लोकप्रिय पोस्ट

गुरुवार, 9 जून 2011

निशुल्क शिक्षा दिने सरकारको निति उलंघन, सरकारी विद्यालयमा शुल्क असुल्दै

नारायण प्रभात मरासिनी,
गुल्मी जेठ २३ 
गत शैक्षिक सत्रदेखी नै अग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने भन्दै गुल्मी जिल्लाका दर्जनौ सामुदायिक विद्यालयहरुले सहयोग शुल्कका नाममा भर्ना शुल्क र मासिक शुल्क समेत लिदै आएका छन् । कक्षा ८ सम्मको आधारभुत र अनिवार्य निशुल्क शिक्षा सरकारको नितिमा रहेपनि त्यसको उलंघन गर्दै जिल्लाका दर्जनौ विद्यालयले नर्सरीदेखि नै यसरी शुल्क उठाउन थालेका हुन् ।
 त्यसैलाई पछ्याउँदै यस शैक्षिक सत्रदेखि अन्य समुदायिक विद्यालयहरुले पनि यसरी अंग्रेजी माध्यमबाट पढाउँदै शुल्क लिइरहेका छन् । तर अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका ती मध्येका कतिपय विद्यालयहरुले भने विद्यार्थीहरुबाट शुल्क नलिएर पनि चलाईरहेका छन् । अग्रेजी माध्यमबाट पढाई शुरु नगरे सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या कम हुँदै जाने भन्दै अधिकांश सामुदायिक विद्यालयहरु यतिबेला नर्सरीदेखि कक्षा २ सम्म अग्रेजी माध्यमबाट पढाउन शुरु गरेका छन् । गरिव विपन्न वर्गका छोरा छोरीहरुले सहज रुपमा शिक्षा हासिल गर्ने थलो सामुदायिक विद्यालयमा नै शुल्क लिन थालेपछि निम्न वर्गका छोराछोरीहरु शुल्क नलिने अन्य टाढाको विद्यालयमा जान बाध्य छन भने गत वर्ष विरवासकी एक दलित महिलाले आफ्नो छोराछोरीलाई स्कूलबाटै छुटाउनु परेको थियो । शिक्षा ऐन–नियमावलीमा समेत जिल्ला शिक्षा कार्यलयको अनुमति विना कुनैपनि प्रकारको शुल्क लिन नपाईने र कक्षा ८ सम्म निशुल्क शिक्षा उल्लेख भएपनि गत वर्षदेखि सामुदायिक विद्यालयले आफुखुशी शुल्क लिइरहदा जिल्ला शिक्षा कार्यलय आफु थाहा नपाएजस्तो गरिरहेको छ । केहीदिन अघि मात्र सरुवा भई आउनुभएका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौड्यालले आफुलाई त्यस्तो जानकारी नआएको र कतैबाट उजुरी समेत नपरेको बताउँदै यदि त्यस्तो पाइए आफुले कारवाही गर्ने वताउनुभयो । नेपाली सेनाले देशका विभिन्न स्थानमा सामाजिक विकास तथा पुर्वाधार निर्माणका कार्यहरु गरीरहेको छ । यस्तै वामी टक्सार भयरथुम स्थित श्री चन्दननाथ गण अन्तरगतको सुरक्षा वेश क्याम्पका जवानहरुपनी विकाश निर्माणमा जुटेका छन् । हिजो मात्रै सिमरखा, परुवा हुदै मन्टेपाटा जोड्ने मोटरवाटो मर्मत गरेको सेनाको टोलीले स्थानीय उपभोक्ता संगै आज देखी वामी स्थीत काफलटोला दाल्का, आपचौर हुदै वामी मैदान जोड्ने मोटरवाटो मर्मत गर्न लागेको छ । उपसेनानी विकास पुरीको कमाण्डमा २५ जना जवान तथा मोटरवाटो उपभोक्ता समितिका अध्यक्ष कमल के.सि.र उपाध्यक्ष कृष्णप्रसाद सापकोटाको नेतृत्वमा उपभोक्ता समिति तथा उपभोक्ता हरुको सहभागीतामा मोटरवाटो मर्मत गर्न लागीएको हो । बर्षाका कारण ठाँउठाँउमा पहिरो गएका कारण अवरुद्ध भएको मोटरवाटो खुलाउने प्रयासमा सघाउन उपभोक्ता समितिले सवैमा आग्रह समेत गरेको छ ।

कोई टिप्पणी नहीं: