लोकप्रिय पोस्ट

गुरुवार, 9 जून 2011

विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गरिने

नरेश भण्डारी
गुल्मी जेठ २२
      अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय गुल्मीको सहजीकरण तथा बालअधिकार चेतना समूह उपल्लो तम्घास माविको आयोजनामा ०६८ जेठ २० गते विद्यालय शान्ति क्षेत्र कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

बालअधिकार चेतना समूहका अध्यक्ष महेश पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाविस सचिव दोणराज पन्थीले सरकारले विद्यालय शान्ति क्षेत्र हुने निर्णय गर्दैमा कार्यान्वयन हुन नसक्ने भन्दै आवश्यक साधन स्रोतको व्यवस्था एवम् स्थानीय राजनीतिक दल, अभिभावक, शिक्षक र समुदायको स्पष्ट प्रतिवद्धताको खाँचो औल्याए । उनले विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गर्न गाविसले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । विद्यालयलाई शान्ति क्षेत्र बनाउन विद्यालय व्यवस्थापन समिति, राजनीतिक दल, शिक्षक अभिभावक र विद्यार्थीलाई सहकार्यमा सघाउ पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारीले 'विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयनको सबाल' विषयक आधार पत्र प्रस्तुत गरे । आधार पत्रमा विद्यालयमा बन्द हड्ताल गर्ने परिपाटीलाई निरुत्साहित गर्नुपर्ने, विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरिनु पर्ने, विद्यालयमा पर्याप्त साधन स्रोत जुटाउन सम्वन्धित पक्षले विशेष भूमिका निर्वाह गर्नुपर्ने, विद्यालयमा डर मुक्त वातावरण सृजना गरी बालमैत्री सिकाइ पद्धति अपनाउनुपर्ने लगायतका विषयवस्तु समेटिएका थिए । आधार पत्र उपर टिप्पणी गर्दै जिल्ला बालकल्याण समितिका सदस्य विष्णु पन्थीले बालअधिकारको सुनिश्चितता विना विद्यालय शान्ति क्षेत्र कार्यान्वयन हुन नसक्ने बताए । कार्यक्रममा नेकाबाट सीता पाण्डे, एमालेका नारायण बराल, इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसाल, शिक्षक अभिभावक संघका अध्यक्ष छवि पाण्डे, प्रधानाध्यापक गणेश अधिकारी लगायतले विद्यालयलाई शान्ति क्षेत्र बनाउने विषयमा आ-आफ्नो जिम्मेवारी पुरागर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बालअधिकार चेतना समूहका संरक्षक शिक्षक राममणि पन्थीको स्वागत मन्तव्य र सचिव गंगा पाण्डेको सञ्चालन रहेको थियो ।

कोई टिप्पणी नहीं: