पीडित भएरपनि पहुँच नभएकै कारण राहत पाउन नसकेको गुनासो समेत पोखे । उपस्थित कतिपय सर्वसाधरणले आफुहरु दुवै पक्षबाट पीडित हुँदा समेत राहत पाउन नसकेको बताए । ‘माओवादी आँउछन र विद्यालयको भित्तामा नारा लेख्छन, सेना आउछ र तँ पनि माओवादी भएकै कारणले लेख्न दिईस भन्दै तारिक दिन्छ’, पैंयापाटा प्राविका प्रधानाध्यापक समेत रहेका चन्द्रलाल अर्यालले भने, ‘तम्घास पुगेर तारिख बुझेर आयो, यहाँ आउँदा माओवादीले तम्घास जाने हाम्रो कार्यक्रममा किन नजाने भन्दै झोला बोकाएर लैजान्छन यस्तो समस्यामा परेका हामी कुन पक्षका द्वन्द्व पीडित ?’ राज्यको निकाय भएकाले सेना प्रहरीले यातना दिने, र सरकारका सुराकी भन्दै माओवादीले अनेक दुःख दिने गरेको भएपनि अर्खाबाङ्गका कुनै शिक्षकहरुले अहिलेसम्म कुनै राहत नपाएको उनको गुनासो थियो । ‘राज्यको राहत दिने नीति नै ठिक छैन’, उनको गुनासो थियो, ‘हामी कुन पक्षका द्वन्द्व पीडित भयौं अहिलेसम्म जानकारी छैन् ।’ कस्ताले कस्तो खालको राहत पाउने भन्ने सम्बन्धमा स्पष्ट नहुँदा सिंगो गाविसका शिक्षकहरु राज्यको राहतबाट बञ्चित भएको अर्यालले बताए । कार्यक्रममा एमाले अध्यक्ष बोमबहादुर खड्का, माओवादी सह इन्चार्ज जितजंग, नेपाली कांग्रेसका क्षेत्रीय सभापति दामोदर भुसालले हिजोको सबै पीडा बिर्सेर अब नयाँ समाज र नयाँ नेपाल निर्माणमा लाग्नु पर्ने बताए । ‘गणतन्त्र आईसकेको छ, त्यसैले हिजोका पीडा बिर्सेर नयाँ नेपालका परिकल्पना गरौं ।’, नेताहरुको आग्रह थियो । अब नेपालको अर्को द्वन्द्वको सम्भावना नरहेको उनीहरुले स्पष्ट पारे । प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल र शान्ति समिति संयोजक जिवन रानाले राज्यले बर्गिकरण नै गरेर राहत उपलब्ध गराउँदै आएको र त्यसलाई अझै निरन्तरता दिने भन्दै समाजमा द्वन्द्वको पीडा बिर्सेर मिलेर बस्न आग्रह गरेका थिए ।

लोकतान्त्रिक संविधान निर्माणका लागि मैन वत्ति

गुल्मी १ जेठ 

  सूचनाको हकको ग्यारेन्टी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता सहितको लोकतान्त्रिक संविधान निर्माणका लागि दबाब सृजना गर्ने उद्देश्यले आज गुल्मीको सदरमुकाम तम्घासमा मैन वत्ति प्रल्वजन गरियो ।
नेपाल प्रेस युनियन केन्द्रिय कार्यालयको आवह्वानमा गुल्मी शाखाले आज दिउसो जिल्ला प्रशासन कार्यालय अगाडि एक कार्यक्रमका वीच मैन वत्ति प्रल्वजनगरि जेठ १४ गते भित्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता सहितको लोकतान्त्रिक संविधान निर्माणका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदश्य जनार्दन घिमिरेले दुई वर्ष भित्रमा जनतालाई लोकतान्त्रिक संविधान निर्माण गर्ने प्रतिवद्धता वोकेर गएका सभाषद्हरुले निर्धारित समयमा संविधान निर्माण गर्ने तर्फ उदासिन वनि पटकपटक समयावधि थप्ने र आफ्नो पदीय आयु लम्व्याउने काममा लागेको भन्दै निर्धारित समयमा लोकतान्त्रिक संविधान जारी गर्नकालागि नेपाल प्रेस युनियनले दवावमूलक कार्यक्रमहरु शुरु गरेको वताउनु भयो । उहाँले शान्ति प्रकृया टुङ्गोमा पुग्ने र लोकतान्त्रिक संविधान निर्माण हुनेमा जनतामाझ शंका उत्पन्न भएको भन्दै यस्तो गंम्भीर समयमा लोकतान्त्रिक संविधान निर्माणका लागि दबाब सृजना गर्न लोकतन्त्रमा आस्था राख्ने सम्पूर्ण पत्रकार नागरिक समाज लगायत सवैलाई एक जुट हुन समेत आग्रह गर्नु भएको थियो । नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष हरिप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतमविभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मिहरुको सहभागिता रहेको थियो ।

रुखबाट लडेर १ जनाको ज्यान गएको छ

गुल्मी बैशाख २७  
   जिल्लाको वामी गाविसमा मगंलबार दिउसो घास काट्ने क्रममा रुखबाट लडेर १ जनाको ज्यान गएको छ । वामी गाविस वार्ड नम्बर ५ रुक्से निवासी ५० बर्षिय मन बहादुर दर्लामीको दिउसो घास काट्ने क्रममा आफ्नै घर नजिकैको बारीमा टाटेको रुखबाट लडेर ज्यान गएको छिमेकीले बताएका छन ।
 टाउकोमा गम्भिर चोट लागेका मन बहादुरको घटनास्थलमै मुत्यु भएको बताइउको छ । दलार्मी मगंलबार दिउसो वामी मैदानमा रहेको फोटो सहितको नामावली सकंलन केन्द्रमा आफ्नो मतदाता नामावली दर्ता गराएर गएका थिए । ५० बर्षिय मन बहादुर १० बर्ष अगाडि बाग्लुङ्ग जिल्लाबाट बसाई सराई गरेर आएका थिए । उनको पुखौली घर बाग्लुङ्ग जिल्ला रहेको बताइएको छ ।

२३ वर्षिय निशाको लागि कतारका सामाजिक संस्थाले ३ महिनाको लागि ९,००० रियाल बराबर (एकलाख असी हजार रुपैँया नेपाली ) को औषधी निशुल्क उपलब्ध गराउने

दोहा -कतार

         आज भन्दा छ महिना पहिले वैदेशिक रोजगारको सिलसिलामा कतार आएकी थिइन् निशा मिश्र । सात बर्षको छोराको भविष्यको लागि केहि गर्छु भन्ने सपना बोकेर कतार आएकी निशा जब एक्कासी छाती दुख्ने समस्या देखिएपछि हमाद मेडिकल अस्पतालमा जचाउन पुग्दा उनी छांगोबाट खसेको जस्तो भईन् । 


उनीलाई विगत सत्र दिन देखि जाँच पड्ताल गर्दै आएका डक्टरले उनकै अगाडि बाँच्ने सम्भावना न्युन भएको भन्दै नेपाल जान आग्रह गरेपछि अहिले उनको र उनको परिवारमा आँसुको भेल रोकिएको छैन ।
आज भन्दा ४ बर्षपहिले लोग्नेले छोडेर अर्को विहे गरेपछि उनी माइतीको आश्रयमा बस्दै आएकी थिइन् । बडो कष्टको साथ पैसाको जोहो गरेर कतार आएकी उनी नेपालबाट मेनपावरले ब्युटिपार्लरको लागि मासिक १००० भनेर पठाए पनि आठ सय भन्दा नदिएको बताउने उनी अहिले म मेरो लागि होइन, मेरो छोराको लागि भने पनि बाँच्न चाहन्छु भनी सहयोगको याचना गरेकी छिन् ।


झापा गरामनी ४ माइती भएकी निशालाई विहे भएको ३ बर्षमा नै विराटनगरवासी उनका पतिले छोडेपछि माइतीघरमा बस्दै आएकी छिन् । माइतीको आर्थिक अवस्था एकदम नाजुक भएको र आमा एकजना विद्युत प्राधिकरणमा पियनको जागिरबाट घर चलाउँदै आएको हुनाले नेपाल फर्किएपछि उनको उपचार गरेर बाँच्ने आशा नरहेको बताउँदै कतार स्थित हमाद मेडिकल अस्पतालको बेड नं. ६३५ मा दुइ हातले मुख छोपेर भक्कानो छोडेर रोइन् ।
यदि मलाई नेपाली चेली संझीएर बचाउन चाहनुहुन्छ भने तपाईंहरुलाई मेरो धेरै आशिष लाग्ने छ भन्दै कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा सामाजिक संस्थाहरुसंग सहयोगको लागि यो सन्देश पुर्याइदिन आग्रह गरिन् । त्यहाँ कार्यरत भारतीय डक्टरलाई भेटेर परामर्श लिँदा यसको उपचार भारतमा सहजसंग हुने तर यहाँ ठूलो रकम लाग्ने भएको हुनाले नेपाल पठाउन खोजिएको बताउने उनले निशाको मुटुको दाहिने भागमा मासुको झिल्ली मात्र पलाएको हुँदा त्यसको लागि मुटु प्वाल पारेर कृत्रिम संयन्त्र जडान गरेमा लामो समय बाँच्न सक्ने बताए ।



२३ वर्षिय निशाको लागि कतारका सामाजिक संस्थाले ३ महिनाको लागि ९,००० रियाल बराबर (एकलाख असी हजार रुपैँया नेपाली ) को औषधी निशुल्क उपलब्ध गराउने भएको पनि निशाले बताईन् । "यदि दयालु मुटु भएको कोहि नेपाली दाजुभाईहरु हुनुहुन्छ भने मलाई आर्थिक सहयोग गर्नुहोस् "- उनले भनिन् । "पतिले छोडेपनि छोराको लागि भनेर माइतीमा बसेर बाँचेकै थिएँ । नाबालक छोरालाई शिक्षा दीक्षा दिएर बालिग र योग्य बनाउछु भन्ने मेरो सपना पुरा गर्न भने पनि मलाई सहयोग गर्नुहोस् , यो मेरो सहयोगको सन्देश सवैमाझ पुर्याएर सहयोग गर्नुहुनेछ भन्ने आशा लिएकी छु "- उनले भनिन् ।



उनको थप उपचार्रार्थ तथा नेपाल पठाउने व्यवस्थाको लागि कतारका व्यवशायी तथा समाजसेवी महेन्द्र चौँलागाईं र लक्ष्मण खतिवडा तथा प्रवासी नेपाली झापाली सर्म्पर्क मञ्चले आर्थिक सहयोग संकलन गरी पिडित निशालाई तीन/चार दिनमा नै नेपाल पठाउने तयारीमा लागेको बताएका छन् ।