लोकप्रिय पोस्ट

शुक्रवार, 25 मार्च 2011



हाम्रो माया अजम्बरी प्रेमकहानी हुनु पर्छ जहाँ, म राजा अनि तिमी रानी हुनु पर्छ आँखा गाढ्लान् दुनियाँले,रिस डाहा गर्लान् म छोप्ने परेली बनुँ तिमी नानी हुनु पर्छ शत्रु लागी तिमी म बिच तल माथि भएमा म रिसाई आगो हुँदा तिमी पानी हुनु पर्छ सुख लिन मन्थन् गरी दुख सबै खारौला म ठेकी दुख मुथ्ने तिमी मदानी हुनु पर्छ जीवनभरी उमंग र तरंगको जादु ल्याउने हाँसो दैनिक पाहुना,खुशी मेज्मानी हुनु पर्छ चोट के हो?ब्यथा के हो?केही पत्तै नपाउने हाँस्ने खेल्ने यशआरम् जिन्दगानी हुनु पर्छ



हिमालझैँ अग्लिएँ र तिमीसम्म आएँ हिउझै पग्लिएँ र तिमीसम्म आएँ जिन्दगी भो मेरो माछोको जस्तै बल्छिमा अल्झिएँ र तिमीसम्म आएँ उपचार वा मृत्यु के पाउन सक्छु घाउहरुमा बल्किएँ र तिमीसम्म आएँ चोखो प्रेमको उपहार के हुन्थ्यो अरु मुटु कलेजी सुम्पिएँ र तिमीसम्म आएँ रात थाक्ला बरु प्रकाश निभ्दैन आगोझैँ सल्किएँ र तिमीसम्म आएँ
सपनिमा आउनु तिमि मनको ढोका खोली दिउला झकझक्याएर नबिउझाउनु सपनिमै बोली दिउला निदरिमै चुमिदिनु मिठा-मिठा कुरा गर्दै आज यति भए पुग्छ बाकि कुरा भोलि दिउला तिमि सग जीवन साट्ने बाचा कसम सम्झेकै छु घोडा चढी आउनु तिमि सिगारिएको डोली दिउला पिरतिको साईनो हाम्रो अटुट जन्म बाचिरहोस खालि हात आए पनि सिङै मनको झोली दिउला तिमि मेरो म तिम्रो बस यति भए पुग्छ मलाई सुख, दुख आसु खुसी एकै ठाउमा घोली दिउला

आमा तिम्रो आशिर्बादले पसें सहारतिर गरिबीलाई धाल्छु भनी धसें सहारतिर आमा तिमीलाई चौबंदी र सारी किनिदिन रूपया कामाउना कसें सहारतिर मरे निम्ति खुकुरीको धारमा पाइला राखेउ तेहि धरलाई मार्छू भनी घुसें सहारतिर मुटुभारी गाउको माया रहर सजायर फेरी फरकि आउछु भन्थें फसें सहारतिर


उड्नु थियो गगनमा, प्वाँख काटी छोडी गयो || समयले आशारुपी, डोरी बाटी छोडी गयो || बाटो यस्तो देखाउँछ, हिड्न खोज्दा लडी जाने, खाल्टो भित्र पारी हिलो, घाँटी घाँटी छोडी गयो || मृत सरि भएको छु, बचाउने कोहि छैन, संगै हिड्ने सहयात्री, नाता छाँटी छोडी गयो || न त थेग्ने लहरो छ, न त टेक्ने हाँगो यहाँ, नियतिले मेरो साथ, ढुंगामाटी छाडी गयो || जति दु:ख परे पनि, मरी जान नसकिने, नजिक मै काल आयो, सुँघीचाटी छोडी गयो ||


आगो भित्र देश जलेको कथा कस्लाई भन्नु आफै भित्र भित्रै बलेको कथा कस्लाई भन्नु यसै गरि माटोलाई दलदल बनाउँदै जाँदा पैतला भासिदै ढलेको कथा कस्लाई भन्नु अब सिराने बाटै सपना खोसि लगे पछि आषा मरी आत्मा गलेको कथा कस्लाई भन्नु न पारी पुग्ने बाटो छ न वारी फर्कने आषा छाल वीचमा डुङ्गा चलेको कथा कस्लाई भन्नु जता ततै ढाडमा टेकी शिरमा पुग्नेहरु छन् पैतलाले जन्ता दलेको कथा कस्लाई भन्नु

 सगुन आयो सुपारी कुड्को खाउँ कि नखाउँ रहेछ उनको बिहेको निम्तो जाउँ कि नजाउँ मिलन हुने आसमा थे म उनको मन बदलेछ मेरो त्यै आश मरेको हेर्न आउँ कि नआउँ चर्केला मुटु सिउदो भर्दा पराई हातले छाल्किदा आँसु बिरही गीत गाउँ कि नगाउँ जनेछिन उनी पराई घर डोलीमा चढेर त्यो रित्तो खिड्की त्यो रित्तो गल्ली धाउँ कि नधाउँ उनले त सावित् गरेरै छोडिन पराई हुँ भनि म आफ्नै ठानी एकोरो माया लाउँ कि नलाउँ सगुन आयो सुपारी कुड्को खाउँ कि नखाउँ रहेछ उनको बिहेको निम्तो जाउँ कि नजाउँ

उनिसंगै जिउने मर्ने मेरो रहरको के कुरा, मनको भित्ता खाली छैन शहरको के कुरा, मनमा फुली ओठमा खुल्ने माया बिर्साउन पर्दा मात्र टाँग्ने एउटा ठहरको के कुरा, यस्तै मीठो तृष्णा बनोस जीवन सबैलाई सागर सुक्छ प्यास मेटाउदा नहरको के कुरा......
फूलको कुरा गर्यौ र आफै भाच्यौ डाली बगैचाको बिनासमा किन खटियो माली गल्तीमा त आत्मालोचना गर्नुपर्ने आफैले दोष अरुलाई थोपरेर फेरी किन गर्छौ गाली रगत र पसिनाले आफ्नै देश भिजाऊ भन्छु अवरोधमा खडा छन सामन्ती र जाली कति गर्नु बिदेशमा अर्काको गुलामी बाच्न पाउनुपर्छ स्वदेश मै गर्वले शिर उचाली
आऊ बसेर सहमती गरौंकम्मर कसेर सहमती गरौं जुन बुँदामा मत बाँझिन्छभित्रै पसेर सहमती गरौं यदि माथि सहमती नभएतल खसेर सहमती गरौं दोष नलाऔं कसैलाई पिनबैरी लखटेर सहमती गरौं जीवन दिनु छ जनताहरुलाईआफु मरेर सहमती गरौं

 मान्छे मान्छे एउटै हो कुनै दुई जाती होइन रगत सबै को रातै हुन्छ कोइ तल माथि होइनआदर्शको खोल ओढ्नेहरु पुरानै ऋति अंगाले नि मनमा जातीय भेद भय त्यो असल साथी होइनमानिस ठुलो मनले हुन्छ जातले हुदैन नि तल्लो जात भन्ने कोइ औसी को राती होइन मन मिले सबै मिल्छ प्रेम पप होइन यहाँ जुनी राम्रो बित्छ भने बिहे गर्नु घात होइन
ma  
स्कुल पढ्ने बेलामा एकदिन अंग्रेजीको शिक्षकले एउटा अंग्रेजी भनाईको माने सम्झाउँदै भन्नु भएको थियो “ … महान मान्छेबाट पनि गल्ती हुन्छन्” । मैले भने त्यतिबेला त्यो भनाईको अर्थ अर्कै निकालेको थिए : “गल्ती गर्ने मात्रै महान बन्छन” । शिक्षकले शब्दार्थ देखाएर तर्क प्रस्तुत गरे, मैले सत्यार्थ दर्शाएर बुझ्न ईन्कार गरें । उनले आफ्नो शिक्षकवादको हैकम देखाएर मलाई हप्काए, मैले आफ्नो विद्यार्थी जोश देखाएर उनलाई रन्काएँ । कक्षामा निकै वेर चर्काचर्की भयो। त्यतिबेला मलाई आफ्नै तर्क शतप्रतिशत ठीक लागेको थियो, तर स्थितिको गाम्भीर्यलाई ध्यानमा राखेर म नै चुप बसें (कारण त्यतिबेलाका शिक्षकका हातमा एउटा लठ्ठी पनि हुने गर्थ्यो :)

बीचमा केहि समय शिक्षकको तर्क ठीक लाग्यो, तर वरिपरिको वातावरण र अहिलेको स्थिति हेर्दा लाग्छ स्कुल समयको मेरै तर्क सहि रहेछ । तपाई आफैं हेर्नुस न, यहाँ गल्ती नै नगर्ने ठूलो मान्छे को नै छ?।

कुर्सी पाएपछि भोट हाल्ने जनता भुल्ने नेता, प्रसिद्धि पाएपछि सुटीङमा ढिला आउने अभिनेता, आँखा अगाडि घटेको घटना नदेख्‍ने तर हावा खबर लेख्‍ने पत्रकार, आफ्नै घर्रामा भएको फाईल नभेट्ने र कामवालालाई पुरै कार्यालय घुमाउने कर्मचारी , सबै नै आ-आफ्ना क्षेत्रमा अगाडि बढ्दैछन। यी सबलाई तपाईले बदमासी गर्दा गर्दै समात्नु भयो भने सबैले एउटै जबाफ दिनेछन : “के गर्ने गल्ती त मान्छेबाट भैहाल्छ नि …” । तर मेरो बिचारमा यो वास्तबमा भुल हैन, माथी माथी चढ्ने पुल हो । किनकि अहिलेको जमनामा भुल नगरिकन ठूलो मान्छे बन्नु असम्भव नै छ। पत्याउनु हुन्न ?, हेर्नस त :
ऊ त्यति बेला किसोर अबस्थाकै थियो, भारी बोकेर गुजारा गर्ने उसको बाबुले रातमा डराई-डराई “...अब श्री ३ को सरकार जान्छ र ‘रामराज्य’ आउँछ...” भनेको उसले सुन्ने गरेको थियो । ‘श्री ३’ र ‘श्री ५’ भनेको के हो भन्ने नबुझे पनि ‘रामराज्य’मा भने उसको विशेष ध्यान थियो । अक्षर-कागज नपढेको भएपनि गाउँमै सुनेको रामायणको कथाको आधारमा उसले सो ‘रामराज्य’ आएपछि सबैले सुख पाउनेमा ढुक्क थियो ।

श्री ३ फालिए, र प्रजातन्त्र पनि आयो । तर अचानक केही समयमै उसको बाबुको मृत्यु भएकोले सुख र रामराज्य चाहिँ हैन, बाबुको डोको र नाम्लो भने उसको थाप्लोमा आयो । जीवन गुजारा गर्न अर्को कुनै उपाय र सहारा नभएकोले उसले पनि बाबुकै जस्तो भारी बोक्ने काम सुरु गर्‍यो ।

उसले दशकौँ भारी बोकेपछि देशमा फेरि निकै हलचल भएको भान उसले पायो। ठूला-ठूला कुरा नबुझे पनि यस पाला भने देशमा असली प्रजातन्त्र आउँछ रे अनि सबैले सुख पूर्वक बाँच्न पाउँछन् रे भन्ने सम्म उसले पनि बुझ्यो । राजनैतिक वृत्त र उपल्लो तहमा के कस्ता परिवर्तन भए उसले भेउ सम्म पनि पाएन । तर गाउँकै नेताहरूले “...अब तिमीहरू सबै सही अर्थमा स्वतन्त्र भएका छौ...” भनेको उसले पनि सुन्यो ।
सडक छेउको चिया पसलमा शिक्षित जस्ता देखिने तीन जना युवकहरु धूँवादार राजनैतिक वहसमा लागेका थिए । तीनै जना भिन्न-भिन्न दल र राजनैतिक सिद्धान्तमा विश्वास राख्ने भएकाले आफूहरु सो दल वा गुटमा किन लागेको भन्ने वारेमा आ-आफ्नो तर्क दिँदैं थिए ।

"...म सक्रियताका साथ लागेको दल सधैं सत्तालाई भन्दा सत्यलाई बढी स्थान दिन्छ..." पहिलो युवकले आफ्नो संलग्नताको आधार खुलाउँदै भन्यो "...राजनीति स्वार्थको लागि हैन, सेवाको लागि हुनुपर्छ भन्नेमा मेरा नेताहरुको एक मत छ, त्यसैले म यो दलमा प्रवेश गरेको"

"मेरो पार्टीका नेताहरु हरेक समस्या र मुद्दामा सधैं एकजुट हुन्छन्..." दोस्रो व्यक्तिले आफ्नो विचार प्रष्ट्याउँदै भन्यो "... राजनीतिमा एकता र अखण्डता भन्दा ठूलो कुरा अरु केही छैन, त्यसैले म यही पार्टीलाई समर्थन गर्छु "

"मेरो दलका नेताहरु राष्ट्रप्रति एकदमै बफादार र राष्ट्रभक्त छन..." तेस्रो व्यक्तिले आफ्नो आस्थाका कारण बताउँदै भन्यो "...मेरो दल विदेशीका सामु कहिल्यै झुक्दैन, त्यसैले म यो यो दलमा लागेको"

उनिहरु देशको तात्कालिक राजनीतिको बारेमा यसरी चर्काचर्की गर्दैथीएँ मानौं ति सबै दलका राष्ट्रिय मुद्दा र राजनैतिक निर्णयका अन्तिम निर्णायक उनिहरु नै हुन ।

त्यत्तिकैमा चिया पसलमा चौंथो युवकको प्रवेश हुन्छ ।
“यो संसार अनौठो छ”, “हाम्रो दुनियाँ आश्चर्यपूर्ण छ” यस्ता वाक्याशंहरु मैले सानैदेखि सुन्दै आएको हो । तर के कति कारणले यो संसार अनौठो छ भन्ने चाही मैले त्यो दिन मात्रै थाहा पाएँ जुन दिन अघिल्लो दिन मात्रै किनेर ल्याएको मेरो एउटा किताब कोठैबाट गाएब भयो ।

अघिल्लो दिन मात्रै लेराएको किताब गाएब हुनुलाई मैले लरतरो हिसाबले लिइँन र धूँईपत्ताल खोजी सुरु गरें । टेबुलमा, घर्रामा र अन्य सम्भाव्य स्थानमा पुस्तक नभेटेपछि मनमा शंका उठ्यो ‘कतै चोरी त भएन ...!’। तर हैन.. टेबुलमा रहेको टेलीभिजन, पर्सको पैसा र अन्य केही ‘टार्गेटेट आइटम’ जहाँका त्यहि थिए । समाजमा व्यवसायीक रुपमा किताब मात्रै चोर्ने चोर कुनै पनि छन भने भिन्दै कुरा, नत्र यो चोरको काम हुँदै होईन भन्नेमा पुगें म ।

चोरीएको हैन भने कहाँ गयो त? । म पून: आफ्नै घरको ‘गुगल सर्च’ मा लागें, घरका सबै दराज, पलंङका अन्तरकुन्तर र फ्रिज अनि पुरान कसौँडी र प्रेसरकुकर समेत खोलेर हेर्दा पनि किताब नभेटेपछि यसलाई एउटा आश्चर्यको रुपमा लिनु बाहेकको हर्को बिकल्प बचेन पनि ।

किताब मंहगो थिएन, तर मलाई एकदमै मनपर्ने लेखकद्वारा लेखिएको थियो, त्यसैले सय रुपैयाको एउटा किताबका कारण मेरो तीन दिनको निन्द्रा र चार दिनको भोक हरायो ।

पाँचौ दिन बिहान उठने बित्तीकै कसैले मेरो ढोका ढकढक्याएको सुनें, ढोका खोलेर हेर्दा एकजना परिचित मित्र ढोकामा उभिएका थिए। उनले भित्र छिर्दा छिर्दै भने “...सरी है! ... म शुक्रवार तिम्रोमा आएको थिएँ, तिमी रहेनछौ तर तिम्रो टेबुलमा ‘यो किताब’ देखेँ...” उसले अगाडि के के भन्यो मैले राम्ररी बुझीन... मेरो भोक निन्द्रा हरण गर्ने ‘त्यो किताब’ उस्ले टेबुलमा फ्याट्ट राख्ने बेलासम्ममा मैले करिब करिब उ मेरो साथी हो भन्ने समेत बिर्सन लागीसकेको थिएँ । कमसेकम किताब लगेपछि एकचोटी फोन गरेर ‘तिम्रो किताब मसंग छ है !’ मात्रै भनेक भएपनि त मैले पागलपन सवार भएजस्तो गरी घरका भाँडाकुँडा समेत खोतलेर खोज्नु त पर्दैन थियो नि ।
एकजना राजा धेरै टाढाबाट आफ्नै धुनमा मस्त रहने एकजना महात्मा कहाँ पुगेछन र उनीसंग सधैंको लागि कल्याणकारी मन्त्र मागेछन । सन्तले उनलाई “ॐ नम: शिवाय:” जप गर्दा कल्याण हुने बताएछन ।

सन्तको कुरा सुने पछि राजाले “म यत्ती टाडाबाट आएको छु, यो सबैले जप्ने मन्त्र दिएर मलाई के काम, कुनै असली गुरुमन्त्र दिनुहोस” भनेछन । उनको कुरा बुझेर मुस्कुराउँदै सन्तले भनेछन “एकदमै कारक मन्त्र दिन त मैले तपाईको दरबारमा आउनु पर्छ, राज सिंहासनमा बसेर मैले तपाईलाई मन्त्र दिएँ भने मात्रै त्यो एकदमै प्रभावकारी हुनेछ”

केहि दिन पछि राजाले सन्तलाई दरबारमा आदर पूर्वक सत्कार गरेर लगेछन र आफ्नो सिंहासन उनलाई छाडेर आफू भुईमा बसेछन ।

सिंहासनमा बस्ने बित्तीक्कै अचानक सन्तले अब आफैं राजा भएको घोषणा गरेछन र सैनिकहरुलाई राजालाई तुरुन्तै बंदी बनाउने आदेश दिएछन । तर राजाका सिपाहीहरु चुपचाप बसेछन । सन्तले पटक-पटक क्रोधीत भएर सिपाहीहरुलाई राजालाई तुरुन्तै समात्न भनेछन, तर उनका सैनिकहरु कसैले पनि राजामाथी हात हालेनन् र मूर्तिवत रहेछन ।
तिहारको ठ्याक्कै अगाडि कामको सिलसिलामा म काम गर्ने कार्यालयको एउटा टोली ‘देश दर्शन’ मा निक्लेको थियो । भ्रमणको मुख्य उदेश्य काम नै भएकोले घुम्ने ‘मुड’ र तयारी दुवै थिएन । त्यसैले सुरुमा हिँड्दा छिटो काम सक्केर छिट्टै फर्कने सहमति बनेको थियो । पोखरा-बाग्लुङ हुँदैँ बेनीसम्म पुगेर त्यहाँबाट फेरि बुटबल-भालुबाङ हुँदैँ रोल्पाको सिमानासम्म पुग्ने कार्यक्रम बनेको थियो । करिब ४-५ दिन लाग्ने सो भ्रमणमा सबैजना छिटो काम सकेर काठमाण्डौको धूलो-धूवाँमै तुरुन्तै फर्केने मुडमा भएका र १-२ दिन ढिला भएमा तिहार छुट्ने सम्भावना रहेकोले सबैजना कतै- कुनैपनि ठाउँमा नअल्मल्लीने र सिधा काम सकेर फर्कने अघोषित सहमतिमा घरबाट हिँडेका थिए ।

तर काठमाण्डौँको धूलो-धूवाँबाट बाहीरिने बित्तिकै सबैलाई आफ्नो सहमति र ‘पूर्व सर्त’ मा पछुतो लाग्न थाल्यो । केही दिन अगाडि निक्लेको भए वा केही दिनको ‘मार्जिन’ राखेर निक्लेको भए कामको साथ-साथै अलिकता प्राकृतिक सुन्दरताको रसपान गर्न पनि मिल्थ्यो भनेर सबै जनालाई चेतना भयो । सुरुमै समय सिमा तोकेर निस्केकोले समय बढाउन सम्भव थिएन तर ‘टाइट-सेड्युल’ लाइ गर्न मिल्ने हदसम्म ‘लुज’ गर्ने प्रस्ताव गाडीमै सर्वसम्मतिमा पारित भयो ।

धेरै घुमफिर नगरे पनि कुनै सुन्दर दृश्य भएको ठाउँमा गाडी रोकेर तस्बिर खिच्ने सहमति भएपछि केही ठाउँमा गाडी रोकिए र फोटो खिच्ने अन्धधुन्द उपक्रमहरु हुन थाले। उसैपनि तस्बिर खिच्ने कौशल नभएको, ‘काम’ मात्रै गरेर फर्कने मनस्थितिमा भएको र क्यामेर बोकेर हिँडन अल्छि लाग्ने स्वभाव भएकोले मैले भने क्यामेरा समेत बोकेको थिईन। तर बाटोमा यस्ता यस्ता दृश्यहरु देखिए जसलाई देख्ने बित्तिकै अनायस सबैको मुखबाट "वाह!", "आहा!!" निक्लन थाले । ती दृश्यहरुलाई तस्बिरमा नउतार्दा ती दृश्यकै उपहास गरेको ठहरिएला जस्तो लाग्न थाल्यो । सबैजना आ-आफ्ना साथमा भएका क्यामरा, मोबाइल आदि लिएर फोटो उतार्न मस्त भएपछि मैले पनि आफ्नो मोबाइलको सहाराबाट केही फोटोहरू कैद गरेँ ।
शुभकामना तिमीलाई नै मिलोस्

मनोकामना मेरो चकनाचुर भएपनि।

सफलताको फूलले तिमीलाई नै चुमोस्

म असफलताको डोरीले बाँधिएपनि।

लाखौँ लाख शुभकामना तिमीलाई नै मिलोस्

मैले सारा खुसी र सपनाहरु गुमाएपनि्
पौडिरहेको माछा जस्तैउडिरहेको चरा जस्तै,दौडिरहेको समय जस्तैउसले उसलाई देख्यो ।पानीसँग गई उसले भन्यो-"त्यो माछालाई समात्छु;"आकाशसित गई जोड लगायो-त्यो चरालाई पक्रन्छु;महाकालसित गई बिन्ति चढायो-समयलाई म रोक्छु ।हुन्न कसैले पनि भनेनन्,अनि ती दुवैको बिहे भयो ।
पानी परिरहेछ,हावा चलिरहेछ,समयले अबेर ओढिसक्यो,बत्ती बलिसक्यो,भात पाकिसक्यो,आमा कराउनु भइरहेछ-बा आउनु भएको छैन ।

युग बद्लिसक्यो,राणा ढलिसक्यो,भन्दछ जंजीर टुटिसक्यो,अझ पनि आजादी आएको छैन,प्रगति आएको छैन,प्रजातन्त्र आएको छैन,आमा कराउनु भइरहेछ-बा आउनु भएको छैन ।

हाम्रो बिचारको घुँयेत्रोलेहाम्रो कल्पनाको बज्रलेअन्धकारको टाउको फुटिसक्योअझ पनि नयाँ बिहान आएको छैननयाँ युग आएको छैननयाँ दिन खुलेको छैनआमा कराउनु भइरहेछ-बा आउनु भएको छैन ।
टुँडीखेलको ढोकामा पालो बसिरहेको नरबहादुरको मनमा औडाहा उठिरहेको थियो। माघ २ गतेको रातको एघार बजेको बेला पनि उसको ओठमुख सुकेको थियो। आफ्नी प्राण जस्ती कान्छीलाई अस्पतालमा त्यसै छोडेर पालो बस्न आउनु परेकोमा उसको मन क्षुब्ध थियो। उसको एउटा मनले भन्यो, भत्केको घरले थिचिएकी कान्छीलाई त्यत्रो मिहिनेतले झिकेर अस्पतालसम्म पुर्‍याएपछि डाक्टर्नीसंग भनसुन गरी ब्यँूताएर समेत आउनु पर्थ्यो कि! अहिले त उसको मुर्छा पनि जरूरै खुल्यो होला, अनि तेरो लोग्नेले यहाँ छोडेर गयो भनि नर्सहरूले भनिदिए भने उसले के भन्ली? हुन त ती चढेका नर्सहरूले उसंग बोले होलान् र! भैंचालाका मारमा परेका त्यो बिधी घाइतेहरूको घाउमा मलमपट्टी लगाउन समेत उनीहरूलाई फुर्सद थिएन। कान्छी त्यही मैले सुताएर आएको खाटमा लडिरहेकी होली। यही पुसमा बिरामी हुँदा उल्ले मेरो त्यसरी स्याहारसुसार गरेकी थिई। ऐलेचाहिँ मैले त्यसै चटक्क छाडेर आएँ। न मुर्छाको मुर्छै खुस्की र चौरमा ल्याएर त्यसै फ्याँकिदिएका छन् कि हरे शिव! यो नब्बे सालमा सात ग्रह जोडिएको छ, के पो हुन्छ भनी हाम्रा पुरेत बाजेले त भनेकै हुन्। अब यहाँभन्दा हुनु के?गहभरि भएको आँसु पुछेर नरबहादुरले फेरि मनमनै भन्यो, ……के गर्नु, कान्छी संगसंगै छोरीलाई पनि ल्याउन सकेको भए म अस्पतालबाट फर्कने नै थिइन। फर्केर गएपछि छोरी बाँचिदिएकी भए पनि सरासर अस्पताल जान आँटेको थिएँ, तर दिउसो त्यत्रो कडा उर्दीका साथ यहाँलाई पालो खटिएको हुनाले र बाटैमा परेको हुँदा साथीलाई भनेर जान्छु भनी यहाँ आएँ तर साथीले मानेन। एकपल्ट डेरामा पुगेर जहानलाई सञ्चै रहेछ भने तुरुन्तै आउँछु भनी उसले भन्यो तर खै ऐलेसम्म पत्तो छैन।''

नरबहादुरलाई सहिनसक्नु भयो। उसले कटकट दाह्रा किट्यो अनि सोच्यो, जहानबच्चालाई पालौंला, पोसौंला भनेर नै जागीर खाएको यदि मर्न लागेकी स्वास्नीको बिरामी कुरुवा पाइन्न भने पेट पनि भर्न नपुग्ने यस्तो जागिर खाएर के फाइदा? जेसुकै होस्, एकपल्ट कान्छीलाई हेरेर नआई त छोड्दिनँ। यहाँवाट जनाना अस्पताल तीन चार मिनेटको बाटो न हो! तोप पड्केको पन्ध्र मिनेट पनि भएको छैन। उसैले दगुर्दै गएर कान्छीलाई हेरेर आउँछु।''महाङ्कालथाननेर पुगेपछि फेरि अलिअलि भैंचालो गयो। टुँडीखेलतिरबाट नारायण नारायण भन्ने शब्दका साथसाथै रोएको आबाज पनि सुनियो। अनि नरबहादुर टक्क अडियो र विचार गर्‍यो, ……के मलाई मात्र दुःख परेको हो र? महलमा बस्नेहरू पनि आज यै चौरमा त्यसै बसिरहेछन्। शहरमा घाइते र मर्नेको गिन्ती छैन। यो टुडीखेलमा पनि जिमीन फाटेर यसरी पानी बगिरहेछ। यदि दिउसो २ बजेकै जस्तो ठूलो भैंचालो अर्को पल्ट गयो भने देशै भासिन के बेर! फेरि आफ्नो कर्तव्यको पालन नगर्ने मानिसैै होइन। पहरादार भै बन्दुक समातेर बसेको मैले स्वास्नीको मायामा फँसी तोकिएको ठाउँवाट एक पाइला चलाउनु पनि महापाप हो। साँच्चि भन्ने हो भने अस्पतालमा गएर म के गर्नसक्छु र! डाक्टर र बैद्य भएको भए हो, त्यहाँ जानु जरूरी थियो। अस्पतालमा पुर्‍याउनुपर्ने कर्तव्य हो, त्यो मैले पूरा गरिसकें।''

कान्छीलाई निको गराइदिनुहोस्, हाँसको फूल र समयबजी समेत हालेर पूजा गर्नेछु भन्ने भाकलका साथ महाकाललाई दुई हात जोडी नरबहादुर फर्क्यो, अलि वर आइपुगेपछि उसको मनले भन्यो, ……यहाँसम्म आइपुगिसकेकै छु। हक अनुशासनको भङ्ग गरिहालें, अब एकपल्ट कान्छीलाई पुलुक्क हेरेर आएमा के होला त! बाँचेकी रहिछ भने सबै कुरा बताएर आउँछु, मरेकी रहिछ भने पनि मसानमा लगि दागबत्ती त आफैं दिउँला कि। यदि कुजातले लगेर फ्याँकिदियो भने सधैँ उसले प्रेत भएर बस्नुपर्नेछ, अनि उसको दुःखी आत्माले के भन्ला! फेरि मलाई पनि जन्मभर पछुतो हुनेछ। साहिली साल नभएर मरेकी हुनाले अस्पाल ल्याउन सकेको भए बाँच्दथी कि भन्ने अझै लाग्दैछ। तिनौटी टोकिसकें अब यो पनि के हुने हो।

उत्तरतिर फर्केर १०/१२ पाइला चलाएपछि उसको मन झसङ्ग भयो। रक्षक भएर बसेको मानिसको यो चाल त ठीक हैन भनेर कसैले कानेखुशी गरेजस्तो उसलाई लाग्यो, अनि पल्याक पुलुक यताउति हेर्‍यो, तर कोही व्यक्ति पनि देखिएन।

तर्क वितर्कका आधारमा चारपाँच बाजि उसले ओहोर दोहोर गर्‍यो। पछिबाट टुँडिखेलको ढोकानेर पुग्दा भत्केको ढिस्कोमाथि उभिइरहँदा रमन घुम्न आएका पाँच छ जनालाई उसले देख्यो,अनि छानाबाट खसेजस्तै भयो। रिसाएको बाबुको अगाडि अपराधी छोरा झैं बिस्तारै गएर उसले अफिसरलाई सलाम गर्‍यो। अस्पतालमा लडिरहेकी कान्छीले पर्सिपल्ट लोग्ने नरबहादुर ‰यालखाना परेको कुरा सुनी। उसलाई असह्य भयो। उसको भतभति पोलेको मनले भन्यो, …कस्तो निष्ठुरी रहेछ त्यो रमन घुम्ने कप्तान! के त्यसकी स्वास्नी कहिले पनि बेरामी नहुने रहिछ? तर त्यसलाई पनि के भन्ने! जङ्गी उर्दी!! जाहेर नगरि नहुने उ के गरोस्? लाठ साहेब, चीफ साहेब भनाउँदाले पो यसमा विवेक गर्नुपर्ने! स्वास्नीलाई अलिकति कपाल मात्र दुख्यो भने पनि उनीहरू चाहिँ चारपाँच महिनाको बिदा लिएर कलकत्ता–बम्बै पुग्छन्। लोग्ने स्वास्नीको माया सबैको एकै त हो नि।'

चारदिनपछि अस्पतालका नर्सहरूको आँखा छलेर कान्छी घिसि्रँदै पस्रँदै चीफ साहेबको ढोकामा पुगी, तर ढोकेले नजीकै बस्नै दिएन, ढोके पनि के गरोस्! चीफ साहेब निस्कन लाग्दा यौटाले ठाडै करायो भनेर अघिल्लोे दिनमात्र हजुरिया लप्टनले ढोकेलाई साफसंग झाँटेको थियो। त्यही नै ठेडी बनेकोले कान्छीको तीखो आर्तनाद पनि ढोकेको कानमा पस्न सकेन, अनि अलि वरै बसेर चीफ साहेब मोटर चढेर आएको बेलामा कान्छी कराई, तर त्यो क्रन्दनलाई हावाले कता पुर्‍यायो कता। उसले जङ्गलमा रोएजस्तै भयो।

कान्छी पाखोको माछोजस्तो भएर ढोकानेर गई। त्यसै बखत बुढाथोकी जम्दार भित्रबाट निस्कियो। उसलाई कान्छीले हात जोरी र सुँक्क सुँक्क गर्दै भएभरको हाल भनी। कान्छीको बिलौना सुन्दा ढुङ्गा त रसाउँदो हो भने बुढो जम्दारको मन किन पग्लँदैनथ्यो? एकछिन घोरिएर उसले भन्यो, यहाँ ठाडो कराएर ठीक हुँदैन, बरु यौटा बिन्तिपत्र लेखेर ल्याउनोस्, त्यो पनि नानीसाहेबको नाममा, तर अलि लेख्न जान्ने मानिसलाई लेखाउनुहोला। म पनि द्वारेलाई भन्न लगाउनेछु। हेर नानी, पहिले म यिनै चीफ साहेबको जेठा छोराको ददा हँु। तर पछि उमेर पुगेको हुनाले पल्टनबाट झिकिएँ। धेरैसम्म ढाक्रे नै भएर यिनको चाकरी गरें। अन्त्यमा तपाईंलाई बताएकै उपायद्वारा म भित्री ढोके भएँ।

कान्छीले कसलाई विन्तिपत्र लेखाओस्। उ अलमल्ल परी। अन्त्यमा त्यहीँ चाकरी गर्न आउने बिचारीलाई ढोके जम्दारले भन्दियो। लोग्ने छुटेपछि एकरुपियाँ दिने कबुल गराएर बिचारीले नानीसाहेबको मन पग्लने गरी विन्तिपत्र लेखिदियो पनि।

कान्छी अस्पतालमा बल्लतल्ल गई। देख्नासाथ नर्सले झपारी, हामीलाई भन्दै नभनी कहाँ निस्केकी तिमी? घर गयौ होली भन्ठान्यौं, अनि तिम्रो ठाउँमा अर्कै भर्ना गरिदियौं। जाउ अब आफ्नै घरमा गएर बस। यहाँ दिउसो दिनहुँ आउनु। कान्छी बिलखबन्द परी अनि महाभूत गणेशनेरको पाटी नै उसको शरण भयो।

पन्ध्रदिन पछि छुटेर ‰यालखानाको ढोकाबाहिर नरबहादुर आयो। कान्छी आएकी छ कि भनेर उसले यताउति हेर्‍यो, जगन्नाथ देवलतिर आँखा लगायो। बागदरबारको ढोका अगाडि निहाल्यो। तर कहीं देखेन। एकछिन वाल्ल परेपछि उसले पाइला चाल्यो। कान्छी आउँदै होली बाटोमा भेट भैहाल्ला नि भन्ने उसले ठान्यो। जङ्गबहादुरको शालिकनिर पुगेपछि साथीहरूले कबायत खेलेको देखेर अब कुन वृत्ति लिने भनी अर्को चिन्ता थपियो। के मारबाडीहरूको नोकर हुने? त्यो पनि कसरी? अलिकति पैसा नलिई घर जान पनि भएन। सबै खेतबारी ब्ान्धकमा परेको छ। अब गर्ने के त? जागिर बक्सियोस् भनेर चीफ साहेब, लाठसाहेबसंग कराउने? अहँ, त्यो त मबाट हुँदैन। यस्ता अविवेकीसंग किन हात जोर्ने? इत्यादि तर्क वितर्क गर्दागर्दै नरबहादुर महाङ्कालथान पुग्यो।

उल्लाई कता जाउँ कता जाउँ भयो। कान्छी किन आइन त भन्ने प्रश्नलाई टक्क उभिएर उसले फेरि दोहोर्‍यायो। उसले म छुट्ने खवर थाहा पाएकी नै छैन कि अथवा छुटेपछि आफैं खोजेर आएपनि हुन्छ नि भनेर नआएकी हो कि? अथवा धररा पट्टिबाट उ उता गई कि! इत्यादि तर्क वितर्क गर्दै महाभूत गणेश अगाडि उ पुग्यो। त्यहाँ साइकल समाती पाटीतिर हेरिरहेको यौटा खुकुरी भिरेको खाकी कोट र कालो लबेदा सरुवाल लगाएको अग्लो मानिसलाई उसले देख्यो। को रहेछ भनी बु‰दा तेरो लोग्ने छुट्यो भन्ने खवर कान्छीलाई सुनाउन चीफ साहेबकी नानीसाहेबले पठाएको आठपहरिया रहेछ। पछि पाटीमाथि उक्लेर हेर्दा झिँगा भन्किरहेको आइमाईको लाश उसले देख्यो। निहारेर हेर्दा उसकी कान्छी नै पो रहिछ! tulsirampandey48@gmail.com
संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ !असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।

जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाईगोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई ।

वडवानलले रोज्दछ सागर खोँच र खोला रोज्दैन,संकटले पनि भुसुनाहरूमा क्वै मीठो रस पाउन्न ।

तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी,संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ र छाती?

संकट भोगी मर्नेहरूकै नाममहा संकट खुल्छप्रेमी जनको याद बुनेरै प्रेमिकाको जीवन चल्छ ।

मानिस तैँले उठनै पर्छ, दु:ख संकट भोग्नै पर्छयुगको उर्दी माने पो ता मानिस यो मानिस बन्छ ।
यात्रामा हिँड्दै गएपछि भगवान् पनि भेटिन्छन्; तीर्थस्थल पनि– भन्छन् मानिसहरु। चितवन, बन्दीपुर र पोखराको साहित्यिक यात्रामा थुप्रै युवा कवि­लेखकहरुसँग जाँदा मलाई यस्तै भयो। अक्षर नै भगवान्, स्रष्टा नै तीर्थस्थल मान्ने मैले साह्रै सुन्दर युवा प्रतिभाहरुसँग भेट गर्ने मौका पाएँ। यही यात्रामा भेटिएकी थिइन्­ साह्रै सुन्दर वर्तमान र त्यस्तै सुन्दर भविष्य पनि बोकेकी युवा प्रतिभा– सप्रेम अर्चना। त्यहाँ त्यस्ता युवा प्रतिभाहरु थुप्रै थिए। तिनै युवा प्रतिभाहरुको माझमा चरीजस्ता ज्यान भएका निर्बोध­निर्बोधजस्तै देखिने, कतै हराए­हराएजस्तै देखिने, तर हँसिलो र विनम्र अनुहार भएका एक जोडी सँगै बस्थे। ती जोडी विवाहित पतिपत्नी रहेछन्– विभोर बराल र सप्रेम अर्चना। कुदिरहेको बसमा सुनाएको सप्रेम अर्चनाको पहिलो गजलले नै मलाई छुनुसम्म छोयो। नयाँ धून यौटा सुनायो गजललेर अर्को नयाँ धून पायो गजलले,सबै ढाल्न खोज्थे सहारा छुटाईसधैँ हात मेरो समायो गजलले।तालीहरु खूब मीठो र शिष्ट तरिकाले बजे। गजलवाचनमा यस्तो मीठो ताली पाउनु, गजल वाचनमा यस्तो सुन्दर शिष्टता पाउनु, गजल र गजलकार दुवैका लागि अहोभाग्य हो, त्यसो त त्यस्तै अहोभाग्य हो हामी स्रोताहरुका लागि पनि। मैले उनलाई अरु पनि गजल सुनाउन अनुरोध गरेँ। तिनका गजलले मलाई मात्र होइन अरुहरुलाई पनि प्रभाव पारेको मैले छर्लङ्ग देखेँ। मन थाम्न सकिनँ र भनेँ, …सप्रेम अर्चना छिटोभन्दा छिटो निकाल्नुपर्छ तिम्रो गजलको किताब।'त्यसैको परिणाम हो यो गजलसङ्ग्रह– …सपना कहाँ छुन सक्छु र!' म चाहन्छु यिनको एकल गजलवाचन पनि भव्यरुपमा गरियोस्– कहीँ; र म त्यहाँ पूराका पूरा आनन्द लिएर यिनका गजलहरुको श्रवण गर्न पाऊँ। साथमा होऊन्– युवा पिँढीका थुप्रै प्रतिभाहरु र साथमा हुनुहोस्– डीपी भण्डारी, रोचक घिमिरे र उहाँहरुजस्तै अग्रजहरु पनि। मेरो सपना पूरा होस्। अर्चनाको मलाई सबैभन्दा मनपरेको कुरा हो– गजलवाचन। सुमधुर स्वरमा, नडराईकन अक्षरहरुलाई– शब्दहरुलाई मोतीका दानादानाजस्तो पारेर पूराका पूरा अनुभूतिका साथ एकदमै बुझिने गरी गीतिमय तरिकाले भन्नु। वाचन पहिलो स्वपान हो स्रोताहरुसम्म पुर्‍याउने। अर्को कुरा हो– उनका गजलमा प्रयोग गरिएका सरल शब्द र गहिरो भाव। स्रष्टाहरुले सरल शब्दहरु प्रयोग गर्न सक्छन् तर गहिरो भावचाहिँ नहुन पनि सक्छ; स्रष्टाहरुले गहिरो भाव व्यक्त गर्न सक्छन् तर सरल शव्दचाहिँ नहुन पनि सक्छ। यो दुईको मेल आफैँमा एउटा अनुपम सौन्दर्य हो। सप्रेम अर्चनामा मैले दुवै कुरा एकैसाथ, सुन्दर ढङ्गले बसेको पाएँ– यसैले पार्‍यो मलाई भुतुक्कै। स्रष्टाहरुलाई­ खासगरी काब्यका स्रष्टाहरुलाई, स्रोताहरुसमक्ष आमनेसामने हुने धेरै सुअवसरहरु प्राप्त हुनसक्छन्। यस्तो बेला ती स्रोताहरुप्रति अपार श्रद्धा राखेर तिनीहरुको आँसु­हाँसोलाई आफ्नै आँसु­हाँसो बनाउन सक्ने स्रष्टाहरु नै सफलताको चुलीमा पुग्न सक्छन् भन्ने मेरो धारणा छ। स्रष्टाहरुले आफूलाई पनि हेर्नुपर्छ, आफ्नो मनलाई पनि हेर्नुपर्छ। तर, स्रष्टाहरुले अरुलाई पनि हेर्नुपर्छ। परकायगमन गरेर अरुहरुको मनलाई पनि अनुभूत गर्न सक्नुपर्छ। यसैले बनाउँछ सफल गजलकार। वाह! वाह!! प्रशंशा पाउँदा चुलिएँ भनेर घमण्डी हुनु पछारिएर धुलोपिठो हुने बाटोमा जानु हो। तर, तिनै स्रोताहरुमा समाहित भएर अघि बढ्नु युगानुयुगसम्म बाँचिरहन सक्ने बाटोमा जानु हो। सप्रेम अर्चना ठीक बाटोमा छिन् भन्ने मलाई लागेको छ। अर्को एउटा गजल प्रस्तुत गर्न चाहन्छु म उनको। कति सुन्दर अनुहार देखाएर उपस्थित छ यो प्रेम र समर्पणको।कतै छुट्नु पर्दैन भन्ने भरोसाछ यो प्रेम मर्दैन भन्ने भरोसा।यस्तै मीठो अर्को एउटा गजल प्रस्तुत गर्न चाहन्छु म। यो गजल पढ्दा मैले यो गजलमा संसारको सबैभन्दा सुन्दर फूल देखेँ; संसारको सबैभन्दा सुन्दर उपहार देखेँ,ममा फूलभन्दा बढी बासना छतिमीमा समर्पित हुने चाहना छ,कहाँ छेक्न सक्छन् अरुले मलाईम फुत्केर भाग्ने कयौँ बाहना छ।यस्ता मीठा गजललाई त सङ्गीतमा आबद्ध गरेर सुन्न पाए झन् कति मीठो हुन्थ्यो होला। आउला त्यो दिन पनि एकदिन। गजलहरु सबै तपाईंहरुकै हातमा छन्– पढ्नुस्; आनन्द लिई­लिईकन पढ्नुस्। अन्तमा मलाई के भन्न मनलाग्छ भने, गजलकारले जब आफूसमक्ष नभएका टाढा­टाढाका स्रोताहरुलाई पनि याद गरेको हुन्छ; तिनीहरुको आँसु­हाँसोमा समाहित भएर जब गजलकारले युगको आवाज बोलेको हुन्छ, त्यो बेला मलाई झन् हर्ष लाग्छ। सप्रेम अर्चनाले यो कुरालाई पनि बढो मीठो ढङ्गले प्रस्तुत गरेकी छन्। एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु म यहाँ– जसले आफू र आफूअगाडि उभिएका मानिसलाई मात्र होइन एउटा फराकिलो वृत्तलाई ओगट्छः अन्धकारमा दीप बाल्दछुदेश निम्ति यो ज्यान फाल्दछु,सप्रेम अर्चना! आफ्नो बाटो मूलबाटो बनाउँदै अघि बढ्नू, मेरो सारा आशीर्वाद छ तिमीलाई। युगले तिमीलाई आफ्नो बोली बनाओस् । tulsi ram pandey
आँसु झारी धरधरी छाती चिरी चरचरीयो बनमा आज लौ कसको खुल्यो बाँसुरी

माला मैले गाँसेछु आज कसको मायालेलुकाई लुकाई राखेछु आज कसको छायाँले

मनभित्र ढुकढुकी बेसी हान्यो छातीलेछाती मेरो उधारी हेर्ने हुन् कि साथीले
मेघनालाई देख्दा अचेल मलाई किन किन त्यो केटीको याद आउँछ । त्यो कथा । एउटा केटा र केटीको कथा।

"दुख भनेककै सम्बन्ध त हो नि । कोही मान्छेसँग सम्बन्ध गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दुखको ।"ऊ सानै थिई तर थिई मेरी गुरुआमा । कति छिटै सुरू भयो उसको अलौकिक सफर, भिन्नै सफर, मान्छेले बनाएको नौलो ब्रह्माण्डको सफर ।

"प्रेम आफैँ बस्छ । हो आफैँ, सोचेर पनि प्रेम गरिन्छ र?"निधारबाट तल झरेर आँखा छोप्न आइपुगेका कपाललाई पन्छाउँदै उसले भनी । म मौन रहेँ ।

"त्यो हरि भन्छ प्रेम एउटा खेल हो र उसले कुनै पनि खेलमा हार्न जानेको छैन । के प्रेम साँच्चै एउटा खेल हो त राज?"

मसँग मौनता बाहेक उसको प्रश्नको लागि अर्को उपयुक्त उत्तर नै थिएन ।

"तर म मान्दिन । म प्रमाणित गरिदिन्छु प्रेम हिसाब गरेर बस्दैन । यो खेल हैन । मलाई सहयोग गर है राज ।"

यो पल्ट मैले मुख खोलेँ - 'हुन्छ ।' उ भन्दै गई । मै लेख्दै गएँ प्रेमपत्र, उसैको लागि ।म त्यति धेरै अबोध त पक्कै थिइन तर उसको मीठो प्रस्ताव नकार्ने साहस भएन । यसरी लेखियो जिन्दगीको प्रथम प्रेमपत्र । मीठो भूल गरे, सायद जानाजानी । त्यसको केही समय पछि मैले आफ्नै शब्दहरू गुँथेर प्रेमपत्र लेखेँ तर अरूकै लागि । म लेखनदास, तमसुक होइन प्रेमपत्र लेख्दै छु अनि काम चाहीँ हुँदैछ अरू कसैको । भर्खरै जस्तो लाग्छ ‍हरि र निरुको बिहेभोज खाएको । जुनदिन पछि प्रेमपत्र लेख्ने आवश्यक्ता नै रहेन । कति लामो समय बितिसकेछ । कस्तो होशै भएन ।

***

"के नचाहिँदो कुरा गरेको । दिनभरि घरमा झोक्राएर बसिरहछौ अनि आउँछन् यस्ता उट्पट्याङ विचारहरू। कति चोटी भनिसकेँ मसँग भजनमण्डीमा हिँड भनेर ।"

रिसाउँदा हरिले आँखीभौँ माथि उचाल्छ अनि यस्तो लाग्छ उसको चाउरी परेका गालाहरूको मुजा सोहोरिएर उसको निधारमा आइपुगेको होस् । ओठहरू खुल्दै बन्द हुँदा भित्रबाट चिहाउदै गरेको उजाड प्रदेशमा ठडिएको स्तम्भ झैँ लाग्ने उसको एक्लो दाँतलाई देख्दा अरू बेला त मलाई निकै हाँसउठ्थ्यो । तर अहिले मलाई अरू नै कुराले पिरिरहेको छ ।

'होइन, मैले प्रेमपत्र लेखेकै छैन !'

"ए बुढा फुस्क्यौ कि क्या हो, नातिनिले सुनी भने के भन्ली ?"

'होइन हरि मैले बिर्सेछु । यत्तिका वर्ष बिते, प्रेमपत्र लेख्नै बिर्सेँछु ।'

"अनि भाउजुलाई कसरी फसायौ त ?"

'फोनबाट । पत्रको आवस्यकता नै परेन । मेरो प्रेमको प्रमाण केही छैन हरि ।'

"तिमी पनि बेला-बेला अचम्मकै कुरा गर्छौ ।"

'हैन हरि मैले साँच्चै बिर्सेँछु ।'

अब सायद हरिलाई मैले ठट्टा गरेको हैन भन्ने थाहाभयो ।

"राज म तिम्रो कुरा बुझ्छु । तिमीलाई भाउजुको सम्झना आयो । मेरो पनि त त्यस्तै छ । के गर्नु जीवन यस्तै हो । आए पछि सबैले..."

'भो भो हरि यो भन्दा बढी नबोल । मैले जीवनमृत्युको कुरा गरेको हैन । तिम्री भाउजु मेरो मुटुभित्र छे । मलाई दु:ख त उसलाई प्रेमपत्र लेख्न नपाएको मा छ । जिन्दगीले बडो नराम्रोसँग नचायो । अहिले यो ठाउँमा उभिएर हेर्दा यात्रा त जहाँबाट सुरू गरेँ त्यहीँ पो आइपुगेछ । एक्लै थिएँ तिम्री भाउजु अगाडि, एक्लै नै छु ऊ गएपछि पनि । सोचेको थिएँ उसलाई प्रेमपत्र लेख्छु र पोस्ट गर्छु उसलाई पत्तै नदिई । तर हरी ...'

***

"हजुरबुवा कविता लेखिदिनु भयो ।"

'मेरी प्यारी नातिनीले भनेपछि लेख्दिन त !'

"अब त म फेरि प्रतियोगितामा फस्ट हुने भएँ ।"

मेघना कविता लिएर ढोकातिर गई । ढोका छेउमा पुगेर केही छिन अडिई र फर्केर म छेउ आई ।

"हजुरबुवा एउटा कुरा भन्छु नरिसाउनुस् है !"उसले आँखा चिम्लिएकी थिई । उसको कपाल निधारबाट तल झरेर आँखासम्म आइपुगेको थियो ।

"हजुरबुवा मलाई एउटा चिठी लेखिदिनुस् न !"

'कस्तो चिठी नानु ?'

उ केही भन्न खोज्छे तर आवाज निस्कँदैन ।

'प्रेमपत्र हो ?'

उ छक्क पर्छे, थोरै लजाउँछे, अनि बिस्तारै टाउको हल्लाएर हो भन्ने इसारा गर्छे ।म खुसी हुन्छु । उसको टाउको प्रेमपूर्वक मुसार्छु ।

'आऊ यहीँ नजिकै बस । भन को हो त्यो भाग्यमानी जसलाई मेरी राजकुमारीले प्रेमपत्र लेख्न खोज्दै छे ?'

"रोहित ।"

प्रिय रोहित,मेरा दिनहरू आजकल गुलाफझैँ फुल्न थालेका छन् ।तिम्रो मीठो सम्झना शीतल पवन बनेर पत्र-पत्र छुँदै ...

***

"भजनमण्डलीकी कुनै बुढी फसाएनौ ? प्रेमपत्र लेख्नु छ भने भन है !"मेरो कुरा सुनेर हरि अवाक हुन्छ । उसको मुख खुलेको छ । उसको सान धानिरहेको एक्लो स्तम्भ पनि ढलेछ। म खित्का छोडेर हाँस्न पुग्छु ।
जारी छ अझै सफर आफ्नोभएर पनि छैन घर आफ्नो

आफैसित आफू टाढा किन ?सोद्ध छ यो मन अक्सर आफ्नो

ठानेथे आत्मीय जसलाई सधैँउसैसित पर्‍यो टक्कर आफ्नो

खेल्दा खेल्दै बैँसको यो खेलबिटुलो पो भएछु अघर आफ्नो

रूप त के धन दौलतमा पनिरहेन मोह जीवनभर आफ्नो

सकिने रहेछ जिउन यहाँ सजिलैबनाएर दिललाई पत्थर आफ्नो

जमेन खोई आज यो महाफिलउठौँ अब गरौँ तरखर आफ्नो

धेरै भो 'ज्ञानु' नफर्केको गाउँचिन्न सकुँला के त्यो घर आफ्नो tulsi ram pandey
भाग्य असति बिग्रेपछि कसैको केही लाग्दैनमान्छेको मति बिग्रेपछि कसैको केही लाग्दैन

सुरुवातमै आफ्नो होश सम्हाल्नुपर्छ मान्छेलेबिग्रनु जति बिग्रेपछि कसैको केही लाग्दैन

एकनासले हिँड्न सक्नुपर्छ सुख र दुःखमामान्छेको गति बिग्रेपछि कसैको केही लाग्दैन

त्यसै त घर छोडेर कहाँ हिँड्छे र श्रीमतिलेथाहा छ पति बिग्रेपछि कसैको केही लाग्दैन
शान छ मान छ तैपनि थोरै छु म अधुरो



पाएर पनि सब चीज अझै छु म अधुरो



मधुमास जिन्दगीको सुखद यात्रा बिचमा

त्यो एक पल बिर्सदा त झनै छु म अधुरो



अनमोल आँसु व्यर्थ नझर्ने अठोट बोकी

अधुरोपन भोगेर हाँस्दै छु म अधुरो



पूर्णताको एउटा मिठो भ्रम पाल्दै नपाल

सुगन्ध बिनाको सुन्दर जस्तै छु म अधुरो



धड्कन हराएको त्यो खोक्रो दिलको के अर्थ



धड्कन बिनाको दिल झैं संधै छु म अधुरो
"तर मान्छे कहिलै पनि सोचदैन्न की म म्रछु भनेर। हामी सधैं दिन गयन भनेर पनि भन्छौ। शायद त्यो पनि हामी मृत्‍यु लाइनै बोलाउदैछौ जस्तो लाग्छ जती छिटो हाम्रो दिन जान्छ तेती छिटो मृत्‍यु नजिक आउँदै ग्रछ। शायद हामी यहाँ जे जस्तो गरियको छ मृत्‍यु सरल किसिम्ले पाउनको लागि गरिन्छ। जिन्दगीमा बाँचनु धेरै छ अनी हामी सधैं सत्य लाई बिर्सियका हून्छौ। अन्तिम सत्य मृत्‍यु नै हो

budheskaal

छोरो भन्छ नकराउ बुढेसकालमा !
ब्वारी भन्छे जेसुकैखाउ बुढेसकालमा !!
यौटा भको सुर्वाल'नि फाटिसको आफ्नो !
सबै भन्छन टालेर लाउ बुढेसकालमा !!
अलिकती सम्पत्ति थ्यो जोगाएर राख्या !
हडप्ने छ सबको दाउ बुढेसकालमा !!
डाँडाँ माथि को घाम भाछु तरपनि सधैं !
मन भित्रको दुख्छ घाउ बुढेसकालमा !!
आफ्नै घर पनि आज बिरानोपो भयो !
लौन प्रभु म कता जाउँ बुढेसकालमा !!

timro sahar chhodi

तिम्रो शहर छाडी आज मेरै गाउ फर्कदैछु । कयौ रहर फाली आज मेरै गाउ फर्कदैछु ।। उकाली ओराली लेक बेशी म त्यही हुर्के । पुरानै याद आउँदा आज मेरै गाउ फर्कदैछु ।। यो शहरको स्वर्थी पेसा त्यगी म आजै । सबैसँग रमाउन आज मेरै गाउ फर्कदैछु ।। आशा पाल्दै दास बन्नु अब उचित छैन । जन्मथलो सम्झी आज मेरै गाउ फर्कदैछु ।। अध्यरो बस्तीतिर ज्योति छर्न हिड्छु अब पुरानै झोलासँग आज मेरै गाउ फर्कदैछु ।।

sutukkai ek kura

सुटुक्कै एउटा कुरा गर्न खोजे मान्छ्यौ की नसोधी मनको जंघार तर्न खोजे मान्छ्यौ की सफा छ हिर्दय सम्पति त सुदामा हु रित्तो जीवन दुर चन्द्र छर्न खोजे मान्छ्यौ की पतझड जीवन सुख्खा चैतको यो खडेरी भो साउन बादल सितल थोपा झर्न खोजे मान्छ्यौ की बसन्तहो सरद ग्रिस्म सिसिर पछी उदाउने मोहित यो मौसम मा चर्न खोजे मान्छ्यौ की शंका हैन विश्वास ठुलो यहि प्रिय जीवन सम्झे रंगाएर सादा जीवन भर्ना खोजे मान्छ्यौ की

biswas

सुन्दरतामा छैन मोह जूनै फुल फुले हुन्छ हासी हासी पिइदिन्छु जहर तिमी घोले हुन्छ आज देखी मेरो निम्ती मदिरा नै भयो साथी निसन्कोच पराइको अँगालोमा फुले हुन्छ बिक्दो राइछ विश्वाश हरु हाठ अनी बजारमा भबरा झै प्रत्येक् फुल चाख्दै तिमी डुले हुन्छ उपहार नै सम्झेने छु तिम्रा प्रत्यक घात हरु म सक्दिन भुल्न तर तिम्ले मलाई भुले हुन्छ




sapna jastai pari gayou

सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।दुई दिन खुशी देखाएर, नफर्किने खोली तारी गयौ ।अमर-अजर हुन्छ भन्थें, हाम्रो प्रेमको कहानी योदेखाउन नपाउँदै कसैलाई, भ्रुणमै तिमीले मारी गयौ ।सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।लड्छु भन्थे जीवनभरि, दु:ख पर्दा हरेक मोडमा,शायद देख्यो दुख धेरै, नभिडेरै हारी गयौ ।सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।हराभरा बनाउँछु भन्थें, मेरो सानु संसारलाई,उजाड देख्यो, उराठ लाग्यो, अन्तै बिरुवा सारी गयौ ।सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।दुई दिन खुशी देखाएर, नफर्किने खोली तारी गयौ ।

pyari sirmati

प्यारी श्रीमती समुन्द्र्र पारीबाट जुनी जुनी भरिका असिमित माया। पुज्य बाबा आमामा दण्डवत् प्यारा छोराछोरी मा चिरन्जीवि शुभआशिरवाद एवँ प्यारा भाइ बहिनीमा शुभ प्यार आदरणीय दाजु दिदीमा ढोग नमस्कार।



सुन्छु आजकाल नेपालका हरेक बस्ती सडक गल्ली र गाँउमा महिलावाद जिन्दावाद महिला मुत्ति हुनै पर्छ भन्ने नारा घन्किएका छन रे। जसले मन भरि हर्ष बढाएर अब त चेतनाको विकास भइसकेछ भन्ने गर्व गर्छु। अनि गहिरो सोचमा पुग्छु केवल महिलावाद मात्र नभएर सम्पुर्ण मानवतावाद जिन्दावाद हुदै अनाहकमा कुनै नेपाली ले मुर्दावादको श्राप खेपेर अल्पकालमा क्षतविक्ष्त नभइदिनेहो भने कस्तो सुख र शान्ति हुन्थ्यो होला नेपालमा।



प्यारी हुन त तिमी म भन्दा धेरै शिक्षित र व्यावहारिक छौ त्यसैले त सम्पुर्ण घर व्यवहार कसरी चलाउने र भोलिको घर कस्तो बनाउने भन्ने सम्पुर्ण जिम्मा तिम्रा हातमा राखेर केवल मुख र मुठीलाई ऋणले बाँधेर परदेशिएको छु। मअल्पज्ञ हुदाहुदै पनि तिमीलाई केहि सम्झाउन खोज्दैछु। मलाई लाग्छ पुरुष एउटा घुमन्ते भँगेरा जस्



तै हो। जो चाहाराको खोजीमा यत्रतत्र घुम्दै कहिले यहाँ त कहिले वहाँ हुदै मेचीदेखि कालिसम्म हिमालदेखि तराइ सम्म महासागरका टापुटापु हुदै महाद्विपका अन्टार्टिकासम्म पुग्नु पर्दो रहेछ। अनि नारी प्रकृति आफ्नो कला क्षमता र सीपले छपक्क बुट्टा भरेर सुन्दर घर सन्सारको निर्माण गर्ने सिपालु टेलर वर्ड । जसलाई घरमा लक्ष्मीसरस्वतीदेवि र पार्वतीको रुप दिएर पुजा गरिएको बेला तिमीले भुलेर पनि निर्दयताको लात नहान्नु भूमिमा भगवतिले श्राप गर्न सक्छिन।हुन त मैले यहाँ तिमि अधिकारबाट विाचत भएर घरैमा धार्मिक र आस्तिक भावले गजडिदै पुरातनवादी समाजलाई निरन्तरता दिनु भन्न खोजेको होइन यो त तिमीलाई पनि थाहा नै छ सबै महिला जुन्केा तावेइ सिरिमाअेा भेलिन्तिना मार्गरेगपासाङल्ह्यामु सोनिया र सुजाता हुन सक्दैनन न त सबै पुरुष नै विख्यात पुरुष जस्तै।



थ्यगच दचयधकभच ुबथ लयत कगउउयचत मष्कउबिथ या तजष्क षषबनभ। सानो अक्कल र बुद्धिले सहजै भेटाउन सकिने घरबाटै हराएको अधिकारलाई महिलावाद जिन्दावाद हाम्ले मुक्ति पाउनै पर्छ भन्ने नारा लेखिएका प्ले कार्ड बोकेर धोक्रो सुकाउदै चर्को घाममा नारावाजी गरेर सडकमा अलकत्र पोतिएका गट्टा टिपे जस्तै अधिकार टिप्न दौडिनु महामूर्खता होकि जस्तो लाग्छ।





दिनभर जुलुसमा हाजिर भएको ज्यालाले बेलुकी चुल्होमा आगो नबल्न सक्छवृहत जुलुस र महिला सभालाई उत्तेजि पार्दै कुनै सम्पन्न महिलालेः हाम्रो अधिकार यो पुरुसवादले यो गर्यो घरमा दमन गरियो सासु ससुराको कचकच यो भन्दै कसैको घर परिवारको मामिलालाई जोशिला भाषणमा प्रस्तुत गर्दा जोशमा होस गुमाएर आफ्नै साँप्रा ठटाउदै बुरुक्क बुरुक्क नचालिनु भरे राति आफ्नै जीउ दुख्न सक्छ। अनि रातमा ठण्डा भएर सो



च्नु हरेक दिन जुलुसको आयतन बढाउदै जाँदा जोशिला भाषण छाट्ने सम्पन्न नेतृहरुको भत्ता बढेको हुन सक्छसच्चाई र सुमार्गका उपदेश जहाँ जसका सुने पनि हुन्छम कुन बाटो हिड्दा कस्ट पर्दैन भन्ने कुरा स्वयम्ले नै निर्णय गर्ने हो। तर नबुि´कन कतै बहकाउको हुलले ल्याएको बाढीमा नहेलिनु त्यसले तिमि मात्रै होइन सिङ्गो



परिवारलाई नै बगाउन सक्छ।



अनिअनि घरमा महिला अधिकारको घोचो तेसा्रएर महिलाले मात्रै किन भाँडा माझ्ने भन्ने कानुन अघि सारेर हक विाचत भएको झोकमा प्रदेशिएको लोग्नेलाई मुखारित गरि मैले ऋण तिर्न पठाएको पैसाले नयाँ भाँडा किन्दै जुठा भाँडाको उरुङनलगाउनु जसले घरमा आवतजवत गर्ने पाहुनामा तिम्रै असभ्यताको बयान गर्ने बि सय बनाउने छ। पुरुषले कपडा धुनु हुदैनर भन्ने रीट हालेर ऋण काढ्दै नयाँ नयाँ लुगा लगाएर मैला लुगाको चाँङ नथुपारिदिनु कथम् कदाचित म फर्किन भने मकिएर सबै धमिरा लाग्ने छन्। चुलो चौकोमा भएको दमनबाट जोगिने शुत्र बनाउदै भात पकाउन छोडेर चामल बेचि चाउचाउ नकिन्नु यसले तिम्रो र छोरा छोरीको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ। अब त बुहारीले मात्र घर बढार्ने जमाना छैनन् भन्दै कुचोलाई खाटमुनि मिल्काएर कसिङ्गरै कसिङ्गर अनि माकुराको जालोको झुल ओडेर नसुत्नु जसले रोगी बनाउन सक्छ। अब त हामी महिलाको पालो



थ्यगच दचयधकभच ुबथ लयत कगउउयचत मष्कउबिथ या तजष्क षषबनभ। आयो कसले हातमा माटो लगाएर लिपपोत गर्छ भन्दै चच्चे जुत्ता मझेरीमा नठोस्नु जसले माटो उप्किदै गएर खाडल बन्न सक्छ अनि एक दिन तिमि आफै लड्न सक्छौ। आाा लोग्ने मान्छले पनि झार पात उखेल्नु हुन्छ भनेर आँगनका झार मैालाउदै फुलाउदै र फलाउदै बिउ झारेर पिँडी सम्म झाडी फैलिन नदिनु जहाँ बिशालु सर्पको जन्म भएर एक दिन डस्न सक्छ। म त मिटिङमा जानु छ भन्दै ब्याग काखि च्यापेर रोगले ग्रस्त बाबु आमालाई मलमुत्रको ओछ्यानमा नगाडिदिनु त्यसले मलाई मातृत्व श्र्राप लागने छ अनि यहि कुराले तिम्रो अधिकार हनन् भएछ भने म आएपछि कानुनतः सजाएँ म आफैले भोगउला। आफु गाजल लाली पाउडर क्रीम र अत्तरले सजिएर हिड्दा। छोरा छोरीलाई घाँटीभरि मयल जिगि्रङ्ग कपाल खस्रा र फुटेका हातखुट्टा अनि टिठ लाग्दा अनु



हार पारेर नछाडि दिनु तिनका आत्माले मेरो १८ घण्टाको परिश्रमको पसिना माथि श्राप गर्ने छन। दिनहुँ चोक र चौतारामा हुने अधिकार प्राप्तिका छलफलमा भुलेर पनि ःः मेरी नन्द चर्की अमाजु छुस्की सासु बोक्सी भनि आरोप सार्वजनिक नगर्नु।



तिमि पनि तिमि जस्तै महिलाकी नन्दअमाज्यु अनि बुहारी हौतिमिले पनि छोरा छोरी जन्माएकै छौ भोलि सासु हुने नै छौ। पैसा छउन्जेल होटलको खानामा नरम्नु खल्ती रित्तएपछि पेट भोकै भएर छोरा छोरीलाई सुकेनासले सुकाउन सक्छ। खेतिपातीको चटारोको समयमा पनि हाम्रो भेला छ भन्दै काँधमा साडी हालेर हिड्दै खेतबारीमा दुवो नउमार्नु धर्तिले गोत्र हसाउने छ। अधिकारको स्वतन्त्र प्रयोग गर्छु भन्दै भकारीको पुरानो कोदो मकै बेचेर कपाल रातो नपार्नु भोलि भोकको ज्वालाले जलाएर भित्रैबाट कालो पार्नेछ। घाँस कसले काट्छ गोबर फाल्दा हात गन्हाउछ भनि गोठको बेवास्ताले गाईवस्तु नमरुन् ती किन्दा लागेको ऋण अझै चुक्ता गरिसकेको छैन।



सासुले यसो गर्छिन ससुराले यसो भन्छन देवर जेठाजुले नेतृ भन्छन्श्रीमानले यस्तो चिठी लेख्छन् भनि माईति घरकी आमासँग घर भाड्ने जुक्ति नलिनु तिमीले जन्माएकी छोरीले पनि त्यहि पाठ सिक्ने छ र भोलि उसको पनि घर भाँडिनेछ। अब त लामो समय भईसक्यो तिमि अधिकार प्राप्तिमा लागेको सायद पे_िन्सन पाक्नेै आँटे होला आम्दानीको अधिलेख राख्नु आन्दोलनका प्राप्ति उपलब्धि र नाफाहरुलाई वासलात तयार पार्नु भोलि बुहारीहरुले त्यसको फछ्र्यौट गर्न खोज्ने छन्। अनि नोक्सान वा घाटा भयो भन े पश्चातापको लज्जाले भर्दै एउटा चिठी यसरी नलेख्नुः



श्रीमान् लहैलहैको भुमरीमा परेर घर भित्र हराएको अधिकार र हक खोज्न सडक आन्दोलनमा उत्रेछु जसले सुखको पाईला तिर लम्केको परिवारलाई बिगारेर अरुको घरको जग लगाइदिन पुगेछु। अधिकार खोज्नु पर्छ घरको कामले अल्झिएर बस्नु हुन्न सँघर्ष गर्नु पर्छ भनि उक्साउने ठुला बडा भनाउदाका छोरी बुहारीलॆ आज जागिर खाए रे आफ्नो रित्तो घरको भूतले खान खोजिरहेछ। जोसिला भाषण छाट्ने मन्त्रि र नेताका छोरि बुहारी र श्रीमतीले राजधानीमा घर बनाए रे हाम्रो घरका ईटा उप्किएर घर अपाङ्ग भईरहेछ। छरछिमेक र ईष्टमित्रले



कुन विभागको मन्त्रिणी हुने भइयो त भनेर घोचिलेा प्रहार गर्छन्। आन्दोलनका अग्रणिहरुसँग सहयोगको हात थाप्दा नचिनेको बहाना गर्दा रहेछन्। निर्धाको लिस्नु चढेर चतुरहरुको महल बन्दो रहेछ। क्षमा चहान्छु ।

tulsi ram pandey

pabitra sambandh

जीवनको यो मोडमा आएर पनि म एउटा कथाको यी हरफहरू बारम्बार दोहोर्‍याई तेहर्‍याई प्रायः पढ्ने गर्दछु । एउटा परस्त्रीले परपुरुषसं“ग गर्ने प्रेम सधै अवैधानिक हुन्छ । यस्तै मान्यता र संस्कारबाट परिपोषित थिए“ म । त्यसैले यस्ता प्रेमका कथाहरूलाई जहिलेे पनि गैरकानुनी आ“खाले हर्ेर्थे अनि क्षणिक आवेगात्मक तिर्सना र मुर्ख्याइको संंज्ञा दिन्थे । यस्ता कथाहरू प्रचलित सामाजिक संंस्कार प्रति पनि कडा अव्यवहारिक प्रहार हो भन्ने ठान्दथ“े । तर होइन रहेछ , प्रेमको परिभाषा असीमित र अपरिमित रहेछ । प्रेम जहा“ पनि जसरी पनि फुल्न सक्दो रहेछ । तर त्यो पवित्र हुनर्ुपर्दछ भन्ने कुरालाई अहिले म मान्यता दिन थालेको छु । तिमीले दिएको प्रेम मेरो लागि एउटा शाश्वत र स्व्ाीकार्य थियो । तिमीले सत्यको पक्ष लिएका थियौ । संसार सारा मेरो विरुद्ध एक हु“दा तिमीले मेरो साथ दियौ । मेरो लागि बौद्धिक वकालत गर्‍यौ । तिमीले सत्यलाई विजयी बनायौ अनि मलाइ विजयी बनायौ । हो, यसरी विजारोपण गर्‍यौ तिमीले हाम्रो मायालाई । त्यो मायामा आदर्शता अनि सत्यको आकर्षा थियो । त्यसमा न त क्षणिक आनन्द थियो न त यौनतृप्तिको चाहाना । त्यो नदेखिएको अनि नछोइएको माया अति पवित्र थियो । यदि त्यो छोइएको र देखिएको भए अपवित्र र दुषित हुन सक्दथ्यो । त्यो माया सिप्पिभित्रको मोतीझै पवित्र र शुद्ध थियो । त्यहा“ न कुनै दाग थियो न कुनै क्लेश । मायामा नै सृष्टि हा“स्छ अनि सिर्जना फुल्छ । हो, त्रि्रो मायाले मलाई परिभाषित जीवन बा“च्न लालयित बनायो । मायाको त्यो राप यति रापिलो थियो, त्यसमा धेरै इष्र्या, डाहहरू ज्ालेर खरानी हुन सक्थे । त्यसैले त्यो राप म सधै तापिरहन चाहन्थ“े । तर भौतिकवादी जीवनले आर्दशवादी जीवनलाई बा“च्न दिदैन । त्यसैले व्यवहारले त्रि्रो र मेरो मायाबीच धेरै तगारो हाल्न आइदिन्छ तर म त्यसलाई अग्नि परीक्षाको अर्को रूप्ा मान्न पुग्दछु । यसै अग्निपरीक्ष्ँामा त्रि्रँे मायालाई सुरक्षित राख्न धेरै कोसिस गर्दछु । किनभने जीवनको मोडमा धेरै घटनाहरू घट्दछन् । तर सबैभन्दा महत्वपर्ूण्ा घटना त्रि्र्रँे र मेरो मायाको वीजारोपण भएकेा पवित्र घटना हो । म यसैमा बा“च्न चाहान्छु यसैमा हराउन चाहान्छु अनि यसैमा आफूलाई भुल्न चाहान्छु । किनभने मैले कहिले मायाको त्यो राप पाइन“ जुन मायामा उम“ग हुन्छ, उत्साह हुन्छ अनि जीवनप्रति सचेत भएर अघि बढ्ने सपनाहरू हृुन्छन् । म देख्छु त्रि्रँ आ“खाहरूमा मेरा सफलताका लागि अभीष्ट तैरिरहेको अनि म त्यसलाई पढेर बुझन खोज्दछु । मेरो अध्यारो मुखस“ग त्रि्रा भावहरू कुण्ठित हुन पुग्दछ्न् । अनि त्रि्रा दुखित भावहरू स“गै थाहा नै नपाई म पीडीत भइरहेको हुन्छ । सबै कुरा चाहेर हु“दैन अनि सबै नचाहेका नहुन पनि सक्दैनन् । त्यसैले यसलाई नै प्रेमको अर्को रूप मान्न सकिन्छ । म तिमीदेखि भागेर टाढा जान खोज्दछु । तर समय र परिस्थितिले हाम्रो प्रेमलाई यति नजिक बनायेा कि त्यो कहिलै टाढिन नै सक्दैन । शायद उचित मलजल र उचित वातावरणले यसलाई मौलाउ“दै लग्यो । त्यो झा“गिएर एउटा विशाल वृक्ष बन्न पुग्यो । जसको छहारी हामी सुस्ताउन थाल्या“ै । केही समय अगाडिदेखि एउटा सानो आत्मीयताको डोरीबाट शुरु भएकेा हाम्रो प्रेमले एउटा दह्रो झोलुङ्गे पुल बनाइसकेको छ । जहा“बाट हाम्रा अव्यtm भावहरू ओहोर दोहोर गर्दछन् अनि अप्रत्यक्ष रूप्ामा प्रतिक्रियाहरू व्यtm हुन पुग्दछन् । एउटा दह्रो प्रेमको लागि सुन्दर आत्मा हुन पर्दछ अनि स्वच्छ विचार पनि । जसमा प्रेमका सुन्दर फुलहरू म्ाुस्कुराउ“दै फुल्न सक्दछ । कहिलेकाही नचाह“दा नचाह“दै पनि हामी हाम्रो प्रेममा तीखा का“डा उमार्न पुग्दछँै । त्यसको घोचाइवाट म पिडीत हुन पुग्दछु । तर त्यस दुखद अनुभूतिलाई म हा“सी-ह“ासी स्वीकारिरहेको हुन्छु । शायद तिमी पनि मर्माहत बन्न पुग्छौ होला । अनि यसको सामाधानका लागि हामी सोच्न बाध्य हुन पुग्दछौ । प्रेममा मुटु दुख्नु स्व्भाविक हो । जसमा मिठास हुन्छ स्वर्गीय आनन्द हुन्छ । जसले प्रेमलाई माभmदछ अनि नौनी खर्‍याएझै खर्‍याउ“दछ । माझिएर, खारिएर निस्केको प्रेम विशुद्ध हुन्छ । त्यो आत्मीय प्रेम स्वीकार्य पनि हुन्छ । तिमी मजतिको भावुक नहुन पनि सक्छौ । तिमीले जीवनको सबैभन्दा ठुलो मान्यता व्यवहारलाई दिएका छौ । तर म व्यवहारस“ग सिद्धान्त खोजिरहेछु । म जीवनलाई कलात्मक रूपमा आर्दशताले सजाउन चाहान्छु । त्यो तिमीमा नहुन पनि सक्छ । कहिलेकाही अचेतन मन उड्न खोज्दछ, स्वतन्त्र भई अनि वहकिन थाल्दछ प्रेमको वासनास“गै । तर यो असान्दर्भिक हुन पुग्दछ हाम्रो जीवनको लागि । त्यसैले त म यसलाई बाध्न चाहान्छु र लगाम दिन चाहान्छु । यो आवश्यक पनि छ किनभने लगाम विनाको घोडाले कहिले पनि सफलता प्राप्त गर्न सक्दैन । अनि नबाधिएको हाम्रो माया पोखियो भने धेरै कुरो बगाउन सक्दछ । त्यसैले समाज व्यवहारबाट अछुत राखेर म हाम्रो माया बाध्न चाहान्छु । मस“ग प्रेमको भण्डार छ । किनभने म जीवनलाई पीडादायी बनाएर बा“च्न चाहान्न । मैले निस्वार्थ प्रेम खर्च गरिसकेको छु । तर तिमीप्रतिको मेरो प्रेममा अकै लगाव छ, अर्कै आकर्षा छ । प्रेमको अन्तिम रूप्ा मिलन लाई म मान्दिन“ । अमर प्रेम जहिले पनि मिलनमा बिलाउ“दछ । हाम्रो प्रेम नवयौवनाहरूले क्षणिक आनन्दमा रमाउने प्रेम होइन । हाम्रो प्रेम शाश्वत हो, सत्य हो अनि अमर हो । जुन प्रेम र्सर्ूयको किरण स“गै, फूलकेा वासना स“गै , क्षितिजको उषा स“गै हासिरहन्छ अनि बा“चिरहन्छ । यस्तै अभिव्यtmि पोखिएको थियो उनको कथामा । उनको कथा प्रकाशित हु“दा निकै हलचल भयो रे । अन्त्यमा यही कथाको कतिपय अंशले उनको श्रीमानस“ग पारपाचुके भएकेा कुरा हल्ला मार्फ मेरो कानमा परेको थियो । यो कथा प्रकाशित भएपछि उनका श्रीमानलाई अफिस सकिएपछिको खाजास“गै उसका साथीहरूले कथाको प्रसंग उठाइ "भाउजुको मनको मन्दिरमा अरू कोही छ जस्तो छ बिष्णुजी, साहित्यकारहरूको विश्वास हुदैन" भनेर शंका उपशंकाका बीउ मस्तिष्कमा छरिदिएका थिए रे † अनि त्यही बीउ झंगिएर बृक्ष बनेर ढल्यो रे † उनको भाग्यमा मैले यस्तै हल्ल्ाा सुनेको थिए । एकदिन हामी सबै साहित्यिक भेलामा रमाउन पुगेका थिया“ै । त्यो दिन घरजान ढिला भएको थियो । उनको श्रीमान धेरै समयसम्म ताला लगाएको ढोका रु“गेर बसे रे । यसै निहू“मा गूढ कुरा अर्कै पोखियो रे उसमाथि । झगडाको बीउ चर्कदै गयो । उनले भनिन रे कथाकारले जे पनि लेख्न सक्छ । त्यो वास्तविक नै हुन्छ भन्ने छैन । कतिपय काल्पनिकतामा फूलबुट्टां पारेर लेखिन्छ । सबै कथा आफनै परिवेशमा मात्र हु“दैन । तर जति नै सत्य ओकेले पनि उनका श्रीमान मान्न तयार भएनन् रे † उनी आफनो स्वतन्त्र लेखकीयतामा अरूको हस्तक्षेप मन नपराउने स्वभिमानी महिला थिइन् । त्यसैले उनीहरूको सहचर्या धेरै दिनसम्म टिक्न सकेन । अनि एकदिन पारपाचुकेमा गएर टुङ्गियो उनीहरूको कलह । साहित्यिक गतिविधिमा भाग लिने क्रममा धेरै समय हामीस“गै हुने गथ्यौ । मलाई थाहा थिएन उनको कथामा कतिको यथार्थ थियो वा थिएन भनेर । तर कतिपय ठाउ“मा सत्यको पक्ष लिने क्रममा म उनलाई साथ दिने गर्दथे । यो क्षेत्रमार् इष्या, डाह र खुट्टा तान्ने प्रवृति भएको हुनाले म सधै उनको निश्चल र शुद्ध व्यवहारको पक्ष लिने गर्दथे । जीवनलाई सिर्जनात्मक र कलात्मक बनाएर सजाउने क्रममा विभिन्न व्यक्तिहरूस“ग सर्म्पर्कमा रहनुपर्ने हुन्छ । त्यसक्रममा कोही पनि कसैको व्यक्तित्वस“ग प्रभावित हुन सक्दछ अनि त्यसको सुगन्ध सिर्जनामा फैलिएको पनि हुन सक्दछ । तर यहा“को समाजको संकर्ीण्ाताले त्यो सुगन्धलाई दर्ुगन्धित बनाई फैलाउने प्रयास गर्दछ । त्यसमा अद्वितीय प्रतिभाहरू मुनामा नै ओइलाउन सक्दछन् । हाम्रो समाजले त्यति धेरै पाचनशtmि पैदा गरिसकेको छैन जसले एउटा विवाहिता महिलाले कसैमाथि प्रेम गरेको कुरालाई सजिलै पचाउन सकोस् । यहा“ पुरुषहरूले जे पनि गर्न सक्छन अनि जे पनि लेख्न छुटछ । उसले खुुला रूपमा कसैलाई प्रेमको उजगार गर्न सक्छ अनि दुइटी र तीनवटीको पतिपरमेश्वर बनेर मर्दको उपाधि जित्न सक्छ । तर एउटी महिलाले स्वतन्त्र रूपले लेखेर काल्पनिकतालाई अ“गालो मार्न पनि सक्दिन । उनको श्रीमानले मसं“गको उसको सम्वन्धलाई शंकास्पद रूपमा हेरेको कुरा चर्चा मार्फ मैले पनि सुनेको थिए“ । मैले पनि मेरो एउटा कथामा उनको कथामा पोखिएको भाव जस्तै पोखेको थिए“ । तर म पुरुष थिए“ त्यसैले कसैले मेरो प्रतिकार गर्न सक्दैनथ्यो । तर उनले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने क्रममा ठूलो सजायको भागीदार हुनुपर्‍यो । यो समाजको दोष थियो अनि उनको श्रीमानको प्रवृति र विचारको यसमा मैले गर्न सक्ने हर्ुमत केही थिएन सबैले आ-आफ्नो भागको पीडा आफैले बोक्नु पर्दछ । त्यो अरुले बोकिदिएर हुन्न रहेछ । हुने भए म उनको सम्पर्ूण्ा पीडा बोकेर उनलाई सुखै सुख मात्र दिन चाहान्थे । तर यो सम्भव थिएन । त्यसपछि उनको र मेरो समिप्य टुङगिएको थियो । किनभने शंकाका बीउहरू असरल्ल छरिएका थिए हाम्रा वरिपरि । त्यसैले यसको निवारण गर्न मैल धेरै कोसिस गरे तर सब र्व्यर्थ भए । उनको जिन्दगीमा यति ठूलो बज्र पर्न गयो जुन म मूकदर्शक भएर हेरिरहन बाध्य भए“ । आफ्नो प्रिय बस्तु, मुटुको टुक्रँलेे एक्लोपनमा दुखी जिन्दगी काट्नु पर्दा मलाई पनि मुटु नदुखेको होइन । यसै दुखाइले एकदिन मलाई उनी भए ठाउ“मा पुर्‍यायो । मैले विकल्पको खोजी गर्दै प्रश्नको मियो तर्ेसाएको थिए“ उनको अगाडि -"तपाईको जीवनप्रति मलाई सहानुभूति छ । यो सबको कारक म नै हु कि -" उनले मेरो प्रश्नको मियोमा विचारहरू पोख्तै भनिन् -"मेरा सिद्धान्तहरू बन्धक छन् । त्यसैले मैले आफूलाई स्वतन्त्र राख्न चाहेको हो । यसमा तपाईको कुनै दोष छैन । यो मेरो भाग्यको दोष हो । अनि यथार्थको प्रतिबिम्ब पनि । तपाई र मेरो पवित्र सम्बन्धलाई नकारात्मकरूपले मात्र हेरिएन मेरो सिर्जनशीलतालाई नै ठूलो चुनौति भएको हुनाले जिन्दगीलाई सम्झौता गर्ने क्रममा मैले यो निर्ण्र्ाालिनुपर्‍यो । हाम्रो पवित्र सम्बन्धलाई नै मैले जीवनको मूल उद्देश्य लिएर बा“च्ने प्रण गरेकी छु । उनले हाम्रो सम्बन्धप्रति नै उर्त्र्सग जाहेर गरेकी थिइन् । मलाई धेरै वर्षम्म उनको लागि केही गर्न सकिन भनेर पश्चाताप भइरह्यो । समयको वहाबसग उनको मेरो सम्बन्ध टाढिदै गयो । अतीतको कुहिरोले हाम्रो सम्बन्धलाई धमिलो बनाउ“दै लग्यो । आज जीवनले साठ्ठीऔ खुड्किलो पार गरिसकेको छ । अहिले पनि म मेरो जीवनको पानामा कोरिएका यी सुनौला कथाहरू पढ्ने गर्दछु । अब त मात्र जीवनका महत्वपर्ूण्ा क्षणमा बिताएका अमूल्य सम्झनाका तीता मीठा अनुभूतिहरू मात्र बाकी छन् । tulsi ram pandey

geet

सुकेको त्यो डाली माथि थुङ्गो कहाँ छ र ~~?

मानिसको मर्ने बाँच्ने टुङ्गो कहाँ छ र ~~?

भौतारिदै सुख खोज्दै जता लागे पनि ~~~~

साथमै हुन्छ आफ्नु भाग्य जती भागे पनि ~~

दु:ख पीडाबाट तार्ने डुङ्गो कहाँ छ र ~~~?

मानिसको मर्ने बाँच्ने टुङ्गो कहाँ छ र ~~~?



तेरो मेरो भन्दा भन्दै जाने दिन आउला~~

नगरौं त शीर माथि ऋणै ऋण छाउला~~

सोच्दा सोच्दै रुन्छ मन ढुङ्गो कहाँ छ र~~?

मानिसको मर्ने बाँच्ने टुङ्गो कहाँ छ र~~?

सुकेको त्यो डाली माथि थुङ्गो कहाँ छ र ~~?

मानिसको मर्ने बाँच्ने टुङ्गो कहाँ छ र

nepal ko riti

अझ पनि नेपाली समाजमा कुनै व्यक्तिलाई सम्मान गर्नु पर्‍यो वा श्रीमतिहरुले श्रीमानहरुलाई माया गरेर बोलाउनु पर्‍यो भने राजा भनी सम्वोधन गर्ने चलन छ यो बन्द गरिनु पर्दछ।

अझै पनि धेरै स्थानको नेपाली समाजमा ठकुरीहरुलाई राजा भनी सम्वोधन गर्ने र छुट्टै सामाजिक सम्मान दिने चलन छ, त्यो तुरुन्त बन्द गर्नु पर्दछ।

राजाहरु सम्बन्धी धेरै सामाजिक कुरीतिपूर्ण मान्यताहरु प्रचलनमा छन् त्यसलाई तुरुन्त अभियानकै रुपमा बन्द गर्नेतर्फ कदमहरु चालिनु पर्छ।

ठूलालाई लम्पसार परेर ढोग्ने वा पूज्नू पर्ने सामाजिक मान्त्यताको सिकार हुन पुगी हाम्रा नेताहरु कहि सानो खोला पार गर्दा समेत अरुलाई वोकी माग्ने, समाजका जान्ने बूझ्ने भनाउदाहरु सामान्य काम पनि नोकर चाकर वाट सम्पन्न गराउने परम्परावाट ग्रस्त भएका कारणवाट छोटे सामन्तहरुले सामन्तवादलाई निरन्तरता दिइराखेको भन्न मिल्छ।

साहूलाई कूत तिर्ने जस्ता सामन्ति अर्थ व्यवस्थ्ाा अझ जिवित भएको कारण सामन्ति व्यवस्थाको अवसेस आर्थिक रुपमा पनि जिवीत रहिरहेको छ।

अझै सम्म समाजका कयौ उच्च पदस्त व्यक्तिहरु त्ाथा वूद्धिजिवी भनाउदा आफू जांड खाएर नालायक हूने अनि अर्को दिन हिजो त गोल्छे -सार्की) भईएछ भनि अरु श्ाभ्य मानिसलाई होच्याउने र आफ्नो पाप कर्म पखाल्ने दूस्साहस गर्छन। यो चिन्तन दण्डनिय नवनाउदा सम्म सामन्त्ावादको अवशेष वचेको नै र्ठहर्छ।

-हलि, हरुवा, वधूवा, कमरा वस्ने चलन सामन्ति सामाजिक व्यवस्थाको निरन्तरता हो। यी कूचलन कायम रहेसम्म सामन्ति व्यवस्था अन्त्य सम्झव छैन।

-ठूला घरहरुलाई दरवार भनिने शव्दावलीहरुको प्रयोग कम गर्नू पर्दछ।

kabita

जस्ले भुल्छ जीबनभर रुनु पर्छ भन्थ्यौ तिर्खाएको काकाकुल हुनु पर्छ भन्थ्यौ त्यहि मुखले मलाई बैरी भन्न पनि सक्यौ अर्कैसंग नङ मासु बन्न पनि सक्यौ मेरो भूल यौटा मात्र तिम्लाई माया गरे तिमी बाहेक केहि सोचीन तिम्रै भर परे मेरो राजा मेरो बाबा मेरो प्राण भन्थ्यौ एकै छिन नहुदाभेट न्याउली झै बन्थ्यौ त्यहि मुखले मलाई बैरी भन्न पनि सक्यौ अर्कैसंग नङ मासु बन्न पनि सक्यौ जस्ले भुल्छ जीबनभर रुनु पर्छ भन्थ्यौ तिर्खाएको काकाकुल हुनु पर्छ भन्थ्यौ मेरो रुन्चे रुनुहुन्न भन्थ्यौ आंशु झर्दा हुदैन कि मिलन हाम्रो भन्ने प्रश्न गर्दा छुटाएनी बिधाताले जबरजस्ती तन भन्थ्यौ कहिले छुटने छैन हामी दुईको मन त्यहि मुखले मलाई बैरी भन्न पनि सक्यौ अर्कैसंग नङ मासु बन्न पनि सक्यौ जस्ले भुल्छ जीबनभर रुनु पर्छ भन्थ्यौ तिर्खाएको काकाकुल हुनु पर्छ भन्थ्यौ त्यहि मुखले मलाई बैरी भन्न पनि सक्यौ अर्कैसंग नङ मासु बन्न पनि सक्यौ

tulsi ram pandey gulmi

kabita

तर हजुर, उहिले यो मरुभूमिमा पनि एउटा सुन्‍दर देश थियो रे । पृथ्‍वीको शिर रुपी टाकुरा त्‍यही ठाउँमा थियो रे शन्‍ति र सदाशयका पवतर्कहरु त्य‍ही ठाउँका थिए रे अभावमा पनि गुरांसको फूल बनी हाँस्‍थे रे विविधतामा पनि सहअस्‍तित्‍वको जडले गासिन्‍थे रे यात्रामा अलि पछि परे पनि फडको बढाउँदै थिए रे चन्‍द्र सूर्य ध्‍वजलार्इ माथि उचाल्‍दै देशको गौरव गर्थे रे । उहिले यो मरुभूमिमा पनि एउटा सुन्‍दर देश थियो रे। पछि, अभावमा धैर्यता गुमे पछि गुराँस बनमा लगाइएको डडेलोले टाकुरा पग्‍लियो रे रोषमा मर्यदा गुमे पछि भाइ भाइमै भएको धक्‍काले मान्‍छेको मन भत्‍कियो रे अनि अलिकति बैरीहरुद्वारा उचाल्‍लिएर अलिकति अहममा रौसिएर सबै अागो भइ अग्‍नि युद्व लडे रे चन्‍द्र सूर्य ध्‍वज दनदन बल्‍यो रे हिमाल पग्‍लियो रे नदी सुक्‍यो रे ख्‍यालख्‍याख्‍यालमै देश मरुभूमि भयो रे तर हजुर, उहिले यो मरुभूमिमा पनि एउटा सुन्‍दर देश थियो रे एउटा सुन्‍दर देश थियो रे ।

namaste gulmi: gajal

bikramsambat

विक्रम संवतको प्रचलन कसरी शुरु भो ? tulsi ram pandey 17/3/2011

बैशाख १ गते नयाँ बर्ष २०६७ विक्रम संवतको पहिलो दिन हो । विक्रम संवत् नेपालको आदि सम्वत् हो । यसले नेपालको सार्वभौम पहिचान दिन्छ ।





सबैभन्दा जेठो सम्बत



मेष संक्रान्तिभन्दा लगभग १५/१६ दिन अगाडि चैत्र शुक्ल प्रतिवदादेखि शक संवत् प्रारम्भ हुन्छ । शाके संवत् भन्दा विक्रम सम्वत् १३५ बर्ष जेठो छ भने विक्रम संवत् भन्दा नेपाल संवत् ९३६ बर्ष कान्छो छ । विक्रम संवत् र नेपाल संवत्को उठान नेपालमैं भएको हो । वैदिककालदेखि प्रचलित तिथि र बारहरुको अवलम्वन् गर्दै विक्रम संवत्मा तिथिहरु थपघट भइरहने हुनाले शासन व्यवस्थामा धेरै अप्ठयारो हुने भएकाले ज्योतिषहरुको सल्लाह र सुझावमा सजिलोको लागि चन्द्रशमशेरले तिथि र बारहरुमा कुनै तलमाथि नगरी बिक्रम सम्वत् १९६१ वैशाखदेखि मेष संकान्तिदेखि गतेमा लेख्ने चलन चलाएका हुन् । तिथिहरु हराउने कहिले एकैदिन दुइटा तिथिहरु आइपर्ने हुनाले अरु संवत्हरुको दाँजोमा विक्रम संवत् व्यवहारिक हुनपुगेको हो ।





शनिवार सार्वजनिक विदा किन?



शनिवार सार्वजनिक विदा दिने चलन पनि उसैबेलादेखि चलेको हो । नेपाल सम्वत् र शक संवत्हरु अध्यावधि तिथिको आधारमा मात्र चलेका छन् । विक्रम सम्वत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाहरुका दिनहरु निर्धारण गरिएका हुन् । मीन रासी समाप्त भई मेष राशी प्रारभ्भ हुनासाथ वैशाख महिना शुरु हुन्छ ।



शक सम्वत् भारतमा कुशाण बंशी राजा कनिष्कको पालादेखि चलेको हो । विक्रम संवत् हिमवतखण्ड नेपालका विभिन्न साना राज्यहरुमा प्रचलित भइरहेको र विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रुपमा स्थापित भएको छ ।



पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा 'राजा पृथ्वीनाराणको बंश गुह्येकाली र पशुपतिका दुइृ् पाउका धुलाका प्रसादले स्थिर भइरहोस्' भनेर गौरवमय विक्रम सम्वत् उल्लेख गरेका थिए ।



नेपालको एकीकरण हुनुभन्दा अगाडि लिच्छवि राजा राघवदेवको पालादेखि प्रचलित भएको नेपाल संवत् मल्लकालभरी धेरै मात्रामा चलनचल्तीमा आएता पनि नेपालका साना राज्यहरु सबैमा विक्रम संवत्को पनि उत्तिकै प्रचलित थियो ।





लिच्छबी कालमा बिक्रम सम्बतको प्रचल्न



लिच्छवि शासनकालमा निर्मित हरिसिद्धी मंदिरमा विक्रम संवत् ७११ उल्लेख भएको बंशावली छ र विक्रम संवत् ९४५ मा हरिसिद्धीनाटक मन्चन भएको हरिसिद्धी उपपुराणमा उल्लेख छ । जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा 'विक्रम राजबर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु' उल्लेख छ ।



मोरङ्गका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरु भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातत्व संग्रह २०१८ मा प्रकाशित गराएका छन् ।



फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ । अछामको वरदादेवी मंदिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ ।



भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिम पट्टिको भित्तामा विक्रम संवत् १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्ण पट्टामा विक्रम संवत् १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल संवत् ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम सम्वत् १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेलले अभिलेख संग्रहमा उल्लेख गर्नु भएको छ ।



राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको कुरा भूवनलाल प्रधानले उल्लेख गर्नु भएको र जयप्रकाश मल्लले विक्रम सम्वत् १८१४ मा पृथ्वीनारायणलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले 'इतिहास संशोधनको प्रमाण प्रमेय' मा उल्लेख गर्नुभएको छ ।





जंगबहादुरको मुलुकी ऐन र विक्रम संवत्



विक्रम संवत् नेपालको राष्ट्रि्य सम्वत्को रुपमा प्रचलित हुँदै आएकाले जंगबहादुरले मुलुकी ऐनलाई विक्रम संवत् १९१० मा संग्रह गरी विक्रम संवत्नैं उल्लेख भएकोछ ।



तर कतिपय व्यक्तिहरुले विक्रम संवत् नेपालको संवत्नैं होइन भनेकाले यसबारेमा केही तथ्यहरु उजागार गरिनु पर्ने अत्यावश्यक छ ।



विक्रमादित्य राजा सम्वन्धमा श्री ५ को सरकार पुरातत्व विभागबाट प्रकाशित श्री नयनाथ पौडयालबाट सम्पादित भाषा वंशावलीको अध्ययनबाट धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रसादको दक्षिण तर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा (हालको नारायणहिटी) बनाई तीर्थ समेत चलाएको र त्यसैबेलादेखि विक्रम संवत् प्रचलनमा आएको भनेको छ ।



त्यस्तै काभ्रे जिल्लाको नालामा उत्तरापुर राज्यको नाउमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको िकंवदन्ती पनि छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन् । यसक्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजाआजा गरेर बस्नु पर्ने कुनै कारण हुँदैनथ्यो । यिनै चक्रवर्ति राजाले नेपाललाई विस्तार गर्दै कासीसम्म पुगी कासीमा विश्वनाथको मन्दिर स्थापना गरेको थियो भन्ने कुरा हिमवतखण्ड पुस्तकमा उल्लेख छ ।



योगी नरहरिनाथले भन्नु भएकोछ- 'श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः' भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ति राजा विक्रमादित्यको बत्तिसपुतली राम मन्दिर भएको ठाँउमा राजिसंहसान थियो भन्ने पाइन्छ भन्नु भएको छ ।



पशुपति पुराणमा उल्लेख छ- 'अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवि वंश प्रवर्तते' अर्थात सूर्यवंशी लिच्छविको प्रभावले किरात राजालाई जिती लिच्छवि वंश शुरु भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमि बर्मा विक्रमादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखिनैं विक्रम संवत् सुरु भएको मानिन्छ ।





भारतीय खोजी



विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं. भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित संवत्हरुलाई विक्रमम संवत् ठहर्याएका थिए । त्यसैगरी, कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन- 'मानदेवको पालाको संवत् ३८६ को चाँगुको अभिलेखको संवत् विक्रम संवत् हो । यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् ।'



यसैगरी, नेपालका खोजकर्ता शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका संवत्हरु शकसंवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्हरुलाई विक्रम संवत् मानेका छन् ।





शक सम्वत् र बिक्रम सम्बतमा भ्रम?



तर कतिपय इतिहासकारहरुले मानदेव प्रथमको शासनकालमा उल्लेखित चाँगुनारायण लगायत लिच्छवि शासनकालका सम्पूर्ण संवत् संवन्धित अभिलेखहरुलाई कार्तिकादि संवत् हुन् भन्दै शक सम्वत् भनेका छन् । यस्ले गर्दा इतिहास लेखनमा धेरै भ्रम सिर्जना भएको छ । किनकि शक संवत् कार्तिकादि नभएर चैत्र शुक्ल प्रतिपदाबाट मात्र प्रारम्भ हुने भएकाले शक संवत्लाई जवरजस्त कार्तिकादि भन्न मिल्दैन । त्यसो भएकाले चाँगुनारायण लगायत लिच्छवि शासनकालका उल्लेखित संवतहरु विक्रम संवत्नै मानिन्छन् । यदि विक्रम संवत् भारतको उज्जयनीबाटै उठान भएको हुदो हो त त्यस्ता पराक्रमी राजा बारेमा केही न केही प्रमाणहरु त्यहाँ भेटिन्थे ।



ईस्वीपूर्व ३०० तिरका चन्द्रगुप्त मौर्यको विषयमा कौटिल्य जस्ता विद्वान र मेगस्थनीज तथा फाहियानको यात्रा वर्णनमा उल्लेख भएको पाइन्छ भने सन् ४०० तिर चन्द्रगुप्त राजाको विषयमा कालीदास जस्ता विद्वानहरुले आफ्ना कृतिहरुमा उल्लेख गरेका छन् । समुन्द्रगुप्तको विषयमा प्रयागको शीलालेख प्रसिद्ध छ, शक संवत् उठान गर्ने कनिष्कको वारेमा पनि धेरै प्रमाणहरु पाइन्छन् भने विक्रमादित्य राजाको त्यसबेलामा अस्तित्व भएको भए कुनै न कुनै शीलालेख वा त्यसबेलाका कविहरुले लेखेका केही न केही प्रमाणहरु भेटिन्थे होलान् । तर त्यस्ता प्रमाणहरु केही पाइदैन ।



चौथो शताब्दितिर उज्जयनीको राजा भई सन् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्यालाई आफ्नो कब्जामा लिई राजधानी बनाएपछि तामाका सिक्कामा चन्द्रगुप्त द्वितीयले आफूलाई 'विक्रमादित्य' अंकित गराएका थिए । त्यसो भन्दैमा उनी नैं विक्रम संवतका प्रणेता थिएनन् र होइनन् ।



नेपालका लिच्छवि राजाहरुसँग मगदका गुप्त राजाहरु अत्यन्तै प्रभावित भएकाले चन्द्रगुप्त प्रथमले नेपालका लिच्छवि राजाकी कन्यासंग वैवाहिक सम्वन्ध जोडेका हुनाले सन् ३३० तिर आफ्नो मुद्रामा 'लिच्छवयः' र 'लिच्छवि दौहित्री' अंकित गरेको कुरालॆ नेपालका लिच्छवि राजाहरुको पराक्रमको प्रभावले चन्द्रगुप्त द्वितीयले 'विक्रमादित्य' को उपाधि पनि अवलम्वन् गरिएको हुनसक्छ । तर चन्द्रगुप्त द्वितीयले चौथो शताब्दिमा आफूलाई विक्रमादित्य उपाधिबाट विभूषित गर्दैमा विक्रम सम्वत् भारतबाटै उठान भएको थियो भन्न सकिदैन ।





इतिहास शिरोमणि बाबुराम आचार्यको ठहर



इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ- 'जुन समय ई.पू. ५८ बर्षमा यो सम्वत् उठान भएको थियो उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिदैन । उज्जयनीका खण्डहरुको उत्खनन् हुँदा पनि त्यससमयमा विक्रमादित्य भएको चिन्ह भेटिएको छैन ।'





विक्रम संवत् नेपालको गौरवमय परिहचान



फलतः विक्रम संवत् हिमवतखण्ड नेपालको आदि र मौलिक संवत् भएकाले यस्ले युगयुगान्तरदेखि कुनै कुनै पनि प्रकारको औपनिवेसिक प्रभावमा नेपाल नपरेर सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा स्थापित भएको कुरा विक्रम संवत् नेपालको गौरवमय परिहचान हो । विक्रम संवत् २०६७ सालको नयाँ बर्षको उपलक्षमा स्वदेश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सुखुमृद्धिको लागि शुभकामना ।

gajal

 बित्यो मायाको प्यासमा जिन्दगी एक्लै एक्लै प्रवासमा जिन्दगी |बुझ्नेको लागी निश्चल माया नबुझ्नेको छ क्यासमा जिन्दगी|कोही सार्थक हुन्छन यहाँ कोइ हार्छन तासमा जिन्दगी|इश्वोरीय बरदान सबैमा छ रे |किन कसैको दसमा जिन्दगी सानो ठुलो जो जे भए पनि चल्छ एक मुठी स्वाशमा जिन्दगी आदर्शको खोल ओढ्नेहरु हो हेर सच्चाइताको एहसाशमा जिन्दगी |जति दुरी भय पनि मायामा चल्छउन कै आभासमा जिन्दगी|

ghamand

घमन्ड गर्नु राम्रो मानिन्न। समाजमा होस्,सभामा होस्। घमन्ड ले सदैब अप्ठ्यारा स्थितिमा धकेल्छ। यो सत्य र सार्थक हो। आज हाम्रो देशमा पनि राजनीतिक घमन्ड को रोग लागेको छ। यो चारैतिर फैली रहेछ। देशमा होस् वा बिदेशमा। माहामारी भयानक रोघ झै। देश र तमाम जनताहरु यो माहामारि रोगबाट अछुतो छैनन। समय को प्रबाह सगै आज हाम्रो देश बिकसित राष्ट्रहरु को दाजोमा पछाडि धकेलिदै गैरहेछ। सगैमा छिमेकी राष्ट्रहरु

लाई हेर्ने हो भने चाइना र ईन्डिया कहाँ पुगिसके। बिकास को चरम सिमा नागिसक्यो। हाम्रो देश अझै राजनितिक खिचातानिमालडिरहेछ।

देश ऐले चाकडी र चुक्लिमा ब्यस्तछ। दलहरु एक अर्कामा राजनीतिक लुछाचुडिमा ब्यस्त छन। पौचवालाहरुले जागिरे शैलिमा सत्ताको चाकडी गर्नेबानी हटाउनु जरुरिछ। जनतामाशाहीस्णुता,बिबेक र परम्परालाई सम्मान गर्ने चरित्र हुन आबस्यक छ। चुनाव जितेपछी जनता को मालिक सम्झने परम्परालाई जरैबाट उखेल्न जरुरिछ। प्रजातन्त्रमा जनता सचेत हुन सकेनन भने बिक्रिती फैलिन्छ। अधिकारहरु किनबेच हुन्छन। ऐले हाम्रा देशमा यस्तै भाईरहेछ। हाम्रा नेताजीहरुले पनि घमन्ड गरी रहे भने चाउचेस्कु निकोलस र क्याथरिन झै एक दिन नेपाली जनताहरु को शिकार अबस्य बन्नेछन। एसमा दुई मत छैन। छिमेकी को प्रिय पात्र बन्न बिभिन्न शैलिमा नयाँ लेन्डुपहरु जताततै निमुखा जनताहरु को

अगाडि राष्ट्र का पहरेदार हामी हौ भन्दै खोक्रा आश्वासन बाड्न ब्यस्त छन। तर नेपाली जनताहरु को न राम्रो बास को ब्यबस्था

न आधा पेट खान नै पाएकाछन,यो साह्रै दु:खपूर्ण कुरा हो। आज हाम्रो देश दिन प्रती दिन उन्नती त कता हो कता अबोगती

तिर गैरहेछ। कस्तो बिढम्बना?आफुलाई बुद्दीजिबी र विद्वान ठान्नेहारु को होटबाजी चलिरहेछ। सोझा साझा जनताहरु रमित हेरिरहेछन,बिचराहरु के गर्न र के बोल्न नै सक्छन र,बोल्यो कि पोल्यो।

हाम्रा महान नेताहरु पद को प्रलोभननमा चुर्लुम्मै डुबेकाछन् जो पनि र जे पनि डुब्ने बरमुडा ट्य्रङल भित्रझै। घमन्डी र पाखन्डिहरु आफ्ना स्वार्थ का निमित्त जे गर्न पनि तयारछन। सच्चरित्र अनुशासन र नैतीकता दुर्लब बन्दै गयोभने सधैं को लागि देश र जनताहरु पतन को खाडीमा जाकिने कुरा हाम्रा महान नेताजीहरु लाई थहा हुन जरुरी छ। राष्ट को हित र जनता जनर्दन को माया उत्तराधिकारीहरुमा हुन अनिबार्यछ। जन प्रतिनीधीहरुले अहन्कार को भाषालाई त्यागी जनताहरु प्रती सत्य र तथ्यलाई उजागर गर्दै देशबासिहरु प्रती चिन्तनशैलिमा

परिवर्तन ल्याउन जरुरी छ। धर्म सस्क्रिती सम्प्रदाए र भाषा सम्बन्धी जनचेतना जगाउने खाल को योजनाहरु जनमानसमा ल्याइ सहमती द्वारा

कार्यन्वएन गरी अगाडि बड्न सके प्रजातन्त्र को आवास आउने थियो कि?होइन भने समय अतिनै कस्टकर नहोला भन्न सकिन्न। ठुलो होस्

वा स्यानो,धनी होस् वा गरीब,प्राये हामी सबै को सोचाइहरु सपनाहरु उस्तै उस्तै हुन्छन। काएर बनी जनताहरु को समस्या बाट भाग्न खोज्नु दमकल आँफै बल्नु जस्तै हो।
 मान्छे मान्छे एउटै हो कुनै दुई जाती होइन रगत सबै को रातै हुन्छ कोइ तल माथि होइनआदर्शको खोल ओढ्नेहरु पुरानै ऋति अंगाले नि मनमा जातीय भेद भय त्यो असल साथी होइनमानिस ठुलो मनले हुन्छ जातले हुदैन नि तल्लो जात भन्ने कोइ औसी को राती होइन मन मिले सबै मिल्छ प्रेम पप होइन यहाँ जुनी राम्रो बित्छ भने बिहे गर्नु घात होइन
 परदेशमै भएपनि मैले आफनो गाउघर आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए । मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गँगासरी बग्ने मस्र्याङदीलाइ चटक्क माया मारेर म लागे परदेशतिर । हिजोआज म खाडीको मरुभुमीमा लम्पसारिएको छु । पचास साठी डिग्री घामको रापले डढेर कालो फुस्रो भएको छु । अनुहारहरु सबै फुटेका छन् । पलास्टिक बोतलको पानीले तिर्खा मेटाएपनि आत भरिएको छैन । तातो बालुवामा रवरको बुटसँगै चाल चाल्दा पैतला छिया छिया भएको छ । सिमेन्टीका बोराले हात थिचेर अहिले राम्रोसँग चलाउनपनि भएको छैन सोझो हिसावले भन्नुपर्दा म अपाङग भएको छु । आजभोली औला अली राम्रोसग्ाँ चल्न थालेका छन् । हातका ठेलाहरु हल्लाभएपनि मरिसकेकाछन् । पहिले पहिले त हातमा मुठी मार्नपनि औलाहरु ब्ाउडिन्थेँ । दिन गन्नपनि दुइहातको साहारा लिनु पथ्र्यो । महिना मर्यो कस्ले छिटो र धेरै दाम पठाउने होडबाजीले गर्दा मन लागेको खान र लाउनपनि मन मरिसकेछ । कुनै महिना अतिरिक्त समय काम गर्न नपाएको बेलामा अवश्य नै घरमा थोरै पैसा जान्छ । थोरै पैसा घरमा पुग्यो भने दाजु भाउजु र आमाको घरमा कलह मच्ािन्छ नानाधरी कुरा सुनेका मेरा परिवार रण्डीबाजी गरेर पैसा सकाइस भन्ने आरोप मलाइ नै लगाउछन् । दाजु बाउ नभएपनि बाउको कुनै कमी हुन दिइन अहिले कमाउने भएपछि पैसा लुकाउन थाल्यो भन्छन् भने भाउजु कि छुटिएर बस्नलाइ हो भनि मलाइ नै प्रश्न सोध्न थाल्छीन् । मलाइ नपुग्दो केहि थिएन । दाइ भाउजु छुटिएपनि हजुरबाबाले जोडनु भएको थोरै भएपनि मोतीसरी धानका बाला झुलाइ मानामुरी फलाउने गैह्ी खेत मेरै हो कुडुलेमा तोरी बहलाउने लामा गरा मेरै थियो । आफनो पाखुरा बजारेर दुइ छाक टार्न पुग्ने नै थियो । किन चाहियो टिनको छानो रानीबनको खरवारी मेरै थियो । किन चाहियो सोलार मेरै तारी भैसी र फुर्के काले हल गोरुका गोवरबाट मेरै घर उज्यालेा थियो । सलसल सुसाउदै बग्ने दरौदी र मस्र्याङदी मेरै हिम श्रृखलाका थिए । आपत विपत दुःख अडचन्पर्दा देवी मनकामना कालीका माइ छिक्केश्वरीलाइ सुनाउथेँ उनीकै श्रद्धाभक्ति यो जिवन अर्पेको थिएँ । वन पखेरामा मेरै गाइ भैसी चर्थे वन्यजन्तु डाफे मुनाल कोइली चरी नाच्दैडुल्दै रमाउथे । सँक्रन्ती र एकादशीमा लाग्ने मेलामा खैचडी र मादलुको तालमा मेरै स्वर शोरठी र मारुनी भाकामा धन्कीन्थे । इष्टमित्र नातागोता सबै मेरै थिए । हेर त असारपनि सकिन लागेको छ पोहोर साल मुखीया बा भन्दै हुनुहुन्थ्यो बलरामले मेलो सजिलो बनाइदिएर रोपारहरुले छिटै मेलो सकाए अब आउने असारमापनि मेरो मेलो जसरी भएपनि आउनु पर्छ है । विचैमा कुरा काटथ्यो मोतीले नबिना मेलामा आएपछि त यसको भाउ नै बेग्लै हुन्छ सबै गलल्ल हास्थेँ । मेरो अनुहार रातोपिरो देखिन्थ्यो । पहेलो पटुकी कम्मरमा बाधि दुइ चुल्ठी बाडेकी पुतली हातका चुरी छिनछिन बजाउदै विउ रोपेर कोइलीको भाकामा असारे गित गाइदिदा सबै हलीहरु ग्ााेरु छोडेर हिलो छेप्ने निहुँपारी उतै तिर आर्कषित हुन्थ्ो मलाइ भने डाह चल्थ्यो । ३० डिग्रीको घाम यो ज्यानमाथि पर्दापनि घाम भयो बलाराम भन्दै छाहारीमा बस्न बोलाउथी । म नजिकै गएर उनीले छानेका गहुँको जाडले प्यान्टेभुडी टुनुक्क पार्थेँ । पड्केमुलको पानीले धित मरुन्जेल तिर्खा मेट्थ्यु । पछाडीबाट कुलोको पानीले झसङगै हुने गरी छ्याप्दा मुर्छा परेर हास्दथी मेरी काली नविना । म अझै घुर्की लगाउदै हुन्थाँ । रिसाएको भनि उल्टै मलाइ नै फकाउथी । कस्तो निश्चल माया थियो । डलरको दर भाउ हेरेर अस्ती पैसा पठाइ हिजो घरमा फोन गरेँ । असारपनि सकिन लागीसकेको छ । यसपाली पानी समयमा नर्पनाले आजभोली काम गर्ने मान्छेको भाउ बढेर छोइ नसक्नु छ । मेलोको चटारो छ । किन ढिलो पैसा पठाएको भन्दै प्रश्न गर्न थाल्छन् । नम्बर सम्बर दिएर फोन राख्ने तरखरमा थिएँ । एक छिन पख खुशीको खबर छ सुन्न चाहान्छस् भने । यो दुखेको शशीर उस्तै उसैमाथी मानसिक पिडाले भरिएको मेरो मनलाइ खुशीको खबर सुन्छस् भनेपनि कहा पछि हटथ्याँ र । उत्कुष्टताका साथ कान ठाडो बनाएँ । त्यो खानीखोलाको गोरे कङगालको छोरी नविना तसँग मायापि्रती छ भन्थे नि गाउले ले । त्यसको यहि १७ गते विवाह हुदैछ । पल्ला गाउको मस्टरको छोरा विनोदसँग्ा । खुव तैले मलाइ माया गर्छे नविनाले मसँग बिबाह भएन भनि अन्तै कतै विबाह गर्दिन भनेकी छे भन्थिस् नि लोप्पा ख्वाइदिइ तलाई । ठिक्क भयो हामीलाइ घुडो भएको थियो । पिर नगर आजभोली खै किन हो धेरै दुव्ली नराम्री भएकी छे तलाइ नविना सुहाउदैनथिइ पनि । अब त पैसा कमाएको छस् नि अलि धनीबाउकी एक्ली छोरीसँग विहे गर्नुपर्छ । बरु एक दुइ फोटा पठाए यता त आउदा सम्म केटिको बन्दोबस्त गर्नुपर्छ त्यस्तो कँङगालको छोरीसँग विहे गर्नु हुदैन भनि फोन राखिदिएँ । मन गरुङगो भयो । खासै कुनै त्यस्तो प्रतिकि्रया जनाउन मन लागेन । किन कि यो हुनु नै थियो । रोक्नपनि सकिन । म आफु नर्गिय जिवन विताइरहेको बेलामा नविनालाइपनि मैले आफनो दुखमा मिलाएर उसको जिवनपनि कष्टकर बनाउन चाहिन । गएको महिनामा नै माग्न आएको थियो विनोद । नविनाले गत महिनाको चिठीमा लेखेकी थिइन् । विनोदको उच्च खानदान राम्रा पारिवारिक वातवरण देखेर नै मैले नविनालाइ हात बढाए हुन्छ भनि चिठी पठाइसकेको थिएँ । विनोदको घर एक स्वर्ग हो भने मेरो घर नर्ग भन्दा कम छैन । हुन त म लाक्षी नमर्दा पुरुषको नाममा कलङकको पात्र बनेको छु अहिले आएर । किनकी मलाइ मेरै परिवारले घोडा बनाएको छ र समाजले मलाइ अपाङग बनाएको छ । यति कुरा थाहा हुदा हुदैपनि म हारिरहेको छु । यदि मेरो बाबा भइदिएको भए मैले यो सहन पर्ने थिएन कि यो मेरो मन बुझाउने बाटो बनेको छ । लाग्छ बाबालाइ मेरो यो गति हेर्न नपरोस भनेर नै यमदुतले चाडै नै बोलाएका होलान्। म त नविनाको विहे प्रति एकदम खुशी छु । नविनालाइ विश्वास लाग्दैन होला विश्वासपनि कसरी लागेास मुटुको टुक्रा चुडिदा तैपनि । के नविनाको खुशी मेरो खुशी होइन्ा र विनोद नविनाकॊ उज्वल भविश्य हो म त उनीलाइ माया गर्ने एक दुखी मात्र हुँ जो मरेरपनि बाचेको छ र बाचेरपनि मरे सरह छ । अब उनका हातले दाउरा घास गर्नु पर्दैन । कुनै मेलापात गएर जिविकोटार्नु पर्दैन । न त पिढुँमा भारी न थाप्लोमा नै लाम्लो पर्नेछ । विदेशमा श्रीमान् छ कसो होला के होला भन्ने पिर हुनेछैन । मस्र्टनीको बुहारी विनोद जस्तो महामानवको श्रीमति भएर महलमा जिन्दगी विताउनेछिन् । मसँग्ा आएर के पाउथिन् र । मात्र मेरा पलासको फुल जस्तो माया । जसको नाम मात्र फुलको छ न कुनै रुप र सुग्ान्ध नै छ । मेरो माया नविनालाइ त्यस्तै हो । सबै थोक माया मात्र होइन । जसरी हागाँ विगु विना रुखको शोभा हुदैन त्यसरी नै आधारभुत परिपुर्तिविना मायाको पनि शोभा अनि अश्त्तित्व हुदैन । चुलिदै गएको उनीको वैशलाइ कुठराघात गरि रोक्न सकिन र पिडादायी खुशी दिन चाहिन । नविना प्रति कुनै गुनासो हुने छैन र नविनाले मेरो चिन्ता गर्नुपर्दैन यसमा नविनाको कुनै गल्ती छैन । गल्ती न नविनाको थियो न त मेरैपनि सारा गल्ती त मेरो भाग्यले र मेरॊ सोझोपनले गरिरहेको छ । अरुलाइ देाश दिएर म चोखो बन्नपनि सक्दिन । गर्मीले अस्ती भर्खरै पाल्पाको साथी ह्दयघात भएर सुतेको ठाउबाट उठदै नउठि यमलोक पुग्यो । आफन्त र साथी भाइको सहयोगमा उसको मृत्ा शरिर पाच महिनामा बल्लतल्ल मातृभुमीमा पुग्यो । खै अब मपनि धेरै बाच्दिन होला । छाति पोलीरहन्छ खोक्दापनि रगत आउछ । खाना मिठो हुदैन । शशिर सुकेर विसैली भइसकेको छ । मात्र नविनाकॊ पिर थियो उनीकोपनि राम्रो घरबार हुने भएपछि मलाइ सब थोक बाट सन्तुष्टि मिलेको छ । मलाइ अब जिन्दगीको कुनै मोह छैन । माया मारेर या माया घटाउन यो भनेको जस्तो लाग्छ होला नविनालाइ तर यो यर्थात हो जुन मैले यहा भोगीरहेको छु । म अब नविनालाइ कुरा लुकाउन सक्दिन । यो जुनीलाइ यस्तै भयो अर्को जुनी जन्मजात तिम्रो हुनेछु । अहिलेका सारा व्याथा कथाहरु अर्को जुनीलाइ साक्षी राख्दै दुइ पन्छी बनेर जस्तो सुकै बाधा अडचन आएपनि सँगै जिउला यो जुनीका अधुरा सपनाहरु पुरा गरैला अलविदा नबिना तिम्रो सुखद दम्पत्यको मँगलमय शुभकामना । सदा खुशी रहनु । तिम्रो सिउदो सजाएको सुन्न पाउँ । म अब जिउदो फर्कन्छु कि फर्कन त्यो चिन्ताको विषय भएन् । यदि कतै यतैबाट यमलोक पुगेँ भने म क्षितिजबाट तिमीलाइ हेर्नेछु ।लाजले घुम्टो नछोपे ल ।
 परदेशमै भएपनि मैले आफनो गाउघर आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए । मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गँगासरी बग्ने मस्र्याङदीलाइ चटक्क माया मारेर म लागे परदेशतिर । हिजोआज म खाडीको मरुभुमीमा लम्पसारिएको छु । पचास साठी डिग्री घामको रापले डढेर कालो फुस्रो भएको छु । अनुहारहरु सबै फुटेका छन् । पलास्टिक बोतलको पानीले तिर्खा मेटाएपनि आत भरिएको छैन । तातो बालुवामा रवरको बुटसँगै चाल चाल्दा पैतला छिया छिया भएको छ । सिमेन्टीका बोराले हात थिचेर अहिले राम्रोसँग चलाउनपनि भएको छैन सोझो हिसावले भन्नुपर्दा म अपाङग भएको छु । आजभोली औला अली राम्रोसग्ाँ चल्न थालेका छन् । हातका ठेलाहरु हल्लाभएपनि मरिसकेकाछन् । पहिले पहिले त हातमा मुठी मार्नपनि औलाहरु ब्ाउडिन्थेँ । दिन गन्नपनि दुइहातको साहारा लिनु पथ्र्यो । महिना मर्यो कस्ले छिटो र धेरै दाम पठाउने होडबाजीले गर्दा मन लागेको खान र लाउनपनि मन मरिसकेछ । कुनै महिना अतिरिक्त समय काम गर्न नपाएको बेलामा अवश्य नै घरमा थोरै पैसा जान्छ । थोरै पैसा घरमा पुग्यो भने दाजु भाउजु र आमाको घरमा कलह मच्ािन्छ नानाधरी कुरा सुनेका मेरा परिवार रण्डीबाजी गरेर पैसा सकाइस भन्ने आरोप मलाइ नै लगाउछन् । दाजु बाउ नभएपनि बाउको कुनै कमी हुन दिइन अहिले कमाउने भएपछि पैसा लुकाउन थाल्यो भन्छन् भने भाउजु कि छुटिएर बस्नलाइ हो भनि मलाइ नै प्रश्न सोध्न थाल्छीन् । मलाइ नपुग्दो केहि थिएन । दाइ भाउजु छुटिएपनि हजुरबाबाले जोडनु भएको थोरै भएपनि मोतीसरी धानका बाला झुलाइ मानामुरी फलाउने गैह्ी खेत मेरै हो कुडुलेमा तोरी बहलाउने लामा गरा मेरै थियो । आफनो पाखुरा बजारेर दुइ छाक टार्न पुग्ने नै थियो । किन चाहियो टिनको छानो रानीबनको खरवारी मेरै थियो । किन चाहियो सोलार मेरै तारी भैसी र फुर्के काले हल गोरुका गोवरबाट मेरै घर उज्यालेा थियो । सलसल सुसाउदै बग्ने दरौदी र मस्र्याङदी मेरै हिम श्रृखलाका थिए । आपत विपत दुःख अडचन्पर्दा देवी मनकामना कालीका माइ छिक्केश्वरीलाइ सुनाउथेँ उनीकै श्रद्धाभक्ति यो जिवन अर्पेको थिएँ । वन पखेरामा मेरै गाइ भैसी चर्थे वन्यजन्तु डाफे मुनाल कोइली चरी नाच्दैडुल्दै रमाउथे । सँक्रन्ती र एकादशीमा लाग्ने मेलामा खैचडी र मादलुको तालमा मेरै स्वर शोरठी र मारुनी भाकामा धन्कीन्थे । इष्टमित्र नातागोता सबै मेरै थिए । हेर त असारपनि सकिन लागेको छ पोहोर साल मुखीया बा भन्दै हुनुहुन्थ्यो बलरामले मेलो सजिलो बनाइदिएर रोपारहरुले छिटै मेलो सकाए अब आउने असारमापनि मेरो मेलो जसरी भएपनि आउनु पर्छ है । विचैमा कुरा काटथ्यो मोतीले नबिना मेलामा आएपछि त यसको भाउ नै बेग्लै हुन्छ सबै गलल्ल हास्थेँ । मेरो अनुहार रातोपिरो देखिन्थ्यो । पहेलो पटुकी कम्मरमा बाधि दुइ चुल्ठी बाडेकी पुतली हातका चुरी छिनछिन बजाउदै विउ रोपेर कोइलीको भाकामा असारे गित गाइदिदा सबै हलीहरु ग्ााेरु छोडेर हिलो छेप्ने निहुँपारी उतै तिर आर्कषित हुन्थ्ो मलाइ भने डाह चल्थ्यो । ३० डिग्रीको घाम यो ज्यानमाथि पर्दापनि घाम भयो बलाराम भन्दै छाहारीमा बस्न बोलाउथी । म नजिकै गएर उनीले छानेका गहुँको जाडले प्यान्टेभुडी टुनुक्क पार्थेँ । पड्केमुलको पानीले धित मरुन्जेल तिर्खा मेट्थ्यु । पछाडीबाट कुलोको पानीले झसङगै हुने गरी छ्याप्दा मुर्छा परेर हास्दथी मेरी काली नविना । म अझै घुर्की लगाउदै हुन्थाँ । रिसाएको भनि उल्टै मलाइ नै फकाउथी । कस्तो निश्चल माया थियो । डलरको दर भाउ हेरेर अस्ती पैसा पठाइ हिजो घरमा फोन गरेँ । असारपनि सकिन लागीसकेको छ । यसपाली पानी समयमा नर्पनाले आजभोली काम गर्ने मान्छेको भाउ बढेर छोइ नसक्नु छ । मेलोको चटारो छ । किन ढिलो पैसा पठाएको भन्दै प्रश्न गर्न थाल्छन् । नम्बर सम्बर दिएर फोन राख्ने तरखरमा थिएँ । एक छिन पख खुशीको खबर छ सुन्न चाहान्छस् भने । यो दुखेको शशीर उस्तै उसैमाथी मानसिक पिडाले भरिएको मेरो मनलाइ खुशीको खबर सुन्छस् भनेपनि कहा पछि हटथ्याँ र । उत्कुष्टताका साथ कान ठाडो बनाएँ । त्यो खानीखोलाको गोरे कङगालको छोरी नविना तसँग मायापि्रती छ भन्थे नि गाउले ले । त्यसको यहि १७ गते विवाह हुदैछ । पल्ला गाउको मस्टरको छोरा विनोदसँग्ा । खुव तैले मलाइ माया गर्छे नविनाले मसँग बिबाह भएन भनि अन्तै कतै विबाह गर्दिन भनेकी छे भन्थिस् नि लोप्पा ख्वाइदिइ तलाई । ठिक्क भयो हामीलाइ घुडो भएको थियो । पिर नगर आजभोली खै किन हो धेरै दुव्ली नराम्री भएकी छे तलाइ नविना सुहाउदैनथिइ पनि । अब त पैसा कमाएको छस् नि अलि धनीबाउकी एक्ली छोरीसँग विहे गर्नुपर्छ । बरु एक दुइ फोटा पठाए यता त आउदा सम्म केटिको बन्दोबस्त गर्नुपर्छ त्यस्तो कँङगालको छोरीसँग विहे गर्नु हुदैन भनि फोन राखिदिएँ । मन गरुङगो भयो । खासै कुनै त्यस्तो प्रतिकि्रया जनाउन मन लागेन । किन कि यो हुनु नै थियो । रोक्नपनि सकिन । म आफु नर्गिय जिवन विताइरहेको बेलामा नविनालाइपनि मैले आफनो दुखमा मिलाएर उसको जिवनपनि कष्टकर बनाउन चाहिन । गएको महिनामा नै माग्न आएको थियो विनोद । नविनाले गत महिनाको चिठीमा लेखेकी थिइन् । विनोदको उच्च खानदान राम्रा पारिवारिक वातवरण देखेर नै मैले नविनालाइ हात बढाए हुन्छ भनि चिठी पठाइसकेको थिएँ । विनोदको घर एक स्वर्ग हो भने मेरो घर नर्ग भन्दा कम छैन । हुन त म लाक्षी नमर्दा पुरुषको नाममा कलङकको पात्र बनेको छु अहिले आएर । किनकी मलाइ मेरै परिवारले घोडा बनाएको छ र समाजले मलाइ अपाङग बनाएको छ । यति कुरा थाहा हुदा हुदैपनि म हारिरहेको छु । यदि मेरो बाबा भइदिएको भए मैले यो सहन पर्ने थिएन कि यो मेरो मन बुझाउने बाटो बनेको छ । लाग्छ बाबालाइ मेरो यो गति हेर्न नपरोस भनेर नै यमदुतले चाडै नै बोलाएका होलान्। म त नविनाको विहे प्रति एकदम खुशी छु । नविनालाइ विश्वास लाग्दैन होला विश्वासपनि कसरी लागेास मुटुको टुक्रा चुडिदा तैपनि । के नविनाको खुशी मेरो खुशी होइन्ा र विनोद नविनाकॊ उज्वल भविश्य हो म त उनीलाइ माया गर्ने एक दुखी मात्र हुँ जो मरेरपनि बाचेको छ र बाचेरपनि मरे सरह छ । अब उनका हातले दाउरा घास गर्नु पर्दैन । कुनै मेलापात गएर जिविकोटार्नु पर्दैन । न त पिढुँमा भारी न थाप्लोमा नै लाम्लो पर्नेछ । विदेशमा श्रीमान् छ कसो होला के होला भन्ने पिर हुनेछैन । मस्र्टनीको बुहारी विनोद जस्तो महामानवको श्रीमति भएर महलमा जिन्दगी विताउनेछिन् । मसँग्ा आएर के पाउथिन् र । मात्र मेरा पलासको फुल जस्तो माया । जसको नाम मात्र फुलको छ न कुनै रुप र सुग्ान्ध नै छ । मेरो माया नविनालाइ त्यस्तै हो । सबै थोक माया मात्र होइन । जसरी हागाँ विगु विना रुखको शोभा हुदैन त्यसरी नै आधारभुत परिपुर्तिविना मायाको पनि शोभा अनि अश्त्तित्व हुदैन । चुलिदै गएको उनीको वैशलाइ कुठराघात गरि रोक्न सकिन र पिडादायी खुशी दिन चाहिन । नविना प्रति कुनै गुनासो हुने छैन र नविनाले मेरो चिन्ता गर्नुपर्दैन यसमा नविनाको कुनै गल्ती छैन । गल्ती न नविनाको थियो न त मेरैपनि सारा गल्ती त मेरो भाग्यले र मेरॊ सोझोपनले गरिरहेको छ । अरुलाइ देाश दिएर म चोखो बन्नपनि सक्दिन । गर्मीले अस्ती भर्खरै पाल्पाको साथी ह्दयघात भएर सुतेको ठाउबाट उठदै नउठि यमलोक पुग्यो । आफन्त र साथी भाइको सहयोगमा उसको मृत्ा शरिर पाच महिनामा बल्लतल्ल मातृभुमीमा पुग्यो । खै अब मपनि धेरै बाच्दिन होला । छाति पोलीरहन्छ खोक्दापनि रगत आउछ । खाना मिठो हुदैन । शशिर सुकेर विसैली भइसकेको छ । मात्र नविनाकॊ पिर थियो उनीकोपनि राम्रो घरबार हुने भएपछि मलाइ सब थोक बाट सन्तुष्टि मिलेको छ । मलाइ अब जिन्दगीको कुनै मोह छैन । माया मारेर या माया घटाउन यो भनेको जस्तो लाग्छ होला नविनालाइ तर यो यर्थात हो जुन मैले यहा भोगीरहेको छु । म अब नविनालाइ कुरा लुकाउन सक्दिन । यो जुनीलाइ यस्तै भयो अर्को जुनी जन्मजात तिम्रो हुनेछु । अहिलेका सारा व्याथा कथाहरु अर्को जुनीलाइ साक्षी राख्दै दुइ पन्छी बनेर जस्तो सुकै बाधा अडचन आएपनि सँगै जिउला यो जुनीका अधुरा सपनाहरु पुरा गरैला अलविदा नबिना तिम्रो सुखद दम्पत्यको मँगलमय शुभकामना । सदा खुशी रहनु । तिम्रो सिउदो सजाएको सुन्न पाउँ । म अब जिउदो फर्कन्छु कि फर्कन त्यो चिन्ताको विषय भएन् । यदि कतै यतैबाट यमलोक पुगेँ भने म क्षितिजबाट तिमीलाइ हेर्नेछु ।लाजले घुम्टो नछोपे ल ।